अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन मन्त्री भट्टराईको आग्रह, नेपाल-अष्ट्रेलिया सिधा हवाई उडानकाे काम अघि बढ्दै

अष्ट्रेलिया । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षमा अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन अनुरोध गरेका छन् । गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलिया र भिक्टोरियास्थित नेपाली महावाणिज्य दूतावासको कार्यालयद्वारा संयुक्त रुपमा बुधबार राति यहाँ आयोजित ‘भ्रमण वर्ष सन् २०२० को अवसर र चुनौती’ विषयक कार्यक्रममा उनले नेपालको पर्यटकीय महत्वका बारेमा विश्वभर सन्देश प्रवाह गर्न विदेशमा रहेका नेपालीलाई आग्रह गरे। मन्त्री भट्टराईले नेपाल र अष्ट्रेलियाको बीचमा सिधा हवाई उडानका लागि सरकारले काम अघि बढाएको उल्लेख गर्दै यसो हुन सकेमा पर्यटकको सङ्ख्या बढाउन र यहाँ भएका नेपालीलाई पनि सहज हुने बताए । अष्ट्रेलियामा भएको आगलागीबाट नेपाल सरकार मर्माहत भएको बताउँदै उनले यस दुःखको घडीमा सहयोगमा जुट्न नेपाली समुदायसँग आग्रह गरे  । कार्यक्रममा अष्ट्रेलियका लागि नेपाली राजदूत महेशराज दाहालले भ्रमण वर्ष सफल बनाउन यहाँ रहेका नेपालीको उत्साह सराहनीय रहेको भन्दै सबैको साथ र सहयोग रहेमा लक्ष्यअनुसार पर्यटक नेपाल भित्र्याउन सकिने बताए । उनले आफू अष्ट्रेलिया आएदेखिनै यहाँका नेपालीको साथबाट उत्साहित भएको पनि जानकारी दिएका छन् । गैरआवासीय नेपाली महासङ्घका पूर्वअध्यक्ष एवं प्रमुख संरक्षक शेष घलेले आफ्ना परिवार र साथीभाइ भेट्न नेपाल जान सबैलाई आग्रह गरे । उनले नेपालीलाई आफू स्वदेश जान र आफूले चिनेका साथीभाइलाई लैजान पनि अनुरोध गरेका छन् । अष्ट्रेलियाका सङ्घीय सांसद ग्रलाडीस ल्यूले यहाँको अर्थतन्त्रमा आप्रवासीको भूमिका महत्वपूर्ण रहेको भन्दै यस वर्ष आफू पनि नेपाल जान इच्छुक रहेको बताए । गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियका अध्यक्ष केशव कँडेलले सरकारको लक्ष्यअनुसार पर्यटक भित्र्याउन आफूहरु लागि परेको बताए । यहाँको आगलागी पीडितका लागि सङ्घले ५० हजार डलर सहयोग गर्न लागेको पनि जानकारी दिए । सङ्घकै पहलमा मेलवन र सिड्नीमा एउटा एउटा बसमा भ्रमण वर्ष अङ्कित स्टिकर पनि टाँस्ने कार्यक्रम रहेको उनको भनाइ थियो । सो अवसरमा महावाणिज्यदूत चन्द्र योन्जन, भिक्टोरिया प्रदेशका सांसद नेटाली हुट्चिङ्, अष्ट्रेलियाको रेस कमिस्नार चिन्टाङलगायतले भ्रमण वर्ष सफलताको शुभकामना दिए । कार्यक्रममा नेपाल भ्रमण गरेका ट्रेभोर मोयलरी, स्टेफोनिक मे, लुइसिन्डा पेर्टसन, लुई गिलगायतले नेपालको पर्यटकीय महत्वका बारेमा वर्णन गरेका थिए । गत वर्ष यहाँबाट ३३ हजार पर्यटक नेपाल आएको तथ्याङ्क छ । अष्ट्रेलियामा एक लाख ५० हजारभन्दा बढी नेपाली रहेको अनुमान रहेको छ । रासस

इरानको हमलाले विश्व बजारमा प्रभाव, २.५ प्रतिशतले बढ्याे तेलकाे मूल्य

काठमाडौं । एसियाली बजारमा कच्चा तेलको मूल्यमा २.५ प्रतिशत वृद्धि भएको छ र ६९.९४ डलर प्रति ब्यारेल भएको छ । इराकको अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरेपछि कच्चा तेलको मूल्यमा वृद्धि भएको हो । पछिल्लो समय मूल्य वृद्धिका भएकै कारण मध्यपूर्वबाट तेल निर्यातमा रोकावट त हुँदैन भन्ने चिन्ता बढेको छ । इरानको हमलाबाट अन्तर्राष्ट्रिय शेयर बजारमा नकारात्मक असर देखिएको छ । शेयर बजारमा नकारात्मक असर पर्ने देखिएको छ । जापानको निकेईको शेयर २ प्रतिशत घटेको छ, भने हङकङको हेङ सेङमा १ प्रतिशतको गिरावट आएको छ । इरानी संचार माध्यमका अनुसार सो हमला इरानी प्रमुख कमाण्डर कासिम सुलेमानीको हत्याको बदला भएको जनाएको छ । इरानको हमला कासिम सुलेमानीको अन्तिम संस्कारपछि गरेको हो । शुक्रबार अमेरिकाले ड्रोन हमला गरेर कासिम सुलेमानीको हत्या गरे । आगामी दिन बदला स्वरुप अमेरिका र इरानका बीच द्वन्द्व बढ्ने अनुमान छ । त्यस्तो अवस्थामा हारमुजदेखि संसारभर तेल निर्यात रोकिन सक्ने अनुमान छ । साउदी अरब, इराक, संयुक्त अरब इमिरेट्स र कुवेतबाट तेल निर्यात यही मार्गबाट हुने गर्छ । अमेरिकी वायुसेवा नियामक निकाय संघीय हवाईसेवा प्राधिकरण (एफएए)ले अमेरिकी यात्रुवाहक विमानलाई इराकको हवाई सीमाबाट उड्न प्रतिबन्ध लगाएको थियो । हमलापछि नै सिङ्गापुर एयरलाइन्सले पनि आफ्ना सबै विमानलाई इरानी हवाई सीमाबाट नउड्न भनेको छ । इरानको अवस्थाको प्रभाव मध्यपूर्वी देशमा भारत अमेरिका र रुसबाट पनि तेल आयात गदर्छ । त्यस्तै सबैभन्दा बढी तेल मध्यपूर्वका देशहरूबाट आयात गर्छ र त्यसमा पनि इराक पहिलो नम्बरमा पर्छ । यसका अलावा साउदी अरब, ओमान र कुवेत छ । भारतलाई यसको चिन्ता छैन कि तेल निर्यातमा कुनै रोकावट भन्दा पनि तेलको मूल्य वृढिमा छ । अहिले तेलको मूल्य प्रति ब्यारेल ३ डलर बढेको छ । भारतीय अर्थतन्त्रका लागि प्रति ब्यारेल ३ डलर मूल्य बढेको हो । भारतमा जुन आमउपभोक्ता छन्, उनीहरू पेट्रोल–डिजल खरिद गर्छन् या एलपीजी ग्यास गरिद गर्छन्, उनीहरूका लागि यो सुखद् खबर होइन । अमेरिकाको यस्तो कार्बाहीले भारतका नागरिकको खल्तीमा असर गर्नेछ किनकि आगामी दिनमा पेट्रोल–डिजल र एलपीजी ग्यासको मूल्य बढ्ने अनुमान छ । भारतमा तेलको आपूर्ति भए पनि मूल्य उच्च हुन जाने आशंका रहेको छ । तेलको मूल्य यस्तो समयमा बढिरहेको छ, जुनबेला भारत सरकारका लागि आर्थिक घाटा चुनौती बनिरहेको छ । यसबाट भारतीय रुपैयाँमा पनि दबाब बढ्नेछ । आगामी दिनमा भारतीय उपभोक्ताका लागि यो चिन्ताको विषय बन्नेछ । यो भारतीय अर्थव्यवस्थाका लागि त चिन्ताको विषय हुँदै हो । अमेरिकाले उक्त कार्बाही इरानविरुद्ध इराकमा गरेको थियो, तर यसको सबैभन्दा प्रतिकूल असर भने भारत र दक्षिण एसियाका देशमा देखिएको छ । भारतको निकट छिमेकी तथा नेपालले पनि पेट्रोलियम पदार्थ भारतबाटै ल्याउनु पर्ने अवस्थाको यसको प्रत्यक्ष असर नेपालमाथि पर्नेछ । इरानकाे हमलाकाे सुनमा इरानकाे हमलाकाे प्रभाव विश्वकाे सुनबजारमा देखिएकाे छ । नेपालकै सन्दर्भमा हालसम्मकै (उच्च मूल्य) प्रतिताेला ७६ हजार ५ सय रूपैयाँ काराेबार भइरहेकाे छ ।  नेपालले अन्तर्राष्ट्रिय बजारबाट सुनमात्र नभइ पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ ।

बाकसभित्र लुक्दै विमान चढेर भाग्न सफल भएका थिए निशानका पूर्व कार्यकारी प्रमुख कार्लोस गोन

काठमाडौं । जापनिज कार उत्पादक कम्पनी निशानका पूर्व प्रमुख कार्लोस गोन नजरबन्दकै समयमा पनि सुटुक्क भाग्न सफल भएको समाचारले अहिले विश्वभरका मिडियाहरुमा विशेष स्थान पाएको छ । केहि दिन अघि मात्र जापान स्थित आफ्नो अपार्टमेन्टबाट भाग्दै लेवनन पुगेका गोनलाई जापानी अधिकारीहरुले कुनै पनि हालतमा जापान फर्काउने र कानुन बमोजिम कारवाहि गरिछाड्ने अठोट लिएका छन् । भाग्न अपनाएको शैली सीसीटीभी फुटेजमा देखिए अनुसार स्थानिय समय अनुसार दिउँसो दुई बजेर ३० मिनेट जाँदा कार्लोस आफ्नो निवासबाट एक्लै बाहिर निस्कन्छन् । उनी एउटा मास्कको सहायताले अनुहार ढाक्दै कुनै होटलमा पुग्छन् जहाँ उनको भेट दुई जना व्यक्तिहरुसँग हुन्छ । ती दुई सहित कार्लोस शिनागावा स्टेशन पुग्छन् र ओसाका जाने रेल चढ्छन् । ओसाकामा पुगेर उनीहरु विमानस्थल नजिकैको एउटा होटलमा बस्छन् । अधिकारीहरुले जनाए अनुसार होटलबाट एयरपोर्ट जाने क्रममा कार्लोसका दुई साथीहरु सांगितीक उपकरण बोक्ने एउटा ठूलो बाकस लिएर निस्कन्छन् । कार्लोस लुकेर बसेको सो बाकस ठूलो साइजको भएको हुनाले एयरपोर्टको एक्सरे मेशिनमा अटाउँदैन र विना कुनै सुरक्षा जाँच नै एयरपोर्ट भित्र रहेको एउटा निजी विमानसम्म पुग्न सफल हुन्छ । कार्लोस गोनसँग लेवनन, ब्राजिल र फ्रान्सका गरी तीन ओटा देशहरुको पासर्पोट थियो । लेवनन सरकारसँग नजिकको सम्बन्ध रहनु र त्यसैगरी लेवनन र जापानका बीच प्रत्यर्पण सन्धी पनि नहुनुले कार्लोसलाई लेवनन जान उचित लागेको हुनसक्छ । यदी उपरोक्त दुई देश बीच प्रत्यर्पण सन्धी गरिएको हुन्थ्यो भने लेबननले कार्लोसलाई पक्राउ गरी जापानलाई सुम्पिन सक्थ्यो । मौनता भङ्ग गर्ने सम्भावना अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएअनुसार उक्त निजी विमानमार्फत् टर्की हुँदै लेवनन पुग्न सफल भएका कार्लोस गोनले बुधवार यसै विषयका बारेमा पत्रकार सम्मेलन गरी आफ्नो मौनता भङ्ग गर्ने सम्भावना प्रवल रहेको छ । यस्तो थियो कार्लोस माथि लागेको आरोप ६५ वर्षिय कार्लोस् गोनलाई कम्पनीमा आर्थिक अपचलन गरेको आरोपमा पक्राउ गरिएको थियो भने लगत्तै उनी कम्पनीबाट निलम्वनमा पनि परेका थिए । १०८ दिनसम्मको हिरासत बसाइपश्चात् उनी धरौटीमा रिहा भएका थिए । हिरासतबाट बाहिर निस्किए पनि उनलाई देश छाडेर बाहिर जान तथा आफ्नी श्रीमतीसँग भेट्न लगायतका प्रतिबन्ध चाहिँ लागिरहेको थियो । यस किसिमका नजरबन्दीको बावजुद पनि केहि दिन अघि मात्र उनी टोकियो स्थित आफ्नो घरबाट नाटकिय शैलीमा भागेर लेवनन पुग्न सफल भएका थिए । एक समय नायक मानिन्थे कार्लोस हाल आर्थिक अनियमितताको आरोप खेपिरहेका कार्लोसलाई जापानमा कुनै समयमा नायकको संज्ञा दिइएको थियो । सन् २००१ मा उनले टाट पल्टिन लागेको निशान कम्पनीमा प्रमुखको भूमिका सम्हाले पछि सो कम्पनीको अवस्थामा काया पलट नै ल्याइदिएका थिए ।