राष्ट्र बैंकले बिहीबार ५ अर्ब बजारमा पठाउदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता कम भएपछि बिहीबार ५ अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । केन्द्रीय बैंकले विकास ऋणपत्र सोझै खरिद बोलकबोलबाट बैंकिङ प्रणालीमा पैसा पठाउन लागेको हो । अहिले बजारमा १९ अर्ब ९० करोड रुपैयाँ अधिक तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । यस्तै अन्तरबैंक ब्याजदर पनि बढेर ४.९७ प्रतिशत पुगेको छ । ५ प्रतिशत नाघेपछि यसलाई नियन्त्रण गर्न केन्द्रीय बैंकले रिपो वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाउछ । बजारमा तरलताको व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकले विभिन्न वित्तीय औजारको प्रयोग गरेर पैसा पठाउने गरेको छ ।
रेनोको वाउ अफर अाजबाट शुरु, ८.९९ प्रतिशत व्याजमा नै कार पाइने
काठमाडौं । रेनोको लागि नेपालको आधिकारीक बितरक एड्भान्स अटो मोवाइल प्रालिले ‘रेनो वाउ अफर’ ल्याएको छ । यस अफरमा रेनोले आफ्नो उत्कृष्ट कार बिक्रीमा ‘रेनोमा दम छ, इन्ट्रेस्ट कम छ’ भन्ने ट्यागलाइन तय गरेको छ । यो योजना आज (माघ २४) गतेबाट सुरु भएको छ । अब उपभोक्ताले रेनोको उत्कृष्ट र आर्कषक कारहरु सर्वसुलभ व्याजदरमा खरिद गर्न पाउने छन् । त्यसको लागि कम्पनीले ८.९९ प्रतिशत व्याजदरमा फाइनान्स गर्ने व्यवस्था मिलाएको छ । यस अफर योजनामा व्याजदरको अलावा २ बर्षसम्म फ्रि सर्भिसिङ, एक बर्षको सडक कर, सहज फाइनान्सीङ र आर्कषक नगद छुटको व्यवस्था रहेको छ । साथै कम्पनीले गाडीमा ५ बर्षको वारेन्टि समेत दिएको छ । यो अफर नेपालभर रहेका रेनो शोरुमहरुबाट ग्राहकले लिन सक्ने छन् । यस अफरले निकै सस्तो ब्याजदरमा ग्राहकले रेनोका उत्कृष्ट र आर्कषक कारहरु खरिदगर्न सक्ने छन् । रेनोका बिभिन्न मोडलमा आएका आर्कषक र लग्जरी कारहरुले उत्कृष्ट परफरमेन्स दिने छन् । हाल नेपालमा रोनेका ५ मोडलका कारहरु बिक्री वित्तरण दुँदै आइरहेका छन् । जस्मा डस्टर, लोड्जी, क्विड १.० लिटर एटिएम, क्विड ०.८ लिटर र क्विड १.० लिटर रहेका छन् । ग्राहकले आफ्नो इच्छा लागेको मोडल मनपर्ने कलरमा छनोट गर्न सक्ने छन् ।
नेशनल लाईफ इन्स्योरेन्सको नयाँ शाखा न्यूरोडमा, ट्रेडिङ्ग इन्स्टिच्यूट खाल्ने तयारी
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय न्यूरोडमा सञ्चालन गरेको छ । बुधबार बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले उक्त नयाँ शाखाको उद्घाटन गरेका हुन् । शाखा उद्घाटन कार्यक्रममा बोल्दै कम्पनीको अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले कम्पनीको व्यवसाय बृद्धि गर्ने क्रममा यस क्षेत्रका ग्राहकहरुलाई सेवा विस्तारमा सहयोग पुर्याउने प्रयोजनको लागि नयाँ शाखा खोलिएको बताएका छन् । सिंहले कम्पनीको जारी बीमालेख संख्या ८ लाख नाघेको र बीमितहरुको लागि ६१-८० को उच्चतम बोनस दर कायम गर्न सफल रहि नेपालको जीवन बीमा बजारमा कम्पनीको योगदान रहेको बताएकी छन् । कार्यक्रममा बीमा समितिको अध्यक्ष चापागाईले कम्पनीको प्रस्तावित ६० प्रतिशत हकप्रद शेयर जारी भएपछि २०७५ साल असार मसान्त भित्र चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्ने बताएका छन् । अध्यक्ष चापागाईले यस क्षेत्रमा बीमालेख व्यतित हुने समस्या (ल्याप्स रेसियो) बारे सुधार गर्नु पर्ने र यसको लागि अभिकर्ता र कर्मचारीलाई राम्रोसंग तालिम दिन आवश्यक रहेको बर्ताएका छन् । साथै, अध्यक्ष चापागाईले गुणस्तरीय जनशक्तिको व्यवस्था गर्न बीमाको उच्च स्तरीय पढाईको लागि छलफल र सम्पुर्ण बीमा कम्पनीहरुको संयुक्त प्रयासमा एउटा तालिम प्रदान गर्ने संस्था (ट्रेडिङ्ग इन्स्टिच्यूट)को व्यवस्था भैरहेको बताएका छन् ।
डाबर नेपालको ‘स्कुल इम्युनो च्याम्प’ सम्पन्न, १२ विद्यालय उत्कृष्ट
काठमाडौँ । डाबर नेपाल प्रालीले जाडो महिनालाई लक्षित गरी सञ्चालन गरेको ‘डाबर स्कुल इम्युनो च्याम्प २०१७’ सम्पन्न भएको छ । डाबरले जाडो याममा बालबालिकाकोे आन्तरिक शक्तिमा कमी आउने हुनाले आन्तरीक शक्ति बढाउन स्वस्थ्यबद्र्धक खानेकुरा बारे विद्यार्थीलाई जानकारी दिन कार्यक्रम आयोजना गरेको हो । एक महिनासम्म चलेको कार्यक्रममा देशभरीका ८६ वटा विद्यालयलाई समावेश गरिएको थियो । त्यसमध्ये १२ वटा विद्यालयलाई उत्कृष्ट घोषणा गरी डाबर नेपालले पुरस्कृत गरेको छ । साथै डाबरले न्यानो लगा संकलन गरी कारागारका बालबालिकालाई सहयोग गर्ने समेत जनाएको छ । डाबर नेपाल प्रा.लि.का बजार–व्यवस्थापन प्रमुख अभयप्रसाद गोर्खालीले डाबर स्कुलइम्युनो च्याम्प २०१७ बाट ३६ हजारभन्दा बढी विद्यार्थीसँग अन्तरक्रिया गर्ने मौका पाएको बताउँदै आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने बताए ।
‘आईएमई पे गरौँ, व्यवसाय बढाऔँ’ नारा सहित आईएमई पेको ‘बी टु बी’ सेवा शुरु
काठमाडौं । नेपालकै पहिलो भुक्तानी सेवा प्रदायक(पीएसपी) का रूपमा लाइसेन्स प्राप्त कम्पनी आईएमई डिजिटल सोलुसन लिमिटेडद्धारा निर्मित तथा सञ्चालित मोबाइल वित्तीय सेवामा आधारित आईएमई पे ले आफ्नो ‘बी टु बी’ सेवा सुरुवात गरेको छ । आईएमई पे ले सम्भावित व्यवसायहरूलाई आईएमई पे का टच पोइन्टहरूको सञ्जालमा जोडिनका लागि ‘आईएमई पे गरौँ, व्यवसाय बढाऔँ’ भन्ने नारा सहित आफ्नो बी टु बी सेवालाई सेवा सञ्चालन गर्ने घोषणा गरेको हाे । ‘बी टु बी’ सेवाको सुरुवातसँगै, आईएमई पे टच पोइन्टको सञ्जालले थोरै मात्रामा रकम ट्रान्सफर गर्ने कार्यदेखि लिएर बिजुली, इन्टरनेट, डिटिएच इत्यादिको बिल भुक्तानी गर्ने अनि समय र पैसाको बचत गर्दै सेवाग्राहीहरूको दैनिक जीवनलाई सहज तुल्याउन मदत गर्ने तथा रिचार्ज गर्ने लगायतका सुविधाहरू समेत थुप्रै भुक्तानी सम्बन्धी सेवाहरू उपलब्ध गराउन सक्नेछन् । आईएमई पे का टच पोइन्टले वालेट दर्ता गर्ने, क्यास इनर क्यास आउट जस्ता मोबाइल मनी सम्बन्धी सेवाहरू पनि आफ्ना सेवाग्राहीहरूलाई उपलब्ध गराउन सक्नेछन् । आईएमई पे को टच पोइन्टले कम्प्युटरको प्रयोग गरेर आईएमई पे वेब पोर्टल मार्फत् अथवा स्मार्ट फोनको प्रयोग गरेर मोबाइल एप मार्फत् पनि यस्ता सेवाहरू प्रदान गर्न सक्दछन् । जी टु पी, पी टु जी र पी टु पी सम्बन्धी भुक्तानीहरूका साथै ग्रामीण/सेवामा न्यून पहुँचयुक्त स्थानमा रहेका सेवाग्राहीहरूलाई सामाजिक सुरक्षा सम्बन्धी रकमको वितरण प्रभावकारी रूपमा सिधै भुक्तानी गर्न समेत आईएमईपे सक्षम छ । आईएमई पे को देशभरि नै १३५०० भन्दा बढी टच पोइन्ट सहितको मजबुत सञ्जाल रहेको छ र त्यसमा ७००० भन्दा बढी रेमिटेन्स एजेन्टहरू रहेका छन् । आईएमई पे ले आफ्नो रेमिटेन्स एजेन्टहरूको सञ्जालको दायरा भन्दा बाहिर गैर वित्तीय क्षेत्रको सञ्जालमा समेत आफ्नो क्षेत्रलाई विस्तार गर्ने योजना बनाएको छ । अतः त्यसका लागि मझौला र साना खालका किराना पसलहरूदेखि लिएर पुस्तैनी व्यवसायहरू, क्याफेहरू, मेडिकल स्टोरहरूका साथै यस्ता खुद्रा टच पोइन्टहरू सञ्चालन गर्न सक्ने देशभरिका सम्भावित वितरकहरू समेत यस सञ्जालमा जोडिन सक्दछन् र आफ्नो व्यवसाय विस्तारमा एउटा आयाम थप्न सक्दछन् । युकेएड सक्षम वित्तीय सेवामा पहुँच नामक कार्यक्रमको प्राविधिक तथा वित्तीय सहयोगमा मोबाइल मनी सेवा आईएमई पेको निर्माण तथा सञ्चालन गरेको आईएमई डिजिटल सोलुसन लिमिटेडलाई नेपाल राष्ट्र बैंकबाट २०७४ साल असारमा भुक्तानी सेवा प्रदायकको कार्य गर्ने अनुमतिपत्र प्रदान गरिएको थियो । नेपाल राष्ट्र बैंकको ‘भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२’ अन्तर्गत दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट कार्य गर्नका लागि आईएमई डिजिटलले देशकै पहिलो भुक्तानी सेवा प्रदायकका रूपमा अनुमतिपत्र प्राप्त गरेको थियो ।
नेपाली रुपैयाँलाई भारुसँग थप कमजोर बनाउनु पर्छः केशब आचार्य
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट सेवा निवृत्त भएपछि नेपाली अर्थतन्त्रको अध्ययन अनुसन्धानमा सक्रिय छन अर्थविद केशब आचार्य । सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदा अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकारको जिम्मेवारी सफल रुपमा निर्वाह गरेका आचार्यले भारुसँग नेपाली रुपैंयाँको सहटी दर पुनः मूल्यांकन गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । उनै आचार्यसँग विकासन्युजका लागि नारायण पौडेलले गरेको कुराकानी । केशब आचार्य-अर्थविद नेपाल र भारतको मुद्रा सटही दर २५ बर्षदेखि स्थिर राखिएको छ, किन पुनरावलोकन नगरिएको होला ? पछिल्लो पटक २०४९ फागुन १ गते नेपाली र भारतीय रुपैयाँको सटही दर कायम गरिएको हो । त्यसबेला १ सय भारु बराबर १६० नेपाली रुपैंयाँ कायम गरिएको थियो । त्यतिबेलादेखि अहिलेसम्म सटही दर कायम छ । मुद्राको विनियम दर भनेको पनि मूल्य नै हो, देशको मुद्राको अन्तराष्ट्रिय मूल्य हो । र, त्यो मूल्य भनेको अन्तराष्ट्रिय बजारमा सो मुद्राको माग र आपुर्तिले निर्धारण गर्छ । २५ बर्षदेखि हाम्रो सहटी दर स्थिर छ । यसबीचमा नेपाल र भारतको अर्थतन्त्रमा ठुलो परिवर्तन आईसकेको छ । हामी अर्थशास्त्रका विद्यार्थी विनियम दरले मुलुकको अर्थतन्त्रलाई प्रतिबिम्बित गर्छ भन्ने मान्छौं । २५ बर्षमा हाम्रो अर्थतन्त्र बार्षिक रुपमा करिब ४ प्रतिशतले बढेको छ । भारतको करिब ७ प्रतिशतले बढेको देखिन्छ । हाम्रो मुलुकको अर्थतन्त्र धिमा गतिमा बढेको छ भने भारतले द्रुत गतिमा विकास गरेको छ । भारतले एक दशकसम्म ८ देखि ९ प्रतिशतले अर्थतन्त्र वृद्धि गरेको छ । कुल अन्तराष्ट्रिय व्यापारको हिस्सामा पनि भारतको ठुलो सहभागीता छ । चीनसँग मात्रै भारतको ७० अर्ब डलरको व्यापार छ । आसियान मुलुकहरुसँग मात्रै उसको ७० अर्ब डलरको व्यापार छ । सफ्टवेयर र सुनचाँदीको गहनामा पनि भारत संसारकै ठुलो हिस्सेदारी भएको मुलुक हो । वेलायतमा आजकल भारतीय कारको माग बढेको छ । उत्पादन, निर्यात, प्रबिधि, उत्पादकत्व र आर्थिक वृद्धिदरमा भारत भन्दा हामी निकै पछि छौं । यसको मतलब यस्ता कमजारीहरु देखाएर नेपाल र भारतको मुद्रा सटही दरमा परिवर्तन गर्नुपर्छ भन्ने मेरो धारणा होइन । तर एक पटक समीक्षा गर्नुपर्छ भन्ने मेरो मान्यता हो । २५ बर्षअघि काठमाडौंका सडकमा टोयोटा गाडी मात्र सडकमा देखिन्थे । केहि बर्ष अघि कोरियाको किया मोटर धेरै गुड्थे । आजकल भारतीय स्कर्पिओ र टाटाका गाडी देखिन्छन् । २५ बर्षसम्म स्थिर सटही दर कायम गर्दा त्यसले केहि न केहि विचलन ल्याएको छ । त्यसरकारण यसको समीक्षा गरौं भनेको हो । यो फुर्ति लगाउने कुरा मात्रै पनि होइन् । २५ बर्षसम्म १६० को विनियम दरका कारण भारुमा व्यापारीको विश्वास बढेकाले भारतीय समानको आयात बढेको हो । २०२३ सालमा भारतले पाउण्डसँग आफ्नो मुद्रा अवमूल्यन गरायो । तर हामीले वास्ता गरेनौं । त्यतिबेला एक रुपैंयाँ भारुको एक रुपैंयाँ १ पैसा नेपाली थियो । तर भारतीय वस्तु सस्तिएकाले त्यो व्यवस्थामा अडिन सकेनौं । हाम्रा लागि उनीहरुका समान सस्ता भए तर उनीहरुका लागि र हाम्रा लागि पनि नेपाली समान महंगिन पुगे । आज भुटानले एक बराबर एक बनायो हामीले पनि बराबर बनाऔं भन्ने पनि लाग्न सक्छ । तत्काल त्यस्तो पनि सम्भव छैन् । तर राज्यले एक पटक संस्थागत रुपमा समिक्षा भने गर्नैपर्छ । भारुसँग नेपाली मुद्राको सटही दर अवमूल्यन गराउँदा हाम्रो अर्थतन्त्रलाई के फाइदा हुन्छ ? यो आफैंमा बिरोधाभाषपुर्ण छ । पहिले हाम्रो वस्तु व्यापारमा मात्रै घाटा थियो । तर आजकल सेवामै घाटा भैरहेको छ । विदेश पढ्न जानेदेखि घुम्न र उपचारमा जानेका कारण हाम्रो सेवा व्यापार पनि नोक्सानीमा छ । दशैं मनाउन मलेसिया, सिंगापुर जाने संस्कृति बन्दै गएको छ । वस्तु व्यापारमा देखिएको घाटा कम गर्न निर्यात बढाउनु पर्छ । त्यसका पनि केहि आधार छन् । गुणस्तरिय समान उत्पादन, सस्तो समान उत्पादन, ठुलो मात्रामा उत्पादन र उद्योगहरुले न्युन लागतमा उत्पादन गराए प्रतिस्पर्धी क्षमता बढाउनु पर्छ । पहिले १० रुपैंयाँ पाउने नेपाली समान भारतीयहरुले वा अन्य विदेशीले धेरै खरिद गर्नका लागि अब ७ रुपैंयाँमा उपलब्ध गराउन सक्नु पर्छ र त्यसका लागि हाम्रो मुद्राको अवमूल्ययन गराउनु पर्ने हुन्छ । समग्र वैदेशिक मुद्रा संचितिको कुरा गर्दा अहिले पनि नेपालसँग १० अर्ब डलर भन्दा बढि विदेशी मुद्रा छ । त्यसकारण अब अवमूल्यन होइन पुनरमूल्यांकन गर्नुपर्छ भन्ने केहि अर्थविदहरुको धारणा देखिन्छ । मुद्रा सञ्चिती त केही देखिन्छ तर वस्तु व्यापारमा हामी टिक्नै नसक्ने अवस्थामा पुगिसकेका छौं । फेरी हाम्रो मुद्रा सञ्चिती पनि दिगो छैन् । पर्यटन वा निर्यातबाट विदेशी मुद्रा सञ्चित भएको होइन् । त्यो त रेमिटेन्सका कारण सञ्चित भएको हो । जुनदिन रेमिटेन्सको आप्रवाह घट्छ त्यसपछि हाम्रो अवस्था नाजुक हुँदै जान्छ । खाडी मुलुकहरुमा तेलको भाउ बढेर पुर्वाधार निर्माण व्यापक मात्रामा नबढेसम्म रेमिटेन्स बढ्नेवाला छैन् । तेलको मूल्य बढ्यो भने अमेरिकाले सेल प्रबिधीबाट तेल उत्पादन गरेर मूल्य घटाईरहेको छ । न्युनतम लागतमा सेल प्रबिधिबाट अमेरिकाले तेल उत्पादन गरेकाले अब तेलको मूल्य बढ्ने सम्भावना देखिन्न । जसका कारण नेपालमा रेमिटेन्स बढ्ने सम्भावना छैन् । उत्पादन बढाउन सकिएन भने फेरी रुपैयाँको अवमूल्यन गराउँदा नोक्सानी हुन सक्छ । अर्काेतर्फ नेपाली मुद्राको पुनरमूल्यांकन गरेर सहटी दर बढाउँदा पनि जोखिमहरु त्यतिकै छन् । अहिले १६० बाट १५५ रुपैंयाँ बनाउन थालियो भने ७ खर्ब रुपैयाँको आयात बढेर १ हजार अर्बमा पुग्छ र ७० अर्बको निर्यात ४० अर्बमा खुम्चिन्छ । यसले मुद्रास्फितीलाई फाइदा गर्ला तर विदेशी मुद्रा सञ्चिति चाँही खोक्रो बनाईदिन्छ । त्यसकारण जोखिम दुबैमा छन, हामीले उपयुक्त औजार प्रयोग गर्नुपर्छ । त्यसका लागि राम्रो अध्ययन र पुर्वतयारी गर्नुपर्छ । नेपाली मुद्राको अवमूल्यन गर्नुपर्छ भन्ने मेरो धारणा हो । हामीले भारतीय समान किन्दा महंगो हुनुपर्ने र नेपाली समान भारतीयले खरिद गर्दा सस्तो हुनुपर्ने वातावरण बनाउनु पर्ने हो ? एक दमै हो । व्यापार घाटा कम नगरी आत्मनिर्भर बन्न सकिन्न । त्यसका लागि अरु देशका समान महंगो हुनुपर्छ । आफ्नो मुलुकको समानको गुणस्तर बढ्नुपर्छ र सस्तोमा समान तयार हुनुपर्छ । त्यो भनेको स्वेदशी उद्योगको प्रतिस्पर्धी क्षमता बढाउनु नै हो । भारतको आर्थिक वृद्धिदर भन्दा हाम्रो आर्थिक वृद्धिदर बढि हुनुपर्छ । भर्खरै भारतले बजेट सार्वजनिक गरेको छ । र, उसले यो वर्ष आर्थिक वृद्धि ७ प्रतिशत भन्दा बढि हुने भनेको छ । हामीले पनि ७.२ प्रतिशतको वृद्धिदर हुने लक्ष्य राखेका छौं तर त्यो अलि सम्भव छैन् । भारतको भन्दा हाम्रो उत्पादकत्व बढि हुनुपर्छ । त्यसपछि हाम्रो मुद्रास्फिती पनि भारतको भन्दा कम हुनुपर्छ । अहिले हाम्रो उत्पादकत्व र मुद्रास्फिति दुबै भारतको भन्दा बढि छ । अहिले भारतमा हाम्रो भन्दा निक्षेपको ब्याजदर बढि छ र ऋणको ब्याजदर चाँही हाम्रोमा भन्दा कम छ । त्यसले पनि हाम्रो उत्पादन लागतमा असर गरिरहेको छ । भारतको भन्दा कम ब्याजदर र कम उत्पादन लागत भयो भने मात्रै मुद्रा सटही दर नचलाउँदा हुन्छ । नत्र टिक्न सक्ने अवस्था नै छैन् । त्यसकारण हामीले एक बराबर १६० बाट हाम्रो मुद्रा अवमूल्यन गराउनु पर्छ । त्यसपछि हामीले हाम्रा समान उत्पादन गरेर बेच्न सक्ने हैसियत बनाउनुपर्छ । मुद्रा सटही दर भनेको आर्थिक जस्तो देखिन्छ तर यसको कुटनीतिक र राजनीतिक आयाम पनि हुन्छन् । केन्द्रिय बैंकले सरकार र निजी क्षेत्रसँग आवश्यक समन्वय गरेर मात्रै यसबारे निर्णय गर्नु पर्छ । एक बराबर १६० को सटही दरलाई बढाएर १६५ वा १७० बनाउँदा पनि उत्पादन बढाउन सकिएन भने चाँही फेरी अर्थतन्त्र थप धरासायी हुन्छ । मुद्रास्फितिले सबैलाई खाइदिन्छ । विगतमा अवमूल्यन गराउँदा त्यस्तै भएको छ । तलब वृद्धि रोक्ने, बजेटलाई उत्पादन मुलक क्षेत्रमा बढाउने, निजी क्षेत्रका उद्योग धन्दालाई बढावा दिने लगायतका काममा सरकारले बिशेष ध्यान दिनुपर्छ । तर अहिले हाम्रो सरकार यी काम गर्न सक्ने हैसियतमा छ जस्तो मलाई चाँही लाग्दैन् । १० प्रतिशतले सटही अवमूल्यन गराईदा २१ प्रतिशतले मूल्य वृद्धि भएको छ । त्यसकारण पनि हामीले सचेत भएर काम गर्नुपर्छ । अहिले १६० बाट १५५ रुपैंयाँ बनाउन थालियो भने ७ खर्बको आयात हजार अर्बमा पुग्छ र ७० अर्बको निर्यात ४० अर्बमा खुम्चिन्छ । यसले मुद्रास्फितीलाई फाइदा गर्ला तर विदेशी मुद्रा सञ्चिति चाँही खोक्रो बनाईदिन्छ । स्थिर सटही दर हटाउँदा चाँही के असर पर्छ ? स्थिर सटही दर हटाउने कुराले त भारतीय लगानीकर्ता थप निरुत्साहित हुन्छन् । अहिले लगानी गरेका लगानी कर्ताहरुले पनि लगानी फिर्ता लैजान्छन् । त्यसकारण स्थिर मुद्रा सटही दरलाई हटाउनु चाँही हुन्न । केबल समीक्षा गरिनुपर्छ । ५० औं बर्ष यसैगरि समीक्षा नगरी स्थिर मात्रै बनाउने हो भने चाँही हाम्रो अर्थतन्त्र टाक्सिन्छ । हाम्रा भान्छाहरुमा भारतीय समान मात्रै देखिन थालिसकेका छन् । हामीले रायोको साग र १५।२० दिन थेग्ने सुन्तला, केरा र आँप, स्याउ मात्रै उत्पादन गर्न सकेका छौं । मेरो भनाई स्पष्ट छ, २५ बर्षको आर्थिक वृद्धिदर, उत्पादकत्व, उत्पादन क्षमता लगायतका सूचांकका आधारमा नेपाली र भारतीय मुद्राको सटही दरको पुनः मूल्यांकन गरौं । नत्र नेपाली अर्थतन्त्र टाक्सिँदै जान्छ । पाँच सात बर्षमा सटही दरलाई समिक्षा गरेर तल माथी गराउनु पर्छ । भुटानले भारुसँग सटही दर बराबर बनाउन सक्ने, नेपालले चाँही किन नसक्ने ? भुटानले विद्युत बेचेर यथेष्ठ भारतीय मुद्रा सञ्चित गरेको छ । भारतसँग भुटानको व्यापार नाफामै छ । हामीले त रेमिटेन्सबाट पठाएको पैसा जहाजबाट कोलकत्ता पठाएर त्यहाँ डलर दिएर भारु कन्टेनरमा राखेर नेपाल ल्याउँनुपर्ने अवस्था छ । त्यसकारण भुटानसँग तुलना गरेर बराबर गर्नुपर्यो भन्न मिल्दैन् । भुटानले जस्तो अहिले नै बराबर गर्नेबारे होइन, पाँच सात बर्षका बीचमा समीक्षा गरेर सटही दर हेरफेर गर्नेबारे भने सोच्नै पर्छ ।
बनेपामा सिद्धार्थ इन्स्योरेन्सको शाखा सञ्चालन
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लि.ले काभ्रेपलान्चोक जिल्लाको बनेपामा आफ्नो ५४औँ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री तथा नायव महाप्रबन्धक मुरारी रेग्मी एवम् योगेशकृष्ण श्रेष्ठले उक्त शाखाको संयुक्त उद्घाटन गरेका हुन् । कार्यक्रममा स्थानिय स्तरका बैंक तथा वित्तिय संस्थाहरु प्रमुख एवम् व्यवसायिकहरुको उपस्थिति रहेको थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले अहिले सम्म ५३ वटा शाखा सञ्जालद्धारा स्तरीय बीमा सेवा प्रदान गर्दै आएको बताएका छन् । साथै, भविष्यमा अझ प्रभावकारी रुपमा बीमा सेवा प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको उनले बताए ।
लगानीकर्तालाई अनलाइन सेयर आवेदनको जानकारी दिन नेप्से र सीडीएस प्रदेश दौडाहामा
काठमाडौं । अनलाइन सेयर आवेदको बारेमा मोफोसलका लगानीकर्तालाई जानकारी दिन सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेड र नेपाल स्टक एक्स्चेन्ज (नेप्से) लिमिटेडका अधिकारी अहिले प्रदेश दौडाहामा निस्किएका छन् । सीडीएस र नेप्सेले अनलाइन सेयरको बारेमा प्रदेश नम्बर १ को इटहरी र दमकमा जनचेतनामुलक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा नेप्सेका प्रवत्ता मुराहरि पराजुलीले कार्यपत्र प्रस्तुत गर्दै पूँजीबजारमा सीडीएसको भूमिका, धितोपत्रको अभौतिकिकरण तथा राफसाफ तथा फछ्र्यौट प्रक्रिया, आस्बा, सीआस्बा तथा मेरो सेयर सम्बन्धी जानकारी प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी नेप्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्दसिंह साउदले मेरो शेयर तथा सीआस्बाको प्रयोग संगै घण्टौ लाइन लागेर सार्वजानीक निष्कासनको आवेदन दिएर बाँडफाँटका लागि महिनौ कुर्नुपर्ने अवस्थाको अब अन्त्य हुने जानकारी दिए ।सीडीएस र नेप्सेले आगामी दिनमा यस्ता कार्यक्रम अन्य प्रदेशको सहरहरुमा पनि आयोजना गर्ने जनाएको छ ।