नेपाल वायुसेवा निगमका भारत र थाइल्याण्डका उडान कटाैती

काठमाडौं । नेपाल वायुसेवा निगमले दुईवटा रद्द गर्ने भएकाे  छ । कोरोना भाइरसका कारण यात्रु संख्यामा आएको कमीले गर्दा नेपाल वायुसेवा निगमले आफ्नो उडान तालिकामा केही कटौती गरेको छ । शुक्रबार प्रेस विज्ञप्तिमार्फत निगमले दैनिक दुईवटा उडान गर्दै आएको काठमाण्डौ – दिल्ली– काठमाण्डौ उडान मार्च १५ देखि लागू हुनेगरी एउटा मात्र गर्ने जनाएको छ । यस अनुसार अब बिहानको उडान नियमित राखी साँझको उडान अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको छ । यसैगरी, बेंगलौरको नियमित उडान मार्च १९ र ३१ तारिखका लागि रद्द गरिएको छ भने मुम्बईका लागि हुने प्रत्येक शुक्रबारको उडान १५ मार्च देखि १५ अप्रिल सम्म स्थगित गरिएको छ । बैंककको मार्च ११ र मार्च २५ को उडान एवं हङकङको मार्च १९ र मार्च २६ को उडान पनि रद्द गरिएको छ । यस्तै, निगमले काठमाण्डौ दोहा उडान फागुन २७ गते देखि नै अर्को सूचना नभए सम्मका लागि स्थगित गरिसकेको छ ।

बुद्ध एयरले शनिबारदेखि बनारस उडान बन्द गर्ने

Photo: THT/ File काठमाडौं । बुद्ध एयरले काठमाडौंबाट भारतको बनारसमा गरिरहेको उडान बन्द गर्ने भएको छ । शनिबारदेखि ३० अप्रिलसम्म बुद्धको बनारस उडान बन्द हुने कम्पनीले जनाएको छ । विश्वभर कोरोना भाइरसको संक्रमण बढी रहेको बेला बुद्दले यस्तो निर्णय गरेको हो । भारत सरकारले विदेशी नागरिकको हकमा १४ मार्चदेखि अप्रिल ३० सम्म भिसा रद्द गर्ने निर्णय गरेको छ । बुद्धले यसै अवधिमा बनारस उडान बन्द गर्ने निर्णय लिएको छ । यस रुटमा टिकट काटिसकेका व्यक्तिले टिकट सार्न वा फिर्ता गर्न सक्ने कम्पनीले जानकारी गराएको छ ।

एभरेष्ट बैंकका ग्राहकहरुलाई होटल सांग्रिलामा १५ प्रतिशत छुट

काठमाडौं एभरेष्ट बैंकका ग्राहकले होटल सांग्रिलामा १५ प्रतिशत छुट पाउने भएका छन् । उक्त बैंक र होटलबीच सो मात्राको छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकले बैंकको डेबिट वा क्रेडिट कार्ड देखाएर होटलको खाना, पेय पदार्थ र बेकरीमा सो मात्रामा छुट पाउने छन् । हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राज्वस्व सङ्गकलन काउन्टरहरु र १०३ स्थानमा एटिएम रहेका छन् ।