११ बजाज डोमिनार चालक सगरमाथातर्फ प्रस्थान

काठमाडौं । अटोमोबाइल ब्राण्ड हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले बजाज डोमिनारका धनीहरलाई डोमिनार मोटोग्राफीमा सहभागी गराएको छ । हंशराज हुलासचन्द एण्ड कम्पनी बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बिक्रेता हाे  । एचएच बजाज कम्पनीले देशभर रहेका डोमिनार चालकहरु मध्ये अडिसनबाट ११ जना छनोट गरेर उनिहरुलाई सगरमाथा बेस क्याम्प पठाएको छ । एचएच बजाजले डोमिनार ४००का ११ जनालाई शाहसी चालकहरु छनोट गरिएको छ । उक्त डोमिनार यात्राको आनन्द लिन र अनुभब हाँसिल गर्ने यो राम्रो अवसर हो । उक्त यात्रा आइतबारबाट शुुरु भएर ३० मे २०१८ सम्म चल्ने कम्पनीको भनाइ छ । चालकहरुको लागि राइड रुट काठमाडौंबाट शुरु भएर केरुङ, डिन्ग्री ,साइगेट, लाशा, यमडोर्क, ग्यान्सटे, शाक्य, दाराथाङ, रोङबुक हुँदै एभरेष्ट बेसक्याम्प रहेको छ । त्यसपछि पुनः त्यहि रुट हुँदै काठमाडौं फर्कने कार्यक्रम रहेको छ । हंशराज हुलास चन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले डोमिनार मोटोग्राफीको बिषयमा बोल्दै भने ‘साहसी एवं निडर ११ जना डोमिनार चालकहरुलाई एभरेष्ट वेस क्याम्पसम्मको यात्रा गराउन पाउँदा हामीलाई खुशी लागेको छ । यो सहभागीहरुका लागि एभरेष्ट वेस क्याम्पसम्म बाइक चलाउनुको एक आल्हादित र साहसिक यात्राको अनुभूति बटुल्ने रहेको उनले बताए । । चालकको रुपमा प्रसान्त मानन्धर, कोशिष पराजुली, सुमन मर्हजन, देबकुमार श्रेष्ठ, जम्पा दोर्जे शेर्पा लगायत रहेका छन् ।

अनिशको समुहद्वारा साईकलबाटै २० मुलुकको भ्रमण, यात्रामा नेपालको झण्डा र बुद्धको प्रचार

काठमाडौं । विश्व साईकल यात्री अनिश ढकालको समुहका निर्मल बराल र दिलिप क्षेत्रीले साईकलबाट विश्वका २० वटा मुलुकको भ्रमण गरेका छन् । २०७२ सालको भुकम्पपश्चात विश्वभर नेपालको प्रवद्र्धन गर्ने उद्देश्यका साथ अनिशको समुहले ‘प्रोमोटिङ नेपाल एण्ड एड्भोकेटिङ ईन्भाइरोमेन्टलिज्म एण्ड पिस’ भन्ने नाराका साथ भारत, बंगलादेश, श्रीलंका, म्यानमार, थाइल्याण्ड, लाओस, कम्वोडिया, भियतनामकाे  भ्रमण गरेका हुन । त्यस्तै बु्रनाई सिंगापुर, मलेसिया, ताईवान, साउथ कोरिया, ईजरायल, चिलि, अर्जेन्टिना, बोलिभिया, ब्राजिल र संयुक्त राज्य अमेरिकाको पनि साईकलबाट भ्रमण गरेकाे कार्यकंममा जानकारी गराए। विश्व साईकल यात्रा बारे जानकारी दिन शुक्रवार आयोजित पत्रकार सम्मेलनमा अनिशले विश्वका विभिन्न देशमा साईकल यात्रीका रुपमा आँफु पुग्दाको अनुभवहरु सुनाएका थिए । साईकल यात्राका क्रममा लाओस,ताईवान लगायतका देशको यात्रा रोमाञ्चक रहेको वताउँदै आफ्नो यात्राको क्रममा सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिए । आँफुहरुले साईकल यात्राको क्रममा नेपालको झण्डा र बुद्धको प्रचार–प्रसार गरेको उनको भनाइ छ । कार्यक्रममा बोल्दै नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य दीपक महतले साईकल यात्रा चुनौतीपूर्ण रहेको वताउँदै अवको यात्रामा नेपालको पर्यटन प्रवद्र्धनका लागि जिम्मेवारीपूर्ण ढंगले अगाडी बढ्न सुझाव दिए । साईकल यात्रालाई अझ प्रभावकारी ढङ्गले सञ्चालन गर्न सके त्यसले नेपाल आउने पर्यटकहरुको संख्या वृद्धि गर्न सकिने उनको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघ का कार्यसमिति सदस्य रामशरण थपलियाले साईकल यात्रामार्फत अनिशको समुहले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेको वताउँदै आगामी दिनमा साईकल यात्रालाई नेपाल उद्योग वाणिज्य महासंघ सहयोग गर्न तयार रहेको वताए । कार्यक्रममा  ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का महासचिव सागर पाण्डे, युवा पर्यटन व्यवसायि तथा लेखक राजन सिम्खडा, नेपाल एशोयिशसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का उपाध्यक्ष अच्युत गुरागाईं लगायत पर्यटन व्यवसायीहरुको उपस्थिति थियो ।

महालक्ष्मी विकास बैंकद्धारा बानेश्वरको रुद्रमती विद्यालयलाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकको पुतलीसडक शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत बानेश्वरको रुद्रमती माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । बैंकले उक्त विद्यालयका विद्यार्थीहरुलाई ३५ हजार रुपैयाँ बराबरको कापी, कलम, र ब्याग उपलब्ध गराएको छ । यसैगरी, बैंकको सिमरा शाखाको आयोजनामा जितपुरस्थित सिमरा कलेजको भवनमा महालक्ष्मी छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सिमरा कलेजका गरिब तथा जेहेन्दार १ छात्र तथा १ छात्रालाई यो शैक्षिक सत्रको लागि छात्रवृत्ति स्वरुप २५ हजार रुपैयाँ वितरण गरेको बैंकले जनाएको छ । बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।