निगमले ठूला जहाज खरिद प्रक्रिया सुरु गर्यो

काठमाडौँ, ११ असोज । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दुई वटा ठूला (वाइड बडी) जहाज खरिदका लागि आज बोलपत्र (टेन्डर) आह्वान गरेको छ । आगामी १८ महिनाभित्र जहाज खरिद गर्नेगरी अन्तर्राष्ट्रिय टेन्डर प्रकाशित गरिएको निगमका प्रवक्ता रामहरि शर्माले राससलाई जानकारी दिए । ‘दुई ठूला जहाज खरिद प्रक्रियाका लागि ४५ दिने टेन्डर आह्वान गरिएको छ, एक वर्षमा एउटा र छ महिनामा अर्को जहाज खरिद गर्छौं,’ उनले भने ।  सेवा विस्तार र गुणस्तरका लागि निगम अब पूर्णरुपमा लागेको उनको भनाइ छ । सन् २०१७ को मार्चसम्म दुईवटा ‘एयरबस ३३०–२२०’ वाइड बडी खरिद गर्ने योजना रहेको निगमले जनाएको छ । निगमको बोलपत्रअनुसार २५ अर्बमा दुई वटा वाइड बडी विमान खरिद गर्ने योजना बनाएको छ  प्रतिविमान दुई वटा ‘रोल्सरोयस ट्रेन्ट ७७२ बी’ इन्जिनसहित एक हजार घन्टाभन्दा कम उडेको विमान हुनुपर्ने सर्त राखिएको छ । त्यस्तै निगमले खरिद गर्ने जहाजमा २–२–२ फम्र्याटमा ४० देखि ६० इन्चसम्मको पिच भएका १२ देखि १८ सम्म विजनेस क्लास, २–४–२ फम्र्याटमा ३० देखि ३६ इन्चसम्मको पिच भएका इकोनोमी क्लासका सिटसहित जम्मा २५० देखि २८० सम्म सिट हुनुपर्नेछ । निगमलाई जहाज किन्न आवश्यक पर्ने ऋण दिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष तयार भएका छन् भने अर्थमन्त्रालयले ऋणका लागि जमानत बस्न स्वीकृति दिइसकेको छ । रासस

आज ३७ औं विश्व पर्यटन दिवस, पर्यटकलाई छुट र स्वागतको ओइरो

काठमाडौं ११, असोज । आज विश्व पर्यटन दिवस नेपालले पनि धुमधामसाथ मनाइरहेको छ । सरकारले आजको यो दिवसालाई पर्यटकीय गतिविसहित विश्व पर्यटन दिवस भव्यताका साथ मनाउँने निर्णय यस अधि नै गरेको थियो । विभिन्न ३२ वटा पर्यटकीय संघसंस्थासँगको सहकार्य र समन्वयमा औपचारिक रुपमै ३७ औं विश्व पर्यटन दिवस मनाइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले बताए । उनका अनुसार विहानै ठमेलेको संचयकोषबाट र्याली निकालेर शान्तिपूर्ण पदयात्रासहितको कार्यक्रम सुरु भएको छ । मंगलबार दिनभर नै यो दिवसको कार्यक्रम हुने भएको छ । विमानस्थलमा आज पहिलो उडानमार्फत आउने सबै पर्यटकलाए खादा लगाएर स्वागत गर्ने, होटल माहासंघ नेपाल अन्तगरतका सबै होटलमा २० प्रतिशत छुट, ठूला होटलहरुको संस्था होटल संघ नेपालको विशेष छुट, विभिन्न पर्यटन व्यवसायीक संस्थाले पनि छुट र विशेष अफर ल्याएको जानकारी दिएका छन् । हरेक वर्ष २७ सेप्टेमवरका दिन मनाइने यो दिवस यस वर्ष पनि विभिन्न जिल्ला र क्षेत्रमा पर्यटकीय गतिविधि संचालन गर्दै भव्य रुपमा सम्पन्न गरिदै आएको छ । पर्यटन प्रवद्र्धनको कार्यक्रमलाई प्रभावकारी बनाउन निजी क्षेत्रका पर्यटकी संस्थाको समन्वय र सहकार्यमा कार्यक्रम हुँदै आएको छ । विश्व पर्यटन दिवसमा दिन विभिन्न पर्यटकीय संस्थाले पर्यटकीय सेवा दिने विशेष छुट, पर्यटकीय गतिविधि, ¥याली, झाँकीसहितका कार्यक्रम विहानैबाट सुरु भएको छ । पर्यटकीय संस्था सबैले आफ्नो क्षेत्र र कार्यप्रकृति अनुसारका पर्यटनको गतिविधि गरिरहेको पर्यटन सचिव अधिकारीको भनाइ छ । पर्यटन बोर्डमा हुने आजको कार्यक्रममा उत्कृष्ट पर्यटन गाँउ घोषणा, घुमफिर वषृ २०७३ का लागि नयाँ गाउँ घोषणासहितका कार्यक्रम हुने भएको छ ।

राराबासदेखि रारातालसम्मको पर्यटकीय प्याकेज तयार, ग्रामिण जनजीवनको अध्ययन गर्दै रारासम्म पुग्न सकिने

काठमाडौं ८, भदौ । सोसाईटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो) नेपालले रारावासदेखि रारा तालसम्मको नयाँ पर्यटकीय प्याकेज बनाएको छ । नेपालका नयाँ र संभावना बोकेका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्न अग्रसर यो संस्थाले हालसम्म आधा दर्जन भन्दा बढी नयाँ पर्यटकीय गन्तव्यको खोजी, प्रबद्र्धन र पर्यटकीय प्याकेज बनाइउको छ । यो संस्थाले एक साताको स्थलगत भ्रमण गरेरै राराबास देखि रारातालसम्मको पर्यटन प्रबद्र्धन र पर्यटकीय प्याकेज बनाउको जानकारी दिएको छ । आन्तरिक पर्यटन प्रबद्र्धन कार्यक्रम अन्तर्गत बर्दिया–बाँके (गाभर भ्याली)–सुर्खेत–दैलेख–कालिकोट–जुम्ला–मुगुको रारासम्म स्थलगत अध्ययन अवलोकन पछि सोट्टोले उक्त कार्यक्रम अगाडि बढाएको सोट्टो नेपालका अध्यक्ष यमबहादुर खड्काले बताए । रारा राष्ट्रिय निकुन्ज घोषणा भएपनि २०३२ सालमा रारा क्षेत्रका करीब दुई सय घरलाई सरकारले राराबाट स्थानान्तरण गरेको थियो । त्यो बस्ति बाँके, बर्दियासहितका क्षेत्रमा पुगेका छन् । राराको स्थलगत भ्रमणमा जाने प्याकेज सोही रारा तालको किनारबाटै विस्तापित भएको एक घर बाँकेको गाभरभ्यालीमा रहेको छ । सोही घरमा रहेको होमस्टेमा पर्यटक रारा तालकको यात्राका लागि जाने पर्यटककको बसाई हुने भएकोले सोट्टोले प्याकेजको नाम नै राराबासदेखि रारा तालसम्म तय गरेको हो । पर्यटनसँग सरोकार राख्ने विभिन्न संघसंस्था, राजनीतिज्ञ, सरकारी निकायका पदाधिकारीहरु र पर्यटन पत्रकारहरुसहित दुई दर्जन व्यक्तिहरुको सहभागिता रहेको एक फार्म टुर सोट्टोले आयोजना गरेको थियो । गत भदौ ३० देखि असोज ७ सम्मको यो स्थलगत भ्रमणपछिको पर्यटकीय प्याकेज तयार भएको हो । बर्दियादेखि रारासम्म रहेका प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक, धार्मिक महत्वका सम्पदाहरुको अवलोकनका साथै कर्णालीका जिल्ला–जिल्लाका पर्यटकीय सम्पदाहरुको विकासमा पर्यटन प्याकेज निर्माण गरेर अगाडि बढिने बताइएको छ । त्यस क्षेत्रको पर्यटनका सम्भावना र पर्यटनबाट लिन सकिने फाईदाका विषयमा सरोकार पक्षलाई भोक जगाईदिएको छ । सरकारले घुमफिर वर्ष मनाइरहेको सन्दर्भ पारेर नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सोट्टोले स्थलमार्गको प्रयोग गरेरै यो भ्रणत तय गरेको र स्थलमार्ग प्योकज नै तय गरेको जानकारी दिएको छ । स्थलमार्गको प्रायोग गरेर जान चाहने पर्यटकका लागि २५ देखि ३० हजार र जहाजमा जान चाहने पर्यटकका लागि ४० देखि ४५ हजार रुपैयाँ सम्मको प्याकेज तयार भएको सोट्टोको भनाइ छ । यो प्याकेज सात देखि १० दिनको हुने र पर्यटकले ग्रामिण जनजीवनको अध्ययन गर्दै रारासम्म पुग्न सक्ने पनि उल्लेख छ । भ्रमणलगतै सोट्टोले अब रारा क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटक पठाउनको लागि गृहकार्य सुरु भैसकेको सोट्टो–नेपालका अध्यक्ष खड्काले बताए । फार्म टुर अबधिभर सँगै रहेका नेकपा एमाले पर्यटन विभाग प्रमुख सूर्य थापाले राराबास देखि रारातालसम्मका पर्यटकीय स्थलको संरक्षण र सम्बद्र्धन, बजारीकरणमार्फत उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सबै लागि पर्नुपर्ने बताए । उनका अनुसार राराबास (गाभरभ्याली होमस्टे)देखि रारातालसम्म पर्यटकलाई पुर्याउँदाका दुःखहरु के छन् ? भनेर स्थलगत भ्रमण भएको हो । रारामा पर्यटक आए भने त्यसको लाभ तपाई कर्णालीबासी र देशले यी विषयलाई कसरी सम्बोधन गर्न सक्छ भनेर हामी यहाँ आएका हौं । यसमा कर्णालीबासी जनताले यहाँको पर्यटनको विकासमा अन्तिम निर्णय लिनुपर्नेछ । प्रमुख थापाले गुनासोमात्र होईन काम गर्न एक भएर जुट्नुपर्ने बताए । जुम्लाका सांसद एवं पूर्व पर्यटन राज्यमन्त्री बलबहादुर महतले सुन्दर कर्णालीको समग्र पर्यटनको विकासमा आफुले सक्दो बजेट विनियोजन गरेको, त्यसको सदुपयोगमा लाग्न सबैसँग आग्रह गरे । कर्णालीका पर्यटकीय सम्पदालाई राष्ट्रियरुपमा जोड्न र यसको विकासमा आफु संधै लागि पर्ने उनले बताए । फार्म टुरमा सँगै रहेका नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक मणि लामिछानेले कर्णालीका पर्यटकीय सम्पदाहरुबारे यथार्थ सूचना दिन भ्रमण फलदायी बनेको बताए । होमस्टे एसोसियसनका अध्यक्ष भिम केसीले बर्दियादेखि मुगुको रारासम्म पर्यटकलाई बसाउने होमस्टेको विकास गरिनुपर्ने र यसका लागि सहयोग गर्न आफुहरु लागिपर्ने बताए । उनले ग्रामिण पर्यटनको प्रवद्र्धनमा थप सहजता गर्ने गरी यो प्याकेज आएको पनि बताए । रारामा होटल संचालन गरेर बसेका मुगुका एकमात्र पर्यटन व्यवसायी गोपाल बमले राष्ट्रकै प्रमुख पर्यटकीय क्षेत्र रारालाई सबैले महत्व दिएर लगानी बढाउँदै स्थानीयका साथै राष्ट्रकै आम्दानीमा योगदान दिनुपर्ने बताए । उक्त समूहले बाँके–बर्दियामा (गाभर भ्याली होमस्टे अर्थात राराबास), सुर्खेत, दैलेखको गुराँसे, कालिकोटको मान्मा, जुम्लाको खलंगा, मुगुको रारातालमा पर्यटकीय सम्भावना र चुनौति विषयमा छुट्टाछुट्टै अन्तक्रिया कार्यक्रम गरेको थियो । अन्तक्रियामा हरेक जिल्लाका पर्यटन व्यवसायी, स्थानीय वासिन्दा, राजनीतिक दलका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, विभिन्न कार्यालयका प्रमुखहरु, पर्यटन व्यवसायी, संचारकर्मीहरु सहितको सहभागीता रहेको थियो । रारा ताल परिसरमा राष्ट्रिय ताल संरक्षण विकास समितिसँगको सहकार्यमा संयुक्त अन्तक्रिया कार्यक्रम सम्पन्न भएको थियो । यसअघि पनि सोसाइटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो–नेपाल) ले नेपालका थुप्रै नयाँ गन्तव्यहको प्रबद्र्धन र प्याकेजिङ गर्दै आएको छ । रारासम्म पुग्ने सबैले मानव भएर जन्मिएपछि एक पटक धर्तीको स्वर्ग मानिने रारातालसम्म पुग्नै पर्ने बताएका छन् ।