लाइफ इन्स्योरेन्स कर्पोरेशनले १२ प्रतिशत बोनस दिने, सेयर मूल्यमा भारी गिरावट

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)ले सेयरधनीलाई १२ प्रतिशत बोनस दिने भएको छ । साथै, कर प्रयोजनका लागि इन्स्योरेन्सले ०.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव हालै बसेको कम्पनीे सञ्चालक समितिको बैठकले गरेको हो । समितिले कम्पनीको आर्थिक वर्ष २०७३/०७४ को नाफाबाट चुक्ता पुँजीको सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । यस अघि कम्पनीले ३६ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरी बीमा समितिमा पेश गरेको थियो । उक्त प्रस्तावलाई बीमा समितिले विभिन्न प्राविधिक कारणवश वित्तिय विवरणमा संसोधन गरी पुनः पेश गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनलाई पालना गर्दै वित्तिय विवरण पुनः पेश गरेकाे कम्पनीको प्रस्तावित लाभांशमा गिरावट आएको हो । सोही अनुसार कम्पनीले १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । समितिको प्रस्तावलाई बीमा समितिले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश दिने छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ३३ करोड रुपैयाँ रहेको छ । जसमा १२ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी साढे एक अर्ब रुपैयाँ कायम हुने छ । लाभांश घोषणासँगै कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ । आइतबार प्रतिकित्ता १५८० रुपैयाँमा कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता १५२० रुपैयाँ पुगेको छ । बोनस सेयर घटेर १२ प्रतिशतमा झरेपछि धेरै बोनस पाउने आसमा रहेका लगानीकर्तामा निरासा देखिएको सेयर मूल्यले संकेत गरेको बुझिन्छ ।

१५ प्रतिशत बोनस पछि ग्लोबल आईएमई लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । आइतबार ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले संस्थाको १५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य घटेर प्रतिकित्ता ११०४ रुपैयाँमा झरेको छ । जसको आधार मूल्य प्रतिकित्ता १३३३ रुपैयाँ रहेको थियो ।

सानिमा बैंकले १४ प्रतिशत नगद लाभांश दिने, सेयर मूल्य घट्याे

काठमाडौं । सानिमा बैंक लिमिटेडले सेयरधनीलाई १४ प्रतिशत नगद लाभांश दिने भएको छ । हालै सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई सो मात्राको नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउनेछन् । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब १२ लाख रुपैयाँ रहेको छ । बैंकले नगद लाभांश घोषणा गरेपछि यसको सेयर मूल्य घटेको छ । बुधबार प्रतिकित्ता ३३४ रूपैयाँमा कारोबार भएको यस बैंकको सेयर बिहीबार झरेर ३१७ रूपैयाँमा कारोबार भएको छ । बोनस सेयर नपाउने भएपछि लगानीकर्तामा निरासा देखिएको सेयर मूल्यले संकेत गरेको छ ।

५० प्रतिशत हकप्रदपछि किसान माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन

काठमाडौं । मंगलबार किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले संस्थाको ५० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १११६.६७ रुपैयाँ रहेको छ । जसको आधारमूल्य प्रतिकित्ता १५१८.५६ रुपैयाँ रहेको थियो । मूल्य समायोजनपछि खुलेको मंगलबारको सेयर कारोबारमा कम्पनीको सेयर मूल्य बढेको छ । प्रतिकित्ता १११७ रुपैयाँमा खुलेको संस्थाको सेयर मूल्य करिब एक घण्टामै बढेर प्रतिकित्ता ११३९ रुपैयाँ पुगेको छ ।

५ प्रतिशत बोनसपछि पोखरा फाइनान्सको सेयर मूल्य समायोजन

काठमाडौं । सोमबार पोखरा फाइनान्स लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले ५ प्रतिशत बोनस पश्चात फाइनान्सको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४९.५२ रुपैयाँ रहेको छ । जसको औसत आधार मूल्य प्रतिकित्ता १६९.७६ रुपैयाँ रहेको थियो ।

१० प्रतिशत बोनसपछि सानिमा माई हाइड्रोपावरको सेयर मूल्य समायोजन

काठमाडौं । सानिमा माई हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बिहीबार मात्रै कम्पनीको १० प्रतिशत बोनस पछिको सेयर मूल्यलाई समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६० रुपैयाँ तोकिएको छ । जसको आधारमूल्य प्रतिकित्ता ३०५.५० रुपैयाँ रहेको थियो । बिहीबारको बजारमा कम्पनीको सेयर मूल्यमा गिरावट आइरहेको छ ।

चिन्नुहोस बजारलाई प्रभाव पार्ने १० ठुला कम्पनी, सेयर मूल्य घट्दा पनि उत्कृष्ठ बने

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले धितोपत्र कारोबारका आधारमा १० उत्कृष्ट कम्पनी छनोट गरेको छ । बजार मूल्यका आधारमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड पहिलो नम्बरमा परेको छ । सो कम्पनीको बजार पूँजीकरण मूल्य १ खर्ब १४ अर्ब ३० करोड रुपैयाँ छ । यस्तै दोस्रोमा नविल बैंक रहेको छ । सो बैंकको ७५ अर्ब ८८ करोड  रुपैयाँ बराबरको बजार पूँजीकरण मूल्य छ । तेस्रोमा नेपाल इन्भेस्टमेन्ट बैंक परेको नेप्सेले जनाएको छ । सो बैंकको ६८ अर्ब रुपैयाँ बराबरको बजार पूँजीकरण मूल्य छ ।चौथोमा स्ट्यान्डर्ड चार्टड बैंक रहेको छ । त्यसको ५५ अर्ब २७ करोड, पाँचौँमा रहेको एभरेष्ट बैंकको ५० अर्ब ६४ करोड ९५ लाख रुपैयाँ बजार पूँजीकरण छ ।   यस्तै हिमालयन बैंकको ४३ अर्ब ८१ करोड, नेपाल लाइफ इन्स्योरेन्सको ४१ अर्ब, नेपाल एसबीआई बैंकको ३९ अर्ब ५९ करोड, एनआइसी एसिया बैंकको ३४ अर्ब १३ करोड र एनएमबी बैंकको ३० अर्ब ६० करोड रुपैयाँ बजार पूँजीकरण छ । स्टकले यही असोज १२ गतेदेखि असोज १८ गतेसम्मको सेयर मूल्यका आधारमा उत्कृष्ट १० कम्पनी छनोट गरेको हो । सेयर बजारमा गिरावट आए पनि केही कम्पनीको सेयर मूल्य भने तुलनात्मकरुपमा घटेको छैन । यस्तै पछिल्लो एक साताको सेयर कारोबारका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको ४ लाख ६१ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । यस्तै प्रभु बैंक, माछापुछे« बैंक, ग्लोबल आइएमइ बैंक, एनएमबी बैंक, मेगा बैंक, कुमारी बैंक, जनता बैंक, सिभिल बैंक र एनआइसी एशिया बैंकको सेयर कारोबारमा समेत उत्कृष्ट दश कम्पनीमा पर्न सफल भएका छन् ।   स्टकका अनुसार प्रभु बैंकको ९७८ कित्ता एनएमबी बैंकको ९२७, मेगा बैंकको ८९५ कित्ता, कुमारी बैंकको ७८४, एनआइसी एशिया बैंकको ७७१ कित्ता, नेपाल इन्भेस्टमेन्ट बैंक ७५१ कित्ता, नेपाल लाइफ इन्स्योरेन्सेको ६५५ कित्ता, जनता बैंकको ६५१ कित्ता, सिभिल बैंकको ६०७ कित्ता र स्ट्यान्डर्ड चार्टड बैंकको ५८२ कित्ता सेयर कारोवार भएको छ । रासस

एनआईसी एशिया बैंकका लगानीकर्ताले कमाए १३६ रुपैयाँ, किन बढ्दै छ सेयर मूल्य ?

काठमाडौं । एक महिनायता एनआईसी एशिया बैंकको सेयर मूल्य निरन्तर बढ्दै गएको छ । सेयर मूल्य बढेसंगै कारोबार रकममा पनि वृद्धि भएको छ । गत साउन २७ गते प्रतिकित्ता ३०४ रुपैयाँमा सेयर कारोबार भएकोमा असोज ७ सम्म आइपुग्दा बढेर ४४० रुपैयाँ पुगेको छ । एक महिनाको अवधिमा एनआईसी एसियाका लगानीकर्ताले १३६ रुपैयाँ कमाएका छन् । आइतबार मात्रै एनआईसी एसियालेको ७ करोड ४ लाख ६२ हजार रुपैयाँमा १ लाख ६१ हजार ६९३ कित्ता सेयर किनबेच भएको छ । एनआईसी एशियाको व्यवसाय वृद्धिले लगानीकर्ताको विश्वास बढाएको बैंकका सञ्चार अधिकृत सुधीर पाण्डे बताउँछन् । निक्षेप, कर्जा लगानी र वासलातको आकारका आधारमा नेपालको सबैभन्दा ठूलो बैंक एनआईसी एसिया भएको उनको दाबी छ । निक्षेप र लगानीको आकारमा भएको वृद्धिले आगामी दिनमा राम्रो प्रतिफल दिने आधार तयार पारेकाले लगानीकर्ता लोभिएको तर्क पाण्डेको छ । उनका अनुसार बैंकले हालसम्म १ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी १ खर्ब ३४ अर्ब रुपैया कर्जा लगानी गरेको छ । एनआईसी एशियाले आगामी तीन आर्थिक वर्ष अवधिमा १५ अर्ब रुपैयाँ खुद नाफा गर्ने योजना सार्वजनिक गरेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब १९ करोड रुपैयाँ मात्र खुद नाफा गरेको थियाे । बैंकले गत वर्ष, चालू आर्थिक वर्ष र आगामी आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई बोनस सेयर र नगद लाभांश दुबै दिने जानकारी दिएको छ । तीन वर्षको अवधिमा निक्षेप ३ खर्ब ५० अर्ब, कर्जा लगानी २ खर्ब ५८ अर्ब, पुँजी बजारमा लगानी ४६ अर्ब पुर्याउने जनाएको छ । आइतबार सेयर बजार २.६ अंकले बढ्याे सेयर बजार सामान्य बढे पनि ६९ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकिङ, जलविद्युत, व्यापार र होटल समूहको सेयर मूल्य बढेको छ भने बीमा, लघुवित्त र उत्पादनको घटेको छ । आइतबार साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र प्रभु बैंकका लगानीकर्ताले पनि कमाएका छन् ।

गुहेश्वरी मर्चेण्टले ४ करोड २१ लाख रुपैयाँ नगद लाभांश दिने, सेयर मूल्यमा गिरावट

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले सेयरधनीलाई ४ करोड २१ लाख ५ हजार ६०० रुपैयाँ नगद लाभांश दिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट कर सहित सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव असोज १ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । नगद लाभांशको घोषणा गरेसँगै मंगलबार संस्थाको सेयर मूल्यमा गिरावट आएको छ । संस्थाले बाेनस सेयर नदिने भएपछि लगानीकर्ताहरुमा निरासा छाएकाे सेयर मूल्यबाटै बुझ्न सकिन्छ ।

एक्सेल डेभलपमेन्टले १७ प्रतिशत नगद लाभांश दिने, सेयर मूल्य घट्यो

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले सेयरधनीलाई १७ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले कर सहित आर्थिक वर्षको मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको सो मात्रा अर्थात ११ करोड ७७ लाख रुपैयाँ लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंककाे चुक्ता पुँजी ६९ करोड २६ लाख रुपैयाँ रहेकाे छ । बैंकले नगद लाभांश घोषणा गरेपछि यसको सेयर मूल्य घटेको छ । बिहीबार प्रतिकित्ता ३१५ रूपैयाँमा कारोबार भएको यस बैंकको सेयर आइतबार झरेर ३०३ रूपैयाँमा कारोबार भएको छ । बोनस सेयर नपाउने भएपछि लगानीकर्तामा निरासा देखिएको सेयर मूल्यले संकेत गरेको छ ।

ज्योति विकास बैंकले ८ प्रतिशत नगद लाभांश दिने, सेयर मूल्य घट्याे

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले सेयरधनीलाई ८.४० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले गत आव २०७४/७५ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको सो मात्रा अर्थात २१ करोड ८० लाख ६२ हजार ७५३ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव भदौ २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । साथै, बैंकले उक्त नगद लाभांशबाट प्राप्त हुने रकमबाट खण्डिकृत सेयरमा रहेको भिन्न अंक थप गरी पूर्ण सेयर कायम गर्ने भएको छ । हकप्रद सेयर वितरण गरेपछि प्राप्त हुन बाँकी सेयरधनीहरुको खण्डिकृत अवस्थित भिन्न रकम तथा कर बापत बुझाउनु पर्ने रकम कट्टा गरेर बाँकी रकम मात्र सेयरधनीहरुलाई वितरण गर्ने बैंकले जनाएको छ । बैंकले नगद लाभांश घाेषणा गरेपछि यसकाे सेयर मूल्य घटेकाे छ । अाइतबार प्रति कित्ता १४४ रूपैयाँमा काराेबार भएकाे यस बैंककाे सेयर साेमबार झरेर १३६ रूपैयाँमा काराेबार भएकाे छ । चुक्ता पुँजी २ अर्व ६० करोड रुपैयाँ पुगिसकेकाे अवस्थामा बैंकले सेयरधनीलार्इ नगद लाभांश दिने निर्णय गरेकाे हाे । बाेनस सेयर नपाउने भएपछि लगानीकर्तामा निरासा देखिएकाे सेयर मूल्यले संकेत गरेकाे छ ।  

शतप्रतिशत हकप्रदपछि स्वदेशी लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । स्वदेशी लघुवित्तको वित्तीय संस्था लिमिटेडको १०० प्रतिशत हकप्रद पछिको सेयरमा मूल्य समायोजन भएको छ । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ८०१.५० रुपैयाँ तोकिएको छ । जसको औसत आधार मूल्य ५०३.२५ रुपैयाँ रहेको छ । संस्थाले सेयरधनीहरुलाई १ बराबर १ को अनुपातमा हकप्रद निष्काशन गर्दै छ । सो प्रयोजनको लागि भदौ २५ गते(अर्थात आज) संस्थाको बुक क्लोज भएको छ । हाल संस्थाको चुक्ता पुँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद पछि लघुवित्तको चुक्ता पुँजी २३ करोड रुपैयाँ पुग्ने छ ।

नेप्से १५ अंकले बढ्दा नेपाल लाइफको बढी कारोबार, दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशतले वृद्धि

काठमाडौं । साताको दोश्रो दिन पनि सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । सोमबारको नेप्से परिसूचक १५.९८ अंकले उकालो लागेर १२०६.२६ अंकमा पुगेको छ । कारोबार खुलेदेखि बढ्ने क्रममा रहेको बजार साढे १ बजेपछि केही बेर ओरालो लागेको थियो । त्यसपछि कारोबार बन्द हुँदा नेप्से अघिल्लो दिनको तुलनामा झण्डै १६ अंकले बढेको हो । दोहारो अंकको वृद्धि आएको बजारमा कारोबार रकममा पनि केही सुधार भएको देखिन्छ । सोमबारको बजारमा कुल १६९ कम्पनीको ५४ करोड ६० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर किनबेच भएको छ । यस कम्पनीको एकैदिन १० करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बजारमा दुई कम्पनीको सेयर मूल्यमा करिब १० प्रतिशतको वृद्धि भएको छ । ती मध्ये लक्ष्मी बैंकका लगानीकर्ताले ९.९६ प्रतिशत र काबेली विकास बैंकका सेयरधनीले ९.६४ प्रतिशत कमाएका छन् । काबेली विकास बैंकले ३५ प्रतिशत बोनस दिने घोषणा गरेपछि लगानीकर्ताहरु यस कम्पनीको सेयरप्रति आकर्षित भएका हुन् । बैंकले सोमबार बिहान मात्रै नेप्सेमा सो मात्राको बोनस दिने घोषणा सार्वजनिक गरेको थियो ।

सेयर बजार निरन्तर घट्दाको परिणाम, ९ वाणिज्य बैंकको सेयर मूल्य १०० रुपैयाँ नजिक

काठमाडौ । कुनै समय बैंक तथा वित्तीय संस्थाको सेयर खरिद गर्नुलाई ठूलो प्रतिष्ठाको विषय मानिन्थ्यो । सर्वसाधारण घण्टौंं लाइन लागेर भएपनि सेयर खरिद गर्न आतुर हुन्थे । पछिल्लो समय निरन्तर ओरालो लागेको सेयर बजारका कारण ‘क’ वर्गका बैक तथा वित्तीय संस्थाको सेयर मूल्य समेत घटेको छ । यसबाट पूराना लगानीकर्तालाई समस्यामा पारेको भएपनि नयाँ लगानीकर्तालाई भने अवसर प्रदान गरेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नौ बैक तथा वित्तीय संस्थाको सेयर आधारभूत मूल्यकै हाराहारीमा रहेको छ । सेयर बजारमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताका लागि यो सुखद समय भएपनि कारोबार गरिरहेका लगानीकर्तालाई भने बजार घटेका कारण समस्या भएको छ । घट्दो बजारका कारण ठूला बैकको सेयर आधारभूत मूल्यकै तहमा आइपुग्दा नयाँ लगानीकर्तालाई लगानीको अवसर प्रदान गरेको छ । नेपाल स्टकका अनुसार सेञ्चुरी बैककाे प्रतिसेयर मूल्य १६९ रुपैयाँ रहेको छ । गत वर्ष भदौ दोस्रो साता पनि सो बैककाे सेयर मूल्य २२७ रुपैयाँ थियो । यस्तै सिभिल बैककाे सेयर पनि घटेको छ । सो बैंक प्रतिसेयर मूल्य १४८ रुपैयाँ छ । गत वर्ष भदौमा सो बैकको सेयर  २३० रुपैयाँमा खरिद बिक्री भएको थियो । जनता बैंककाे सेयर प्रतिकित्ता १५३ रुपैयाँ मा खरिद बिक्री भएको छ । गत बिहिबारको तथ्याङ्क अनुसार सो बैककाे सेयर निरन्तर ओरालो लाग्दै गएको छ । गत वर्ष भदौमा सो बैंकको सेयर २५४ रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै मेगा बैकको सेयर १६१ रुपैयँमा कारोबार भएको छ । गत वर्ष ४४९ रुपैयाँमा कारोबार भएको सो बैकको सेयर निरन्तर ओरालो लागेको छ । माछापुच्छ्रे बैङ्कको सेयर पनि दोस्रो बजारमा कमजोर देखिएको छ । सो बैंकको सेयर गत बिहिबार २०४ रुपैयाँमा खरिद बिक्री भएको थियो । गत वर्ष भदौमा समेत सो बैंकको सेयर ३२७ रुपैयाँमा कारोबार भएको थियो । सेयर बजारमा नेपाल बङ्गलादेश बैक कमजोर देखिएको छ । सो बैकको सेयर १९९ रुपैमा कारोबार भएको छ । गत वर्ष भदौमा सो बैकको सेयर ३३२ रुपैयाँमा खरिद बिक्री भएको थियो । एनसीसी बैकको सेयर पनि ओरालो लागेको छ । सो बैकको सेयर प्रतिकित्ता १८० रुपैयाँमा बिक्री भएको थियो । गत वर्ष भदौमा ३६४ रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै प्रभु बैकको सेयर प्रतिकित्ता १८० रुपैयाँमा खरिद बिक्री भएको छ । गत वर्ष भदौमा ३७० मा कारोबार भएको थियो । सिटिजन बैकको प्रतिकित्ता सेयर २३५, ग्लोबल आइएमइ बैकको २९६, लक्ष्मी बैकको २३३, बैक अफ काठमाण्डुको २८९, नेपाल बैकको २८६, एनएमबी बैकको ३१६, प्राइम बैकको २९५, सनराइजको २२०, एनआइसी एसियाको ३४० तथा सानिमा बैकको प्रतिकित्ता ३२० रुपैयाँमा कारोबार भएको छ । तीन बैककाे सेयर मात्रै बढी नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत २७ वाणिज्य बैक तीन बैकको सेयर मात्र मात्रै ५०० रुपैयाँ माथि रहेको छ । स्ट्याण्डर्ड चार्टड बैककाे प्रतिकित्ता ७१५ रुपैयाँमा कारोबार भएको छ । गत वर्ष २ हजार २०१ रुपैयाँमा कारोबार भएको सो बैकको सेयर मूल्य घट्दै गएको छ । नबिल बैंकको प्रतिकित्ता ९४७ रुपैयाँमा कारोबार भइरहेको छ । गत वर्ष सो बैकको सेयर १ हजार ६६५ रुपैयाँमा खरिद बिक्री भएको थियो । एभरेष्ट बैकको सेयर मूल्य ६५८ रहेको छ । गत वर्ष १ हजार २६६ रुपैयाँमा कारोबार भएको थियो । नेपाल एसबिआई बैंकको सेयर ४९३ मा कारोबार भएको छ । नयाँ लगानीकर्तालाई अवसर सेयर बजार विश्लेषक प्रकाश तिवारी सुरक्षित लगानी गर्न चाहनेलाई बैक तथा वित्तीय संस्थाको सेयरमा लगानी गर्ने अवसर रहेको बताउछन् । चाँडो फाइदा खोज्ने र थोरै लगानी गरेर धेरै नाफा खोज्नेलाई भने वित्तीय क्षेत्रभन्दा अन्य क्षेत्र नै उपयुक्त रहेको उनको भनाइ छ । सामान्यता बैक तथा वित्तीय संस्थाको सेयरमा जोखिम कम हुने भएकाले पनि नागरिकको आर्कषण रहने गर्दछ । ‘वियरिस टेन्ड’ मा रहेको बजारको प्रभाव सो क्षेत्रमा समेत परेको छ । विश्लेषक तिवारी ‘क’ वर्गका बैकको तथा वित्तीय संस्थाको सेयर आधरभूत मूल्यका हाराहारीमा रहनु नयाँ लगानीकर्ताका लागि अवसर भएको बताउछन् ।

बजारमा एकाएक हरियाली, नेप्से ९ अंकले बढ्दा १३९ कम्पनीको सेयर मूल्यमा वृद्धि

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा हरियाली छाएको छ । सामान्य घटबढ भइरहेको बजारमा बिहीबार नेप्से परिसूचक ९ दशमलब ३९ अंकले बढेर ११८१ दशमलब ६९ अंकमा पुगेको छ । लगातार घटेको बजारमा आज केही मात्रामा सुधार भएको देखिन्छ । कारोबार खुलेदेखि निरन्तर उकालो लागेको बिहीबारको बजारमा २१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १६७ कम्पनीका ७६ लाख ९९ हजार कित्ता सेयर किनबेच भएका छन् । सो मध्ये सबैभन्दा बढी एनआइसी एशिया बैंकको २ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको साधारण र नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड रुपैयाँ बढीका प्रमोटर सेयर कारोबार भएका छन् । बिहीबार कमाउने १० उत्कृष्ट कम्पनीहरू झण्डै दोहोरो अंकले बढेको बजारमा नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । यस संस्थाका लगानीकर्ताले एकैदिन ८.८८ प्रतिशत कमाएका छन् । त्यस्तै, स्वदेशी लघुवित्त वित्तीय संस्था, पूर्णिमा विकास बैंक र आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले क्रमशः ५.७७, ५.३३ र ५ प्रतिशत कमाएका छन् । दिनभर १६७ कम्पनीको कारोबार भएको बजारमा १३९ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको भएको छ । बाँकी २८ कम्पनीका लगानीकर्ताले भने सामान्य अंकले गुमाएका छन् । बिहीबार सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.४२ प्रतिशत गुमाएका छन् । बिहीबार होटल बाहेक कारोबारमा आएका सबैसमूह हरिया भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक ६२ अंकले बढेको छ । त्यस्तै, जिवन बीमा र माइक्रोफाइनान्स समूह क्रमशः २६ र १४ अंकले उकालो लागेका छन् । होटल समूह २.३१ अंकले ओरालो लागेको छ भने बाँकी समूहको सूचक सामान्य एकल अंकले बढेका छन् ।

नेप्से १६ अंकले घट्यो, १४५ कम्पनीको सेयर मूल्यमा गिरावट

काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले घटेको छ । करिब एक साता अघिदेखि सामान्य घटबढ भएको बजारमा आइतबार भने १६.६९ अंकको गिरावट आएको छ । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको सो दिनको परिसूचक अन्तत १.४१ प्रतिशतले घटेर ११६३ अंकमा झरेको छ । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले मौद्रिक नीति पुँजीबजार मैत्री नहुँदा सेयर बजार निरन्तर घटिरहेको बताएका छन् । उनले अझै घट्ने सम्भावना रहेको बताए। आइतबार कुल १६२ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये १७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । अन्य बाँकी १४५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । सबैभन्दा बढी आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ३.८७ प्रतिशत कमाएका छन् । उता मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले एकैदिन १० प्रतिशत गुमाएका छन् । बजारमा ७ लाख ८१ हजार कित्ता सेयर कुल २५ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर किनबेच भएको छ । यस कम्पनीको एकैदिन ३ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९१० रुपैयाँ रहेको छ । त्यस्तै, बजारमा दुई समूहबाहेक बाँकी समूहको सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी लाईफ इन्स्योरेन्स समूहको सूचक १९३ अंकले घटेको छ । त्यस्तै, नन् लाइफ इन्स्योरेन्सको सूचक १०५ अंकले घटेको छ । उत्पादनमूलक ६३, माइक्रोफाइनान्स ३१, हाइड्रोपावर २१, विकास बैंक १३ र बैंकिङ समूह ११ अंकले ओरालो लागेका छन् । उता होटल र ट्रेडिङ समूह क्रमशः ६.७३ र २.११ अंकले उकालो लागेका छन् ।

हकप्रदपछि प्रोगेसिभ फाइनान्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । बुधबार प्रोगेसिभ फाइनान्स लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले फाइनान्सको २८१ प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात फाइनान्सको सेयर मूल्य प्रतिकित्ता १०७.३५ रुपैयाँ रहेको छ । जसको औषत आधार मूल्य प्रतिकित्ता ११७.१७ रुपैयाँ रहेको थियो ।

१६७ प्रतिशत हकप्रद पछि सिटी एक्स्प्रेस फाइनान्सको सेयर मूल्य समायोजन

काठमाडौं । सोमबार सिटी एक्स्प्रेस फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले फाइनान्सको १६७ प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन गरेको हो । समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता १०८.६१ रुपैयाँ रहेको छ । जसको औसत आधार मूल्य प्रतिकित्ता १५४.३१ रुपैयाँ रहेको थियो ।

सेयर मूल्य बढेपछि एप्पल इंक बन्यो सर्वाधिक महंगो कम्पनी, बजार मूल्य १० खर्ब डलर

एजेन्सी । आईफोन निर्माता कम्पनी एप्पल इंकको बजार मूल्य बढेर १० खर्ब अमेरिकी डलर पुगेको छ । विश्वको अगुवा प्रविधि कम्पनी एप्पलको बजार पुँजीकरण बढ्नुमा सेयर मूल्य मुल कारण रहेको छ । एप्पलको सेयर मूल्य बढेर २०७ डलर कटेको छ । यो हालसम्मको सबैभन्दा बढी मूल्य हो । एप्पलको नाफा ३० प्रतिशत बढेको छ । उसको नाफा बढेर ११ अर्ब ५० करोड डलर पुगेको छ । एप्पलको आम्दानी १७ प्रतितश बढेर ५३ अर्ब ३० करोड डलर पुगेको भारतको फाइनान्सियल एक्सप्रेसले बताएको छ ।गत जुनसम्म एप्पलले ४१ करोड ३० लाख थान आईफोन बिक्री गरेको छ । ४२ वर्ष पुरानो एप्पल बुधबार अमेरिकाको सर्वधिक महंगो कम्पनी भएको हो । चीन सरकार स्वामित्वको पेट्रोचाइनाको रेकर्डलाई एप्पलले तोडेको फाइनान्सियल एक्प्रेसले जनाएको छ । पेट्रो चाइनाले सन् २००७ मा साधारण सेयर (आईपीओ) निष्कासन गरेपछि उसको बजार पुँजीकरण १० खर्ब १ अर्ब डलर नाघेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । एप्पलको १ अर्ब डलरबाट १० खर्ब डलरको यात्रा सन् १९८० मा एप्पलको बजार पुँजीकरण १ अर्ब डलर थियो । सोही वर्षको डिसेम्बरमा एप्पलको सेयर नासाडकमा कारोबारका लागि सुचिकृत भएको थियो । सन् २००७ मा एप्पलको बजार पुँजीकरण १ खर्ब डलर पुगेको थियो । ११ वर्षको अवधिमा एप्पलको सम्पत्ति ९ खर्ब डलर बढेको छ । र, अमेरिकाको सबैभन्दा मूल्यवान कम्पनी एप्पल भएको छ ।

१५ प्रतिशत बोनसपछि एनएमबी बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । बिहीबार एनएमबी बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले १५ प्रतिशत बोनस पश्चात बैंकको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३१७.३९ रुपैयाँ रहेको छ । जसको औसत आधार मूल्य प्रतिकित्ता ३९१.७ रुपैयाँ रहेको थियो ।