विकासन्युज

एनपीएल ७.२८ प्रतिशत पुगेपनि हिमालयनको नाफा २२.१४ प्रतिशत बढ्यो

काठमाडौं । हिमालयन बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा २२.१४ प्रतिशत बढेर १ अर्ब ५१ करोड २५ लाख ३२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब २३ करोड ८३ लाख ३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।  गत वर्ष बैंकको खुद ब्याज आम्दानी १०.९३ प्रतिशत घटेर १० अर्ब ४५ करोड ६६ लाख ९० हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ११ अर्ब ६१ करोड ७६ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  गत वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १०.८८ प्रतिशत बढेर १ अर्ब १५ करोड १३ लाख ५१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ४.७२ प्रतिशत घटेर १२ अर्ब ५२ करोड १३ लाख ५७ हजार रुपैयाँ, सञ्चालन नाफा ८८.४२ प्रतिशत बढेर ५ अर्ब ४३ करोड ६४ लाख ९२ हजार रुपैयाँ गरेको छ ।   गत वर्ष बैंकको वितरणयोग्य नाफा ७ अर्ब १० करोड १५ लाख २७ हजार रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ७ अर्ब ४४ करोड १५ लाख २६ हजार रुपैयाँ ऋणात्मक थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले केही घटाएको देखिन्छ ।  समीक्षा वर्षमा बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ र जगेडा कोष ४.४२ प्रतिशत बढेर २३ अर्ब ३५ करोड ९९ लाख ६६ हजार रुपैयाँ पुगेको छ ।  बैंकको निक्षेप संकलन ८.८९ प्रतिशत बढेर ३ खर्ब ९ अर्ब १५ करोड ८६ लाख ७२ हजार रुपैयाँ र कर्जा लगानी १.३७ प्रतिशत बढेर २ खर्ब ३२ अर्ब ८५ करोड ८२ लाख ८८ हजार रुपैयाँ गरेको छ ।  अघिल्लो वर्ष बैंकले २ खर्ब ८३ अर्ब ८९ करोड ९५ लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब २३ करोड ९७ लाख ४२ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  बैंकको नाफासँगै प्रतिसेयर आम्दानी १.२६ रुपैयाँ बढेर ६.९८ रुपैयाँ पुगेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १७५.०७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३३.९८ गुणा रहेको छ । गत वर्ष बैंकको खराब कर्जा बढेको छ । अघिल्लो वर्ष ४.९८ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ७.२८ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी ४.०६ प्रतिशत छ ।

​​​​​​​एनएमबि बैंकको नाफा ३.२८ अर्ब रुपैयाँ, लाभांश क्षमता १०.४० प्रतिशत

काठमाडौं । एनएमबि बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ४६.२२ प्रतिशत बढेर ३ अर्ब २८ करोड १७ लाख ९१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब २४ करोड ४३ लाख ९५ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।  गत वर्ष बैंकको खुद ब्याज आम्दानी ११.१४ प्रतिशत बढेर ८ अर्ब २ करोड ८ लाख ९४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ७ अर्ब २१ करोड ६७ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  गत वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २१.३० प्रतिशत बढेर २ अर्ब १८ करोड १७ लाख ५१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १४ प्रतिशत बढेर १८ अर्ब ८८ करोड १६ लाख ६२ हजार रुपैयाँ, सञ्चालन नाफा ६४.४६ प्रतिशत बढेर ५ अर्ब ३५ करोड २ लाख ७ हजार रुपैयाँ गरेको छ ।   गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड ९४ लाख ४७ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकले १०.४० प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ९ करोड २८ लाख ४१ हजार रुपैयाँ ऋणात्मक थियो ।  समीक्षा वर्षमा बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ र जगेडा कोष १५.२० प्रतिशत बढेर १२ अर्ब ३२ करोड ५५ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।  बैंकको निक्षेप संकलन २५.४४ प्रतिशत बढेर २ खर्ब ८० अर्ब ९२ करोड ६६ लाख ६८ हजार रुपैयाँ र कर्जा लगानी २७.९१ प्रतिशत बढेर २ खर्ब २९ अर्ब ११ करोड ९३ लाख ४२ हजार रुपैयाँ गरेको छ ।  अघिल्लो वर्ष बैंकले २ खर्ब २३ अर्ब ९४ करोड २५ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९४ अर्ब ३० करोड ४१ लाख ८६ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  बैंकको नाफासँगै प्रतिसेयर आम्दानी ५.६५ रुपैयाँ बढेर १७.८७ रुपैयाँ पुगेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १७६.८१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १५.१० गुणा रहेको छ । गत वर्ष बैंकको खराब कर्जा बढेको छ । अघिल्लो वर्ष ३.४० प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ३.७२ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी १०.६६ प्रतिशत छ ।

देशभर ९१ प्रतिशत धान रोपाइँ, सुदूरपश्चिममा सबैभन्दा बढी

काठमाडौं । देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा ८ प्रतिशतले बढी रोपाइँ भएको थियो । देशभर करिब १२ लाख ५४ हजार हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको छ । मुलुकभरि करिब १४ लाख हेक्टर जमिन खेतीयोग्य रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । सुदूरपश्चिममा सबैभन्दा बढी ९९.७, कर्णाली र लुम्बिनी प्रदेशमा ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । उनका अनुसार भदौ दोस्रो सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ ।  मधेस प्रदेशमा सबैभन्दा कम ७६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष मधेसमा अहिलेसम्म ९७ प्रतिशत रोपाइँ भएको थियो । यहाँ मनसुन अलि ढिला सक्रिय भएकाले प्रतिशतका हिसाबले सबैभन्दा कम रोपाइँ भएको पाइएको जोशीले बताए । मधेसमा आवश्यक वर्षा हुन नसकेकाले रोपाइँ प्रभावित भएको उनको भनाइ छ । मन्त्रालयका सूचना अधिकारी जोशीका अनुसार धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ । सो क्षेत्रबाट धानको उत्पादकत्व वृद्धि भई कूल उत्पादनको ७० प्रतिशत योगदान रहेको बताउँदै उनले पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको जानकारी दिए । आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष स्वदेशमा उत्पादन हुने अनुमान गरिएको ६० लाख मेट्रिक टन धानबाट करिब ३५ लाख मेट्रिक टन खान योग्य चामल बन्ने उनको भनाइ छ । मौसमको प्रतिकूलता, प्राकृतिक विपद्, अतिवृष्टि तथा अनावृष्टिले नकारात्मक प्रभाव परी कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुने गरेको जोशीले उल्लेख गरे। पछिल्लो पटक विकास भएका ज्ञान, सीप, प्रविधि तथा उन्नत जातका बीउ बिजनको विकासका कारण उत्पादन वृद्धि हुने अनुमान गरिएको उनको भनाइ छ । 

सकियो नाइमा मोबिलिटी एक्स्पो (फोटोफिचर)

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित  ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ साउन २६ गते सोमबार सफलतापूर्वक सम्पन्न भएको छ ।  साउन २१ गते सुरु भएको एक्स्पो प्रारम्भिक तालिकाअनुसार साउन २५ गतेसम्म सञ्चालन हुने भनिएको थियो । तर, अवलोकनकर्ताको अत्यधिक उत्साहका कारण एक दिन थप गरिएको नाइमाले जनाएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले साउन २१ गते एक्स्पोको उद्घाटन गरेका थिए । ५० अटोमोबाइल ब्राण्डको सहभागिता रहेको एक्स्पोलाई १ लाख १० हजारभन्दा बढीले अवलोकन गरेका छन् ।  गाडी अवलोकन, नयाँ मोडलबारे जानकारी, सोधपुछ, बुकिङ र खरिदमा सहभागीहरूको उल्लेख्य उपस्थिति देखिएको नाइमाले जनाएको छ । एक्स्पोसम्बन्धी विस्तृत विवरण आगामी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने नाइमाले जानकारी दिएको छ । तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज   ​​​​​​​

नाइमा अटो एक्स्पो सम्पन्न, नीतिगत स्थिरतामा व्यवसायीको जोड

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित नाइमा मोबिलिटी एक्स्पो एक लाखभन्दा बढी अवलोकनकर्ताको सहभागितासहित सम्पन्न भएको छ ।  भृकुटीमण्डपमा ६ दिनसम्म चलेको एक्स्पोमा अवलोकनकर्ताको बाक्लो उपस्थिति रहेको थियो । एक्स्पोको सफलताले आयोजक तथा व्यवसायीहरू उत्साहित भएका छन् । नाइमाकी अध्यक्ष रितु वैद्यले एक्स्पोले सोचेभन्दा राम्रो प्रतिक्रिया पाएको र यसले समग्र अटोमोबाइल क्षेत्रमा नयाँ ऊर्जा थपेको बताइन् ।  एक्स्पोको सफलतासँगै व्यवसायीहरूले सरकारसँग अटोमोबाइल क्षेत्रका लागि दीर्घकालीन र स्थिर नीतिको माग गरेका छन् । अध्यक्ष वैद्यले हरेक बजेटमा करका दरहरू परिवर्तन हुँदा उद्योगमा अनिश्चितता छाउने र लगानीको वातावरण बिग्रने गरेको बताइन् । ‘हाम्रो चाहना भनेको अटोमोबाइल क्षेत्रमा नीतिको स्थिरता हो । कम्तिमा ५ देखि १० वर्षसम्म स्थिर नीति भएमा मात्र उद्योगले सही योजना बनाएर अघि बढ्न सक्छ,’ उनले भनिन् ।  उनले सरकारले अटोमोबाइल क्षेत्रलाई विलासिताको वस्तु र कर उठाउने माध्यमको रूपमा मात्र नहेरी अर्थतन्त्र चलायमान बनाउने एक आवश्यक क्षेत्रको रूपमा बुझ्नुपर्नेमा जोड दिइन् । एक्स्पोमा सहभागी ५० भन्दा बढी ब्रान्डका व्यवसायीहरूले राम्रो व्यापार र ग्राहकहरूको चासोबाट आफूहरू सन्तुष्ट रहेको बताएका छन् । छुट र अफरका कारण पनि ग्राहकहरूको आकर्षण बढेको थियो । अवलोकनकर्ताहरूले पनि एकै छानामुनि विभिन्न ब्रान्डका गाडीहरू हेर्न, तुलना गर्न र खरिद गर्न पाउँदा खुसी व्यक्त गरे । नाइमाले भविष्यमा यस्ता एक्स्पोलाई अझ व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउन भृकुटीमण्डपमा एउटा स्थायी र आधुनिक प्रदर्शनी हल आवश्यक रहेको बताएको छ ।  ‘यो विषयमा हामीले अर्थमन्त्रीज्यूसँग पनि कुरा राखेका छौं र उहाँबाट सकारात्मक आश्वासन पाएका छौं,’ अध्यक्ष वैद्यले भनिन्, ‘राम्रो पूर्वाधार भएमा हामीले अझ उत्कृष्ट कार्यक्रम गर्न सक्छौं ।’ बीवाईडी र लिपमोटरको उत्साहजनक बुकिङ पहिलो पटक आयोजना गरिएको नाइमा मोबिलिटी एक्स्पो २०२५ मा विभिन्न कम्पनीहरूले प्रदर्शन गरेका विद्युतीय सवारी साधनहरूमा उल्लेखनीय बुकिङ भएका छन् । साइमेक्स इंकले एक्स्पोमा बीवाईडीका मोडेलहरू एट्टो-१ र सिलायन-७ प्रदर्शनीमा राखेको थियो । कम्पनीका अनुसार बीवाईडीका ६ सय भन्दा युनिट गाडी बुकिङ भएका छन् ।  लिपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले टी०३, बी-१० र सिट्रोन लगायतका मोडेल प्रदर्शनमा राखेको थियो । कम्पनीले २२५ भन्दा बढी युनिट गाडी बुकिङ भएको जानकारी दिएको छ । टोयोटाका लागि नेपालमा आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले २६ युनिट गाडी बुकिङ भएको जनाएको छ भने हुन्डाईका लागि अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई ब्रान्डको २०० युनिट र फरथिङ फ्राइडेको ३८ युनिट बुकिङ भएको जनाएको छ ।  त्यस्तै, एलएस अटोले प्रदर्शनमा राखेको एलइभी गाडीको ३७ युनिट, फक्सवागनले २८ युनिट, ओमोडा जेकोका साढे ३ सय, एमजी १ सय ५०, महेन्द्रा १ सय, केई ५०, म्याक्सस १२, एलएस अटो ३५, जीएम डब्लुका ३० वटा गाडीहरु बुकिङ भएको व्यवसायीहरुले जानकारी दिएका छन् ।  दुईपांग्रे सवारीमा पनि आकर्षक बुकिङ भएको छ । वैद्य एनर्जीले प्रदर्शनमा राखेको एथर स्कुटर १५० युनिटभन्दा बढी बुकिङ भएको छ । यस्तै हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाज चेतक, केटीएम र ट्रायम्फ ब्रान्डका प्रत्येकमा २०० युनिट बुकिङ भएको जनाएको छ भने मोर्बिडेलि र बेनेली गरी ८० युनिट बुकिङ भएको बताइएको छ । 

लामिछानेलाई थुनामै पठाउने, जिल्ला अदालतबाट निवेदन अस्वीकार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामै पठाउने आदेश जारी भएको छ। जिल्ला अदालत, रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले यस्तो आदेश जारी गरेको हो । न्यायाधीश सापकोटाको इजलासले आफ्नो भागको बिगो सकारेर थुना बाहिर बस्ने रविको मागबमोजिम नहुने आदेश गरेको हो ।  लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दाको बिगो दाबीबाट छुटकारा दिलाई थुनामुक्त गर्न मागसहित निवेदन दिएका थिए ।  उनले निवेदनसँगै अदालतमा २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक ग्यारेन्टी पनि बुझाएका थिए ।  उक्त निवेदनमाथिको बहसपछि लामिछानेलाई थुनामै पठाउने आदेश जारी भएको हो । उनले जिल्ला अदालत रूपन्देहीमा गत साउन १९ गते निवेदन दिएका थिए ।  लामिछानेलाई रुपन्देही जिल्ला अदालतकै न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले एक करोड धरौटी हुने आदेश गरेको थियो ।  त्यसपछि लामिछाने साधारण तारेख माग गर्दै उच्च अदालत गएका थिए । उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले चैत २२ को पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।  त्यसयता उच्चको आदेश बदर माग गर्दै लामिछानेले सर्वोच्चमा पुनः निवेदन दिएका थिए।  सर्वोच्चबाटसमेत उच्चको आदेश सदर भएर रवि थुनामै रहेका थिए ।  

एनआईसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटीभी सेवामा छुट

काठमाडौं । एनआईसी एशिया बैंक र सिजी कम्युनिकेसन्स लिमिटेडबीच सम्झौता भएको छ ।  सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र सिजी कम्युनिकेसन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजन थापाले हस्ताक्षर गरे । यस सम्झौतासँगै बैंकका ग्राहकहरूले पहिलो पटक सिजी इन्टरनेट र आइपीटीभीको सेवा लिँदा व्यक्तिगत सेवामा २ हजार ५०० र संस्थागतरूपमा प्रयोग गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकले सिजी नेटको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेट सेवा उपभोग गर्दा वार्षिक शुल्कमा २ हजार ५०० रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् ।  त्यस्तै, इन्टरनेटसँगै आईपीटीभीको सेवा लिने नयाँ ग्राहकले पनि उक्त रकमको छुट प्राप्त गर्न सक्नेछन् । साथै हाल सेवा लिइरहेका ग्राउक्त सेवा नवीकरण गर्दा वार्षिक सेवामा थप एक महिनाको अतिरिक्त सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।  

मञ्जुश्री फाइनान्सको वितरणयोग्य नाफा १०२.६५ प्रतिशत बढ्यो, नाफा साढे ३१ करोड रुपैयाँ

काठमाडौं । मञ्जुश्री फाइनान्सको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ३९.९६ प्रतिशत बढेर ३१ करोड ४३ लाख ८२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष फाइनान्सले २२ करोड ४६ लाख १५ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।  फाइनान्सको खराब कर्जा पनि घटेको छ । अघिल्लो वर्ष ०.८३ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर ०.७७ प्रतिशतमा झरेको छ । जसकारण बैंकको नाफा बढेको देखिन्छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा १०२.६५ प्रतिशत बढेर ३५ करोड ४४ लाख ८६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले १७ करोड ४९ लाख २५ हजार रुपैयाँ वितरणयोग्य नाफा थियो ।  गत वर्ष फाइनान्सको खुद ब्याज आम्दानी ८७ करोड ३२ लाख ११ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ७४ करोड ९४ लाख ८२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  गत वर्ष कम्पनीले ११ करोड २१ लाख ८६ हजार रुपैयाँ खुद शुल्क तथा कमिशन आम्दानी, १ अर्ब १ करोड २४ लाख ६८ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र ५१ करोड ७९ लाख ५९ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।  १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको जगेडामा ७३ करोड ८२ लाख ३६ हजार रुपैयाँ रहेको छ । गत असारसम्म फाइनान्सले २१ अर्ब ८७ करोड ४४ लाख १२ हजार रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ९० करोड ९१ लाख ४० हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।  नाफा बढेसँगै फाइनान्सको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १६.६२ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको फाइनान्सको गत वर्ष बढेर २३.२६ रुपैयाँ पुगेको छ । गत वर्ष फाइनान्सको मूल्य आम्दानी अनुपात २६.७९ गुणा छ भने प्रतिसेयर नेटवर्थ १८०.८५ रुपैयाँ छ ।