विकासन्युज

जनसेवी लघुवित्तले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । संस्थाले ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

मेगा बैंकको शाखारहित सेवा उदयपुरमा, जग्गा धितोमा १० लाखसम्मको कर्जा दिने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले उदयपुरको त्रियुगा नगरपालिकाको देउरीमा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ । उक्त बैंकिङ सेवाको उद्घाटन त्रियुगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष उद्दवकुमार थापा र मेगा बैंक रौतामाई शाखाका प्रबन्धक रैसुल आजमले संयुक्त रुपमा गरेका हुन् । त्रियुगा नगरपालिकामा रेमिट्यान्सबाट भित्रिएको लाखौँ रकम उपभोग र विलासितामा खर्च भइरहेको भन्दै वडाध्यक्ष थापाले मेगा बैंकको शाखारहित बैंकिङ सेवामार्फत घरदैलोमा बचत गर्न देउरीबासीलाई सजिलो भएको बताएका छन् । साथै, आगामी दिनमा शाखारहितमा मात्र सीमित नभई बैंकको शाखा नै विस्तार गर्न उनले आग्रह गरेका छन् । शाखा प्रबन्धक आजमले ग्रामीण क्षेत्रको आर्थिक अवस्था उकास्न मेगा बैंकले गाउँको खेतीयोग्य जग्गाहरु समेत धितो राखेर सहज तरिकाले १० लाख रुपैयाँसम्मको सरल कर्जा प्रदान गर्दै आएको बताएका छन् ।

उपसचिव र सह-सचिवको विज्ञापन खुल्दै, असाेजकाे दोस्रो साता संख्या लोक सेवामा पठाउने तयारी

काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले उपसचिव र सहसचिव पदको विज्ञापन खोल्ने तयारी गरेको छ । लोकसेवा आयोगको नखुल्ने हल्लाबीच मन्त्रालयले विज्ञापनको संख्या पठाउने तयारी गरेको हो । मन्त्रालयले हाल देशभर रित्त उपसचिव र सहसचिवको तथ्याङक संकलन गरिरहेको छ । सबैतिरबाट तथ्यांङक आइसकेपछि असोज दोस्रो सातासम्म लोकसेवालाई बुझाउने तयारी भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए । ूबाहिर हल्ला आएजस्तो मन्त्रालयले विज्ञापन रोक्ने कुनै निर्णय भएको छैन, हाल मन्त्रालयको जनशक्ति विकास केन्द्रले तथ्याङक संकलनको काम गरिरहेको छ, प्रवक्ता अधिकारीले विकासन्युजसँग भने ।ू लोक सेवाको एउटा विज्ञापन एक तहमा खुलेपछि सबैमा खुल्ने आयोगका सहायक सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताए । लोक सेवाले आफ्नो कार्यतालिका सार्वजनिक गरिसकेको छ । सोहि अनुसार पदपुर्ति गर्न आयोग तयार छ, सुवेदीले भने हल्लाले विज्ञापन रोकिने होइन । गत वर्ष आयोगले खुल्ला र आन्तरिक प्रतिस्पर्धाबाट ७८ जना सहसचिवको विज्ञापन खुलाएको थियो । यसैगरी उपसचिवतर्फ २१५ जनाको विज्ञापन गरको थियो । ऐन नबन्दा केन्द्रबाटै विज्ञापन खोलिने चालू आर्थिक वर्षमा प्रदेश सेवा आयोगबाट खोलिने बताइए पनि ऐन नबन्दा केन्द्रबाटै खोल्नेछ । सहप्रवक्ता सुवेदीका अनुसार प्रदेश सेवा आयोग भौतिक तथा कानूनी तवरले तयार नभएसम्म केन्द्रबाटै विज्ञापन खोलिनेछ । नेपालको संविधानको भाग २३ धारा २४२ देखि २४४ सम्म प्रदेश लोक सेवा अयोगको बारेमा उल्लेख गरिएको छ । यसमध्ये धारा २४४ मा प्रत्येक प्रदेशमा एक प्रदेश सेवा आयोग रहने उल्लेख गरिएको छ । सोही धाराको उपधारा २ मा प्रयोजनका लागि संघिय संसदले कानून बनाई मापदण्ड लागू गर्न सक्नेछ भनिएको छ । निजामती सेवाको पदमा कर्मचारी नियुक्तिका लागि परिक्षा सञ्चालन गर्नु लोक सेवा आयोगको कर्तव्य हो । संविधानको धारा २४३ मा निजामती सेवाको पद बाहेक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अन्य संघिय सरकारी सेवा र संगठित संस्थाको पदको लिखित परिक्षा लोकसेवा आयोगले सञ्चालन गर्नेछ भनी उल्लेख गरिएको छ ।

सार्वजनिक जग्गा संरक्षण गर्दै भीमबहादुर सार्की

काठमाडौं । घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष भीमबहादुर सार्की वडाको विभिन्न स्थानमा रहेको सार्वजनिक जग्गा खोज्ने अभियानमा जुटेका छन् । लक्षिनपुर र सोही स्थानको तल्लो भकारे भन्ने स्थानमा खालीरहेको एक÷एक बिघा जग्गा नाप गरी किला ठोकेर उनले सामान्य तारबारसमेत गरेका छन् । उक्त जग्गा सार्वजनिक भएको र अरु कसैले तुरुन्तै कब्जा नगरुन भनेर आफूले यसो गरेको जानकारी दिदैं उनले भने “तारबार गरिएको जग्गामा तत्कालका लागि बिरुवा रोपेर भए पनि त्यसलाई संरक्षण गरिनुपर्छ ।” वडा अध्यक्ष सार्कीकाअनुसार वडा नं ४ को बारखेत, तल्लो भकारे, सवारीकोट, फलेकडाँडा, ढुङगेडाँडा भन्ने स्थानमा प्रशस्त सार्वजनिक जग्गा छ तर ती जग्गा कहीँ कतै मात्रै खाली छन् । बाँकी ठाउँ व्यक्तिको कब्जामा परिसकेको छ । “वडाको सबै ठाउँमा सार्वजनिक जग्गा खोज्ने हो भने करीब दुईदेखि तीन सय बिघासम्म पुग्ला ।” उनी भन्छन्, “तर खाली स्थान भने थोरै ठाउँमा मात्र छन् । जहाँ जहाँ खाली छन् ती स्थानमा तारबारको काम थालिएको छ ।” वडाध्यक्ष सार्कीले अहिले आफूले वडाका स्थानीय व्यक्तिले कब्जा नगरेका जग्गा मात्रै खोजेर तारबार गर्न थालेको बताए । उनी मात्र होइन घोराही– १२ का वडाध्यक्ष लालबहादुर बुढाले पनि आफ्नो कार्यालय वरिपरि रहेका करीब ३६ बिगाहा जग्गा तारबार गरी सुरक्षित राखेका छन् । वडाकै चाग्ले डाँडामा चार कठ्ठा जमिन संरक्षण गरी फुटबल मैदान बनाउने सोचमा उनी छन्, भने कृष्णपुरमा पनि करीब एक बिघा पाँच कठ्ठा जग्गालाई तारबार गरी संरक्षण गर्न थालेका छन् । “हाम्रो वडामा सयांै बिघा सार्वजनिक जग्गा रहेको प्रारम्भिक खोजबाट पत्ता लागेको छ ।” उनी भनछन्, “अधिकाशं स्थानका जग्गा खाली छैनन, व्यक्तिले भोगचलन गर्दै आइरहेका छन् । बाटो, कुलो, वनको जग्गा र नापी जग्गा वरिपरिको खाली ऐलानी जग्गा पनि कब्जा गर्ने तयारी भइरहको छ ।” वडामा दुईसय ५०देखि ३०० बिघासम्म सार्वजनिक जग्गा हुनसक्ने अनुमान आफूले गरेको वडाध्यक्ष बुढा बताउनुहुन्छ । वडाको गुरऔं, थाल्के, जलकुण्डी, सिसनीलगायत स्थानमा अझै पनि धेरै सार्वजनिक जग्गा छन् । तत्काल व्यक्ति बसेको जग्गालाई हटाउन नसके पनि खालीरहेको जग्गा भने आफूहरुले संरक्षण गर्ने उनी बताउछन् । विगत २०३५ सालदेखि व्यक्तिले सार्वजनिक जग्गा भोगचलन गर्दै आइरहेका अवस्थामा आफूहरुले तुरुन्तै उठेर जाउ भन्ने गाह्रो भएको उहाँको भनाइ छ । घोराही नं ४ र १२ ग्रामीण क्षेत्रमा भएको हँुदा सार्वजनिक जग्गा सजिलै भेटिए पनि वडा नं १०, १४ र १५ नं वडालाई भने सार्वजनिक जग्गा खोज्न निकै मुस्किल भएको छ । वडामा प्रशस्त सार्वजनिक जग्गा छन् भन्ने थाहा हँुदाहुँदै पनि खाली जग्गा भेट्न भने कठिन भएको वडाध्यक्ष बुढा बताउछन् । वडा नं १० का वडाध्यक्ष काशीराम डाँगीकाअनुसार वडामा खोज्ने हो भने सयौं बिघा जग्गा होलान, तर अहिले वडाको चार बगिया भन्ने स्थानमा जम्मा चार कठठा जग्गा पोखरी रहेको अवस्थामा भेटिएको छ । बाँकी सबै स्थानका जग्गा कब्जा भइसकेका छन् । ‘‘सार्वजनिक जग्गाको विषयमा सरकारको प्रष्ट नीति र निर्देशन आएमा आफूहरुले सार्वजनिक जग्गा कब्जा गरेकालाई व्यवस्थापन गरी जग्गा फिर्ता गर्न सक्छौ।’’ उनी भन्छन् ।, “ राजनीतिक दल सुरक्षा निकाय, सरोकारवाला सबै लाग्ने हो भने यहाँ प्रशस्त मात्रामा सार्वजनिक जग्गा निस्कन सक्छन ।” पछिल्लो समय शहरी करण बढ्दै जानु र जग्गाको भाउ आकासिँदै जानुले पनि सार्वजनिक जग्गा कब्जा गर्नेहरुको सङ्ख्या बढेको र यसको प्रत्यक्ष असर राज्यलाई नै छ । सानोतिनो सार्वजनिक भवन निर्माण, सामान्य खेल मैदान निर्माणका लागि पनि जग्गाको अभाव पर्न थालेको छ । सरकारी कार्यालय स्थापनाका लागि पनि व्यक्तिको जग्गा करोडौं मूल्यमा सरकारलाई किन्नु परिरहेको छ । बजारको बीच भागमा पर्ने वडा नं १५ मा पनि ठाउँ ठाउँमा जग्गा भेटिएका छन् । सबैजसो स्थानमा व्यक्तिका घर उभिइसकेको छ । घर नबनेका छिटफुट र थोरै मात्र जग्गा प्राप्त भएको वडा नं १५ का वडा अध्यक्ष रमेश पाण्डेको भनाइ छ । ‘‘हामीले बजारका करीब ६÷७ स्थानमा जग्गा भेटायांै तर खाली भने दुई स्थानमा माात्र छ ।’’ उनी भन्छन्, “भेटिएका एक ठाउँको जग्गामा ज्येष्ठ नागरिक दिवा केन्द्र स्थापना गर्दैछौ, अर्को ठाउँको जग्गा पनि संरक्षणको काम भएरहेको छ । अहिले वडाको सबै स्थानमा कब्जा गरिएका र नगरिएका जग्गाको लगत लिने काम थालिएको छ ।” घोराही उपमहानगरपालिकाले आफनो क्षेत्रभित्र विभिन्न स्थानमा छरिएर रहेको सार्वजनिक जग्गा खोज्न शुरु गरेपछि अहिले घोराहीका १९ वटै वडाका विभिन्न स्थानमा सार्वजनिक जग्गा भेटिने क्रम जारी छ । भेटिएका जग्गालाई जोगाउने र व्यक्तिले कब्जा गरेको जग्गा पत्ता लगाउने काम पनि थालिएको उपमहानगर प्रमुख नरुलाला चौधरी बताउछिन् । उहाँकानुसार अहिले पहिलो चरणअन्र्तगत उपमहानगरले जग्गा खोज्ने जिम्मेवारी वडालाई दिएको हो । वडाले नै आफ्नो क्षेत्रभित्र पर्ने सार्वजनिक जग्गा जोगाएर राख्नुपर्ने भन्ने निर्देशनबमोजिम काम भइरहेकोे उहाँ बताउनुहुन्छ । उपमहानगरले गतवर्ष नै सार्वजनिक जग्गा संरक्षण गर्ने निर्णय गरे पनि काम भने भर्खरैबाट शुरु गरेको हो । ‘सार्वजनिक जग्गामा व्यक्ति बसिरहेका छन् । केही भने खाली छ । त्यही खाली जग्गा थप अक्रिमणमा नपरोस् भनेर संरक्षण गर्न खोजिरहेका छौ ।’ उपमहानगर प्रमुख चौधरीे भन्छन्, “सार्वजनिक जग्गामा बसेकालाई हटाउने सम्बन्धमा भने सरकारको प्रष्ट नीति र निर्देशन नआउदासम्म हटाउने कार्य गरिँदैन । ” सार्वजनिक जग्गामा केही बास्तविक सुकुम्वासी, निमुखा पनि बसिरहेको हुँदा उनीहरुलाई तुरुतै हटाउनसक्ने अवस्था नरहेको उनको भनाइ छ । रासस

पेट्रोल लिटरकाे ३५ देखि ४० भारुमा दिने योगगुरु रामदेवको प्रस्ताव, सरकारसंग मागे अनुमति

एजेन्सी । पेट्रोलियम पदार्थको भाउ बढिरहेका बेला योग गुरु रामदेवले हाल चलनचल्तिमा रहेको भन्दा आधा मूल्य पेट्रोलियम पदार्थ बिक्री गर्न सक्ने बताएका छन् । भारतमा पेट्रोलियम पदार्थको भाउ आकासिएका बेला रामदेवले प्रतिलिटर ३५ देखि ४० भारुमा पेट्रोलियम पदार्थ बिक्री गर्न सकिने जानकारी दिएका छन् । यदी सरकारले अनुमति दिएमा सस्तोमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने उनले दावी समेत गरेका छन् । भारतमा पेट्रोलको भाउ आकासिएर प्रतिलिटर ८७ भारुसम्म पुगेको छ । एक जमनामा भारतीय जनता पार्टीको समर्थक रहेका रामदेवले पेट्रोलियममा लगाउदै आएको करमा छुट दिनुपर्ने बताएको फाइनान्सियल एक्सप्रेसले जनाएको छ । उनले पेट्रोलियम आयात वस्तु तथा सेवा कर (जीएसटी) अन्र्तगत गर्नुपर्ने सुझाएका छन् । एनडी टिभीको युथ कन्क्लेभलाई सम्बोधन गर्दै पतन्जलीका संस्थापक रामदेवले भने “यदी सरकारले अनुमति र करमा सहुलियत दिन्छ भने म भारतमा पेट्रोल र डिजेल प्रतिलिटर ३५ देखि ४० भारुमा दिन सक्छुु ।” यदी केन्द्र र प्रदेश सरकारले पुरै कर हटाए पनि रामदेवको दावी अवास्तविक देखिएको फाइनान्सियल एक्सप्रेसको टिप्पणी छ । रामदेवको यो प्रस्तावले नेपाली उपभोत्ताले पनि सस्तोमा पेट्रोलियम पदार्थ पाउने देखिन्छ । नेपाल आयल निगम लिमिटेले इण्डियन आयल कर्पोरेशन लिमिटेड (आईओसी) बाट पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ ।

कात्तिक भित्रै पूर्ण अनलाइन कारोबार, लगानीकर्ता आफैले सेयर अर्डर गर्न सक्ने

काठमाडौं । पूर्ण अनलाइन सेयर कारोबार आउदो २ महिनापछि मात्र सञ्चालनमा आउने भएको छ । यसअघि दशैअघि नै सञ्चालनमा ल्याउने तयारी भएकोमा प्राविधिक काम अझै बाँकी रहेपछि २ महिनापछि धकेलिएको हो । आउदो कात्तिकभित्र पूर्ण अनलाइन सेयर कारोबार सञ्चालनमा आउने नेपाल स्टक एक्सचेन्ज लिनिटेड (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले बताए । मंगलबारदेखि अनलाइन प्रणाली ल्याउनका लागि ननलाइभ ट्रेडिङ सुरु हुने जानकारी दिदै उनले भने “यसलाई थप सुधार गरी २ महिनाभित्र पूर्ण रुपमा सेयरको अनलाइन कारोबार हुने छ । यसपछि घरमा बसेर सेयर खरिदबिक्री गर्न सकिने छ ।” अनलाइन कारोबार आउदैन भन्ने हल्ला सकिएको बताउदै उनले कसैले रोक्न नसक्ने जानकारी दिए । नेपाली कम्पनी  वाईको नेपाल प्राइभेट लिमिटेडले सोमबार एक कार्यक्रमका दशैअघि कार्यान्वयनमा नआउने बताएको छ । कम्पनीले दोश्रो चरणको नमुना परीक्षणको काम ४ देखि ६ हप्तामा सकेपछि मात्रै पुर्ण कार्यान्वयन हुने बताएको छ । उक्त प्रणाली लागु भएपछि लगानीकर्ता आफैले लगईन गरेर सेयर अर्डर गर्न सक्नेछन् । तर लगानीकर्ताले कम्प्युटरबाट मात्रै अर्डर गर्न सक्ने कम्पनीले जनाएको छ ।

अब नेपाल बैंकले प्राइम लाइफको इन्स्योरेन्स सेवा दिने

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रतापशाहले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भए पश्चात प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु नेपाल बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछन् । हाल प्राइम लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ७८ करोड रुपैयाँ, जिवन बीमाकोष ६ अर्ब ५३ करोड रकुल प्रिमियम १२ अर्ब १९ करोड रुपैयाँ रहेको ।

९०० मेगावाटको अरुण तेस्रो आयोजना बनाउन १० मेगावाट बिजुली चाहिने

काठमाडौं । ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना बनाउ १० मेगावाट बिजुली चाहिने भएको छ । बिजुली आपूर्तिका लागि प्रवद्र्धक एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडले ४६ किलोमिटर लामो ३३ केभी क्षमताको डवल सर्किट प्रसारणलाइन निर्माण गर्न लागेको छ । संखुवासभाको धर्मदेवी नगरपालिकादेखि मकालु गाउँपालिकासम्म प्रसारणलाइन बनाउन लागेको हो । प्रसारणलाइनको काम सुरु गर्न कम्पनीले वातावरणीय प्रभाव मूल्याँकनको काम सुरु गरेको छ । वातावरणको काम सएिपछि कम्पनीले प्रसारणलाइन बनाउने छ । आयोजना संखुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदीमा पर्छ । बाँध नुम र पाथिभरा तथा विद्युत्गृह दिर्दिङ गाविसमा पर्छ । बाँधबाट विद्युत्गृहसम्म ११ किलोमिटर लामो सुरुङ खन्नु पर्नेछ । आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानी मध्ये १ खर्ब ४ अर्ब विद्युत उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन लगानी हुने छ । एसजेविएनले स्वपुँजी वापत २५ अर्ब रुपैयाँ लगानी गर्नेछ , आयोजना आउँदो सन् २०२२ को सेप्टेम्वरमा सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ ।