विकासन्युज

बैंक अफ काठमाण्डुको नाफा ३२ प्रतिशत बढ्यो, व्याज आम्दानी नाफाको आधार

९ माघ । बैंक अफ काठमाण्डुको गत बर्षको पुसको तुलनामा यो बर्षको पुसमा नाफा ३२ प्रतिशतले बढेको छ । बैंकको खुद व्याज आम्दानी बढेपछि नाफा बढेको हो । अघिल्लो पुसमा २५ करोड चार लाख नाफा कमाएको बैंकले यो पटक भने ३३ं करोड सात लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको खुद व्याज आम्दानी पनि २० प्रतिशतले बढेर ७० करोड १९ लाख पुगेको छ । बैंकले बैदेशिक बिनिमयबाट आठ करोड ३१ लाख, फि कमिसनबाट १२ करोड  १७ लाख र अन्य आम्दानी तीन करोड ५६ लाख गरेको छ । बैंकको कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेको छ । बैंकको कोषको लागत घटेर ३.९ मा सिमित भएको छ । बैंकसंग एक अर्ब ७५ करोड रुपैयाँ सञ्चिती छ । बैंकको कुल सञ्चालन नाफा भने ४२ प्रतिशतले बढेर ५१ करोड भएको छ । बैंकको यो अवधिमा कर्जा लगानी २३ प्रतिशतले र  निक्षेप १६ प्रतिशतले बढेको छ । निक्षेप वृद्धिको आधारमा बैंकले कर्जा लगानी बढाउन सकेको देखिन्छ । बैंकको कर्जा निक्षेप अनुपात बढेर ७९.८८ प्रतिशत छ । बैंकले रियल इस्टेट कर्जा नौं प्रतिशतले घटेको छ । यो कुल कर्जाको जम्मा तीन प्रतिशत छ ।

राष्ट्रिय वाणिज्य बैंकको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गरिने

१० माघ/राष्ट्रिय वाणिज्य बैंकले चुक्ता पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था ऐन अनुसार ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले बताए । हाल राष्ट्रिय वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड ८९ लाख रुपैयाँ छ । यसमा सतप्रतिशत सेयर नेपाल सरकारको छ । सरकारले राष्ट्रिय वाणिज्य बैंकमा भईरहेको सेयर बिक्री गरेमा २ अर्ब ५७ करोड ६७ लाख रुपैयाँ बराबर सेयर सर्वसाधारणमा आउनेछ । सरकारले आफ्नो सेयर बिक्री नगरी बैंकको सेयर पुँजी पनि बढाउने उदेश्यले नयाँ सेयर जारी गरेमा ३ अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा जारी हुने प्रमुख कार्यकारी अधिकृत शर्माले बताए । तर कुन मोडलमा सेयर जारी गर्ने भन्ने विषयमा टुङ्गो नलागेको उनले बताए । ‘बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐन अनुसार ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्छ भनेर तीन हप्ताअघि अर्थमन्त्रालयमा प्रस्ताव गरेका छौं । त्यसबारे सरकारले निर्णय गरेपछि सरकारले आफ्नो सेयर सर्वसाधारणलाई बिक्री गर्ने वा नयाँ सेयर जारी गर्ने निर्णय गर्नेछ’ उनले भने । अर्थमन्त्री डा रामशरण महतले वाणिज्य बैंकको उक्त प्रस्तावबारे चाँडै नै निर्णय गर्ने बताए । राष्ट्रिय वाणिज्य बैंकको स्वर्ण जयन्ती वर्ष शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै छिट्टै बैंकको ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गरिने बताए ।

नेपाल र भुटानमा पाँच सय र हजारको भारु नोट चालु, प्रत्तिव्यक्ति २५ हजार भारु सिमा

९ माघ । भारतले नेपाल र भुटानमा पाँच सय र एक हजार भारु नोट चलन चल्तिमा ल्याउन खुला गरेको छ । भारतीय केन्द्रीय बैंक (रिजर्भ बैंक) ले विहीवार प्रेस विज्ञप्ति जारी गरेर यो नयाँ व्यवस्था गरेको हो । तर एक भारतीयले भुटान तथा नेपालमा आउँदा भने २५ हजार भारुसम्म ल्याउन पाउँने व्यवस्था गरेको हो । करिब ६ महिना अघि नेपाल भ्रमणमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदलाई सम्बोधन गर्दै पाँच सय र एक हजार भारु नोटको प्रचलनमा लागेको प्रतिबन्ध फुक्वा गर्ने घोषणा गरेको थिए । मोदीले गत नोभेम्बर २५ मा बीर हस्पिटल अन्र्तगतको नेशनल ट्रमा सेन्टर उदघाटनको क्रममा पाँच सय र एक हजार भारु नोटमा लागेको प्रतिबन्ध त्यही दिनबाट हटेको समेत घोषणा गरेका थिए ।  तर विहीवारबाट भने व्यवहारिक रुपमा लागु गर्न यस्तो व्यवस्था गरिएको बुझिएको छ । विहीवारदेखि  भारतीय रिर्जभ बैंकले यसको कार्यान्वयन  गरेको छ । यसअघि भने भारतिय नागरिकले आफुसाथ एक सय भारु सम्मका मुद्रा ल्याउन सक्थे । उनीहरुको लागि रकमको कुनै सिमा तोकिएको थिएन । नेपालमा करिब सन् २००० देखि पाँच सय र एक हजार भारु नोटको प्रचलनमा प्रतिबन्ध लगाइएका थियो ।

सिभिल बैंकको नाफा पाँच गुणा बढ्यो

९ माघ । गत त्रैमाशमा नोक्सानमा देखिएको सिभिल बैंकले नाफामा गुणात्मक वृद्धि गरेको छ । बैंकको गत आवको दोस्रो त्रैमाशको तुलनामा चालु आवको यो अवधिमा नाफा ५.२ गुणा अर्थात् ४२० प्रतिशतले बढेको छ । बैंकको खुद व्याज आम्दानी वृद्धिभएपछि नाफा बढेको हो । गत आवको दोस्रो त्रैमासमा तीन करोड ३९ लाख नाफा कमाएको बैंकले चालु आवको यो अवधिमा भने १७ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको खुद व्याज आम्दानी पनि ७८ प्रतिशतले बढेर ४२ करोड ३५ लाख पुगेको छ । बैंकले बैदेशिक बिनिमयबाट तीन करोड १२ लाख, फि कमिसनबाट दुई करोड ९४ लाख र अन्य आम्दानी तीन करोड २१ लाख गरेको छ । बैंकले राइट व्याक गरेको छैन । यसपाली बैंकको कुल कर्जामा खराब कर्जाको अनुपात केही बढेर १.९३ मा भएको छ । तर बैंकले गत बर्षको भन्दा यो पटक ७२ प्रतिशतले घटाएर सम्भावित जोखिम बापतको व्यवस्थामा तीन करोड २२ लाख रुपैयाँ राखेको छ । बैंकले कुल खराब कर्जाको लागि यो पटक रकम केही घटाएरु एक सय आठ प्रतिशत रकम व्यवस्था गरेको हो । बैंकको कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेको छ । यी दुवै खर्च गरेर प्रशासनिक खर्च ४१ प्रतिशतले बढेर २१ करोड पुगेको छ । तरपनि बैंकको कोषको लागत घटेर ५.८५ मा सिमित भएको छ । बैंकसंग ५४ करोड ६३ लाख रुपैयाँ सञ्चिती छ । बैंकले प्रोभिजन अघि ५१ करोड सञ्चालन नाफा गरेको छ । बैंकको कुल सञ्चालन नाफा भने ४२० प्रतिशतले बढेर २७ करोड ८१ लाख भएको छ । बैंकको यो अवधिमा कर्जा लगानी ३८ प्रतिशतले बढेर २१ अर्ब १० करोड रुपैयाँ रहेको छ । बैंकको निक्षेप भने करिब २७ प्रतिशतले बढेर २३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । निक्षेप वृद्धिको आधारमा बैंकले कर्जा लगानी बढाउन सकेको देखिन्छ । बैंकको कर्जा निक्षेप अनुपात बढेर ७९.७ प्रतिशत छ । बैंकको बेस रेट (व्याजको आधार दर) घटेर ८.६७ भएको छ । बैंकले कर्जा र निक्षेपको व्याज अन्तर (स्प्रेड दर) ४.२७ कायम गरेको छ । बैंकले रियल इस्टेट कर्जा १५ प्रतिशतले घटाएर एक अर्ब ५२ करोड रुपैयामा सिमति पारेको छ । तर कुल कर्जामा यो कर्जाको अनुपात बढि नै छ । यो अनुपात करिब ७.२१ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १३.१५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २१.२२, प्रतिसेयर नेटवर्थ एक सय २० रुपैयाँ रहेको छ । बैंकको पुँजीकोष पर्याप्तता अनुपात ५.८५ रहेको छ ।

निर्जीबन बीमा ब्यवसायमा आधा हिस्सा मोटर बीमाको

८ माघ । निर्जीबन बीमा कम्पनीहरु मोटर बीमामा नै बढी केन्द्रित भएको पाइएको छ । मोटर बीमा वापद उठेको रकम कूल बीमा शुल्कको झण्डै आधा रहेको छ । सवै निर्जीबन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा उठाएको बीमा शुल्कको तथ्यांकले यस्तो देखाएको हो । बीमा समितिका अनुसार निर्जीबन बीमा ब्यवसायको करिब ५० प्रतिशत हिस्सा भने मोटर बीमा शुल्ककै रहेको छ । चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा २ अर्ब ८६ करोड रुपैयाँ कुल बीमा शुल्क उठेकोमा मोटर बीमा शुल्क मात्रै १ अर्ब २० करोड रुपैयाँ रहेको छ । कुल बीमा शुल्का मोटर बीमा वापद उठेको शुल्कको हिस्सा ४२ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । गत असोज महिनामा मात्रै निर्जीबन बीमा वापतको शुल्क ९५ करोड ९० लाख रुपैयाँ संकलन भएको छ । गत भदौ महिनामा सवै निर्जीबन बीमा कम्पनीहरुले १ अर्ब ९० करोड १८ लाख रुपैयाँ बीमा शुल्क उठेकोमा असोज महिनामा बढेर २ अर्ब ८६ करोड ८ लाख रुपैयाँ संकलन भएको छ । असोज मसान्तसम्ममा अग्नि बीमा वापत ७३ करोड ३१ लाख रुपैयाँ शुल्क उठेको छ । भदौ महिनामा यस्तो शुल्क ६१ करोड ३९ लाख रुपैयाँ संकलन भएको थियो । असोज महिनामा मात्रै अग्नि बीमा बापत ११ करोड ९१ लाख रुपैयाँ शुल्क उठेको छ । असोज महिनामा मोटर बीमा शुल्क ५१ करोड ४६ लाख रुपैयाँ संकलन भएको छ । भदौमा ६८ करोड ६३ लाख रुपैयाँ मोटर बीमा शुल्क उठेकोमा असोज महिनामा १ अर्ब २० करोड १० लाख रुपैयाँ संकलन भएको हो । असोज महिनामा सामुन्द्रिक बीमा बापत ६ करोठ ४० लाख रुपैयाँ बीमा शुल्क उठेको छ । भदौ महिनासम्ममा १४ करोड ८५ लाख रुपैयाँ सामुन्द्रिक बीमा शुल्क उठेकोमा असोज महिनासम्ममा यस्तो शुल्क २० करोड ८६ लाख रुपैयाँ उठेको तथ्यांकले देखाएको छ । असोज महिनामा मात्रै हवाइ बीमा वापत ७ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क उठेको छ । भदौ महिनासम्ममा ११ करोड ३१ लाख रुपैयाँको हवाइ बीमा शुल्क उठेकोमा असोजमा यस्तो शुल्क १९ करोड २३ लाख रुपैयाँ उठेको छ । असोज महिनामा इन्जिनियरिङ बीमा शुल्क वापत ३ करोड ३५ लाख रुपैयाँ बीमा शुल्क उठेको छ । भदौ महिनासम्ममा ८ करोड ५५ लाख रुपैयाँ यस्तोबीमा शुल्क उठेकोमा असोज महिनासम्ममा ११ करोड ९० लाख रुपैयाँ उठेको छ । असोज महिनामा विविध बीमा शुल्क भने १४ करोड ८४ लाख रुपैयाँ बीमा शु्ल्क उठेको छ । भदौ महिनासम्ममा २५ करोड ८१ लाख रुपैयाँ विविध बीमा शुल्क उठेकोमा असोज महिनासम्ममा यस्तो शुल्क ४० करोड ६६ लाख रुपैयाँ उठेको समितिको तथ्यांकमा उल्लेख छ ।

माघ १० देखि २ साताका लागि मध्यमस्र्याङ्दी बन्द हुदै, लोडसेडिङ बढ्ने

७ माघ । लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत केन्द्र मर्मतका लागि माघ १० गतेदेखि २ साता बन्द गरिने भएको छ । आयोजनाको बाँध क्षेत्रदेखि विद्युत गृहसम्मका सबै जडित संरचनाहरु बालुवाका कारण धवस्त भई विद्युत उत्पादनमा समस्या आएपछि यसपटक २ सातासम्म आयोजना नै बन्द गरी बृहत मर्मत गरिने भएको हो । आयोजनाको नियमित मर्मतका लागि प्राधिकरणले फागुन चैतमा मिति तोक्ने गरिएपनि अहिले बाँधक्षेत्रमा अत्याधिक मात्रामा बालुवा जमेकोले त्यसलाईल निकाल्न आयोजनाबाट विद्युत उत्पादन नै बन्द गरी मर्मत गर्न लागिएको केन्द्रका प्रमुख राजेश कुमार पाण्डेले बताए । आयोजनाको इन्टेकमा रहेको सर्फिङ गेटको मर्मत गर्नुपर्ने, इन्टेकमा थुप्रिएको बालुवालाई फाल्नुपर्ने भएकोले २ सातासम्म पुरै विद्युत उत्पादन बन्द गर्नुपर्ने मध्यमस्र्याङेदी केन्द्रले जनाएको छ । निरज अधिकारी/लमजुङ सडक निर्माणको साथै मस्र्याङ्दी नदिका माथिल्लो भेगमा निर्माण भइरहेका जलविद्युत आयोजनाका कारण निस्किएका ढुंगामाटोले आयोजनाको संरचनामा धक्का पुग्ने गरेको केन्द्रको ठम्याई रहेको छ । पानीको बहावमा आधारित रहेको आयोजना भएपनि पानी बस्नुपर्ने स्थानमा अत्याधिक बालुवा जम्मा भएपछि यसले विद्युत गृहको टर्वाइन तथा अन्य भागहरुमा गम्भिर असर पारेको केन्द्रले जनाएको छ । हरेक बर्ष परियोजनाको बाँधस्थल सफा गर्दापनि बाँधस्थलमा ५ हजार ‘पिपिएम’ बालुवा हुनुपर्नेमा गत बर्ष २१ हजार ‘पिपिएम’ र यसबर्ष १० हजार ‘पिपिएम’ भन्दा बढि बालुवा जम्मा हुन पुगेको छ । आयोजनाको बा“ध स्थलमा रहेको ‘रोलर बकेट’, ‘अपस्टिम रिपर्याप”, वालुवा थिग्राउने पोखरीको ‘डिसेन्डिङ फेरी’, वालुवा थिग्राएर फाल्ने ‘ङ्खलसिङ टनेल’ Ôेत्र, विद्युत उत्पादन गृहमा टर्बाइनको ‘रनर’ जस्ता संरचना बालुवाका कारण जीर्ण बन्दै गएको केन्द्रले जनाएको छ । बा“धस्थल वरपर भू–भागमा बाढीको कटान, निर्मित संरचना भत्किने, स्वचालित ‘अपरेटिङ सिस्टम’ बन्द हुने जस्ता समस्या आएको बताइएको छ । अनावश्यक पानी सुरुङमा नपठाई नदीकै बहावमा फ्या“क्ने तीनवटा बाटो ‘रोलर बकेट’ Ôेत्रमा ढलान फुटेर रड बाहिर निस्किएको, भित्तामा चिरा परेको, प्लास्टर उप्किएको, फलामे लिगमा खिया लागेर जीर्ण बन्दै गएको छ । गतबर्ष बाँधस्थलमा जम्मा भएको बालुवाले आयोजनाको बा“ध क्षेत्रमा रहेको सर्भिस गेट र लेफ्ट बैंकको रिप¥याप तथा बिद्युत गृहमा रहेका इलेक्ट्रोमेकानिकल अन्तर्गतका टर्बाइन, जेनेरेटर, ट्रान्सफर्मर, गाइडभेन, बटम रिङ लगायतका मेकानिकल पार्टस्हरु बिग्रिएपछि मोटो रकम खर्चेर मर्मत गरिएको थियो । परियोजनाको बाँधस्थल हुदै विद्युत गृहमा पुगेको बालुवाले परियोजनाको महत्वपूर्ण पार्टसहरु ध्वस्त पारेपछि नेपाल विद्युत प्राधिकरणले बार्षिक रुपमा ४० देखि ५० लाख रुपैयाँ खर्च गरी मर्मत गर्दै आएको छ । यसरी प्राधिकरणले हरेक बर्ष यतिका रकम खर्च गरी मर्मत गर्छ तर त्यो एक बर्षपनि नटिक्ने बताइएको छ । नदिमा पानीको बहाव कम भएपछि ३५÷३५ मेगावाट क्षमताको २ वटा टर्बाइन जडित यस आयोजनाबाट अहिले ४० मेगावाट मात्रै विद्युत उत्पादन भएको छ । प्राधिकरणका अनुसार मध्यमस्र्याङ्दी बन्द भएपछि दैनिक एक घण्टा लोडसेढ्ङि बढ्नेछ ।

कुन बीमा कम्पनीको बजार हिस्सा कति ? (सूचिसहित)

७ माघ । चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा बीमा लेख, बीमा शुल्क र दाबी भुक्तानीको आधारमा शिखर इन्स्योरेन्स कम्पनी अगाडि देखिएको छ । संचालनमा रहेका १७ निर्जीबन बीमा कम्पनीमध्ये यी तीनवटा आधारमा शिखरको बजार हिस्सा बढी भएको पाइएको हो । बीमा समितिले दिएको तथ्यांक अनुसार चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा शिखरले ३० हजार ८४ ओटा बीमा लेख जारी गरेको छ । संख्या सवै निर्जीबन बीमा कम्पनीहरुले जारी गरेको बीमा लेखको १४ प्रतिशत हो । यो अवधिसम्मा नेपालमा २ लाख १४ हजार ३ सय ७० ओटा बीमा लेख जारी भएको थियो । यस्तै बीमा शुल्क संकलनमा शिखरले १२ दशमलब ४ प्रतिशत बजार हिस्सा ओघटेको छ । निर्जीबन बीमा कम्पनीहरुले २ अर्ब ६५ करोड १५ लाख रुपैयाँ बीमा शुल्क उठाएकोमा शिखरले मात्रै ३२ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क उठाएको समितिले जानकारी दिएको छ । अर्काे निर्जीबन बीमा कम्पनी एनएलजीले बजारमा दोस्रो सशक्त उपस्थिति जनाएको छ । चालु आर्थिक बर्षको तीन महिनामा एनएलजीले २९ हजार ६ सय ६८ ओटा बीमा लेख जारी गरेको छ । बीमा लेख जारी गर्नेमा एनएलजीको बजार हिस्सा १३ दशमलब ८४ प्रतिशत बजार हिस्सा रहेको छ । बीमा शुल्क संकलनमा एनएलजीले ८ दशमलब ७७ प्रतिशत बजार हिस्सा ओघटेको छ । उसले चालु आर्थिक बर्षको तीन महिनामा २३ करोड २६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । यस्तै ५ करोड १६ लाख रुपैयाँ दाबी भुक्तानी गरेर एनएलजीले दाबी भुक्तानीमा आफ्नो बजार हिस्सा ७ दशमलब ८२ प्रतिशत पुर्याएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको अवस्था पनि प्रतिस्पर्धात्मक नै देखिएको छ । चालु आर्थिको २६ हजार ३ सय ८५ बीमा लेख जारी गरी आफ्नो बजार हिस्सा १२ दशमलब ३१ प्रतिशत पुर्याएको छ । यस्तै बीमा शुल्क संकलनमा ६ प्रतिशत र दाबी भुक्तानीमा ६ दशमलब ९६ प्रतिशत बजार हिस्सा लुम्बिनीको छ ।

गोर्खा विकास बैंक सुधार मोडल,समस्याग्रस्त अन्य वित्तीय संस्थामा पनि

६ माघ । समस्याग्रस्त घोषणापछि नेपाल विकास बैंक, सम्झना फाइनान्स, युनाइटेड विकास, क्रिष्टल फाइनान्स, हिमालय फाइनान्स, खारेजी नै भए । कुवेर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई खारेजीमा लैजाने तयारी भएको केही समयअघि राष्ट्र बैंकले बताएको थियो । खारेजी भएका कुनै पनि वित्तीय संस्थामा निक्षेपकर्ताको सावा गुमेको छैन । तर सेयरधनीको लगानी गुम्दै आएको छ । अब राष्ट्र बैंकले सेयरधनीको पनि लगानी सुरक्षीत गर्ने र कुनै पनि वित्तीय संस्था खारेजी गर्नु नपर्ने विकल्प खोज्दैछ । गोर्खा विकास बैंकमा यो मोडेल विकास गरिदैछ र अन्य समस्याग्रस्त वित्तीय संस्थामा यस मोडललाई अपनाईदैछ । ‘हामीले गोर्खा विकास बैंकको चुक्तापूँजी ३० प्रतिशतमा झारेर मर्जरमा जान भनेका छौं, मर्जर प्रक्रियाको लागि कुराकानी भइरहेको बुझेका छौं,’ राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले भने । २०६७ चैतमा समस्याग्रस्त घोषणा भएको गोर्खा विकास बैंकको सञ्चालन राष्ट्र बैंकबाट गएको समूहले समेत गरेको थियो । गोर्खा विकास बैंकको डयु डेलिजेन्स अडिट रिपोर्ट अनुसार चुक्तापूँजी ३० प्रतिशतले झारेर १९ करोड ८३ लाख रुपैयाँ कायम गरिएको छ । यसअघि बैंकको चुक्तापूँजी ६६ करोड आठ लाख रुपैयाँ रहेको थियो । अहिले चुक्ता पुँजी घटाए पनि संस्था मर्ज गरेर सेयरधनीको लगानी बताउन सकिने राष्ट्र बैंकको भनाई छ । निक्षेपकर्ताको बचतको रक्षा गर्न तथा लगानीकर्ताको लगानी नडुबोस भन्ने उदेश्यले राष्ट्र बैंकले नयाँ तरिका अवलम्बन गरेको हो । २०६७ चैतमा गोर्खा विकास बैंक समस्याग्रस्त घोषणा भयो । प्रोफेशन टिम आएर चलाए, सफल भएन । बैंककै नयाँ सञ्चालक समिति आए, नयाँ व्यवस्थापन आए, चलाए । उनीहरु पनि असफल भए । त्यसपछि धेरैले अनुमान गरेका थिए, गोर्खा विकास बैंक पनि नेपाल विकास बैंक झै खारेजी हुनेछ । तर अहिले यो बैंक खारेजी नहुने, अरु कुनै बैंकले यसलाई खरिद गर्ने वा राम्रो संस्थामा मर्ज हुने बाटोमा छ । यो बैंकको सञ्चालन राष्ट्र बैंकको डेपुटी डाईरेक्टर विषरुट थापा नेतृत्वमा भईरहेको छ । यो बैंक सुधारको क्रममा नयाँ मोडेल सिर्जना गरिदैछ । समस्याग्रस्त घोषणाा गरिदा बैंकको चुक्तापूँजी ६६ करोड आठ लाख रुपैयाँ रहेको थियो । अहिले चुक्तापूँजी ७० प्रतिशतले झारेर १९ करोड ८३ लाख रुपैयाँ कायम गरिएको छ । राष्ट्र बैंकले गराएको डयु डेलिजेन्स अडिट रिपोर्टका आधारमा चुक्ता पुँजीलाई न्युन मूल्याङकन गरिएको हो । ‘हामीले गोर्खा बिकास बैंकको चुक्तापूँजी ३० प्रतिशतमा झारेर मर्जरमा जान भनेका छौं, मर्जर प्रक्रियाको लागि कुराकानी भइरहेको बुझेका छौं,’ राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारी देशविकासलाई भने । निक्षेपकर्ताको बचतको रक्षा गर्न तथा लगानीकर्ताको लगानी नडुबोस भन्ने उदेश्यले राष्ट्र बैंकले नयाँ तरिका अवलम्बन गरेको उनको भनाई छ । पूँजी कटौती (हेयर कट) पछि मर्जरमा लैजाने गोर्खा विकास बैंकको जस्तै अभ्यास अन्य समस्याग्रस्त वित्तीय संस्थामा लागू गर्न राष्ट्र बैंकले गृहकार्य गर्दैछ । समस्याग्रस्त घोषणा गरिएका नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र जनरल फाइनान्सलाई पनि यहि मोडलमा सुधार गर्ने तयारी भईरहेको बताईएको छ । यसरी पुनः सञ्चालनमा ल्याउन नसकेको अवस्थामा मात्र संस्था खारेजी गरिने भएको छ । २०६९ माघ ९ गते समस्याग्रत घोषणा गरिएको क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स सुधारको चरणमा रहेको छ । त्यस्तै २०६८ माघमा समस्याग्रस्त घोषणा भएको नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सको गत बर्ष माघबाट राष्ट्र बैंक आफैले व्यवस्थापन सम्हाली रहेको छ । यो कम्पनी पनि सुधारको क्रममा रहेको छ । २०७० सालमा समस्याग्रस्त घोषणा भएका जनरल फाइनान्स र वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स अहिले सुधारकै चरणमा रहेको छ । राष्ट्र बैंकले यो नयाँ रणनीति अपनाउनु अगाडी भने ५ संस्थालाई खारेजीमा पठाइसकेको छ ।