बोनसपछि निर्धन उत्थान लघुवित्तको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १३ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात लुघवित्तको सेयर मूल्य प्रतिकित्ता १४४० रुपैयाँ रहेको छ । पछिल्लो दिन अर्थात फागुन १० गते संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १६२७ रुपैयाँमा भएको थियो । यससँगै अबको बजारमा संस्थाकोको पहिलो कारोबार प्रतिकित्ता १४४० रुपैयाँदेखि शुरु हुने छ ।

दुई हाइड्रोको सेयर मूल्यमा सर्किट, सबैभन्दा बढी कारोबार हुनेमा निफ्रा अगाडि

काठमाडौं । आइतबार कारोबार खुलेको केही समयमै दुई हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साताको पहिलो दिन नियमति बजार खुलेको २ घण्टाको अवधिमा अपर तामाकोशी हाइड्रोपावर र शिवश्री हाइड्रो पावरको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो । जसमध्ये अपर तामाकोशीको सेयर मूल्य बढेर प्रतिकित्ता ५३९ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ४९ रुपैयाँले बढी हो । आइतबार कम्पनीको ३ लाख ८३ हजार ४ कित्ता सेयर २० करोड ८ लाख रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, शिवश्री हाइड्रोको सेयर मूल्य १७ रुपैयाँले बढेर प्रतिकित्ता १८७ रुपैयाँ पुगेको छ । जुन अघिल्लाे काराेबारकाे तुलनामा १० प्रतिशतले बढी हाे । त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) को सेयर मूल्य ९.८९ प्रतिशतले बढेको छ । दोश्रो बजारमा कारोबार शुरु भएदेखि नै कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । गत बिहीबारको तुलनामा आइतबार कम्पनीको सेयर मूल्य ५४ रुपैयाँले बढेर प्रतिकित्ता ६०० रुपैयाँ पुगेको छ । यो अवधिमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । २०१ कम्पनीको ५ अर्ब ८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कुल काराेबार मध्ये सबैभन्दा बढी निफ्राकाे सेयर काराेबार भएकाे छ । यो समाचार तयार पार्दासम्म कम्पनीको ४९ करोड ९८ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । त्यस्तै, सबैभन्दा बढी समीट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । अहिले संस्थाको सेयर मूल्य ४६ रुपैयाँले घटेर प्रतिकित्ता १२८२ रुपैयाँमा कारोबार भइरहेको छ । जुन अघिल्लो कारोबारको तुलामा ३.४६ प्रतिशतले घटी हो ।

बोनसपछि फर्वाड माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा फर्वाड माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको २५ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात लुघवित्तको सेयर मूल्य प्रतिकित्ता २६७८ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता ३३४८ रुपैयाँमा किनबेच भएको थियो । यससँगै अबको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता २६७८ रुपैयाँदेखि शुरु हुने छ ।

बोनसपछि स्वाभिमान लघुवित्तको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको २० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात लुघवित्तको सेयर मूल्य प्रतिकित्ता २३३३ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता २७९९ रुपैयाँमा किनबेच भएको थियो । यससँगै अबको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता २३३३ रुपैयाँदेखि शुरु हुने छ ।

सिभिल बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । आज (माघ २३ गते) शुक्रबार सिभिल बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ८ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २१५ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता २३२ रुपैयाँमा किनबेच भएको थियो । यससँगै अबको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता २१५ रुपैयाँदेखि शुरु हुने छ । सम्बन्धित समाचार सिभिल बैंकले घोषणा गर्यो दुई वर्ष यताकै उच्च लाभांश

आईजीआईकाे नाफा १२५ प्रतिशतले बढ्यो, सेयर मूल्यमा पनि उच्च वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ६ महिनामा आईएमई जनरल इन्स्योरेन्स (आईजीआई) कम्पनीको नाफा १२५ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले पुस मसान्तसम्म १५ करोड २ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ को प्रथम छ महिनामा कम्पनीको नाफा ६ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीले ६ महिनमा ७१ करोड १३ बीमा शुल्क आर्जन गरेको छ । ६ महिनाको कुल आय ८० करोड ८९ लाख रुपैयाँ रहेको छ । सो अवधिमा कुल व्यय ६५ करोड १९ लाख रुपैयाँ भएको छ । आईएमई जनरल इन्स्योरेन्सले नियमित बीमा कारोबार बाहेक लगानी तथा कर्जाबाट आउने प्रतिफलमा पनि उच्च वृद्धि गरेको छ । यसतर्फ कम्पनीले ६ महिनामा ८ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको प्रथम ६ महिनामा ४ करोड ९४ लाख रुपैयाँ थियो । ६ महिनामा कम्पनीले २९ करोड १० लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । समिक्षा अवधिमा कम्पनीले ७२ हजार १२५ बीमा लेख जारी गरेको र १ हजार ७३२ वटा बीमा दावीमा भुक्तानी गरिएको कम्पनीले जनाएको छ । भुक्तानी हुन बाँकी रकममा पनि कम्पनीले धेरै सुधार गरेको छ । एक वर्षअघि भुक्तानी हुन बाँकी रकम ७६ करोड ८२ लाख रुपैयाँ रहेकोमा पुस मसान्तसम्ममा ६१ करोड १७ लाख रुपैयाँ भएको कम्पनीले जनाएको छ । कम्पनीको वित्तीय अवस्थामा देखिएको सुधारसँगै सेयर मूल्यमा पनि वृद्धि भइरहेको छ । एक वर्षअघि प्रतिसेयर ३०० देखि ४०० रुपैयाँमा कारोबार भईरहेको यस कम्पनीको सेयर हाल प्रतिकित्ता १००० देखि १११० रुपैयाँमा किनबेच भईरहेको छ । पुस मसान्तमा कम्पनीको प्रति सेयर आम्दानी २७ रुपैयाँ ७८ पैसा छ भने प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ९४ पैसा रहेको छ ।

बोनसपछि नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । आज (माघ १४ गते) बुधबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले संस्थाको ३१ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता २१९२ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता २८७२ रुपैयाँमा किनबेच भएको थियो । यससँगै अबको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता २१९२ रुपैयाँदेखि शुरु हुने छ ।

नेप्सेले एनसीसी बैंकलाई सोध्योः कम्पनीकाे सेयर मूल्य एक्कासी किन बढ्याे ?

काठमाडौं । आइतबार नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी) बैंकको सेयर मूल्य एक्कासी बढेसँगै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले कम्पनीसँग स्पष्टिकरण मागेकाे छ । कम्पनीकाे सेयर मूल्यमा असर पार्ने सूचना तथा निर्णय केही गरेकाे हाे भने त्यसकाे जानकारी गराउन नेप्सेले बैंकसँग जवाफ मागेको हो । गत बिहीबार अर्थात माघ ८ गतेसम्म बैंकको सेयर सामान्य उतारचढावमा नै कारोबार भइरहेकोमा माघ ११ गते कम्पनीकाे सेयरमा उच्च खरिद चाप देखिएपछि नेप्सेले बैंककाे जवाफ मागेकाे हाे । धितोपत्र सूचीकरण विनियमावली बमोजिम ‘सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने कुनै घटना वा कारोबार भएमा त्यस्तै विषयको सूचना तुरुन्त दिनुपर्ने’ भन्ने व्यवस्था रहेको छ । तर, सो सम्बन्धी सूचना तथा जानकारी बैंकको तर्फबाट प्राप्त नभएको जनाउँदै नेप्सेले बैंकसँग जवाफ मागेको हो । नेप्सले आइतबार(माघ ११ गते) एक पत्र जारी गर्दै यसको जवाफ तीन कार्यदिन भित्रमा जानकारी गराउन बैंकलाई निर्देशन दिएको छ । यससँगै बैंकले माघ १४ गते बिहान ११ बजेअघि नै नेप्सेलाई सो सम्बन्धी सत्य तथ्य के हो भन्ने विषयको जानकारी गराउनु पर्ने छ । पछिल्लो समय नबिल बैंक र एनसीसी बैंक एक आपसमा मर्ज हुने भन्ने समाचार विभिन्न सञ्चार माध्यममा आइरहेको छ । त्यसको प्रभाव एनसीसी बैंकको सेयर मूल्यमा परेकाे हाे । आइतबार बजार खुल्ने वित्तिकै एनसीसी बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेकाे हाे । प्रतिकित्ता ३३१ रुपैयाँमा कारोबार शुरु भएको बैंकको सेयर मूल्य बढेर प्रतिकित्ता ३६४ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ३३ रूपैयाँ अर्थात ९.९७ प्रतिशतले बढी हो । सम्बन्धित समाचार खुल्दै एनसीसी बैंकको पर्दाभित्रको ‘होमवर्क’, नबिलसँग मर्ज भए कति हाेला स्वाप रेसियो ?

इन्फिनिटी लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । आज (माघ ९ गते) शुक्रबार इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १४.७५ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १३४० रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता १५३८ रुपैयाँमा किनबेच भएको थियो । यससँगै अबको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता १३४० रुपैयाँदेखि शुरु हुने छ ।

ज्योति विकास बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । आज (पुस २९ गते) बुधबार लुम्बिनी विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । विकास बैंकको १० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २१९ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता २४१ रुपैयाँमा किनबेच भएको थियो । यससँगै अबको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता २१९ रुपैयाँदेखि शुरु हुने छ ।

बोनसपछि सिद्धार्थ बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । आज मंगलबार सिद्धार्थ बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १२ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता ४२१ रुपैयाँ कायम भएको छ । सोमबार बैंकको सेयर प्रतिकित्ता ४७२ रुपैयाँमा कारोबार भएको थियो । यससँगै अबको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता ४२१ रुपैयाँदेखि शुरु हुने छ । सम्बन्धित समाचार सिद्धार्थ बैंकको लाभांश घोषणा, बढायो बोनसदर  

नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । बुधबार नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १३ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता ४७८ रुपैयाँ कायम भएको छ । यसअघि बैंकको सेयर प्रतिकित्ता ५४० रुपैयाँमा कारोबार भएको छ ।

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन 

काठमाडौं । नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मंगलबार नेपाल क्रेडिट एण्ड कमर्शियल(एनसीसी) बैंक र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये नेपाल क्रेडिट एण्ड कमर्शियल(एनसीसी) बैंकको १०.२७ प्रतिशत बोनस सेयर पश्चात सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३२४ रुपैयाँ कायम रहेको छ । त्यस्तै, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको पनि बोनस पश्चात सेयर मूल्य समायोजन भएको हो । समायोजन पछि संस्थाको सेयर कारोबार प्रतिकित्ता १९३ रुपैयाँ रहेको छ । र, दुबै कम्पनीको सेयर मूल्य समायोजन पछिको मूल्यबाट सेयर कारोबार खुल्ने छ ।

बोनसपछि प्राइम बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । आज (पुस १४ गते) सोमबार प्राइम कमर्शियल बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ४०७ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा बैंकको सेयर प्रतिकित्ता ४६८ रुपैयाँमा किनबेच भएको थियो । यससँगै साेमबारकाे बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता ४०७ रुपैयाँदेखि शुरु भएकाे छ । याे समाचार तयार पार्दासम्म बैंककाे सेयर मूल्य ४ रूपैयाँले बढेर प्रतिकित्ता ४११ रूपैयाँ पुगेकाे छ ।

हिमालयन डिष्टिलरी, मेगा बैंकसहित १२ कम्पनीकाे सेयर मूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?

काठमाडाैं । नेप्सेमा एकैदिन विभिन्न १२ कम्पनीकाे सेयर मूल्य समायाेजन भएकाे छ । आज(पुस १७ गते) शुक्रबार मात्रै हिमालयन डिष्टिलरी, मेगा बैंकसहित नेप्सेमा सूचीकृत दर्जन कम्पनीकाे मूल्य समायाेजन भएकाे हाे । यससँगै, यी सबै कम्पनीकाे सेयर काराेबार समायाेजन मूल्य पश्चात कायम भएकाे मूल्यदेखि खुल्ने छ । मेगा बैंक नेपालको १० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर कारोबार प्रतिकित्ता २५० रुपैयाँमा खुल्ने छ । जबकी कम्पनीको पछिल्लो कारोबार प्रतिकित्ता २७५ रुपैयाँमा भएको थियो । लक्ष्मी बैंकको ९ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर कारोबार प्रतिकित्ता २६२ रुपैयाँमा खुल्ने छ । जबकी कम्पनीको पछिल्लो कारोबार प्रतिकित्ता २८६ रुपैयाँमा भएको थियो । हिमालयन डिष्टिलरीको ५० प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको छ । यससँगै कम्पनीको सेयर मूल्य ३५२० रुपैयाँ कायम भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ५२८० रुपैयाँमा पछिल्लो कारोबार भएको थियो । प्राइम लाइफ इन्स्योरेन्सको ७ प्रतिशत बोनस पछि मूल्य समायोजन भएको छ । यससँगै कम्पनीको सेयर कारोबार प्रतिकित्ता ७६६ रुपैयाँदेखि खुल्ने छ । त्यस्तै, सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको पछि ५ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । पछिल्लो कारोबार प्रतिकित्ता ७०८ रुपैयाँमा भएको कम्पनीको सेयर मूल्य समायोजन पश्चात ६७४ रुपैयाँ कायम भएको छ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको पनि १६.९४ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको । यससँगै संस्थाको सेयर कारोबार प्रतिकित्ता ८६८ रुपैयाँदेखि खुल्ने छ । जबकी संस्थाको पछिल्लो कारोबार प्रतिकित्ता १०१५ रुपैयाँमा भएको थियो । १५ प्रतिशत बोनस पछि लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । समायोजन पछि संस्थाको सेयर प्रतिकित्ता १३३५ रुपैयाँमा कारोबार खुल्ने छ । त्यस्तै, विजय लघुवित्तको १९ प्रतिशत बोनस पछि मूल्य समायोजन भएको छ । यससँगै दोश्रो बजारमा संस्थाको सेयर कारोबार प्रतिकित्ता १०६८ रुपैयाँमा खुल्ने छ । गुडविल फाइनान्सको पनि ८.४० प्रतिशत बोनस पछि मूल्य समायोजन भएको छ । समायोजन पछि फाइनान्सको सेयर मूल्य प्रतिकित्ता १९६ रुपैयाँ कायम भएको छ । ५ प्रतिशत बोनस पछि पोखरा फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । यससँगै दोश्रो बजारमा संस्थाको सेयर कारोबार प्रतिकित्ता १६७ रुपैयाँदेखि खुल्ने छ । बुटवल पावर कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर कारोबार प्रतिकित्ता ४०५ रुपैयाँमा खुल्ने छ । जबकी कम्पनीको पछिल्लो कारोबार प्रतिकित्ता ४४५ रुपैयाँमा भएको थियो । छ्याङ्दी हाइड्रोपावरको पनि ५ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । पछिल्लो कारोबार प्रतिकित्ता १६३ रुपैयाँमा भएको कम्पनीको सेयर मूल्य समायोजन पश्चात १५५ रुपैयाँ कायम भएको छ ।

एनएमबी बैंकसहित एकैदिन ८ वटा कम्पनीको सेयर मूल्य समायाेजन

काठमाडौं । नेप्सेमा बिहीबार विभिन्न ८ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बोनस सेयर पश्चात ३ वाणिज्य बैंक सहित ८ कम्पनीको एकैदिन सेयर मूल्य समायोजन भएको हो । एनएमबी बैंकको पनि १३ प्रतिशत बोनस पछि मूल्य समायोजन भएको छ । मूल्य समायोजन पश्चात बैंकको सेयर कारोबार प्रतिकित्ता ३७८ रुपैयाँ खुल्ने छ । यसअघि बैंकको पछिल्लो कारोबार प्रतिकित्ता ४२७ रुपैयाँमा भएको थियो । सेञ्चुरी कमर्शियल बैंकको ५.२५ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । प्रतिकित्ता २०९ रुपैयाँ रहेको बैंकको सेयर मूल्य समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता १९९ रुपैयाँ कायम भएको छ । नेपाल बैंकको पनि १२ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको छ । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३३१ रुपैयाँ रहेको छ । जबकी बैंकको पछिल्लो कारोबार प्रतिकित्ता ३७१ रुपैयाँमा भएको थियो । त्यस्तै, कामना सेवा विकास बैंकको पनि बिहीबार सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २१६ रुपैयाँ कायम भएको छ । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको पनि १३ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । यससँगै बैंकको सेयर मूल्य प्रतिकित्ता २३५ रुपैयाँ रहेको छ । १८ प्रतिशत बोनस पछि साधना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १०३८ रुपैयाँ कायम भएको छ । साना किसान लघुवित्तको २५ प्रतिशत बोनस पछि मूल्य समायोजन भएको छ । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता एक हजार ४१५ रुपैयाँ रहेको छ । बरुण हाइड्रोपावर कम्पनीको ५ प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७१ रुपैयाँ कायम भएको छ । यसअघि कम्पनीको पछिल्लो कारोबार प्रतिकित्ता १८० रुपैयाँमा भएको थियो ।

एकैदिन ११ कम्पनीकाे सेयर मूल्य समायाेजन, कसकाे मूल्य कति ?

काठमाडौं । बुधबार विभिन्न ११ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा सूचीकृत विभिन्न कम्पनीको एकैदिन बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । सो दिन ४ वाणिज्य बैंक, ४ लघुवित्त, २ फाइनान्स र एक हाइड्रोको गरी कूल ११ कम्पनीको सेयर मूल्य समायोजन भएको हो । यससँगै अबको कारोबार यी ११ वटै कम्पनीको सेयर कारोबार समायोजन पछि कायम भएको मूल्यबाटै शुरु हुने छ । ४ वाणिज्य बैंक नबिल बैंकको ३३.५० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । यससँगै बैंकको सेयर मूल्य प्रतिकित्ता एक हजार ३८ रुपैयाँ कायम भएको छ । बैंकको पछिल्लो कारोबार प्रतिकित्ता एक हजार ३८६ रुपैयाँमा भएको थियो । ग्लोबल आईएमई बैंकको १४ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३०७ रुपैयाँ कायम भएको छ । कृषि विकास बैंकको पछि १५ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको हो । समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता ४२४ रुपैयाँ कायम भएको छ । जबकी बैंकको पछिल्लो कारोबार प्रतिकित्ता ४८८ रुपैयाँमा भएको थियो । नेपाल एसबिआई बैंकको पनि ६ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । पछिल्लो कारोबार प्रतिकित्ता ४०८ रुपैयाँमा कारोबार भएको बैंकको सेयर मूल्य समायोजन पश्चात प्रतिकित्ता ३८५ रुपैयाँ कायम भएको छ । ४ लघुवित्त छिमेक लघुवित्त वित्तीय संस्थाको २२ प्रतिशत बोनस पछि सेयर मूल्य समायोज भएको छ । पछिल्लो कारोबार प्रतिकित्ता एक हजार ३८५ रुपैयाँमा कारोबार भएको संस्थाको सेयर मूल्य समायोजन पश्चात प्रतिकित्ता एक हजार १३५ रुपैयाँ कायम भएको छ । त्यस्तै, २७.४७ प्रतिशत बोनस पछि ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा पछिल्लो कारोबार प्रतिकित्ता एक हजार ७३२ रुपैयाँमा कारोबार भएको संस्थाको सेयर मूल्य समायोजन पश्चात प्रतिकित्ता एक हजार ३५९ रुपैयाँ कायम भएको छ । वोमी लघुवित्त वित्तीय संस्थाको पछि ३० प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ७०३ रुपैयाँ कायम भएको छ । संस्थाको पछिल्लो कारोबार प्रतिकित्ता ९१४ रुपैयाँमा भएको थियो । त्यसैगरी, स्पर्श लघुवित्त वित्तीय संस्थाको पनि मूल्य समायोजन भएको छ । १९.५० प्रतिशित बोनस सेयरपछि मूल्य समायोजन भएको संस्थाको सेयर मूल्य प्रतिकित्ता ८१३ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको सेयर मूल्य प्रतिकित्ता ९७२ रुपैयाँ थियो । २ फाइनान्स मञ्जुश्री फाइनान्सको १८ प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ३२१ रुपैयाँ कायम भएको छ । त्यस्तै, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको ७.३७ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १८६ रुपैयाँ कायम भएको छ । जबकी संस्थाको पछिल्लो कारोबार प्रतिकित्ता २०० रुपैयाँमा भएको थियो । एक हाइड्रो हाइड्रो समूह अन्तर्गतको ङादी ग्रुप पावरको पनि १० प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । प्रतिकित्ता २४० रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य समायोजन पश्चात प्रतिकित्ता २१८ रुपैयाँमा झरेको छ ।

लुम्बिनी विकास बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । आज (पुस १४ गते) मंगलबार लुम्बिनी विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । विकास बैंकको ७ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २०४ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता २१८ रुपैयाँमा किनबेच भएको थियो । यससँगै अबको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता २०४ रुपैयाँदेखि शुरु हुने छ ।

१९ प्रतिशत बोनसपछि एनएमबि लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । आज (पुस १४ गते) मंगलबार एनएमबि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले संस्थाको १९ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ९८४ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता ११७१ रुपैयाँमा किनबेच भएको थियो । यससँगै अबको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता ९८४ रुपैयाँदेखि शुरु हुने छ ।

बोनसपछि हिमालयन बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । आज (पुस १४ गते) मंगलबार हिमालयन बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १४ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ५६१ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा बैंकको सेयर प्रतिकित्ता ६३९ रुपैयाँमा किनबेच भएको थियो । यससँगै अबको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता ५६१ रुपैयाँदेखि शुरु हुने छ ।