यस्तो बन्यो महालक्ष्मी लाईफ इन्स्योरेन्सको लोगो
काठमाडौं । सञ्चालनको तयारीमा रहेको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो लोगोलाई अन्तिम रुप दिएको छ । मगंलबार बसेको संचालक समितिको बैठकले कम्पनीको लोगो पारित गरी सार्वजनिक गर्ने निर्णय गरेको छ । २ अर्ब चुक्तापुँजीमा स्थापना हुन लागेको यो कम्पनीमा संस्थापकहरुबाट १ अर्ब ४० करोड चूक्ता गराउने प्रक्रियामा रहेको कम्पनी निकट भविष्यमा संचालनको तैयारीमा रहेको जनाएको छ । यस कम्पनीमा ५५ जना संस्थापक सदस्य रहेका छन् ।
नेपालको नीति निर्माणमा हावर्ड विश्वविद्यालयले सहयोग गर्ने
डा. शङकर शर्मा वासिङ्गटन । नेपालको नीतिनिर्माणमा तथ्याङ्क र प्रमाणीकरण दस्तावेजको अधिकतम उपयोग गर्ने विषयमा कार्यक्रम सञ्चालन गर्न विश्व प्रतिष्ठित हावर्ड विश्वविद्यालयले साझेदारी गर्ने भएको छ । दक्षिण एसियामा प्रमाणसहितको तथ्याङ्कमा आधारित नीतिनिर्माणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको उक्त विश्वविद्यालयले नेपालमा पनि दिगो विकासका लागि अनुसन्धानात्मक तथ्याङ्कलाई वढी उपयोगी बनाउन पहल गर्ने भएको अमेरिकामा सोमबार र मङ्गलबार आयोजित कार्यक्रममा सहभागी योजना आयोगका पूर्वउपाध्यक्ष डा शङ्कर शर्माले बताएका छन् । अब विश्वविद्यालयले सरकारी निकाय समेतको समन्वयमा दिगो विकासका लागि तथ्याङ्कमा आधारित दस्तावेजलाई प्रयोग गरेर यसलाई वढी उपयोगी बनाउन पहल गर्ने उनले बताए । “यसअगाडि भारत, पाकिस्तान र बङ्गलादेशमा यस्तो कार्यक्रम सञ्चालनसमेत गरिसकिएकाले उनीहरुको अनुभव आदानप्रदान र हामीहरुको अवस्थाबारे हामीले जानकारी गरायौँ”, शर्माले भने । नेपालको चुनौतीका बारेमा आफ्नो धारणा राख्दै पूर्वउपाध्यक्ष शर्माले नेपालको राजनीतिक अस्थिरताका कारण सरकार र कर्मचारीको परिवर्तन छिटो हुने भएकाले यसलाई व्यवस्थापन गर्न तथ्याङ्कमा आधारित कार्यक्रमले दिगो विकासमा टेवा पुग्ने डा शर्माले बताए । कार्यक्रममा शर्माका अतिरिक्त अर्थ मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल र स्टाफ कलेजका त्रिलोचन ढकाल र पुकार मल्लले सहभागि थिए । रासस
रु.५०० र १००० का नक्कली नोट बजारमा, यसरी चिन्न सकिन्छ जाली नोट
काठमाडौं । रु. ५०० र रु. १००० दरका नक्कली नेपाली नोटहरु बजारमा भेटिएका छन् । देशका विभिन्न स्थानमा रु ५०० दरका घ/२० ७९९७४६, ३/२० ६७९७४६, घ/६ १४९३१२, घ/९१ ४२५२६८ लगायत अंक राखिएका नक्कली नोटहरु बजारमा भेटिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, रु १००० दरका घ/८३ ७५४००५, घ/६ १४९३३४, घ/२० ४७६७९६ लगायतका अंक राखिएको नक्कली नोटहरु बजारमा भेटिएका छन् । जाली नोटको कारोबार गम्भीर अपराधिक र ठगी कार्य भएको जनाउँदै राष्ट्र बैंकले जाली नोट सम्बन्धी शंकास्पद गतिविधि देखिएमा प्रहरी प्रशासन लगानय सुरक्षा निकायमा जानकारी गराउन राष्ट्र बैंकले अनुरोध गरेको छ । बजारमा भेटिएका जाली नोटहरुमा लेखिएका अक्षरहरुलाई सुरक्षण धागोले छोपेको पाईएको, सुरक्षण धागोमा एनआरवी नलेखिएको, सुरक्षण धागो कागजमै बुनिएको नभएर पछिबाट टाँसेको पाइएको, लालीगुराँस फूलको स्पष्ट पानी छाप नभएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सक्कली र नक्कली नोट छुट्टाउने तरिकाबारे जानकारी दिदै भएको छ–सक्कली नोटहरुको कागज गुणस्तर खस्रो र हल्लाउँदा कडकड आवाज आउने हुन्छ । नोटको अग्रभागमा दायाँतर्फ खाली ठाउँमा लालीगुराँस फूलको स्पष्ट पानी छाप हुन्छ । नोटको बीच भागमा सुरक्षण धाँगो र यसमा सानो अक्षरमा अंग्रजीमा एनआरबी लेखिएको हुन्छ । सुरक्षण धागो कागजमा नै बुनिएको हुन्छ, टाँसिएको हुँदैन । त्यस्तै, नोटको अग्रभागको बीचतिर अंग्रजीमा एनआरबी अक्षरको आधा र पृृष्ठभागमा सोही एनआरबीको आधा भाग लेखिएको हुन्छ । उल्यालोमा हेर्दा सो दुबैतर्फको अक्षर जोडिएर पुरै एनआरबी अक्षर बनेको देखिन्छ ।
बाहिरी चक्रपथले कृषि वैज्ञानिककै डेढ करोडको घर भत्काउने, तत्कालै २ सय वटा घर भत्काइदैँ
फाेटाे स्राेत बाहिरी चक्रपथ अायाेजना काठमाडौं । बाहिरी चक्रपथ आयोजनाले चोभार–सतुंगल खण्डको काम सुरु गर्नुपहिले सतुंगलमा रहेको कृषि बैज्ञानिकका डेढ करोड पर्ने घर भत्काउने भएको छ । सतुंगलमा रहेको नार्कमा कार्यरत ताराबाहादुर घिमिरे र कृषि वैज्ञानिक एकबहादुर सिंहको डेढ डेढ करोडका दुई घर भत्कने भएका छन् । विकास निर्माणको क्रममा हाम्रो घर भत्किएर कुनै चिन्ता छैन तर राज्यले भने उचित क्षतिपूर्ति दिनुपर्ने सिंहले विकास न्युजलाई जानकारी दिए । सिंहले दिएको जानकारी अनुसार उनको आफ्नो साढे ३ आनामा बनेको साढे दुई तलको घरसहितको ३४ आना जग्गा पर्ने भएको छ । उनका अनुसार घरको चारपाँच वर्ष अगाडि नै बनाएको हुँ । बाहिरी चक्रपथ आउँछ मेरै घर पर्छ भन्ने चाहिँ थाहा भएन, उनले भने । उनका अनुसार सँगै रहेको साढे तीन तलाको घिमिरेको घर पनि आयोजना निर्माणको क्रममा भत्कने भएको छ । उनको भन्दा घिमिरेको घर नयाँ र ठूलो भएकोले उनको तुलनामा अझै बढी मूल्यांकन हुँने छ । उनका अनुुसार आफ्नो घर सवा करोडसम्मको रहेको भएपनि घिमिरेको भने डेढ करोडकै मूल्यांकनको अनुमान गरिएको छ । चोभार सतुंगल खण्डको साढे ६ किमी सडक निर्माण अन्र्तगत सतुंगलको एउटा क्षेत्रको संघर्ष समितिका अध्यक्ष पनि हुन सिंह । उनका अनुसार सरकारले बनाउने विकास निर्माणमा हाम्रो कुनै अवरोध र गुनासो हुँदैन । हाम्रो चिन्ता भनेकै उचित क्षतिपूर्ति र समयमा नै हुनुपर्छ भन्ने हो । उनका अनुसार बाटोमा पर्ने घरको उचित क्षतिपूर्ति, भित्रि बाटोको पनि उचित क्षतिपूर्ति, तुरुन्तै क्षतिपूर्ति दिनुपर्ने र बोटविरुवा हुनेको पनि सोही अनुसार मूल्यांकन गरेर क्षतिपूर्ति दिनुपर्नेसहतिको ६ बुँदे माग पनि राखिएको छ । आफ्नो मागका विषयमा आयोजना सकारात्मक रहेको पनि उनको बझुाई छ । आयोजनाका अनुसार यो क्षेत्रमा पहिले जम्मा १४ वटा मात्रै घर पर्ने भएपनि अहिले २ सय वटा पुगिसकेको छ । साढे ६ किमिको यो दुरीको ६ ठाउँबाटै निर्माण गर्ने र छिटो सक्ने हिसावले आयोजनाले प्रक्रिया अगाडि बढाइरहेको छ । आयोजनाका शाखा अधिकृत ध्रुव सापाकोटाका अनुसार यही जेठ भित्रै जग्गा अधिग्रहणको सूचना सार्वजनिक हुने भएको छ । सो सूचनासँगै जग्गा रोक्का हुने पनि उनले जानकारी दिए । आयोजना अहिलेसम्मको उत्कृष्ट विकासको मोडल भएको र स्थानीयको सहयोगले थप सहज रुपमा निर्माण गर्न सकिने उनको बुझाई छ । उनका अनुसार २०६५ सालमा सो क्षेत्रमा जम्मा १४ वटा घर मात्रै थिए । यो खण्डमा १४ हजार कित्ता जग्गा रहेको छ । ती घरहरुको मुआब्जा जम्मा एक करोड ५१ लाख ५७ हजार ७ सय रुपैंयाँ मात्रै थियो । तर अहिले घर संख्या बढेर करिब २ सय वटा भएको छ । समयमा नै निर्माणको प्रक्रिया अगाडि बढाउन नसक्दा लागत बढेको छ । उनका अुनसार यो खण्ड निर्माण गर्न करिब ६ अर्ब खर्चको अनुमान गरिएको छ । यो खण्डमा १४ हजार कित्ता जग्गा रहेको छ । यो पहिलो खण्डको निर्माण पछि आयोजनाले थप खण्डको काम गर्दै जाने र हरके खण्डको काम दुई वर्र्ष भित्रै सक्ने योजना अगाडि सारेको छ ।
कामना विकास बैंकको २४ लाख १३ हजार कित्ता हकप्रद निष्कासन
काठमाडौं । कामना विकास बैंकले २४ लाख १३ हजार १३७ कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । यो बैंकले एक सय अंकित साधारण सेयरको हकप्रद निष्कासन गरेको हो । यसले ८० करोड ४३ लाख ७९ हजार २ सय रुपैयाँको चुक्ता पुँजीमा २४ करोड १३ लाख थप गर्ने गरी १० सेयर बराबार तीन सेयर (१०ः३) को अनुपातमा हकप्रद वितरण गर्ने भएको छ । यसको सेयर आवदेन आगामी असार ११ गतेबाट साउन १५ गतेसम्म दिन सकिने पनि बैंकले जानकारी दिएको छ । यसको हकप्रदको आवेदन एनआइबीएल क्यापिटल मार्केट्स, कामना विकास बैंक पोखरा र नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालय विराटनगर, विरगन्ज, वुटवल, नेपालगन्ज र धनगढीबाट दिन सकिने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स हो ।
भार्गव विकास बैंकको ८५ हजार कित्ता सेयर लिलामीमा
काठमाडौं । भार्गव विकास बैंक लिमिटेडको संस्थापक र साधारण तर्फको गरी ८५ हजार २३१ कित्ता सेयरको लिलामी विक्री हुने भएको छ । बैंकले हकप्रद सेयरका लागि आवेदन खुला गर्दा विक्री नभएको यो सेयर शिलबन्दी बोलपत्रबाट बिक्री गर्न लागेकाे हाे । बैंकले संस्थापक समूहतर्फको ३२ हजार ४६६ र सर्वसाधारण समूह तर्फको ५२ हजार ७६५ कित्ता सेयर विक्री गर्न सूचना जारी गरेको छ । यो बैंकको सेयर खरिद गर्न न्युनतम १ सय रुपैयाँमा यही जेठ २६ गतेबाट असार २ गतेभित्र आवेदन दिइसक्नुपर्ने पनि उल्लेख छ । याे सेयरको विक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेड हो ।
पोखरा विमानस्थलको शिलान्यास भएको एक वर्षपछि ऋण सम्झौता कार्यान्वयनमा
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि शिलान्यास भएको एक वर्षपछि बल्ल ऋण सम्झौता कार्यान्वयनमा आएको छ । चिनियाँ पक्षसँग ‘स्क्रो अकाउन्ट’ खोल्ने विषयमा एक वर्षसम्म पनि सहमति जुट्न नसक्दा सम्झौता कार्यान्वयन हुन सकेको थिएन । दुई साताअघि यस्तो एकाउन्ट खोल्ने सहमति भएसँगै सम्झौता कार्यन्वयका लागि बाटो खुलेको हो । “सम्झौता कार्यान्वयन अब सुरु भयो, छिट्टै नै निर्माण कम्पनीले काम अघि बढाउन सक्नेछ,” अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा उपसचिव युवराज पाण्डेले भने, “चिनियाँ पक्षले नेपाललाई पत्र पठाएकोले अब बैंक खाता खोलेर आफूले लगानी गर्न चाहेको रकम ल्याइ लगानी गर्न नेपालले सक्नेछ ।” चीनको एक्जिम बैंकले खाता आफंै सञ्चालन गर्ने र आम्दानी तथा खर्च सोही खातामार्फत गर्नुपर्ने प्रस्ताव गरेपछि समस्या आएको थियो । नेपाल पक्षले यस्तो विषयमा सहमति दिननसक्ने भएकोले समाधान गर्न आग्रह गर्दै आएको थियो । “पोखरा विमानस्थल निर्माण कार्य अबको केही महिनापछि नै सुरु हुनेछ,” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारीले भने । विगतमा केही हतार गरेको देखिए पनि अब सबै विषय टुंगिएकोले केही महिनामै निर्माण कार्य सुरु हुने अपेक्षा गरिएको अधिकारीले बताए । चार दशक अघिदेखि चर्चामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कास्कीको छिन्नेडाँडामा निर्माण हँुदैछ । चिनियाँ एक्जिम बैंकसँग सहुलियत दरमा ऋण लिएर सरकारले विमानस्थल निर्माण गर्न लागेको हो । सरकारले एक्जिम बैंकसँग विमानस्थल निर्माणको कुल लागत २१ करोड ७० लाख डलरमध्ये एक तिहाई रकम बिनाब्याज र बाँकी रकम २ प्रतिशत ब्याजदरमा ऋण उपलव्ध गराउने सम्झौता गरेको थियो । निर्माण सुरु भएको चार वर्षभित्र अर्थात सन् २०२० भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा विमानस्थलमा क्षेत्रीय अन्तर्राष्ट्रियस्तरका उडान तथा अवतरण हुनेगरी निर्माण गर्न लागिएको हो । विमानस्थल निर्माणको ठेक्का चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङलाई दिइएको छ । २ हजार ५ सय मिटर लम्बाइ तथा ४५ मिटर चौडाइ रहने उक्त विमानस्थलमा एकल धावनमार्ग रहनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पछिल्लोपटक विमानस्थल निर्माण लागत २१ करोड ५० लाख अमेरिकी डलर तोकेको छ । यो रकममा ५ करोड अमेरिकी डलर भने स्केलेसन र विदेशी मुद्रा विनिमयसँगको लागत जोडेर २१ करोड ६० लाख डलर ९ करिब साढे २१ अर्ब रूपैयाँ पुगेको हो । एक्जिम बैंकको आर्थिक सहयोगमा यो विमानस्थल निर्माण गर्न चिनियाँ कम्पनीलेमात्र टेन्डर प्रक्रियामा सहभागी हुन पाउने प्रावधान तोकिएको थियो । यो विमानस्थल निर्माण इन्जियिरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपीसी) मोडलमा हुँदैछ । यो प्रक्रियामा निर्माण कम्पनी आफैंले डिजाइन गरी निर्माण कार्यसमेत सम्पन्न गर्ने प्रावधान छ । यस्तो प्रक्रिया विमानस्थल निर्मााणमा पहिलो हुनेछ । कारोबार दैनिकबाट ।
जलविद्युतमा ४० खर्बको लगानी आवश्यक, उत्पादनमा र वितरणमा २०/२० खर्ब लाग्ने
काठमाडौं । नेपालको जलविद्युतमा ४० खर्बको लगानी आवश्यक रहेको पूर्व सचिव श्रीरन्जन लाकोलले बताएका छन् । उनका अनुसार नेपाललाई पुग्ने जलविद्युत उत्पादन गर्न १५ हजार मेगावाट आवश्यक छ । यसका लागि करिब २० खर्ब लगानी आवश्यक पर्छ । यो लगानीले उत्पादन मात्रै हुने हो । यसलार्य प्रसारण र वितरण गर्न करिब अर्को २० खर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । त्यसैले नेपालको जलविद्युत्मा ४० खर्ब रुपैयाँको लगानी आवश्यक देखिएको छ । कारोबार दैनिकबाट ।