होटल व्यवसायी महासङ्घको अध्यक्षमा शाह
सुर्खेत । होटल व्यवसायी महासङ्घ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनले हीराध्वज शाहीलाई अध्यक्षमा चयन गरेकाे छ । बुटवलका होटल व्यवसायीको नेतृत्वमा सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न ७३ सदस्यीय समिति सर्वसम्मत शाहीलाई चयन गरेको हो । निर्वाचन समितिका अनुसार समितिको वरिष्ठ उपाध्यक्षमा दिनेशकुमार चुके, प्रथम उपाध्यक्ष (पर्यटनतर्फ) जनकबहादुर शाही, द्धितीय उपाध्यक्ष (सङ्गठनतर्फ) केपी शर्मा, उपाध्यक्ष (महिलातर्फ) मीनादेवी गौतम, उपाध्यक्ष विश्वराज खनाल, इच्छाबहादुर वाग्ले (प्रशासनतर्फ) र इमान्द बराल चयन भएका छन् । त्यस्तै, महासचिवमा वीरमन्जन बटाला, उपमहासचिवमा शेरबहादुर थापा, कोषाध्यक्षमा तिलकबहादुर कार्की, सहकोषाध्यक्षमा मोदनाथ बेल्वासे, सचिवहरुमा दीर्घमान गुरुङ, परमानन्द भण्डारी, चन्द्रलाल न्यौपाने, तुल्सीराम भण्डारी, राजु अधिकारी र गणेशबहादुर खड्का रहेका छन् । नवनिर्वाचित अध्यक्ष शाहले व्यवसायको हकहितका लागि होटल व्यवसायीको एकता जरुरी रहेको औँल्याए । होटल व्यवसायीले दोहोरो कर तिर्नुपर्ने बाध्यता आफूले अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल बैंकले दियाे ‘वि विल राइज’ फाउन्डेसनलाई १५ लाखको चेक
काठमाडौं । नेपाल बैंक लिमिटेडले वि विल राइज फाउन्डेसनलाई रु. १५ लाखको चेक हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले फाउन्डेसनका फुर्वा तेन्जीङ्ग शेर्पालाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । उक्त रकम डेभिड लामा विवक निर्माणमा प्रयोग गरिने भएको छ । विवक पर्वतारोहणको क्रममा बास बस्न प्रयोग गरिने स्टीलले बनेको आधुनिक बासस्थान हो । यो बासस्थान पर्यटक, हिमाल आरोही तथा भरियाहरुले रोल्वालिङ्ग बाट तसी लप्चा पास हुँदै थामे सम्म जान प्रयोग गर्न सक्नेछन् ।
मुलुकभरका होटल व्यवसायी सुर्खेतमाः पर्यटन प्रवद्र्धनमा टेवा
काठमाडौं । होटल व्यवसायी महासङ्घको राष्ट्रिय महाधिवेशन लागि मुलुकभरका होटल व्यवसायी आजदेखि वीरेन्द्रनगरमा भेला भएका छन् । महाधिवेशनका लागि नेपालभरका ८० हजार होटलको प्रतिनिधित्व गर्दै सात वटै प्रदेशका व्यवसायी सुर्खेत आएका हुन् । महासङ्घले दुई दिने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गर्ने कार्यक्रम छ । होटल व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष अमृत भुजेलले महाधिवेशनमा सातै प्रदेशबाट एक हजार ५०० भन्दा बढी होटल व्यवसायीको सहभागिता रहने बताए । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । अध्यक्ष भुजेलले महाधिवेशन प्रतिनिधिलाई कर्णालीको अर्गानिक खानाको व्यवस्था मिलाइएको बताए । “कर्णाली प्रदेश सरकारले अर्गानिक उत्पादनलाई जोड दिएको छ, यस्तो सकारात्मक अभियानको सार्थकताका लागि हामी निजी क्षेत्रको पनि सहयोग हुनुपर्छ”, उनले भने, “कोशेलीका रुपमा स्थानीय उत्पादनलाई नै प्रयोग गर्दैछौँ ।” महासङ्घ सुर्खेतका पूर्वअध्यक्ष तर्कबहादुर शाहीले कर्णालीको पर्यटन प्रवद्र्धनमा महाधिवेशनले ठूलो टेवा पु¥याउने जानकारी दिए । रासस