कोरोना असरः ८० प्रतिशत होटल बुकिङ रद्द, चीनियाँ पर्यटक एक चौथाई मात्रै, पाँच दर्जन उडान रद्द
काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले नेपाललाई पनि धेरै क्षति पुर्याएको छ । नेपालमा हालसम्म भाइरसको संक्रमण नदेखिएपनि यसबाट छुटकारा पाउने सम्भावना भने न्यून छ । नेपाल वरिपरीका दुई छिमेकी राष्ट्र चीन र भारतमा कोरोना संक्रमण व्याप्त छ । चीनबाट सुरु भएको भनिएको यो भाइरसले चीनियाँ जनजीवन त निकै प्रभावति पारेको नै छ यो भाइरस हालै भारतमा दुई जनामा देखिएको खवरले पनि सबैलाई त्रसित पारेको छ । छिमेकी राष्ट्रमा देखिएको कोरोनाको त्रास नेपालमा पनि बढेको छ । यसको मानसिक त्रास मात्र होइन कोरोनाकै कारण नेपाली अर्थतन्त्रमा पनि ठूलो असर पारिसकेको छ । ठूलै तामझामका साथ करोडौं रकम खर्च गरेर सुरु गरिएको नेपाल भ्रमण वर्ष २०२० पनि नेपाल सरकारले स्थगित गरिसकेको छ भने धेरै अन्तर्राष्ट्रिय उडानहरु पनि रद्द गरिसकेको छ । नेपाल सरकारले अन्तर्राष्ट्रिय नाका–नाकामा स्वास्थ्य चेकजाँच गरी आवागवनमा पनि कडाई गरिसकेको छ । मन्त्रिपरिषद्को बैठकले पाँच देशका नागरिकलाई अनअराइभल भिसा पनि नदिने भएको छ । अध्यागमन विभागले कोरोना भाइरस प्रकोपलाई लक्षित गर्दै चीन, जापान, इरान, इटाली र दक्षिण कोरियाका नागरिकलाई अनअराइभल भिसामा रोक लगाएको हो । यसले पनि नेपाली अर्थतन्त्रमा ठूलो धक्का लाग्ने अनुमान गरिएकाे छ । पर्यटकको आगमन गत वर्षभन्दा खस्किसकेको छ भने विदेशी पर्यटकले नेपाल आउनका लागि बुकिङ गरेका होटलहरु पनि धमाधम रद्ध गर्न थालेका छन् । ८ं० प्रतिशत होटल बुकिङ रद्द विश्वभर कोरोना भाइरस (कोभिड–१९) महामारीको रुपमा फैलिरहँदा विदेशी पर्यटकहरु पनि नेपाल आउन छोडेका छन् । अहिले नेपालको होटल, लज तथा रेष्टुरेन्टको व्यवसाय सुस्ताएको छ । विदेशी पर्यटकले बुकिङ गरेका नेपालका होटलहरु दैनिक रद्द हुन थालेका हुन । यही अवस्था रहे नेपालकाे पर्यटन व्यवसाय मात्र होइन, समग्र नेपालको अर्थतन्त्र नै चौपट हुने देखिन्छ । विदेशी पर्यटकले बुकिङ गरेका नेपालका होटलहरु दैनिक रद्द हुन थालेका हुन । होटल व्यवसायी संघका महासचिव साजन शाक्यले बुकिङ भइसकेका होटलहरुको करिब ८० प्रतिशत बुकिङ रद्द भइसेको बताए । उनले होटलमा विदेशी ग्राहकको आगमन धेरै घटेको बताए । यो वर्षको फेब्रअरी सम्म १ लाख ग्राहक आएको बताँदै उनले सबैभन्दा बढी होटल बुकिङ रद्ध युरोपियन अमेरिकन र भारतीय ग्राहकबाट भएकाे विकासन्यूजलाई जानकारी दिए । शाक्यका अनुसार चिनियाँमात्र नभएर अन्य युरोपेली मुलुकबाट समेत पर्यटक नेपाल आउन छाडेका छन् । यही अवस्था रहे नेपालकाे पर्यटन व्यवसाय मात्र होइन, समग्र नेपालको होटल व्यवसाय नै चौपट हुने उनी बताउँछन् । पर्यटन व्यवसाय सुधारका लागि अहिले सार्क राष्ट्रहरुमा केन्द्रित हुने नीति लिइएको छ । अहिलेको हवाई भाडामा समेत सहुलियत दिएर पर्यटक आकर्षित गर्ने रणनीति बनाइदैँ छ । त्यसका लागि अहिले सम्बद्ध निकायहरुबीच छलफल चलिरहेको छ । चीनबाट आउने पर्यटक ७७ प्रतिशतले घटे कोरोना भाइरसको त्राससँगै पर्यटकहरुको आगमन पनि निकै सुस्ताएको छ । पर्यटकलाई घुम्नका लागि यो उपयुक्त समय भएपनि पर्यटकको आगमन भने दैनिक घट्दै गएकाे छ । नेपाल पर्यटन बोर्डका अनुसार पर्यटक आगमनको तथ्याकं सुस्ताएको छ । नयाँ वर्षको सुरुमा पर्यटक आगमनको तथ्याकं राम्रो भएपनि पछिल्लो समय भने निकै सुस्ताएको हो । नेपाल आउने विदेशी पर्यटकमध्ये चिनियाँ नागरिक ३० प्रतिशतको हाराहारीमा हुने गरेको छ । नेपाल घुम्न आउने विदेशी पर्यटकमध्ये भारतीयपछि चिनियाँ पर्यटक दोस्रो नम्बरमा पर्दछन् । पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०१९ मा १ लाख ६९ हजार चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए । यो संख्या सन् २०१८ को तुलनामा ३ प्रतिशतले बढी हो । सन् २०१७ मा नेपाल आउने चिनियाँ पर्यटकहरुको संख्या करिब एक लाखको हारहारीमा सीमित थियो । पछिल्लो समय नेपालमा चिनियाँ पर्यटकको आगमन बढेसँगै पर्यटन क्षेत्र उत्साहित भएको थियो । तर, यसको बिचमै कोरोना आएपछि नेपालको पर्यटन बजार ठप्प भएको छ । पछिल्लो समय नेपालमा चिनियाँ पर्यटकको आगमन बढेसँगै पर्यटन क्षेत्र उत्साहित भएको थियो । तर, यसको बिचमै कोरोना आएपछि नेपालको पर्यटन बजार ठप्प भएको छ । नेपालमा सबैभन्दा बढी पर्यटक आउनेमध्येको चीनबाट मात्रै गत वर्षको यही अवधिभन्दा ७६.८ प्रतिशतले घटेकाे छ । गत वर्षको यही अवधिमा चीनबाट १४ हजार १ सय ६१ जना पर्यटक नेपाल आएका थिए भने यस वर्षको फेब्रअरी सम्ममा ३ हजार २ सय ८५ जना पर्यटक नेपाल आएका छन् । यस्तै, अन्य देशहरुबाट आउने पर्यटक आगमनको ग्राफ पनि सुस्ताएको देख्न सकिन्छ । गत वर्षको यही अवधिको भन्दा यस वर्षमा भुटानबाट आउने पर्यटकमा ५२ प्रतिशत, दक्षिण कोरिया ३७, बेल्जियम ३७.६, जर्मनी १५.४, रसिया १६.६ , क्यानडा ९.६ र अमेरिकाबाट आउने पर्यटकको संख्या ३.५ प्रतिशतले घटेको छ । यसले पनि नेपालको पर्यटनमा धेरै घाटा हुन सक्ने अनुमान गर्न सकिन्छ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पछिल्लो समय कोरोना भाइरसको विश्वव्यापी संक्रमणसँगै नेपालमा पर्यटकको आगमन पनि घटेको बताए । उनले यो समय भौतिक संरचना तथा पूर्वाधार निर्माण गर्ने भएकोले सरकारले यसतर्फ ध्यान दिनु पर्ने बताए । नेपालको अर्थतन्त्र कति सम्म घाटामा हुन्छ त्यसको निर्धारण भने कोरोनाको समायवधिले बताउने उनकाे भनाइ छ । ५ दर्जन जहाज उडानरद्द कोरोना भाइरसको त्रास बढेसँगै धेरै अन्तर्राष्ट्रिय उडान पनि रद्ध भएका छन् । विशेष गरी चीनमा हुने उडान रद्ध भएको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यालले चीनमा उडान हुने करिब पाँच दर्जन जहाजको उडान रद्ध भएको बताए । उनले अहिले दैनिक एक जहाज मात्र चीनमा उडान हुँदै आएको बताए । उनले यी सबै जहाज मार्च २८ सम्मका लागि रद्ध भएको बताए । तर, काेराेनाकाे संक्रमण भइराखे यो कहिले सम्म रद्ध हुन्छ भन्न सकिन्न । चीनका उडानहरु रद्ध भएसँगै नेपालमा पर्यटक आगमनको असर पनि परिसकेको छ । विश्वमा देखिएको कोरोना भाइसरका कारण नेपालको पर्यटन क्षेत्र अस्तव्यस्त छ । चीनका उडानहरु रद्ध भएसँगै नेपालमा पर्यटक आगमनको असर पनि परिसकेको छ । विश्वमा देखिएको कोरोना भाइसरका कारण नेपालको पर्यटन क्षेत्र अस्तव्यस्त छ । कोरोना भाइरसको संक्रमण द्रुत गतिमा फैलिँदा विश्वभरका एयरलाइनहरुले रोकथाम र नियन्त्रणका लागि विश्वमा २ लाख बढी उडान रद्द गराइसकेका छन् । यसरी कतिपय क्षेत्रमा यात्रा निषेध गरिएपछि हवाइ इन्धनको मूल्यमा समेत ठूलो गिरावट आएको बताइएको छ ।
आइसीएफसी फाइनान्सका ग्राहकलाई साङ्ग्रिला होटलमा १५ प्रतिशत छुट
काठमाडौं । आइसिएफसि फाइनान्सका ग्राहकले साङग्रिला होटेलमा १५ प्रतिशत छुट पाउने भएका छन् । फाइनान्सका खातावाला ग्राहक, डेबिट कार्ड होल्डरहरुलाई साङ्ग्रिला होटलमा सेवा लिंदा होटलले दिने विभिन्न सेवा सुविधामा सो मात्रामा छुट हुनेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्भौतापत्रमा सोमबार फाइनान्सको प्रबन्धक संजय थपलिया र होटलका मार्केटिङ प्रमुख साङ्गे तेन्जीङ्ग लामाले हस्ताक्षर गरेका हुन् ।
हिमालय एयरलाइन्सले थप्यो नयाँ जहाज
काठमाडौं । हिमालय एयरलाइन्सले नयाँ जहाज थपेको छ । नेपालको निजी अन्तर्राष्ट्रिय यस एयरलाइन्सले आफ्नो पाचौं वार्षिकउत्सवको अवसरमा ए ३१९–११५ विमान थप गरेको घोषणा गरेको छ । उपाध्यक्ष–अपरेशनस्, क्यापटेन हाओ दीले चीनको तियानजिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साेमबार भित्र्याएको हो । नयाँ विमान एमएसएन ९०२०,दर्ता नम्बर ९ एन–एजेके, स्थानीय समय २२ः२० मा विमानस्थलमा अवतरण भयो । यो नयाँ विमानको प्रवेशसँगै हिमालय एयरलाइन्ससँग तीन एयरबस ए३२०–२१४ र एक एयरबस ए३१९–११५ गरी चारवटा विमान हुने भएको छ । हालै समावेश गरिएको एयरबस ए३१९–११५ छोटो देखि मध्यम दूरीको उडान भर्ने एयरबस ए–३२० परिवारकै विमान हो । एयरबस कम्पनीद्वारा निर्मित यो विमान न्यारो–बडी, दुई इन्जीनयुक्त जेट विमान हो जसले व्यावसायिक यात्रीहरुलाई ल्याउने लाने गर्छ । कुल आठ बिजनेस क्लास सिट र १२० इकोनोमी क्लास सिट क्षमता रहेको विमानमा नयाँ र कुशल इन्जिन क्षमता रहेको छ जुन १५ प्रतिशतसम्म इन्धन बचत गर्न सक्षम छ । हालै समावेश गरिएको यस विमानले उच्च स्थानमा रहेका तिब्बतका ल्हासा, अलिजस्ता गन्तव्यस्थलहरुमा उडान गर्ने तथा उडान संख्या बढाउंदै धेरैभन्दा धेरै यात्रुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्ने छ ।