चीनमा फेरि बढ्यो संक्रमण, पहिलो पल्ट मृत्यु रोकिएपछि फेरि भयो शुरु
काठमाडौं । चीनमा सोमवारका दिन कोरोना भाइरसको संक्रमणबाट पहिलोपल्ट कुनै मृत्यु भएको थिएन । तर मंगलवार भने फेरी मृत्यु शुरु भयो । संक्रमणका मामलाहरु पनि बढेका छन् । चीनको नेशनल हेल्थ कमिशनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका ६२ नयाँ मामलाहरु अगाडि आएका छन् । यस बाहेक १३७ यस्ता मामला छन् जसको कुनै स्पष्ट लक्षण छैन । यो अघिल्लो दिनको तुलनामा धेरै हो । सोमवार कोरोना भाइरस संक्रमणका नयाँ मामलाहरु ३२ थिए र स्पष्ट लक्षण वाला मामलाहरु चाहिँ मात्र ३० थिए । चीनमा मंगलवार कोरोना भाइरसका कारण दुई जनाको मृत्यु भयो जबकि सोमवार पहिलो पल्ट मृत्युको कुनै घटना भएको थिएन । साइघाईमा एक जनाको र हूबे प्रान्तमा अर्को मृत्यु भएको भयो । हूबे प्रान्तमै वुहान शहर पर्दछ जहाँबाट पहिलोपल्ट कोरोना भाइरसको मामला अगाडि आएको थियो । (बीबीसी हिन्दीबाट)
चीनबाट बिदा हुँदै काेराेना, २४ घण्टाभित्र एकको पनि मृत्यु भएन
काठमाडाैं । कोरोनाभाइरसको उद्गम स्थल मानिएको चीनमा २४ घण्टाभित्र एक जनाकाे पनि मृत्यु भएकाे छैन । चीनमा पछिल्लो समय कोरोना कहर निकै घटेको छ । सोमबार चीनमा कोरोनाभाइरस संक्रमित जम्मा ३२ जना भेटिएका थिए । चीनमा कोरोना भाइरस संक्रमितको संख्या अहिलेसम्म ८१ हजार ७४० पुगेको छ । त्यहाँ कोरोनाभाइरसका कारण ३३३१ जनाले ज्यान गुमाएका छन् । चीनको सबैभन्दा बढी प्रभावित हुबेई प्रान्तमा जनजीवन सामान्य हुन थालेको छ । त्यहाँ लगाइएका अधिकांश प्रतिबन्ध पनि फुकुवा गर्न थालिएका छन् । एजेन्सी
विश्व स्वास्थ्य दिवस आज, के गर्दै छ स्वास्थ्य संगठन ?
‘स्वास्थ्य सेवामा सबैको पहुँच’ पुर्याउनुपर्ने आवश्यकतामा जोड दिँदै नेपालमा पनि विश्व स्वास्थ्य दिवस मनाईछ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को स्थापना भएको दिन यो दिवस मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठन १९४८ अप्रिल ७ तालिकमा स्थापना गरिएको थियो । यस कारण प्रत्येक साल ७ अप्रिलका दिन विश्व स्वास्थ्य दिवसको रूपमा मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनले विश्व भरिनै स्वास्थ्य अनि उपचारका लगायत विभिन्न प्रकोप अनि महामारीका विरुद्ध लड्नका लागि समुदाय र सरकारहरुलाई सघाउँदै आएको छ । “कोही त मर्दा डाक्टरको चाकरी कोही त मर्छन अस्पताल नहेरि, हाम्रो नेपालमा” अहिले हामी विश्व स्वास्थ्य दिवस मनाउनु भन्दा पनि कोरोना कसरी अत्यन्त बनाउने भन्ने तिर लागेका छन्। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) लगाएत विभिन्न राष्ट्रलाई यो कोरोना कसरी निर्मुल बनाउने भने तिर लागेको छन् । यस भाइरसको सङ्क्रमणबाट सन् २०२० जनवरी ५ मा चीनमा पहिलो व्यक्तिको मृत्यु भएको थियो। यो भाइरस चीनको वुहान प्रान्तमा प्रथम पटक मानिसमा सरेको थियो भने हाल यसको प्रकोप विभिन्न देशहरूमा फैलिरहेको छ। विश्व स्वास्थ्य संगठनले १० हजार नागरिकका लागि ५ जना चिकित्सक चाहिने मापदण्ड तोकेको छ । तर, नेपालमा कति बिरामीलाई कति जना चिकित्सक आवश्यक हो भन्ने नीति नै छैन । अझ बिरामीको चाप बढ्दा भुईमै राखेर उपचार गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ र मौलिक हकका रुपमा रहेको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आवश्यक रहेको छ । स्वास्थ्य सङ्गठनले सबैभन्दा ध्यान दिनुपर्ने कुरामा हातलाई लिएको छ । भाइरस फैलनुको मुख्य माध्यम हात भएको भन्दै डब्ल्यूएचओले साबुन पानीले बारम्बार हात धुन अनुरोध गरेको छ । हात धुँदा हातमा भएको भाइरस मर्ने भएकोले यो सरल, सहज र महत्वपूर्ण उपाय हो । हात दूषित भएपछि, हातबाट भाइरस शरीरभित्र जाने भएकोले हातले अनुहार छोइरहने बानी पूरै त्याग्न डब्ल्यूएचओले सुझाव दिएको छ । विश्व स्वास्थ्य संगठनले विश्व भरिनै स्वास्थ्य अनि उपचारका लगायत विभिन्न प्रकोप अनि महामारीका विरुद्ध लड्नका लागि समुदाय र सरकारहरुलाई सघाउँदै आएको छ । सरकार, समुदाय अनि सरोकारवालाहरुको चासो स्वास्थसेवाको पहुँच बढाउने कुरामा होस् । सामाजिक सुरक्षाको प्रावधान अन्तर्गत स्वास्थ्य बिमा लगायतका सुविधाहरु बढोत्तरी हुँदै आउन्, औसत नेपालीलाई स्वास्थ्यको पहुँचबाट पर हुन नपर्ने अवस्थाको श्रृजना होस् । स्वस्थ्य समस्या समाधानका लागि सबै सचेत हुनुपर्ने अवस्था छ । सरकारले घरघरमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने लक्ष्य राखेको छ। तर, धेरै नेपालीले अझै पनि अस्पताल नै नहेरी मृत्युवरण गर्नुपर्ने दयनीय अवस्था छ । यो समस्या समाधानका लागि भौतिक संरचना निर्माण, जनशक्ति उत्पादन र औषधिको व्यवस्थापनमा उचित ध्यान दिनु जरुरी छ । विश्व स्वास्थ्य सङ्गठनले आफूलाई असहज महसुस भएमा घरमै बस्ने, स्वास्थ्य अधिकारीले भनेका कुराहरु पालना गर्ने भनेको छ । तर ज्वरो, खोकी र सास फेर्न गाह्रो भएमा डाक्टर वा सरकारले तोकेका अधिकारीहरुलाई तत्काल जानकारी गराउने र स्थानीय अधिकारीमार्फत सुरक्षित भएर अस्पताल जान पनि डब्ल्यूएचओले अनुरोध गरेको छ । विश्व स्वास्थ्य संगठनले विश्व भरिनै स्वास्थ्य अनि उपचारका लगायत विभिन्न प्रकोप अनि महामारीका विरुद्ध लड्नका लागि समुदाय र सरकारहरुलाई सघाउँदै आएको छ । सरकार, समुदाय अनि सरोकारवालाहरुको चासो स्वास्थसेवाको पहुँच बढाउने कुरामा होस् । सामाजिक सुरक्षाको प्रावधान अन्तर्गत स्वास्थ्य बिमा लगायतका सुविधाहरु बढोत्तरी हुँदै आउन्, औसत नेपालीलाई स्वास्थ्यको पहुँचबाट पर हुन नपर्ने अवस्थाको श्रृजना होस् । कोरोना महामारी अत्यन्त होस्