माछापुच्छ्रे बैंकको एक महिने महोत्सवमा क्रेडिट कार्ड लगायत विभिन्न सेवामा विशेष छुट
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले बैंकिङ कारोबार शुरु गरेकोे १८ वर्ष पुरा गरी १९आैँ बर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा असाेज महिना भरी आफ्नो सम्पूर्ण शाखाहरुमा ‘माछापुच्छ्रे महोत्सव’ सञ्चालन गरिरहेको छ । १८औं वार्षिकोत्सवको उपलक्ष्यमा माछापुच्छ्रे बैंकका सम्पुर्ण शाखाले ग्राहकलाई भिन्न किसिमको बैंकिङ अनुभुती गराउने बताएको छ । साथै, यस महोत्सवलाई मध्यनजर गर्दै ग्राहकहरुलाई निःशुल्क डेबिट कार्ड/इन्स्टयान्ट कार्ड, निःशुल्क डिम्याट खाता, वार्षिक लकर शुल्क र माछापुच्छ्रे मोबाइलमनी जारी शुल्कमा ५० प्रतिशत छुट, माछापुच्छ्रे क्रेडिट कार्डमा ५० प्रतिशत छुट र रिटेल कर्जा सेवा शुल्कमा ०.१८ प्रतिशत छुट लगायत विभिन्न सरप्राइज गिफ्टहरु पनि प्रदान गर्ने बैंकले बताएको छ । बैंकले उक्त महोत्सव आश्विन महिना भरी जारी रहने बताएको छ । बैंकले सर्वसाधारणहरुलाई बैंकको नजिकको शाखामा गई महोत्सवमा सहभागी हुन तथा विशेष सुविधाहरुको लाभ लिन आव्हान गरेको छ । बैंकले हाल ८६ वटा शाखा कार्यालय, २ वटा एक्स्टेन्सन काउण्टर, २८ वटा शाखा रहित सेवा लगायत ९९ वटा एटीएमबाट सेवा दिइरहेको छ ।
मोबाइल हरायो, फु्टयो कि पानी पस्यो ? अब इन्स्योरेन्स गरेर ढुक्क हुनुस्
काठमाडौं । मोबाइल फोन हराएर, पानी फसेर वा फुटेर हैरान हुनु भएको छ ? अब चिन्ता नगर्नुस, मोबाइलको इन्स्योरेन्स हुन्छ र हराए, फुटेमा क्षतिपूर्ति पाइन्छ । ईजी एस्योरेन्स प्रालि र अजोड इन्स्योरेन्स लिमिटेडबीच मोबाइल फोनमा एस्योरेन्स सेवा सुविधा दिने उद्धेश्यका साथ सहकार्य भएको छ । ईजी एस्योरेन्स प्रालिका अध्यक्ष संजित पौडेल र अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री बीच मोबाइल फोनमा एस्योरेन्स सेवा प्रदान गर्ने विषयक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतापछि ईजी एस्योरेन्सले मोबाइल प्रयोगकर्ताहरुको मोबाइल झरेर फुटेमा, मोबाइलमा पानी पसेमा वा मोबाइल चोरी भएमा एस्योरेन्स सेवा दिएका प्रयोगकर्ताहरुलाई क्षतिपूर्ति प्रदान गरिने छ । त्यस्तै आगलागीबाट मोबाइल नष्ट भएमा पनि त्यसको क्षतिपूर्ति दाबी गर्न सकिनेछ । ईजी एस्योरेन्स प्रालिले यो सेवा लिएका मोबाइल प्रयोगकर्ताहरु कुनैपनि प्रकारको दुर्घटनामा परेर मृत्यु भएमा सो बापत एक लाख रुपैयाँको दुर्घटना बीमा अन्र्तगत रकम प्रदान गर्नेछ । ईजी एस्योरेन्स प्रालिले प्रदान गरिरहेको मोबाइल फोन एस्योरेन्स सेवा अन्र्तगत मोबाइल ग्राहकहरुले न्यूनतम १५ सय रुपैयाँभन्दा माथिका मोबाइलहरुमा यो सेवा लिन सकिनेछ । न्यूनतम ४९ तिरेर १ वर्षसम्म मोबाइल फोन एस्योरेन्स सेवा उपयोग गर्न सकिनेछ । एस्योरेन्सको लागि लाग्ने शुल्क भने मोबाइलको बजार मूल्यअनुसार फरक फरक हुनेछ । यस बाहेक ईजी एस्योरेन्स प्रालिले कुनै पनि मोबाइल खरिदकर्तालाई कम्पनीले दिने भन्दा थप मोबाइल तथा सफ्टवेयरमा १ वर्षको अतिरिक्त वारेन्टी प्रदान गर्नेछ । यो सेवा उपयोग गर्न चाहने मोबाइल ग्राहकहरुले मोबाइल खरिद गरेको सात दिन भित्र मोबाइल किनेको पसलबाट वा अन्य कुनै मोबाइल पसलबाट सेवा लिन सक्नेछन भने सात दिनपछि ईजी एस्योरेन्स प्रालिको आधिकारिक सर्भिस सेन्टरबाट मात्र यो सेवा लिन सकिनेछ । ईजी एस्योरेन्स प्रालिले मोबाइल फोन एस्योरेन्स सेवा देशभरीका आफ्ना आधिकारिक एजेन्टहरुमार्फत प्रदान गरिरहेको छ र ग्राहकहरुले कुनैपनि एजेन्टमार्फत मोबाइल फोन एस्योरेन्स सेवा लिन सक्नेछन् ।
लाभांशकाे पर्खाईमा रहेका सेयर लगानीकर्ताको कस्तो छ मनोबल ?
काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा काराेबारका लागि सूचिकृत कम्पनीहरुले लाभांश घोषणा गर्ने समय भएको छ । लामो समय ओरालो लागेको सेयर बजारमा यतिबेला केहि उत्साहका संकेतहरु देखिन थालेका छन् । प्रतिफलको आश, घट्दो ब्याजदर, बोनस र हकप्रद सेयरको नयाँ कर गणना हट्ने हल्ला लगायतका कारणले लगानीकर्तामा केही उत्साह थपिएको देखिन्छ । कम्पनीहरूले धमाधम लाभांशकाे घोषणा गर्न थालेका छन् । ब्रोकरहरुले पनि सेयर खरिदकर्ताहरुको चाप बढेको बताईरहेका छन् । यहि सन्दर्भमा हामीले केहि ब्रोकर कम्पनीहरुमा पुगेर लगानीकर्ताहरुको मनोबल बुझ्ने प्रयास गर्यौं । उनीहरुले सेयर बजारका लगानीकर्ताहरुको मनोबल बढेको भएपनि ढुक्क भने नभैसकेको बताए । सेयर किन्ने पोजिसनमा छु म अहिले सेयर किन्ने पोजिसनमा छु । विगत ३।४ दिनदेखि सेयर खरिद गर्ने सोँचमा छु । पर्ख र हेरको अवस्थमा छु । अहिले सेयर बजार न यता, न उताको अवस्थामा छ । बैंकहरुको सेयरमा कम जोखिम देखेर बैंककै सेयर किन्ने सोँच बनाएको हुँ । विगत ६।७ महिनादेखि सेयर खरिद गरेको थिईन् । अब केहि समय सेयर बजार बढ्छ । दशैं ताका भने बजार फेरी घट्न सक्छ । दशैं मनाउन पैसाको जोहो गर्नका लागि बेच्नेहरुको चाप बढ्छ । अनि बजार घट्छ । तर अहिले केहि समय भने बजार पक्कै पनि बढ्छ नै । किन्ने तयारीमा छु विनोद वाग्ले, लगानीकर्ता अहिले म किन्ने तयारीमा छु । लगानीकर्ताको मनोबल विस्तारै बढ्दै गएको छ । पछिल्लो डेढ बर्षमा सेयर बजार धेरै घट्यो । अहिले बढ्दा पनि धेरै बढिरहेको छैन् । केहि दिनदेखि ग्रीन सिग्नल देखिएको छ । म्युचुअल फण्ड र लगानीकर्ताहरुको लगानी केहि बढिरहेको छ । विगत बर्षहरुमा भन्दा यो बर्ष सेयर बजार केहि बढ्ने देखिन्छ । म पनि डेढ महिनादेखि सेयर खरिद गर्ने साेचमा छु । म करिब ५।६ महिनासम्म सेयर किन्ने र बेच्ने दुबै बन्द गरेर बसेको थिएँ । सेयर होल्ड गरेर बसेको थिएँ । लागत मूल्य भन्दा कममा गएर सेयर बेचिँन । अहिले भने लगानीकर्ताको मनोबल केहि बढेको छ । त्यसको कारण भनेको लाभांश घोषणा गर्ने समय हो । यो लगानीको प्रतिफल आउने समय हो । कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्छन् । स्थायी सरकार आएको छ, लगानी गर्ने विश्वसनिय आधार भएको क्षेत्र सेयर बजार नै हो । बोनस र हकप्रद सेयरमा लगाउने भनिएको कर हटाउन अर्थमन्त्रालय सकारात्मक देखिएको छ । त्यसकारण यतिबेला सेयर बजारमा उत्साह थपिएकै छ । अहिले सेयर बेच्ने मुर्खता गर्दिन कमल भारती, लगानीकर्ता म यतिबेला सेयर किन्ने वा बेच्ने अवस्थामा छैन् । सेयर होल्ड मात्रै गरिरहेको छु । यो लाभांश घोषणा गर्ने समय हो । किन्ने वा बेच्ने भनेको कात्तिकको पहिलो हप्तामा निर्णय गर्छु । त्यतिबेला बैंकहरुले घोषणा गर्ने नयाँ ब्यजदरपछि बजारमा के गर्ने भन्ने निष्कर्ष निकाल्छु । यतिबेला चाँही बजारमा खासै ठूलो परिवर्तन आईहाल्ने अवस्था देखिन्न । गत बर्ष पनि यहि बेला नविल बैंक, ज्योति र मुक्तिनाथ विकास बैंकले सेयर कर्जा निकालेका थिए । कात्तिकमा नयाँ ब्याजदर आयो । अहिलेका लागि बेचेर निस्कने निर्णय मुर्खतापुर्ण हुनसक्छ । यो होल्ड गरेर बस्ने समय हो । पर्ख र हेरको अवस्थामा छु कुमार फुँयाल, लगानीकर्ता म यतिबेला पर्ख र हेरको अवस्थामा छु । २ महिनादेखि सेयर किन्ने र बेच्ने दुबै काम गरिरहेको छैन् । बजार केहि बढ्यो भने बेच्ने सोँचमा छु । तत्काल सेयर किन्ने सोँच बनाएको छैन् । बजारमा धेरै पक्षले भूमिका खेलिरहेका हुन्छन्, त्यसमा धितोपत्र बोर्ड पनि स्पष्ट छैन् । बाणिज्य बैंकहरु २ अर्बबाट ८ अर्ब रूपैयाँमा पुगेका छन् । आम मानिसमा सेयरको पहुँच भने पुगेको छैन् । सेयरमा लगानी गर्दा भन्दा पनि बैंकमा राख्दा धेरै ब्याजदर पाउने अवस्था छ । त्यसकारण बजार माथी पुग्छ वा स्थिर हुन्छ भन्ने मलाई लागेको छैन् । दुई तिहाईको सरकार भनिएको छ तर पनि राजनीतिक स्थायीत्व चाँही देखिएको छैन् ।यद्यपी म बजारबाट भागिरहेको चाँही छैन् । पर्ख र हेरको अवस्थामा छु । अहिले कम्पनीहरुले लाभांश घोषणा गर्ने समय छ । साना लगानीकर्तालाई चाडबाड मनाउन सेयर बेच्नुपर्ने अवस्था छ । ठूला लगानीकर्ता यतिबेला नै खरिद गर्ने सोँचमा होलान् । बैंकले सेयर देला भन्ने अनुमान गरेर बजार बढेको हुन सक्छ तर बोनस दिन्छन की नगद लाभांश दिन्छन् एकिन छैन ।
बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेजले ल्यायो दसैँ अफर, २५ हजार ९९९ रुपैयाँमा कम्बोट सेट
काठमाडाैं । विगत २५ बर्ष देखि बाथरुम सामान, टायल्स र सेनिटरी सामानहरु उपलब्ध गराउदै आएको बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज तथा बी एण्ड बी मल्टिनेशनलले दशैको अवसर पारि विभिन्न अफर ल्याएको छ । उक्त अफर अन्तर्गत २५ हजार ९९९ रुपैयाँमा कम्बोट सेट, बाई वान गेट वान अफर, स्क्र्याच कार्ड, क्यास ब्याक अफर ल्याएको छ । साथै, ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी, वान सप वान स्टप भन्ने नारा सहित यस इन्टरप्राइजेजले काठमाडौको नयाँ बानेश्वर, लगनखेल, सातदोबाटो र पोखरामा समेत आफ्नो आउटलेट राखेको छ ।
संचयकर्तालाई आवासको व्यवस्था गर्दै संचय कोष, चितवनमा घर बनाउन खटिए प्राविधिक
काठमाडौं । कर्मचारी संचय कोषले संचयकर्तालाई आवासको पनि व्यवस्था गर्न लागेको छ । कोषले संचयकर्तालाई घर निर्माणका काम सुरु गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा कर्मचारी आवास योजना सञ्चालन गर्ने योजना ल्याएपछि कोषले आफनो लगानीमा संचयकर्तालाई आवास बनाउने योजना ल्याएको हो । कुल ६ लाख संचयकर्ता रहेका छन् । संचयकर्तालाई आवास निर्माण गर्न प्राविधिक टोली खटिइसकेको कोषका प्रशासक तुलसी गौतमले जानकारी दिए । कोषले चितवनमा आफनै स्वामित्वमा रहेको ४ विगाह १० कठ्ठा जग्गामा नमुना आवास बनाउने तयारी भएको उनले बताए । कोषले आवास ईपीसी मोडलमा बनाउने छं । सो क्षेत्रमा १५० वटासम्म आवास बन्न सकिने देखिएको छ । आवास निर्माणको काम यो वर्षदेखि सुरु हुने छ । चितवनमा आवास बनाउन हाम्रो एउटा प्राविधिक टिमले काम गरिरहेको छ उनले भने विस्तारै आवास बनाउदै जानेछौं । संचयकर्तालाई घडेरी खोज्ने, घर बनाउने र सारा कुरा आफैले जुटाउनु पर्ने जस्ता जटिलताको अन्त्य हुने उनको भनाई छ । कोषले आवास किन्न घर सापटी पनि दिने छ । कोषले बनाउने आवास अन्य कम्पनीको भन्दा सस्तो हुने छ । मूल्यमा कर्मचारीका लागि आवास योजना ल्याउन लागेको हो । लागतमा बढीमा १० प्रतिशत थपेर संचयकर्तालाई आवास बिक्री गर्ने उनले जानकारी दिए । यसबाट संचयकर्तालाई घडेरी खोज्ने, घर बनाउने र सारा कुरा आफैले जुटाउनु पर्ने जस्ता जटिलताको अन्त्य गर्ने छ । कोषले घर सापटीका लागि केही रकम दिने छ । आवास निर्माणका लागि कोष् आफैले लगानी गर्ने भएको छ । कर्मचारीलाई सेवा निवृत्त भएपछि डेरामा बस्नुपर्दैन भन्ने कुराको सुनिश्चित गर्न कर्मचारी आवास योजनाको व्यवस्था हुनुपर्ने अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई छ । कर्मचारी आवास व्यवस्था न्यून वैतनिक व्यवस्था भएकालाई प्राथमिकता दिइनुपर्छ, जोखिमपूर्ण आवासमा बसेकालाई यस्तो सुविधा दिनु पर्ने उनको तर्क छ । न्युनतम लागतमा निश्चित मापदण्डका आधारमा आवास निर्माण गरिने उनले जानकारी दिए । कोषले चालु आर्थिक वर्षका लागि घरकर्जाको ब्याजदर बढाएर ९.७५ प्रतिशत पुर्याएको छ । कोषले आफुसंग भएको पुँजी काठमाडौं उपत्यकामा ठुला भवन निर्माणमा लगानी गरिरहेको छ ।
ओलीले भने-‘निर्मला हाम्री पनि छोरी हुन्’
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी चेली निर्माला पन्त आफ्नो पनि छोरी भएको बताएका छन् । सोमबार ज्ञापन पत्र बुझाउन आएका निर्मलाका बुवा आमासँगको भेटमा ओलीले निर्माला आफ्नो पनि छोरी भएको बताएका हुन् । ‘निर्माला हाम्री पनि छोरी हुन्, उनले न्याय पाउँछिन् र अरु छोरीहरुले यस्तो भोग्नु पर्नेछैन ।’-ओलीले भने । प्रधानमन्त्री ओलीले पन्तका हत्यारालाई कारवाही गर्न उच्चस्तरिय समिति गठन गरेको र कुनै हालतमा कारवाही गरेरै छाड्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।
सिटिजन्स बैंकको ८० औं शाखा काठमाडौँको थानकोटमा
काठमाडौं। “योर पार्टनरफर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घर दैलोमा बैंकिंग सेवा पु¥याँउदैै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ८० औं शाखा काठमाडौँको थानकोटमा संचालनमा ल्याएको छ । सोमबार बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री बोधराज देवकोटाले बैंकिङ्ग कारोवारको सुरुवात गरेका छन्। उक्त समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना,लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो,चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता थानकोट शाखाका प्रवन्धक श्री ध्रुव सुवेदीले व्यक्त गरे। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७३ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्ग लाई आधुनिक बैंकिङ्गसेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स,आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई न्यूरो हस्पिटलकाे उपचारमा १५ प्रतिशत छुट
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र विराटनगरकाे न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटलबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुई पक्षीय सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा न्यूरो कार्डियो एण्ड मल्टी स्पेशियालिटी हस्पिटलका सञ्चालन निर्देशक राजेश भट्टराई र ग्लोबल आइएमई बैंक विराटनगरको शाखा प्रबन्धक शशि शेखर शर्माले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता पश्चात न्यूरो कार्डियो एण्ड मल्टी स्पेशियालिटी हस्पिटलका, विराटनगरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट ,प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक, ग्लोबल आइएमई बैंकका कर्मचारी तथा ग्राहकका परिवारजनले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट पाउने छन् ।