वन्यजन्तुको चोरीसिकार र अबैद व्यपार नियन्त्रण आवश्यक

काठमाडौं । प्रतिनिधि सभाका सांसद मोहन आचार्यले बिश्वका करिब ७० प्रतिशत प्रजाति लोप भइसकेको जनाउदै वन्यजन्तुको चोरीसिकार एवंम् अबैद व्यापार नियन्त्रण गर्न सबैको सहयोग आबश्यक रहेको बताए । रसुवाको धुन्चेमा आयोजित २३औ बन्यजन्तु सप्ताहको समापन समारोहलाई सम्बोधन गर्दै सांसद आचार्यले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाईने रेडपाण्डा विश्वमा नै दुर्लभ अबस्थामा रहेकाले रेडपाण्डाको चोरी शिकारी नियन्त्रणमा समुदायको भुमिका महत्वपूर्ण रहने प्रष्ट्याए । दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्न लाङटाङ राष्ट्रिय निकुञ्जले गाउँस्तरमा समिति गठन गरि संरक्षणको काम गरिरहेको जनाएको छ । उनको अनुसार लाङटाङ राष्ट्रिय निकुञ्जकोे पोलाङपाटी र घ्याङफेदीको लेकमा बिश्वमै दुर्लभ रहेको रेडपाण्डाको बासस्थान रहेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जमा ८० भन्दा बढी रेडपाण्डा रहेको निकुञ्जले जनाएको छ । केही वर्षअघि गरिएको गणनामा ८० भन्दा बढी रेडपाण्डा रहेको तथ्याङ्क आएको थियो । निकुञ्जको चोलाङपाटी, घ्याङ्फेदी र टिम्बु क्षेत्रमा रेडपाण्डा रहेको बताइएको छ । वैज्ञानिक तरिकाले गणना गरेर रेडपाण्डाको एकिन तथ्याङ्क राख्नुपर्ने देखिएको सरोकारवालाहहरुले जनाएका छन् । सोही अवसरमा बैशाख १ देखि सुरु भएको २३ औं वन्यजन्तु सप्ताहको अवसरमा आठौँ जिल्लास्तरीय रेडपाण्डा ट्रफ्रि भलिबल प्रतियोगिता तथा छैटौँ लाङटाङ पर्यटन तथा संरक्षण उत्सव पनि सञ्चालन गरिएको जानकारी दिएको छ ।

हिमालय एअरलाइन्सद्धारा ‘प्रयास नेपाल’लाई सहयोग

काठमाडौं । हिमालय एअरलाइन्सले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत पुनः एकपटक ‘प्रयास नेपाल’लाई सहयोग गरेको छ । एअरलाइन्सले नववर्ष २०७५ तथा कम्पनीको तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सहयोग गरेको हो । प्रयास नेपालले नयाँ शैक्षिक सत्र २०७५/७६ का लागि माग गरे अनुसार एअरलाइन्सले त्यहाँ रहेका आश्रित बालबालिकाहरूलाई एक वर्षका लागि कापीतथा भान्छामा प्रयोग हुने सामाग्री प्रदान गरेको हो । कार्यक्रममा एअरलाइन्सको ब्राण्ड तथा सर्भिस इम्प्रुभ्मेन्ट विभागकी प्रमुख उज्ज्वला दलीले प्रयास नेपालको गरिब तथा विपन्न बालबालिकालाई उचित शिक्षा तथा पालन पोषण दिने कार्यलाई एअरलाइन्सले भविष्यमा पनि सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । हिमालय एअरलाइन्स सामाजिक कार्यहरूमा भोलिका दिनमा पनि संलग्नका साथै आफूले कामगर्ने क्षेत्रको सामाजिक तथा आर्थिक विकासका लागि कटिबद्ध रहेको बताएकाे छ । प्रयास नेपाल सन् २००३ मा स्थापित गरिब, अनाथ, पीडित तथा अपाङ्ग बालबालिकाहरूलाई उचित पालन–पोषण, शिक्षातथा सीपमूलक तालिम प्रदान गर्दै जागरूक बनाउने कार्यमा अनवरत रूपमा लागेको संस्था हो । यस संस्थामा देशका विभिन्न स्थानबाट आएका बालबालिकाहरू आश्रित रहेका छन् ।

एनएमबि माइक्रोफाइनान्सको वित्तीय साक्षरता तालिम सम्पन्न

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले समुदाय स्तरमा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । संस्थाले दुर्गम क्षेत्रका बित्तीय पहँचबाट टाढा रहेका समुदायहरुमा वित्तीय पहुँच अभिबृद्धि गराउने उद्देश्यले उक्त तालिमको आयोजना गरेको थियो । वित्तीय संस्थाले सुर्खेतको जहरे शाखा, दाङ्गको गढवा शाखा, रसुवाको धुन्चे एबम्बेत्रावती शाखा र धादिङ्गको कुम्पुर शाखा मार्फत समुदायका अभिभावक, समाजसेवी, बुद्धिजिवी, शिक्षक, महिला तथा युवा वर्गलाई सहभागी गराई बित्तीय साक्षरता तालिम प्रदान गरिसकेको छ । एक दिने उक्त वित्तीय साक्षरता तालिमले समुदायमा वित्तिय पहुँच विस्तार गर्ने र आर्थिक एबम् सामाजिक रुपमा सबलीकरण गरी उद्दमशिलता तथा आय आर्जन गर्नका लागि प्रेरित गरिएको छ । समुदाय स्तरिय वित्तीय साक्षरता अभियानले दुर्गम तथा ग्रामिण क्षेत्रका मानिसमा आम्दानी र खर्चको लेखाजोखा, बचत गर्ने तरिका, बचतको महत्व, कर्जाको आवश्यकता तथा सदुपयोगिता, पारिवारिक बजेट, बिमा तथा सन्देश मुलक भिडियो प्रस्तुतिकरण गरियो । वित्तीय साक्षरता तालिम पाँच वटा शाखा कार्यालयका मार्फत ३५० जनाको सहभागिता रहेको थियो । साथै एनएमबि माइक्रोफाइनान्सले सिपबिकास, लघुउद्दमशिलता र वित्तीय साक्षरता तालिम सक्षम परियोजनाको सहकार्यमा अभियानको रुपमा समुदायको पछाडी परेका वर्गमा तालिम प्रदान गर्दै आएको छ ।