सिजीले ल्यायो नयाँ मोडलका इलेक्ट्रीक वाटर हिटर, ट्याङकीमा ५ वर्षको वारेण्टी
काठमाडौं । सिजी ब्राण्डले हालै तीन नयाँ मोडलका इलेक्ट्रीक वाटर हिटर ल्याएको छ । आकर्षक तथा सरल प्रविधिको उक्त हिटरहरुको मुख्य विशेषता भनेको ट्याङकीमा ५ वर्षको वारेण्टी रहेको छ । उक्त इलेक्ट्रीक हिटरहरु १०, १५ र २५ लिटरमा उपलब्ध छन् । जसमा इएलसीबी(अर्थ लिकेज सर्कियुट ब्रिएकर) जस्ता मुख्य विशेषता रहेको कम्पनीले जनाएको छ । जसको कारण करेन्टलाई लिकेज हुन र लाग्न बाट जोगाउँद छ । साथै, यस हिटरमा उच्च गुणस्तरको हिटिङ तत्व राखेको छ । जसको कारण अधिकतम आयु र न्यूनतम शक्ति खपत गर्दछ । यसमा ७५ डिग्री सेल्सियस तापक्रम सम्म बढाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस हिटरले अधिकतम तापक्रम(ओभरहिट प्रोटेक्सन) बाट हुने क्षतिलाई पनि रोक्न सक्ने छ ।
राष्ट्र बैंकबाट ७ वाणिज्य बैंकले ७ अर्ब ९५ करोड उठाए, आइतबार पनि २० अर्ब पठाउने तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट विभिन्न ७ वाणिज्य बैंकले ७ अर्ब ९५ करोड रुपैयाँ उठाएका छन् । अन्तर बैंक ब्याजदर बढेर ५ प्रतिशत नाघेपछि राष्ट्र बैंकले बजारमा हस्तक्षेप गर्न शुक्रबार २० अर्ब रुपैयाँ रिपो ल्याएको हो । बैंकहरुले ५ प्रतिशत ब्याज दरमा सो रकम राष्ट्र बैंकबाट उठाएका हुन् । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) भएपनि अन्तर बैंक ब्याज दर बढ्न थालेपछि हस्तक्षेप गर्न रिपो ल्याएको राष्ट्र बैंकले जनाएको छ । हाल बैंकिङ प्रणालीमा २० अर्ब रुपैयाँ तरलता रहेको छ । केन्द्रीय बैंकले ५ प्रतिशत ब्याज दरमा २ साताका बजारमा रकम पठाउन रिपोे गरेको हो । आगामी मंसिर १५ गते रिपोको रकम परिपक्व हुने छ । केन्द्रीय बैंकले ब्याजदर करिडोर अन्तर्गत तरलता प्रवाह गर्नका लागि रिपो उपकरणमार्फत बजारमा पैसा पठाउन लागेको हो । ब्याज दर करिडोर लागु भएको दिन बुधबार राष्ट्र बैंकले ३ प्रतिशत ब्याज दरमा बजारबाट १५ अर्ब रुपैयाँ उठाएको थियो । राष्ट्र बैंकले शुक्रबार रिपो बिक्री नभएपछि पुनः आइतबार २० अर्ब रुपैयाँको जारी गर्ने भएको छ । शुक्रबार बजारमा लक्ष्य भन्दा धेरै कम रकम गएपछि आइतबार पुनः रिपो गर्न लागेको हो । शुक्रबार भएकाले कम माग भएको हुन सक्ने अनुमानका आधार केन्द्रीय बैंकले पुनः आइतबार रकम बजारमा पठाउने तयारी गरेको हो । मंसिर १७ गते आइतबार रिपो परिपक्व हुने छ । तरलताको अल्पकालीन व्याजदरमा आउने उतारचढावलाई न्यूनीकरण गर्दै ब्याजदर स्थायित्व कायम गर्ने आवश्यक पर्दा पैसा बजारमा पठाउने र बढी भएमा प्रशोचन गर्ने व्यवस्था छ । ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधाको दर ७ प्रतिशत छ । ब्याजदर करिडोर अन्तर्गत दुई हप्ता अवधिको रिपो दर नीतिगत दरको रुपमा ५ प्रतिशत रहेको छ । करिडोरको तल्लो सीमाको रुपमा दुई हप्ता अवधिको निक्षेप संकलनको दर ३ प्रतिशत तोकिएको छ । केन्द्रीय बैंकले बजारमा बढी भएको रकम प्रशोचन र कम भए पठाउने गर्छ ।
शुक्रबार मात्रै चार कम्पनीको सेयर मूल्य समायोजन
काठमाडौं । शुक्रबार मात्रै विभिन्न चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्जले एकैदिन कैलाश विकास बैंक, विजया लघुवित्त वित्तीय संस्था, माछापुच्छ्रे बैंक र समता माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले कैलाश विकास बैंकको १० प्रतिशत बोनस सेयर पछिको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता २५० रुपैयाँ रहेको छ । जसको आधार मूल्य २९६ रुपैयाँ रहेको थियो । त्यस्तै, विजया लघुवित्तको पनि १० प्रतिशत बोनस सेयर पश्चात सेयर मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९९१ रुपैयाँ रहेको छ । त्यसैगरी, माछापुच्छ्रे बैंकको ९ प्रतिशत बोनस सेयर र समता माइक्रोफाइनान्सको पनि २० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको छ । समायोजन पछि माछापुच्छ्रे बैंकको सेयर मूल्य २२८ रुपैयाँ रहेको छ भने समता माइक्रोफाइनान्सको प्रतिकित्ता ४७८ रुपैयाँ रहेको छ ।
१४ निर्जीवन बीमा कम्पनीको नाफा ४७ करोड ९१ लाख(कसको कति सूचिसहित)
काठमाडौं । १४ वटा निर्जीवन बीमा कम्पनीहरुले तीन महिनामा ४७ करोड ९१ लाख नाफा कमाएका छन् । निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्ने १४ कम्पनीहरुले चालु आवको असोज मसान्तसम्ममा आफ्नो नाफा २१.२९ प्रतिशतले वृद्धि गरेर करिब ४८ करोड पुर्याएका हुन् । गत आवको असोज मसान्तसम्ममा यीनै कम्पनीहरुले जम्मा ३९ करोड ५० लाख मात्रै नाफा कमाउन सफल भएका थिए । शिखर इन्स्योरेन्सले सबै भन्दा धेरै नाफा कमाएको छ । कम्पनीको आफ्नो नाफालाई ८ करोड ७० लाखबाट बढाएर ९ करोड ५५ लाख पुर्याएको छ । एनएलजी इन्स्योरेन्सले पनि ४ करोड ३८ लाखबाट बढाएर ५ करोड २५ लाख नाफा पुर्याएको छ । राष्ट्रिय बीमा कम्पनीले ४ करोड ८० लाख नाफा कमाउँदा सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ४ करोड १२ लाख मुनाफा गरेको छ । एभरेष्ट इन्स्योरेन्सले भने सबै भन्दा थोरै ४४ लाख मात्रै नाफा कमाउन सफल भएको छ । एभरेष्टले गत आवको असोज मसान्त अवधीमा जम्मा १० लाख मात्रै नाफा कमाउन सफल भएको थियो ।
एभरेष्ट बैंकले ३४ प्रतिशत लाभांश दिने, चुक्ता पुँजी ८ अर्ब नाघ्ने
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले सेयरधनीलाई ३४.७४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई ३३ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.७४ प्रतिशत नगद गरि सो मात्राको लाभांश दिने घोषणा गरेको छ । उक्त घोषणा कात्तिक ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको बैठकलाई नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ३ करोड रुपैयाँ रहेको छ । ३३ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ८ अर्ब रुपैयाँ नाघ्ने छ । शुक्रबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १११६ रुपैयाँ रहेको छ ।
काँग्रेसका उम्मेदवार रामशरण महतलाई लक्षित गर्दै बम विस्फोटन, पाँच घाइते
नुवाकोट । नुवाकोट प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेसका उम्मेदवार डा रामशरण महत र प्रदेश नं २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोट गराइएको छ । विस्फोटनबाट पाँचजना काँग्रेस कार्यकर्ता घाइते भएपनि उम्मेदवार महत भने सकुशल छन् । चुनावी प्रचार अभियानका क्रममा मतदाताको घरदैलो कार्यक्रम भइरहेका बेलामा ककनी गाउँपालिका वडा नं ५ काउलेथानामा शुक्रबार बिहान १० बजे प्रेसरकुकुर बम विस्फोट गराइएको प्रदेशसभाका उम्मेदवार रमेशकुमार महतले जानकारी दिए । बम विस्फोटनबाट काँग्रेसका कार्यकर्ताहरू उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सवीन लामा, रमेश राईलगायत घाइते भएका छन् । शरीरको विभिन्न भागमा चोट लागेकाले घाइते भएकामध्ये केहीको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि काठमाडौँतर्फ लगिएको छ । उम्मेदवार महत चढेको बा१४च ७०४१ नंं को गाडीलाई लक्षित गरी प्रेसरकुकुर बम विस्फोट गराए पनि उक्त गाडी अघि बढिसकेकाले कार्यकर्ता चढेको बा१६च ६६५ नं गाडीमा बम लागेको थियो । विस्फोटनका कारण गाडी पूर्णरूपमा ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए । बम विस्फोटनको जिम्मा नेपाल कम्युनिस्ट पार्टीले लिएको छ । रासस
माछापुच्छ्रे बैंकको एक लाख ६० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको एक लाख ६० हजार कित्ता हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । नेप्सेले शुक्रबार मात्र यस बैंकको सो मात्राको सेयर सूचिकृत गराएको हो । हाल कम्पनीको चुक्ता पुँजी ७ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । शुक्रबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३१४ रुपैयाँ रहेको छ ।
सबैभन्दा बढी अाय कर तिर्ने व्यक्तिमा सिद्धार्थ शम्शेर राणा र संस्थामा सूर्य नेपाल प्रालि
काठमाडौं । गत वर्ष सबैभन्दा बढी आयकर बुझाउनेमा व्यक्तिगततर्फ सिदार्थशम्शेर राणा भएका छन् । तारा म्यानेजमेन्ट समूहका अध्यक्ष रहेका राणा गत वर्ष सबैभन्दा बढी कर तिर्नेको सूचिमा परेका हुन् । यसअघि पनि राणा धेरै कर तिर्नेको सूचिमा पर्दे आएका छन् । यस्तै स्वास्थ्यतर्फ डा. उपेन्द्र देवकोटा परेका छन् । उनी वार्षिक ५ करोड रुपैयाँ कर तिर्नेका सुचिमा परेका छन् । उत्पादनतर्फ सबैभन्दा बढी कर तिर्नेमा सुर्य नेपाल प्रालि भएको छ । यस्तै भर्सेन्ड टेक्नोलोजिज प्रालि पनि सम्मानित भएकाे छ । बढी आयकर तिर्ने अन्य कम्पनीमा जलविद्युततर्फ हिमाल पावर लिमिटेड,कृषितर्फको राष्ट्रिय बिउँबिजन कम्पनी लिमिटेड, बैंकतर्फ हिमालयन बैंक, नेपाल पुर्नबीमा कम्पनी लिमिटेड, शिक्षातर्फ त्रियोग उच्च माध्यमिक विद्यालय र पर्यटनतर्फ टाइगर टप्स प्रालि परेका छन् । यस्तै व्यापारतर्फ सिप्रदी ट्रेडिङ प्रालि र मूल्य अभिवृद्धि कर (भ्याट) बढी तिर्नेनमा पवनकुमार इन्टरनेसनल प्रालि सम्मानित भएका छन् । छैठौं कर दिवसका अवसरमा शुक्रबार मुख्यसचिव लोकदर्शन रेग्मीले बढी करतिर्न १५ करदातालाई सम्मानित गरेका छन् ।