अपर तामाकोशीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अपर तामाकोशी हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको छ । हाइड्रोको १०० प्रतिशत हकप्रद सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन भएसँगै हाइड्रोको सेयर मूल्य प्रतिकित्ता २४३.०५ रुपैयाँ कायम भएको छ । बिहीबार हाइड्रोको अन्तिम कारोबार प्रतिकित्ता ३८६.१० रुपैयाँमा भएको हो । हाइड्रोले हकप्रद जारी तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । यससँगै अबको बजारमा हाइड्रोको सेयर कारोबार समायोजित मूल्यका आधारमा हुनेछ ।

एभरेष्टको सेयर मूल्यले नबिललाई टप्यो, एनआईसी एशियाको पहिलो स्थान सुरक्षित

काठमाडौं । एभरेष्ट बैंकको सेयर मूल्यले नबिल बैंकलाई उछिनेको छ । सेयर मूल्यको आधारमा मंगलबार एभरेष्ट बैंकले दोस्रो स्थान लिएको छ भने नबिल बैंक तेस्रो स्थानमा झरेको छ । वाणिज्य बैंकहरुमध्ये सबैभन्दा उच्च सेयर मूल्यसहित एनआईसी एशिया बैंक पहिलो नम्बरमा रहेको छ । मंगलबार एभरेष्ट बैंकको सेयर मूल्य प्रतिकित्ता पहिलो कारोबार भन्दा २ रुपैयाँ ८० पैसाले वृद्धि भई ६०७ रुपैयाँ ७० पैसामा करोबार बन्द भयो । यस दिन नबिल बैंकको सेयर प्रतिकित्ता पहिलो कारोबार भन्दा १० रुपैयाँले घटेर ६०० रुपैयाँमा कारोबार बन्द भयो । मंगलबार एभरेष्ट बैंकको सेयर प्रतिकित्ता अधिकतम ६१८ रुपैयाँ ६० पैसासम्ममा कारोबार भएको छ भने नविल बैंकको सेयर प्रतिकित्ता ६१८ रुपैयाँ १० पैसासम्ममा कारोबार भएको छ । अधिकतम मूल्यमा नबिललाई एभरेष्ट बैंकले ५० पैसाले टपेको छ । मंगलबार एभरेष्ट बैंकको सेयर मूल्य न्यूनतम ५९४ रुपैयाँ ७० पैसाँसम्ममा झरेको छ भने नबिलको सेयर मूल्य न्यूतनम ५९३ रुपैयाँ ९० पैसासम्म झरेको छ । न्युनतम मूल्यमा पनि नविललाई एभरेष्टले प्रतिकित्ता ८० पैसासम्म टपेको छ । सोमबार नबिलको सेयर कारोबार ६०७ रुपैयाँ ९० पैसामा कारोबार बन्द भयो । यसदिन नबिलको सेयर प्रतिकित्ता न्यूनत ६०५ रुपैयाँ र अधिकतम ६१४ रुपैयाँमा कारोबार भएको थियो । मंगलबार एभरेष्टको सेयर प्रतिकित्ता ६०७ रुपैयाँका कारोबार बन्द भएको थियो । उक्त दिन एभरेष्टको सेयर प्रतिकित्ता ६०० रुपैयाँ ३० पैसादेखि ६१६ रुपैयाँ ९० पैसासम्म कारोबार भयो । सोमबार कारोबार बन्द हुँदा नबिल बैंकको सेयर मूल्य प्रतिकित्ता ३ रुपैयाँ ५० पैसाले घटेको थियो भने एभरेष्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ३ रुपैयाँ १० पैसाले बढेको थियो । गत एक वर्षमा एभरेष्ट बैंकको सेयर मूल्य अधिकतम ६२३ रुपैयाँ र न्यूनतम ४२१ रुपैयाँ रहेको नेप्सेको तथ्याङ्कले देखाउँछ । सोही अवधिमा नबिल बैंकको सेयर मूल्य अधिकतम ९३० रुपैया र न्यूनतम ५७४ रुपैयाँ रहेको थियो । एभरेष्ट बैंकको सेयर पुँजी १० अर्ब ६९ करोड रुपैयाँ छ भने नबिल बैंकको सेयर पुँजी २७ अर्ब ५ करोड रुपैयाँ छ । मूल्यको आधारमा एनआईसी एशिया बैंक सबैभन्दा अगाडि उभिएको छ । मंगलबार यस बैंकको सेयर मूल्य प्रतिकित्ता ७५४ देखि ७८६ रुपैयाँसम्ममा किनबेच भएको छ । गत एक वर्षमा यस बैंकको सेयर मूल्य न्यूनतम ६०० र अधिकतम ८६१ रुपैयाँमा किनबेच भएको छ । मंगलबार नेप्से परिसूचक भने २८ अंकले घटेकाे छ ।

नेप्सेमा २ कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले मल्टीपर्पस फाइनान्स र सिनर्जी पावर डेभलपमेन्टको सेयरमूल्य समायोजन गरेको हो । दुवै कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले मल्टीपर्पस फाइनान्सको ३५ प्रतिशत र सिनर्जी पावरको ५० प्रतिशत हकप्रद सेयर समायोजन गरेको हो । समायोजनपश्चात मल्टीपर्पस फाइनान्सको सेयरमूल्य ३१८.३७ रुपैयाँ र सिजर्नी पावरको २०३.३३ रुपैयाँ कायम भएको छ । नेप्सेले बिहीबारको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयरमूल्य समायोजन गरेको हो । बिहीबार मल्टीपर्पस फाइनान्सको सेयर प्रतिकित्ता ३९४.८० रुपैयाँ र सिनर्जी पावरको सेयर प्रतिकित्ता २५५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

नागरिक लगानी कोषको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नागरिक लगानी कोषको सेयर मूल्य समायोजन भएको छ । कोषको २५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता २०९०.४० रुपैयाँ कायम हुने गरी कोषको मूल्य समायोजन गरेको हो । सोमबार कोषको सेयर प्रतिकित्ता २६१३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कोषले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । यससँगै मंगलबार कोषको कारोबार समायोजित मूल्यका आधारमा हुनेछ ।

सेयर बजारमा दोहोरो अंकको गिरावट, एकैदिन १७४ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सोमबार नेप्से परिसूचक २१.३२ अंकले घटेर २०७५ अंकमा बन्द भएको छ । नेप्से परिसूचक दोहोरो अंकले घटेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार २०९७ अंकबाट कारोबार सुरुवात भएको थियो । तर, बजार २११३ अंक पुगेर घटेको देखिन्छ । नेप्सेका अनुसार सोमबार ४ अर्ब ५ करोड १० लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज २७६ कम्पनीको ९४ लाख १८ हजार ९५२ कित्ता सेयर ६४ हजार ८६८ पटक खरिद बिक्री भएको छ । यसअघि आइतबार ५ अर्ब ८ करोड १९ लाख ७६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सोमबार सीवाईसी लघुवित्त, बिपीडब्लु लघुवित्त र सिटी होटलको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर १० प्रतिशत मूल्य बढेको छ । यससँगै सीवाईसी लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १ हजार २८९ रुपैयाँ, बिपीडब्लु लघुवित्तको १ हजार ५५४.८० रुपैयाँ र सिटी होटलको ५०८.९० रुपैयाँ पुगेको नेप्सेले जनाएको छ । सोमबार ४१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७४ कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ । यस्तै, कारोबारमा आएका १० वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन नभएको नेप्सले बताएको छ । सोमबार हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार सर्वाधिक भएको छ । कम्पनीको २३ करोड ९४ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, सोल्टी होटलको सेयर २० करोड ९४ लाख ३९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सामुदायिक लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता १०२१.८२ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बुधबार लघुवित्तको सेयर प्रतिकित्ता ११२४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा बिहीबार कारोबार हुनेछ ।

लघुवित्तमा उछाल आउँदा ५६ अंकले बढ्यो नेप्से परिसूचक, ३८ कम्पनीको सेयर मूल्यमा सर्किट

काठमाडौं । मंगलबारको सेयर बजारमा लघुवित्त वित्तीय संस्थाको सेयरमा उछाल आएको छ । बजारमा अधिकांश लघुवित्तको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएसँगै त्यसको प्रभाव सेयर मूल्य मापक नेप्से परिसूचकमा पनि परेको हो । मंगलबारको नेप्से परिसूचक ५६.९४ अंकले बढेर २१८६.३६ बिन्दुमा पुगेको छ । जुन सोमबारको तुलनामा २.६७ प्रतिशतले बढी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ५ अर्ब ३१ करोडको कारोबार भएको बजारमा मंगलबार ५ अर्ब ४७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार भएको छ । संस्थाको एकैदिन २५ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार मात्रै नभई बढी सेयर मूल्य बढ्ने कम्पनीको सूचीमा पनि लघुवित्त अग्रस्थानमा रहेको छ । दिनभरको कारोबारमा ३८ कम्पनीको सेयर मूल्य ९.८० प्रतिशतभन्दा बढीले बढेर सर्किट लेभेलमा कारोबार भएको छ । जसमध्ये २५ वटा कम्पनीको मात्रै सेयर मूल्य १० प्रतिशतले बढेको छ भने अन्य १३ वटा कम्पनीको सेयर मूल्य ९.८० देखि ९.९९ प्रतिशतसम्मले बढेको छ । समूहगत हेर्दा पनि लघुवित्त समूह ३५३.७० अंकले बढेको छ । उत्पादनमूलक, निर्जीवन बीमा र ट्रेडिङ समूह घटेका छन् भने कारोबारमा आएका बाँकी समूह ओरालो लागेका छन् ।

नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं । बुधबार नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ४.७५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ७४४.६३ रुपैयाँ कायम भएको छ । जुन मूल्य प्रतिकित्ता ७८० रुपैयाँलाई आधार मानेर गरिएको हो । र, अबको बजारमा समायोजित मूल्यलाई नै आधार मानेर सेयर किनबेच हुनेछ । यससँगै अब इन्स्योरेन्सको सेयर किन्नेहरु अघिल्लो वर्षको प्रस्तावित लाभांश पाउन योग्य हुँदैनन् ।

नेप्सेमा २ कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न २ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले नेशनल लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको हो । यी दुई इन्स्योरेन्स कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा आइतबार कारोबार हुनेछ । नेशनल लाइफ इन्स्योरेन्सको ८ प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ६०१.६७ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बुधबार कम्पनीको सेयर प्रतिकित्ता ६४९.८० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यस्तै, प्रभु लाइफ इन्स्योरेन्सको ८ प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ४२८.५ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बुधबार कम्पनीको सेयर प्रतिकित्ता ४७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

यूनिलिभर नेपालको सेयर मूल्य २१ सय रुपैयाँ बढ्यो

काठमाडौं । यूनिलिभर नेपालको सेयर मूल्य एक साताको अवधिमा २ हजार भन्दा बढीले बढेको छ । दोस्रो बजारमा कम्पनीको सेयर मूल्य पछिल्लो एक साताको कारोबार अवधिमा झण्डै १० प्रतिशतले बढेको हो । नेप्सेको तथ्याङ्क अनुसार गत बैशाख १७ गते कम्पनीको सेयर प्रतिकित्ता २२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । एक सातापश्चात् आज बैशाख २६ गतेसम्म आइपुग्दा कम्पनीको सेयर मूल्य ९.६८ प्रतिशत अर्थात् २ हजार १४१ रुपैयाँ बढेर २४ हजार २४१ रुपैयाँ पुगेको हो । पछिल्लो ७ दिनको कारोबारमा कम्पनीको सेयर मूल्य एक दिन घटेको छ भने अन्य दिन बढेको तथ्याङ्कले देखाएको छ । मंगलबार मात्रै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४.०४ प्रतिशत अर्थात् ९४१ रुपैयाँ बढेको छ । मंगलबार कम्पनीको ६० कित्ता सेयर ३ पटक खरिद बिक्री हुँदा १४ लाख ३० हजार ७१० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

संसदमा बजेट वहस चल्दा सेयर मूल्यमा उच्च गिरावट, बीमा कम्पनीका लगानीकर्ता आत्तिए

काठमाडौं । आइतबार अर्थमन्त्री डा प्रकाश शरण महतले आगामी बजेटका लागि सिद्धान्त र प्राथमिकता संसदमा पेस गरे । सोमबार मन्त्री महतले पेस गरेको विनियोजन विधेयक २०८० माथि छलफल भयो । बहसकै क्रममा सांसद अमरेश कुमार सिंह संसदमा नाङ्गिए, बोल्न समय पाइन भनेर । सदनमा यस्तो नाटक चल्दै गर्दा मध्यदिनमा सेयर बजारमा २६ अंकले गिरावट आएको थियो । बजार बन्द हुँदा सेयर बजार १७ अंकले घट्यो । दिनभरमा जम्मा ८२ करोड रुपैयाँ बराबरको २८ लाख १० हजार कित्ता सेयर किनबेच भयो । आइतबार पनि सेयर बजारमा दोहोरो अंकले गिरावट आएको थियो । सोमबार सबैभन्दा बढी जीवन बीमा समूहको सूचक १२१ अंकले घट्यो भने निर्जीवन बीमा समूहको सूचक पनि १०६ अंकले घट्यो । त्यसैगरी होटल समूहको ८३ अंकले र जलविद्युत समूहको परिसूचक ४३ अंकले घटेको छ । नेप्से परिसूचक १८३३ अंकमा झरेको छ । ३४ कम्पनीको सेयर मूल्य बढ्दा १८१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । सबैभन्दा बढी शिभम् सिमेन्टको सेयर प्रतिकित्ता करिव ३९८ रुपैयाँमा ३ करोड ८२ लाख रुपैयाँ बराबरको करोबार भएको छ ।

सूर्योदय वोमी लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न एक लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो । लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा सोमबार कारोबार हुनेछ । लघुवित्तको १५ प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ६०२.६१ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बुधबार लघुवित्तको सेयर प्रतिकित्ता ६९३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले बैशाख ३० गते धुलिखेल लज रिसोर्टको सभाहल, धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ९ बजे वार्षिक साधारण सभा बोलाएको छ ।

नेप्सेमा एशियन लाइफको ८.५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको मुल्य समायोजन भएको छ । नेप्सेले एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर मुल्य समायोजन गरेको हो । कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा बिहीबार कारोबार हुनेछ । कम्पनीको ८.५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ५६९.५९ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । बिहीबार इन्स्योरेन्स कम्पनीको सेयर प्रतिकित्ता ६१८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

२१ दिनमै कालिन्चोक दर्शनको सेयर मूल्य ८०७ रुपैयाँ पुग्यो

काठमाडौं । कालिन्चोक दर्शनले नेपाल स्टक एक्सचेन्जमा कारोबार सुरु गरेको २१ दिन भएको छ । चैत ९ गतेदेखि नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएर कारोबार सुरु गरेको यस कम्पनीको सेयर मूल्यमा गएको सातादेखि लगातार सकारात्मक सर्किट लागिरहेको छ । पछिल्लो १३ दिन यता कम्पनीको सेयर मूल्यमा लगातार सर्किट लागिरहको छ । बिहीबार पनि कम्पनीको सेयर मूल्यमा कारोबार सुरु भएको केही समयमा नै सर्किट लागिसकको थियो । प्रतिकित्ता १३९ रुपैयाँबाट कारोबार सुरु गरेको यस कम्पनीको सेयर मूल्य २१ दिनमा ८०७।८० रुपैयाँ पुगेको छ । आइपीओहरु कारोबार सुरु गरेको सुरुको केही समय यसरी बढ्नु सामान्य भएको एक लगानीकर्ता बताउँछन् । ‘यसरी आइपीओहरुको सुरु सुरुमा यसरी मूल्य बढ्नु सामान्य हो, बजारमा यस्तो भइरहन्छ,’ उनले भने । उनले कालिन्चोक दर्शन र चन्द्रगिरी हिल्सको आइपीओ उस्तै रहेको हो । ‘सुरुमा चन्द्रागिरी हिल्सको आइपीओ यस्तो बढेको थियो, यो पनि त्यस्तै हो,’ उनले थने । कालिञ्चोक दर्शन लिमिटेड २०६३ साउन १७ गते कालिञ्चोक हाइड्रोपावर प्रालिको नामबाट दर्ता भएको कम्पनी हो । २०६९ माघ २६ गते कालिञ्चोक दर्शन प्रालिको नाममा दर्ता भएको र २०७१ माघ ६ गतेदेखि प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीको रुपमा परिणत भई २०७१ माघ ८ गतेदेखि कालिञ्चोक दर्शन लिमिटेडको नाममा यो कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो ।

नेप्सेमा नेशनल माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक लघुवित्तको मुल्य समायोजन भएको छ । नेप्सेले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर मुल्यमा समायोजन गरेको हो । लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा सोमबार कारोबार हुनेछ । लघुवित्तको १५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेल प्रतिकित्ता १ हजार २४७.८३ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । आइतबार लघुवित्तको सेयर प्रतिकित्ता १ हजार ४३५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

नेप्सेमा गुँरास लाइफको १३.२७ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको मुल्य समायोजन भएको छ । नेप्सेले गुँरास लाइफ इन्स्योरेनस कम्पनीको बोनस सेयर मुल्य समायोजन गरेको हो । कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा बिहीबार कारोबार हुनेछ । कम्पनीको १३.२७ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेल प्रतिकित्ता ३६९.४७ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । बुधबार इन्स्योरेन्स कम्पनीको सेयर प्रतिकित्ता ४१८.५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

नेप्सेमा किसान लघुवित्तको बोनस सेयर मूल्यमा समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न एक लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो । लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा सोमबार कारोबार हुनेछ । लघुवित्तको ७ प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ६१२.१५ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । आइतबार लघुवित्तको सेयर प्रतिकित्ता ६५५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

नेप्सेमा जीवन विकास र एनएमबि लघुवित्तको बोनस सेयर मूल्यमा समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न २ लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले जीवन विकास लघुवित्त र एनएमबि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो । यी दुई लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा आइतबार कारोबार हुनेछ । जीवन विकास लघुवित्तको १४.२८५ प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता १ हजार ३७०.२६ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता १ हजार ५६६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यस्तै, एनएमबि लघुवित्तको १० प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ५०९.०९ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता ५६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

नेप्सेमा २ लघुवित्तको बोनस सेयर मूल्यमा समायोजन, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न २ लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कालिका लघुवित्त र विजय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो । यी दुई लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा बिहीबार कारोबार हुनेछ । कालिका लघुवित्तको १९ प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ६५९.६६ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बुधबार लघुवित्तको सेयर प्रतिकित्ता ७८५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यस्तै, विजय लघुवित्तको २० प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ६५८.३३ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बुधबार लघुवित्तको सेयर प्रतिकित्ता ७९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

घट्यो १७९ कम्पनीको सेयर मूल्य

काठमाडौं । बिहीबार सेयर बजार १८.१५ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बिहीबार सेयर बजार घटेर १९१५.१४ विन्दुमा पुगेको छ । यसरी बजार घट्दा १७९ कम्पनीको सेयर मूल्य घटेको छ भने २८ कम्पनीको सेयर मूल्य बढेको छ । र ६ कम्पनीको सेयर मूल्यमा भने कुनै पनि परिवर्त भएको छैन । यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा युनिक नेपाल लघुवित्त वित्तिय संस्थाका सेयरधनी रहेका छन् । यस संस्थाका सेयरधनीले प्रति सेयर १४५ रुपैयाँ गुमाएका छन् । यसरी कम्पनीको अन्तिम सेयर मूल्य १८ सय रुपैयाँ कायम भएको छ । धेरै सेयर मूल्य गुमाउने टप ३ कम्पनीहरु सबै लघुवित्त रहेका छन् । यस्तै, आज सबैभन्दा बढी कमाउनेमा माया खोला हाइड्रोपावर कम्पनीका सेयरधनीहरु रहेका छन् । सेयर बजारमा आज ४३ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ ।