होटल व्यवसायीले एक महिनामै गुमाए २ अर्ब, हेलिकोप्टर व्यवसाय पनि ९० प्रतिशतले खस्कियाे
काठमाडौं । विश्वभर फैलिरहेको कोरोना भाइरसको कारण नेपाली होटलहरुले ठूलो नोक्सान बेहोर्नु परेको छ । नेपाली होटल तथा रेष्टुरेन्टले एक महिनामै करिब २ अर्ब रुपैयाँको नोक्सानी व्यहोर्नुपरेको बताइएकाे हाे । होटल संघ नेपालका अनुसार होटल तथा रेष्टुरेन्टले अहिले मासिक १ अर्ब ८० करोड रुपैयाँको नोक्सानी व्यहोर्नुपरेको छ । होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले होटल व्यवसायीहरुले काेराेनाकाे कोरोना भाइरसको कारण नेपाली होटल तथा रेष्टुरेन्टहरुले धेरै नोक्सान व्यहोर्नु परेको बताइन् । उनले व्यवसायीहरुले बैंकको किस्ता भुक्तानी गर्न नसक्ने अवस्था आएको बताइन् । ‘अहिले बैंक कर्जा करिब एक अर्ब रहेको छ, होटलको अकुपेन्सी रेट १० प्रतिशतमा झरेकाे छ, हामी बैंकको किस्ता तिर्न नसक्ने अवस्थामा छाै,’ उनले भनिन् । सरकारले कोरोना भाइरस (कोभिड–१९)का कारण पर्यटन व्यवसायमा परेको समस्याको जानकारी दिन पर्यटन व्यवसायीहरुलाई आग्रह गरेकाे छ । नेपालमा कोरोना भाइरसको संक्रमण नदखिएपनि पर्यटन क्षेत्रमा समस्या देखा परेको गुनासो पर्यटन व्यवसायीहरुले गरेपछि सरकारले समस्याहरु स्पस्टसँग राख्न आग्रह गरेकाे हाे। उनले भावनात्मक रुपमा भन्दा पनि प्राथमिकताका आधारमा पर्यटन व्यवसायमा परेका समस्याहरु पर्यटन मन्त्रालयसँगको सहकार्यमा सरकारलाई उपलब्ध गराउन आग्रह गरेकाे हाे । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले धेरैजसो एयरलाइन्सले उडान रद्ध गरेको र एयर टिकेटहरु समेत रिफण्ड गर्नुपर्ने अवस्था आएको बताए । उनले पर्यटन व्यवसायीहरुले तिर्नुपर्ने करमा ५० प्रतिशत छुट दिन अथवा करमा लाग्ने जरिवाना नलगाइदिन पहल गर्न बोर्डलाई आग्रह गरिरहेको बताए । वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले तीन क्याटागोरीको एयरलाइन्स रहेकोमा सबैभन्दा बढी हेलिकोप्टर व्यवसायको बिजनेस घटेको बताए । उनले हेलिकोप्टर व्यवसायमा ९० प्रतिशत, सर्ट टेकअफ स्टलमा ६० प्रतिशत र ट्रंकरुटमा २० प्रतिशत सम्मको बिजनेस घटेको बताए । नोभल कोरोना भाइरसको संक्रमण विश्वभर फेलिएपछि नेपालको अर्थतन्त्रमा पनि प्रभाव पारेको छ । व्यवसायीहरुले छोटो सयमा देखिएको संकटले व्यवसायिक क्षेत्रमा एक दुई वर्षसम्म असर पार्न सक्ने भन्दै सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । हाल विदेशीले बुकिङ गरेका होटलहरुका पनि धमाधम रद्द हुन थालेका छन् । विश्वभर कोरोना भाइरस महामारीको रुपमा फैलिरहँदा विदेशी पर्यटकहरु पनि नेपाल आउन छोडेका छन् । अहिले नेपालको होटल, लज तथा रेष्टुरेन्टको व्यवसाय सुस्ताएको छ । विदेशी पर्यटकले बुकिङ गरेका नेपालका होटलहरु दैनिक रद्द हुन थालेका हुन । यही अवस्था रहे नेपालको पर्यटन व्यवसाय मात्र होइन, समग्र नेपालको अर्थतन्त्र नै चौपट हुने देखिन्छ । होटल व्यवसायी संघका महासचिव साजन शाक्यले बुकिङ भइसकेका होटलहरुको करिब ९९ प्रतिशत बुकिङ रद्द भइसेको बताए । उनले होटलमा विदेशी ग्राहकको आगमन धेरै घटेको बताए । यो वर्षको फेब्रअरी सम्म १ लाख ग्राहक आएको बताँदै उनले सबैभन्दा बढी होटल बुकिङ रद्ध युरोपियन अमेरिकन र भारतीय ग्राहकबाट भएको विकासन्यूजलाई जानकारी दिए । शाक्यका अनुसार चिनियाँमात्र नभएर अन्य युरोपेली मुलुकबाट समेत पर्यटक नेपाल आउन छाडेका छन् । यही अवस्था रहे नेपालको पर्यटन व्यवसाय मात्र होइन, समग्र नेपालको होटल व्यवसाय नै चौपट हुने उनी बताउँछन् । पर्यटन व्यवसाय सुधारका लागि अहिले सार्क राष्ट्रहरुमा केन्द्रित हुने नीति लिइएको छ । अहिलेको हवाई भाडामा समेत सहुलियत दिएर पर्यटक आकर्षित गर्ने रणनीति बनाइदैँ छ । त्यसका लागि अहिले सम्बद्ध निकायहरुबीच छलफल चलिरहेको छ ।
एनआईसी एशिया बैंकका ग्राहकलाई हायात होटलमा १५प्रतिशत छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंस्थित हायात रिजेन्सी होटलका विभिन्न सेवामा १५ प्रतिशत छुट पाउने भएका छन् । उक्त छुट उपलब्ध गराउने गरी बैंक र होटलबीच समझदारी भएको छ । समझदारीपत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा होटलका महाप्रबन्धक राजेश रामदासले हस्ताक्षर गरेका हुन् । यस योजना एक वर्षको लागि लागू हुने छ । समझदारी अनुसार यस बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको फूड, बेभरेज, स्पा तथा लाउण्ड्री सेवाहरू प्रयोग गरे वापत रकम भुक्तानी गर्दा कारोबार रकमको १५ प्रतिशत सम्म छुट पाउने छन् । साथै, यस बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ । यसैगरी ग्राहक महानुभावहरूले देशभरका २,४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् । यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४५४ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
दुर्घटना न्यूनीकरण गर्न सडकमै चालक र सहचालकको ड्रग युरिन टेस्ट सुरु
काठमाडौं । बढ्दो मात्रा सवारी दुर्घटना न्यूनिकरण गर्न वागमती प्रदेशमा पहिलो पटक सडकमै चालक र सहचालक ड्रग युरिन टेस्ट सुरु गरिएको छ । लागुऔषध नियन्त्रण गर्ने तथा सावारी दुर्घटना न्यूनिकरण गर्ने अभियान अन्र्तगत वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको सहकार्यमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको आयोजनामा मेलम्चीबाट सडकमै चालक र सहचालक ड्रग युरिन टेस्ट सुरु गरिएको हो । लागु पदार्थ सेवन गरी सवारी साधन चलाउँने चालकको संख्या बढिरहेको गुनासो आएसँगै दुर्घटना समेत बढ्दा त्यसको नियन्त्रणका लागि सडकमै चालक र सहचालकको ड्रग युरिन टेस्ट सुरु गरिएको सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए । चेकजाँचको एक भव्य समारोहका विच वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका निमित्त प्रमुख किशोरकुमार दाहाल र सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले सवारी चालकलाई चेकजाँच किट प्रदान गर्दै सडकमै चालक र सहचालकको ड्रग युरिन टेस्ट सुरु गरेका थिए । मादक पदार्थ सेवन गर्दा समातिने डर भएपछि चालकहरुले लागु पदार्थ सेवन गर्न थालेको सूचना प्राप्त भएसगै टेस्ट गर्ने काम थालिएको एसपी मर्हजनको भनाई छ । “ब्रेथलाईजरबाट लागु पदार्थ सेवन गरेको पत्ता लाग्दैन्, त्यसैले लागु पदार्थ गर्नेको संख्या बढेको देखियो, अनि यहाँ ठुला दुर्घटना पनि भए एसपी महर्जनले भने अब मापसे र लापसे जाँच एकै साथ गर्न सक्छौं , जसको कारण दुर्घटना न्यूनिरकरण गर्न सकिने छ । अकालमा ज्यान जाने जोखिम कम हुनेछ ।” सवारी दुर्घटना न्यूनीकरण गर्ने अभियानकै रुपमा सञ्चालित यस कार्यक्रमलाई अब वागमती प्रदेशअन्र्तगतको १० वटै जिल्लाको सडकमै चेकजाँच निरन्तर हुने वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका निमित्त प्रमुख किशोरकुमार दाहालले बताए । सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी चालकहरुले लागु पदार्थ सेवन गरे नगरेको बारे जानकारी लिन ट्राफिक प्रहरी, ईलाका प्रहरी कार्यालय मेलम्चीलाई समेत अग्रसर गराउदै गरिएको चेकजाँचले सवारी दुर्घटना न्यूनिकरण कम गर्ने एसपी महर्जनको विश्वास छ । उनका अनुसार वागमती प्रदेशमा ड्रग युरिन टेष्ट किटबाट सडक मैं जाँच गरिएको यो पहिलो पटक हो । यस्तै यहाँबाट छुट्ने छोटो तथा लामो दूरीका सवारी साधनका चालकलाई प्रशिक्षणसगैँ यस्तो अभियान थालिएको प्रस्ट पारे । यसैगरी, क्षमताभन्दा बढी यात्रु नचढाउने, लापरवाही तरिकाले सवारी चलाउन नहुने उपायका बारेमा सवारी चालकलाई प्रशिक्षण गराइने उनले बताए । उनले मापसे चेकजाँचको क्रममा लागु औषध गाँजा जस्ता अन्य पदार्थ सेवन गरेको थाहा नहुँने भए पश्चात चालकहरुले मदिरा सेवनलाई कम गर्दै लागु औषधको प्रयोग बढाएको बताए । यसरी लागु औषधको प्रयोगसँगै सवारी दुर्घटना न्यूनिकरण गर्न समस्या पर्ने भएकोले ‘ड्रग युनिट टेस्ट कीटसहित चालकहरुको पिसाब चेक गरेको जानकारी गराए । सो अवसरमा पहिलो दिन १७ वटा चालक र सहचालकको न्यूरिन टेस्ट गरिएको थियो ।