टीसीएलको दशैँ–तिहार अफर : लाखौंको छुट र उपहार
काठमाडौं । नेपालका लागि टीसीएलको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले ‘ग्रेटनेस इन एभरी मुभमेन्ट, इन्स्पाएर एभरी सेलिब्रेशन’ नामक दशैँ–तिहार अभियान सुरु गरेको छ । नेपालभरिका ग्राहकलाई उत्सवको रौनक थप गर्ने उद्देश्यले ल्याइएको यो योजनामार्फत टीसीएलले चाडपर्वमा उपभोक्तालाई आकर्षक नगद छुट र पक्का उपहार उपलब्ध गराउने जनाएको छ । अभियान अन्तर्गत ग्राहकहरूले २ लाख ८ हजार २०० रुपैयाँसम्मको नगद छुटसहित विभिन्न उपहार पाउनेछन् । योजनाअनुसार टीसीएल साइड बाइ साइड रेफ्रिजरेटर खरिदमा निःशुल्क वाटर डिस्पेन्सर, कुनै पनि वासिङ मेसिन खरिदमा ६ केजी एरियल डिटरजेन्स, एयर कन्डिसनर खरिदमा निःशुल्क जडान सुविधा र ४३ इन्च वा सोभन्दा ठूलो टीसीएल टेलिभिजन खरिदमा ९ महिनाको नेट टिभी सदस्यता निःशुल्क उपलब्ध हुनेछ । भाद्र १९ देखि सीमित अवधिसम्म लागू हुने यो योजना नेपालभरका सम्पूर्ण आधिकारिक शोरूम र विक्रेतामार्फत कार्यान्वयन हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस अभियानमार्फत दशैँ–तिहारलाई अझ उत्सवमय बनाउने र ग्राहकलाई उत्कृष्ट प्रविधि तथा विशेष अनुभव प्रदान गर्ने लक्ष्य लिइएको छ।
निजामती सेवा पुरस्कारद्वारा महानिर्देशक बराल सम्मानित
काठमाडौं । जलस्रोत तथा सिँचाइका क्षेत्रमा उत्कृष्ट सेवा पुर्याएबापत जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक ई मित्र बराललाई ‘निजामती सेवा पुरस्कार’ प्रदान गरिएको छ । निजामती सेवा दिवस २०८२ का आवसरमा आइतबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले उनलाई प्रमाणपत्रसहित सो पुरस्कार अर्पण गरेका हुन् । सो अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने, मुख्यसचिव एकनारायण अर्याल, सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव रविलाल पन्थ उपस्थित रहेको थियो । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी आज निजामती सेवा दिवस मनाइँदै छ । तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको समयमा २०१३ साल भदौ १३ पहिलोपटक निजामती सेवा ऐन जारी भएको स्मरणमा २०६१ सालदेखि सरकारले विविध कार्यक्रम आयोजना गरी निजामती सेवा दिवस मनाउँदै आएको छ ।
रविन्द्र ढाँट बने रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजका ब्रान्ड एम्बास्डर
काठमाडौं । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँट रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजको ब्रान्ड एम्बास्डरमा नियुक्त भएका छन् । १७ वर्षअगाडि स्थापना भएको रोहिणी इन्टरनेसनलले आफ्नो सफलतायात्रामा ढाँटलाई एम्बास्डरको रूपमा प्रस्तुत गर्दै नयाँ अध्याय सुरू गरेको हो । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) अध्यक्ष शेषराज भट्टराईले रोहिणीलाई इतिहास बोकेको संस्था भन्दै ढाँटलाई एम्बास्डर बनाउनु गर्वको विषय भएको बताए । उनले ढाँटको प्रशंसा गर्दै भने, 'देशले यस्तो व्यक्तित्व पाउनु सौभाग्य हो, उनले नेपालको खेल क्षेत्रमा ठूलो योगदान दिएका छन् ।' त्यस्तै, रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजका म्यानेजिङ डाइरेक्टर श्याम भण्डारीले ढाँटको समावेशीले संस्थाको गरिमा बढ्ने विश्वास व्यक्त गरे । उनले भने, 'ढाँटले मेहनत र समर्पणबाट सफलता हासिल गरेका छन् । यसले युवालाई प्रेरणा दिनेछ ।' ब्रान्ड एम्बास्डर नियुक्त भएपछि रविन्द्र ढाँटले रोहिणी परिवारलाई धन्यवाद दिदैँ यो जिम्मेवारीलाई प्रचारभन्दा बढी सहयोगको रूपमा लिने बताएका छन् । 'जीवनमा अझ धेरै गर्न बाँकी छ, आगामी बाटो सहज हुने विश्वास छ,' उनले भने । इक्यानका पूर्वअध्यक्ष राजेन्द्र बरालले ढाँटको योगदानलाई ऐतिहासिक ठहर गर्दै भने, 'बैतडीबाट काठमाडौं आएर उनले नयाँ इतिहास रचेका छन् । भारतमा घाइते भएर पनि देश चिनाएका ढाँटलाई रोहिणीले एम्बास्डर बनाउनु गौरवको विषय हो ।' रोहिणी इन्टरनेसनलका मार्केटिङ डाइरेक्टर दया थापाले एम्बास्डर नियुक्तीलाई कसैलाई सहयोग गर्ने उद्देश्यसँग जोडिएको बताए । उनले भने, 'रोहिनीले समय–समयमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । ढाँटलाई पनि निरन्तर साथ दिनेछ ।' रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेज काठमाडौंस्थित एक अग्रणी विदेश अध्ययन सल्लाहकार संस्था हो । विशेषगरी न्यूजिल्यान्डमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि विशेषज्ञ मार्गदर्शन प्रदान गर्दै आएको छ । संस्थाले अंग्रेजी तयारी कक्षा, आईईएलटिएस तयारी कक्षा तथा अन्य शैक्षिक परामर्श सेवा पनि प्रदान गर्दै आएको छ ।