सिटिजन्स बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा बैंकले आफ्नो प्राङ्गणमा वृक्षारोपण कार्यक्रम संचालन गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उपस्थितिमा बैंकका कर्मचारीहरुले वृक्षारोपण गरेका छन् । नेपाल सरकारले अवलम्बन गरेको “एक कर्मचारी एक फलफूलको विरुवा” नीति अनुसार कम्पनीले बैंकको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो । बैंकले हाल ७४ वटा शाखा, ६९ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

कुमारी बैंकद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न, वातावरण संरक्षण गर्ने उद्देश्य

काठमाडौं । कुमारी बैंक लिमिटेडले विश्व वातावरण दिवस, २०७५को अवसर पारेर वृक्षारोपण कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ । बैंकले हरियाली कायम गरी वातावरण संरक्षण गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रम बैंकको नक्सालस्थित कार्यालय तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित बाबा आश्रममा आयोजना गरिएको थियाे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी लगायत बैंकका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो । नेपाल राष्ट्र बैंकले यस वर्षको विश्व वातावरण दिवसका अवसरमा “एक कर्मचारी एक फलफूल विरुवा” अन्तर्गत सबै वित्तीय संघसंस्थाहरुलाई वृक्षारोपण गर्न आह्वान गरेको थियो । साथै, कुमारी बैंकले यस वर्षको विश्व वातावरण दिवसको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखा कार्यालय परिसरहरुमा पनि फलफूलको बिरुवा रोपेको छ ।

वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्धारा प्रभातफेरि आयोजना

काठमाडौं । सिद्धार्थ बैंकले विश्व वातावरण दिवसको उपलक्ष्यमा “काठमाडौं हरियाली, मेरो जिम्मेबारी, नगरबासीमा खुसियाली” नारा सहितको प्रभात फेरि कार्यक्रमको आयोजना गरेको छ । बैंकले महानगरिय प्रहरी वृत्त, दरवारमार्गको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो । साथै, बैंकले काठमाडौलाई सफा, स्वच्छ र हराभरा बनाउने अभियान अन्तर्गत् कान्तिपथ, दरवारमार्ग, रत्नपार्क, जमल र असनको ज्याठा लगायतविभिन्न स्थानहरुमा सरसफाइतथा वृक्षारोपण कार्यक्रम समेत गरेको थियो । वातावरणको संरक्षण गर्नु सबै नागरिक तथा संस्थाहरुको सामाजिक उत्तरदायित्व हो भन्ने जनचेतना फैलाउने उद्देश्यले बैंकले सो कार्यक्रममा सहभागिता जनाएको हो । आगामी दिनहरुमा पनि यस्तै प्रकारका विभिन्न संस्थागत सामाजिक कार्यहरुलाई अझ बढी सुदृढ बनाउँदै लैजाने बैंकले जनाएको छ ।