मेडिसिटी अस्पतालमा फोक्सोपछि स्तनको ट्युमरको सफल उपचार
काठमाडौँ । ३ साता अघि ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया‘बाट फोक्सोमा रहेको ट्युुमरको सफल उपचार गर्न सफल नेपाल मेडिसिटी अस्पतालमा स्तनमा रहेको फाइब्रोडेनोमा अर्थात ट्युमरको पनि सफल उपचार गरिएको छ । १६ वर्षिय किशोरीको दुवै स्तनमा रहेका ट्युमरहरुलाई ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया‘बाटै निष्क्रिय गरिएको हो । उपचारमा संलग्न चिकित्सक डा. ओमविजु पन्तका अनुसार सो किशोरीको बाया स्तनमा ३ तथा दायाँमा ४ स्थानमा ट्युमोर रहेको थियो । स्तनका लागि यस किसिमको अभ्यास नेपालमा नरहेको उनले बताए । केहि साता अघिमात्रै नेपाल मेडिसिटी अस्पतालमा नेपालमै पहिलो पटक एक २० वर्षीय युवकको फोक्सोको ट््युमरलाई सर्जरीको विकल्पमा ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया‘ अर्थात बिना शल्यक्रियानै उपचार गरिएको थियो । माइक्रोवेभ एब्लेसन एक यस्तो प्रविधि हो जसले कलेजो, फोक्सो, थाइरोइड ग्रन्थी, स्तन तथा हड्डी लगायतका स्थान ३ देखि ५ सेन्टिमिटरको आकारमा रहेको ट्यूूमरको उपचार गर्न सक्छ । साधारणतया महिलाहरुको स्तनमा देखिने क्यान्सर रहित ट्युमोरलाई फाइब्रोडेनोमा भन्ने गरिन्छ । मांसपेशीमा मात्र लठ्ठाएर गरिएको यस माइक्रोवेभ एब्लेसनले शरिरमा दाग नपार्ने र एकैपटकमा धेरैवटा घाउँहरुको उपचार गर्न सकिने चिकित्सकको भनाइ छ । नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ सर्जन डा. सुनिलकुमार शर्मा ढकालसंगै इन्टरभेन्सन रेडियोलोजिष्ट डा. ओम विजु पन्त र डा. विवेक गुरुङ्ग तथा एनेस्थेसियोलोजिष्ट डा. अपुर्व शर्माको संलग्नतामा स्तनको माइक्रोवेभ एब्लेसन सफल भएको हो ।
नगरपालिकाको लापरवाहीका कारण ज्येष्ठ नागरिक सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित
काठमाडौं । सप्तरी बोदे बर्साइन नगरपालिकाको लापरवाहीका कारण ज्येष्ठ नागरिक तथा एकल महिलाले सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका छन् । नगरपालिका कार्यालयले समयमै बैंक खाता खोल्न ध्यान नदिँदा नगरपालिकाको १० वटै वडाका करिब एक हजारभन्दा बढी ज्येष्ठ नागरिक तथा एकल महिलाले विगत आठ महिनादेखि सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका हुन् । गत वर्षको मङ्सिर महिनायता सामाजिक सुरक्षाभत्ता बापत कुनै रकम पाउन नसकेको बोदे बर्साइन नगरपालिका–१ का ज्येष्ठ नागरिक शिवनन्दन यादवले बताए । चालू आर्थिक वर्षको दोस्रो र तेस्रो किस्ता बापतको पाउनुपर्ने सामाजिक सुरक्षाभत्ता हालसम्म पनि पाउन नसकेको ज्येष्ठ नागरिकको गुनासो छ । सामाजिक सुरक्षाभत्ताकै रकमबाट औषधि उपचार गराइरहेको थिए, बोदे बर्साइन– ५ का स्थानीयवासी ८१ वर्षीय फुलेश्वर दासले भने, “श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित रहे पनि भत्ता नपाउँदा उपचार गराउनसमेत समस्या भएको छ ।” भत्ताबापतको रकमका लागि पटकपटक वडादेखि नगरपालिकाको कार्यालयसम्म धाउँदै आए पनि भत्ता पाउन नसकेको उनको गुनासो छ । मन्त्रालयबाट नै सोबापतको रकम आउन ढिलाइ भएकाले ज्येष्ठ नागरिक तथा एकल महिला लगायतले पाउनुपर्ने सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसकिएको नगरपालिकाका प्रमुख आतेशसिंह यादवले बताएका छन् । उनले अब मन्त्रालयबाट रकम निकासा भइसकेकाले केही दिनभित्रै सबै सेवाग्राहीको बैंकमा खाता खुलाएर दुवै किस्ताको रकम एकैपटक वितरण गरिने नगरप्रमुख यादवको भनाइ छ । रासस
गरिमाका ग्राहकलाई मनमोहन मेमोरियल पूर्वाञ्चलमा विशेष छुट
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक अस्पताल विर्तामोडमा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ । आईतबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक अस्पतालको तर्फबाट अस्पताल संयोजक रोमनी भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात गरिमा विकास बैंक लिमिटेडमा बचत खाता रहेका ग्राहकहरु तथा भिजा कार्ड होल्डरहरुले मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक अस्पतालमा उपचार गराउँदा अपरेशन शुल्क, बेड शुल्क, मेडिकल शुल्क, ल्याब, फिजियो थेरापी, पूर्ण शारीरिक परीक्षण, डेण्टल सेवालगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्नेछन् ।