सन्दिप लामिछाने पहिलो पटक आईपीएल खेल्दै, दिल्लीले दियो मौका
काठमाडौं । नेपालका बलर सन्दिप लामिछानेले पहिलो पटक इण्डियन प्रिमियर लिग क्रिकेट(आईपीएल) खेल्दैछन् । उनी पहिलो रोयल च्यालेन्जर ब्याङ्ग्लोरसँगको ११ सदस्य टोलीमा समावेश भएका हुन् । लामिछानेले यसभन्दा अगाडीको ११ सदस्यको टोलीमा स्थान बनाउन सकेका थिएनन् । आईपीएलको शीर्ष चारबाट बाहिरी सकेको दिल्लीले लामिछानेलाई मौका दिएको हो । दिल्लीले अहिले ७औँ ओभरको खेल चलिरहँदा २ विकेट गुमाएर ४५ रन बनाएको छ ।
बीमा समितिको ५० औं स्वर्ण महोत्सवमा ६१ जनाले गरे रक्तदान
काठमाडौं । बीमा समितिको ५० औं स्वर्ण महोत्सवका अवसरमा आयोजीत रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन् । बीमा समिति कर्मचारी युनियनले आयोजना गरेको रक्तदान कार्यक्रममा बीमा समिती तथा बीमक कम्पनीका ६१ जना कर्मचारीले रक्तदान गरेको युनियनका अध्यक्ष पदम सोडारीले जानकारी दिए । समितिले जेठ १ गते ५० औं स्वर्ण महोत्सव मनाउँदैछ । सोही अवसरको पुर्व सन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा आयोजीत रक्तदान कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई, कार्यकारी निर्देशक श्रीमान कार्की, निर्देशक राजुरमण पौडेल लगायतको पनि सहभागीता रहेको थियो ।
ललितपुरको देउराली भन्ज्याङमा ११\२ हेक्टर जग्गाभित्र शहिद पार्क बन्ने
काठमाडौं । ललितपुरको देउराली भन्ज्याङमा ११\२ हेक्टर जग्गामा शहिद पार्क निर्माण हुने भएको छ । सरकरले यस योजनालाई राष्ट्रिय गौरबको आयोजनाको रुपमा लिएको छ । गोदावरी क्षेत्रलाई पर्यावरणीय पर्यटक क्षेत्रको रुपमा विकास गर्न युवा जागरण पर्यावरणीय मन्च र फुल्चोकी एकीकृत बिकास कार्यक्रमले गर्दै आएको जनाइएको छ । गोदावरी नगरपालिका वडा २ र महालक्ष्मी नगरपालिका वडा ९ र १० भित्र पर्ने करिब ११\२ हेक्टर जग्गामा शहिद पार्क निर्माण गर्ने तयारी भइरहेको हो । यस सम्बन्धमा बृहत कार्य–योजना डीपीआर समेत तयार गरी बातावरणीय प्रभाब मुल्यांकन् समेत तयारी गरि प्रतिबेदन स्वीकृत गराउने सम्बन्धमा काम अघि बढिसकेको छ । सस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र बन तथा भूसंरक्षण मन्त्रालयबाट इआइए सम्बन्धि क्षेत्र निर्धारण प्रतिबेदन तथा कार्यसूची टीओअर प्रतिबेदन सुझाब सहित स्वीकृतका लागि जनसंख्या तथा बाताबरण मन्त्रालयमा पत्राचार भइसकेको जनाइएको छ । जनसंख्या तथा बाताबरण मन्त्रालयबाट प्रस्तावित आयोजनाको क्षेत्र निर्धारण कार्यसूचीमा उल्लेखित सास्कृतिक संग्रालय, केबुलकार, शहिद पार्क, भ्यु टावर, होटल तथा रिसोर्ट, बुद्ध स्तुपा, गुम्बा, प्याराग्याइडिङ्ग र साइकलिङ्ग ट्रैक तथा रोड निर्माणजस्ता आयोजनाको क्षेत्र निर्धारण गर्न सम्बन्धित कार्यालयलाई जानकारी गराइ आयोजनाको कार्य क्षेत्र निर्धारण भइसकेको बताइएको छ । गोदावरी नगरपालिका वडा २ र महालक्ष्मी नगरपालिका वडा ९ र १० भित्र पर्ने पूर्व माथिल्लो पात्लेको सिमाना, पश्चिममा पात्लेछापबाट गोदावरी आउने सडक बाटो, उत्तर कोट गाउ जाने बाटो, दक्षिण चापाखर्क जाने बाटो चार किल्लाभित्र पर्ने करिब ११\२ हेक्टरमा शहिद पार्क निर्माण हुने भएको हो । बिशंखु इलाका बन कार्यालयका प्रतिनिधि, सिस्नेरी इलाका बन कार्यालयका प्रतिनिधि, सामुदायीक बन उपभोक्ता समितिका प्रतिनिधि, फुल्चोकी एकीकृत बिकाश कार्यक्रमका प्रतिनिधि, युवा जागरण पर्यावरणीय मन्च अध्यक्ष, हलेसी इञ्जिनियरिङका प्रतिनिधि समेतको निरिक्षणबाट नापजाच गरि क्षेत्र निर्धारण गरेको समेत जानकारी गराइएको छ ।