स्मार्टडोकोको भ्यालेन्टाइन डे अफर अन्तर्गत ‘डोकोभरी माया’ अभियान
काठमाडौं । १४ फेब्रवरीलाई लक्षित गर्दै सपिङ पोर्टल स्मार्टडोकोले डोकोभरी माया अभियान घोषणा गरेको छ । भ्यालेन्टाइन डे लाई लक्षित गर्दे स्मार्टडोकोले तीन जना भाग्यशाली विजेताहरुलाई विविध पुरस्कार दिने घोषणा गरेको हो । यस उपहारको लागि स्मार्टडोकोबाट १ हजार बराबरको आफ्नो प्रेम गर्ने व्यक्तिको लागि सामान खरिद गर्नु पर्नेछ । खरिद गरेको सामानको फोटो खिची ग्राहकले ह्यासट्रयाक डोकोभरीमाया लेखी फेसबुक वा इस्टाग्राममा अपलोड गर्नु पर्नेछ । लक्की ड्र बाट विजयी हुने ३ जोडीलाई विभिन्न होटलमा रात्रीभोज साथै सपिङ्गमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । यो अभियान १३ फेब्रवरीसम्म लागू हुने डोकोले जनाएको छ ।
रसुवागढी र साञ्जेनको आईपीओ अनलाइनबाट भर्न नपाइने, बैंकमै धाउनुपर्ने
काठमाडौं । रसुवागढी हाइड्रोपावर लिमिटेड र सान्जेन जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) अनलाइनबाट आवेदन दिन नपाइने भएको छ । लगानीकर्ताले फेरी पनि आईपीओ भर्न फेरी बैंकमै जानुपर्ने भएको छ । दुबै कम्पनीले फागनु ११ गतेदेखि २ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ बराबरको २ करोड ५१ लाख ८२ हजार कित्ता आईपीओ निष्कासन गर्दैछन् । सोही दिनदेखि सीडीएस क्लियरिङ हाउस लिमिटेडले अनलाइनबाट सेयरको आवेदन दिन पाउने प्रणाली कार्यन्वयनमा ल्याउदैछ । सीडीएसले धितोपत्र सार्वजनिक निष्कासन केन्द्रीकृत विद्युतीय सेवा सम्बन्धित कार्य सञ्चालन निर्देशिका (सी–आश्वा) ल्याइ अनलाइनबाट पनि सेयर भर्न पाउने व्यवस्था गरेको छ । कर्मचारीले मात्र आईपीओ भर्न पाउने भएकाले प्रमाणिकरणका लागि बैंकमै धाउनु पर्ने अवस्था आएको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ध्रुव तिमल्सिनाले बताए । सबैजना कर्मचारी भएकाले प्रमाणिकरणका लागि पनि अनलाईनबाट आईपीओका लागि आवेदन दिन नपाउने उनले जानकारी दिए । बैंकमा गएर परिचयपत्र देखाएपछि आस्वा प्रणालीमार्फत आफुले चाहेको सेयर भर्न पाउने उनले स्पष्टपारे । दुबै कम्पनीले कर्मचारी संचय कोषका संचयकर्ता, नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्लाका स्थानीय निकायका कर्मचारीलाई आईपीओ निष्कासन गर्न लागेका हुन् । दुबै कम्पनीले आउदो आइतबार आईपीको निष्कासनका लागि आब्हनपत्र सार्वजनिक गर्ने भएका छन् । रसुवागढीले १ अर्ब ६४ करोड २१ लाख ४ हजार रुपैयाँको १ करोड ६४ लाख २१ हजार कित्ता र सान्जेनले ८७ करोड ६० लाख रुपैयाँ बराबरको ८७ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएका छन् । फागुन ११ देखि ३० गतेसम्म कर्मचारी संचय कोषका संचयकर्ता, चैत ५ देखि १३ गतेसम्म नेपाल विद्युत प्राधिकरण, संचय कोष, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्लाका स्थानीय निकायका कर्मचारीलाई आईपीओ निष्कासन गर्ने रसुवा हाइड्रोपावरका सीईओ माधव कोइरालाले बताए । उनकाअनुसार संचयकर्ताले १ अर्ब ३३ करोड ४२ लाख ९ हजार ५ सय रुपैयाँ बराबरको १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता आईपीओ पाउने छन् । यस्तै कम्पनीका संस्थापक संस्थाहरुका कर्मचारीले २३ करोड ९४ लाख ७३ हजार ५ सय रुपैयाँ बराबरको २३ लाख ९४ हजार ३५ कित्ता पाउने छन् । रसुवागढीले २४ प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो । यस्तै सान्जेनको संचयकर्ताले ७१ करोड १७ लाख ५० हजार ७१ लाख १७ हजार ७१ कित्ता आईपीओ भर्न पाउनेछन् । न्युनतम ५० देखि ३ सय कित्तासम्म भर्न पाउनेछन् । यस्तै संस्थापक सेयरधनीलाई १२ करोड ७७ लाख ५० हजार रुपैयाँ बराबरको १२ लाख ७७ हजार र संचय कोषका कर्मचारीलाई ३ करोड ६५ लाख रुपैयाँ बराबरको ३ लाख ६५ हजार कित्ता आईपीओ पाउने छन् । धितोपत्र बोर्डले सान्जेनलाई मंसिर २६ गते र रसुवागढीलाई पुस २० गते निष्कासन गर्न अनुमति दिएको हो । सान्जेनले ५७ मेगावाट क्षमताको तल्लो र माथिल्लो सान्जेन र रसुवागढीले १११ मेगावाटको रसुवागढी आयोजना निर्माण गरिरहेका छन् । सान्जेनको १ वर्ष र रसुवागढीको सन् २०१९ मा निर्माण काम सम्पन्न हुनेछ । माघको पहिलो साता आईपीओ निष्कासन गर्ने तयारी भएपछि कम्पनी रजिष्टार कार्यलयमा कम्पनीको अद्यावधिक गर्नुपर्ने लगायत अन्य प्रक्रियागत ढिलाइले फागुनको ११ गते पुगेको हो ।
सिद्धार्थ बैंकले १४ प्रतिशत बोनस सेयर दिने, पुँजी ७ अर्ब ७८ करोड नाघ्ने
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले गत वर्षको मुनाफा तथा संचित रकमबाट हालको चुक्ता पुँजीको सो मात्रा अर्थात ९५ करोड ५६ लाख रुपैयाँ बराबरको बोनस दिने निर्णय गरेको हो । उक्त निर्णय गत २३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्विकृती तथा बैंकको आगामी साधारण सभाले पारित गर्नु पर्ने छ । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ८२ करोड ६१ लाख रुपैयाँ रहेको छ । १४ प्रतिशत बोनस पश्चात बैंकको पुँजी ७ अर्ब ७८ करोड १७ लाख रुपैयाँ पुग्ने छ ।
सामसुङ ग्यालेक्सी जे२ ४जी नेपाली बजारमा, मूल्य ११ हजार २९० रुपैयाँ मात्र
काठमाडौं । नेपालमा मोबाइल बेच्दै आएको सामसुङ कम्पनीले ग्यालेक्सी जे२ ४जीको नयाँ संस्करण बजारमा ल्याएको छ । सार्वजनिक गरिएको जे २ ४जीमा ४.७ इन्चको फुल एचडी स्क्रिनको प्रयोग गरिएको छ । यस मोबाइलमा ५ मेगाफिक्सल र २ मेगाफिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । जसले कम प्रकाशमा पनि सजिलै फोटो खिच्न सक्छ । १ जीबी र्यामको यस मोबाइलमा १.३ गिगाहर्जको क्वाड कोर प्रोसेसर प्रयोग गरिएको छ, जसले सहज ढंगबाट मल्टी टास्किङ्कको काम गर्न सक्ने कम्पनीले जनाएको छ । गोल्ड र कालो कलरमा उपलब्ध रहेकोे जे२ ४जी फोनको बजार मूल्य ११ हजार २ सय ९० रुपैंया रहेकाे कम्पनीले जनाएकाे छ ।
रिलायवल माइक्रोफाइनान्स अब लघुवित्तमा परिणत, ग्लोबल आईएमई लघुवित्तको नामबाट कारोबार गर्ने
काठमाडौं । रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्थाको नाम परिवर्तन भएको छ । माइक्रोफाइनान्सले आफ्नो संस्थाको नाम परिर्वतन गरी ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको नामबाट सेयर लगायत सम्पूर्ण कारोबार शुरु गर्ने भएको छ । नाम परिणत पश्चात यस संस्थाको स्टक सिम्बोल जीआईएलबी हुने छ ।
उपत्यकामा हाउस पुलिङका माध्यमबाट पुनःनिर्माण गरिने
काठमाडौ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपत्यकाका घनाबस्तीमा बहुस्वामित्वका बहुतले घर बनाई संयुक्त आवास प्रणालीको विकास गर्ने योजना अघि सारेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसालको नेतृत्वमा बुधबार बसेको प्राधिकरण, काठमाडौँ र ललितपुर महानगरपालिकाका प्रतिनिधिसहितको बैठकले भूकम्पपछि उपत्यकामा क्षतिग्रस्त घर पुनःनिर्माण हुन नसकेको अवस्थालाई ध्यानमा राखेर जग्गा एकीकरण (हाउस पुलिङ) प्रणालीका माध्यमबाट बस्ती विकास गर्ने निर्णय गरेको हो । भूकम्पले उपत्यकामा १ लाखभन्दा बढी घर भत्किएका थिए । हालसम्म २० प्रतिशत पुनःनिर्माण मात्र शुरु भएको छ । थोरै जग्गामा घर बनेका कारण ८० प्रतिशत घरको पुनःनिर्माण शुरु भएको छैन । संयुक्त आवास सम्बन्धमा के गर्न सकिन्छ भन्नेबारे दुवै महानगरपालिकाका प्रमुखसहितको बैठकले जग्गा एकीकरण प्रणालीमा जाने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत भुसालले बताए। “बैठकले यससम्बन्धमा अध्ययन गर्न प्राधिकरणका सहसचिव राजुमान मानन्धरको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ, कार्यदललाई उपत्यकाको घना बस्तीमा संयुक्त आवास प्रणालीको अवधारणालाई कसरी विकास गर्न सकिन्छ भन्नेबारे अध्ययन गरी १५ दिनभित्रमा प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ”– उनले भने । दुवै महानगरपालिका र शहरी विकास मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदललाई परामर्शदाताका रुपमा शहरी विकास तथा भवन विभागका पूर्वमहानिर्देशक सूर्यभक्त सांगाछँले सहयोग गर्नेछन्। कार्यदलले उपत्यकाभित्र जग्गा एकीकरणको माध्यमबाट कुन कुन ठाउँमा नमूना बस्ती बसाल्न सकिन्छ भन्नेबारे अध्ययन गरी प्रतिवेदन पेश गर्ने प्रमुख कार्यकारी अधिकृत भुसालले बताए। बैठकमा उपत्यकामा जग्गा एकीकरण प्रणालीको विकास सम्बन्धमा परामर्शदाताका रुपमा आमन्त्रण गरिएका विभागका पूर्वमहानिर्देशक सांगाछेँले कार्यपत्रसमेत प्रस्तुत गरेका थिए। रासस
एनआईसी एशिया बैंकद्धारा सी-आस्वा सेवा सञ्चालनमा, अनलाइनबाटै सेयर भर्न सकिने
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बुधबारबाट सी-आस्वा (सेन्ट्रलाईजड एप्लिकेशन फर आश्वा बेस्ड इस्यूयन्स) सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा अन्तर्गत ग्राहकहरुले बैंकबाट सी-आस्वा रजिष्ट्रेशन नम्बर लिई मेरो सेयर मार्फत आफै अनलाइन आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा अागामी फागुन ११ गतेबाट अनिवार्य रुपमा सी–आस्वा सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएकोमा उक्त प्रणाली मार्फत आवेदन दिँदा सी-आस्वा रजिष्ट्रेशन नम्बर अनिवार्य भएकोले ग्राहकहरुलाई समयमै सी–आस्वा रजिष्ट्रेशन नम्बर प्रदान गर्ने उद्देश्यले बैंकले आजबाट उक्त सेवा सञ्चालनमा ल्याएको हो । अब यस बैंकका ग्राहकहरुले बैंकको १६८ वटै शाखाहरुबाट सहज रुपमा सी-आस्वा रजिष्ट्रेशन नम्बर लिई सी-आस्वा प्रणाली मार्फत धितोपत्र खरिद गर्न आवेदन दिन बैंकले जनाएको छ । यसैगरि, अनलाइन आवेदन दिन नसक्ने लगानीकर्ताको हकमा बैंकको कुनैपनि शाखामा गई सी आस्वा फारम भरि आवेदन बराबरको रकम आफ्नो बैंक खातामा रोक्का राखि सहज रुपमा यस प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
टाटा मोटर्सकाे सात नयाँ रेन्जका गाडीहरुको बिक्री शुरु, मूल्य १७ लाख ५० हजार रुपैयाँ
काठमाडौं । नेपालमा व्यवसायिक गाडीहरुको अग्रणी ब्राण्डको रुपमा रहेको टाटा मोटर्सले सात नयाँ रेन्जका साना तथा मझौला गाडीहरुको व्यवसायिक बिक्री शुरु गरेको छ । कम्पनीको साना तथा मझौला गाडीहरु जस्तै एलपिटि ८१०, एलपिटि १०१०, एलपिटि ९१२, एलपिके ९१२, एलपिटि ११०९, एलपिके १२१२ र एलपिटि १४१२ को हालैदेखि बिक्री शुरु भएको हो । कम्पनीका अनुसार यी सबै मोडेलका गाडीहरु विशिष्ट कमन रेल डिजेल ईन्जेक्सन (सिडिआरआई) ईन्जिन टेक्नोलोजी, तेल किफायती, उच्च डिजाईन र थप विश्वसनीय विशेषताहरुको साथमा, कम खर्चमा स्वामित्वको प्रतिबद्धता तथा उच्च अपटाईम र चलाउनमा बढी आराम छन् । यी मोडेलका शुरुवाती मूल्य १७ लाख ५० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । साथै, यी गाडीहरु लाईट ट्रकदेखि ११ टन बोक्ने क्षमता भएका छन् भने विस्तारै देश भरि नयाँ ३ क्यूमि देखि ६.५ क्यूमि क्षमता भएका ट्रिपरहरुको बिक्री शुरुवात गर्ने कम्पनीको योजना रहेको छ । कार्यक्रममा टाटा मोटर्सका कमर्सियल गाडी तथा अन्तर्राष्ट्रिय व्यापारका प्रमुख रुद्ररुप मैत्रले भने, “यी मझौला तथा साना ट्रकहरु बेजोड क्षमता, आरामदायी र सुरक्षित छन् भने विविध कामहरुमा उपयोग हुने किसिममा विभिन्न लोडहरु धान्ने किसिमका बडी लेन्थ भएका ट्रिपरहरु छन् । नेपालको बाटो सुहाउँदा यी ट्रकहरु त्यही किसिमले डिजाईन गरिएका र परीक्षण गरिएका छन् भने ग्राहकहरुले सोचेको भन्दापनि बढी पावर, क्षमता र आम्दानीमूलक छन् ।” बिक्री शुभारम्भमा बोल्दै सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, “यी नयाँ सिआर रेन्जका मझौला तथा साना कमर्सियल ट्रकहरुको आशा लाग्दा विशेषताहरुले गर्दा टाटा मोटर्स प्रति हाम्रो थप विश्वास जागेको छ । विविध प्रयोग, बलियोपन, तेल किफायती र लगानीको उच्चतम प्रतिफलले गर्दा नेपाली ग्राहकहरु माझ यी गाडीहरुको विश्वसनियता छ ।” नयाँ सिआर रेन्जका ट्रकका फाईदाहरु : पावर: नयाँ अभिवृद्धित गियर बक्सका साथ एलपिटि ८१०, १०१० र ११०९ का ट्रकहरु गियर बक्स सिस्टम (जिबिएस) ५५० कासाथ जडित छन् भने एलपिटि १४१२ माजिबिएस ४० जडित छ । जिबिएस ५५० मा ६ वटा फरवार्ड र एउटा रिभर्स गियर अप्सन छ र साथै ओभरड्राईभ विशेषताले गर्दा लामो यात्रामा तेल किफायती हुने तथा आरामदायी गियर सिफ्टीङ्ग प्रविधिको साथै तातोपन फैलावटको लागि आल्मुनियमको हाउजिङ्ग जडान गरिएको छ । त्यस्तै, जिबिएस ४० मा प्रमाणित भैसकेको ५ फरवार्ड र एउटा रिभर्स गियर सुविधा सहित बेजोड वारेन्टी ३ लाख कि.मी. सम्म वा ३ वर्षसम्म पाईन्छ । यी मोडेलहरु ४९७ टिसिआईसि सिआर ईन्जिनमा आउने भएकोले १२५ हर्सपावर र ४०० एनएम टर्क विशेषताले राम्रो तान्न सक्ने क्षमता भएका छन् । एनभिएच लेभल कम गर्न सिआर ईन्जिनमा भिस्कस फ्यान प्रविधि जडित रहेको कम्पनीले जनाएको छ । परफरमेन्स: कम्पनीका अनुसार यी नयाँ रेन्जका गाडीहरुमा बेजोड आराम तथा क्षमता हुनुको साथै सस्पेन्डेड सिटहरु र ताजा भित्री सजावटहरुका साथै नयाँ तथा सहज टिल्ट गर्न मिल्ने टेलिस्कोपीक स्टिरिङ्गले गर्दा यो रेन्जका गाडीहरुमा सर्वश्रेष्ठ रुपमा गाडीहरुलाई हिमाल, पहाड, तराई जता पनि चलाउन र मोड्न सजिलो छन् । बलियो च्यासिस, क्लचप्लेट साथै कडा हेभी ड्युटी लिफ स्प्रिङ्गले गर्दा बर्षौं सम्म बेजोड रुपमा चल्ने कम्पनीले जनाएको छ । आम्दानी: वारेन्टी, प्रतिस्पर्धात्मक मूल्य, हाई टर्क र धेरै माईलेज दिने भएकाले यी रेन्जका गाडीहरुले उच्च प्रतिफल दिन्छ ।