काठमाडौं-वीरगञ्ज विद्युतिय रेलमार्गः ६ कम्पनीले बनाउँदैछन आर्थिक र प्राबिधिक प्रस्ताव
काठमाडौं । काठमाडौं–बिरगञ्ज विद्युतिय रेल मार्ग निर्माणको सम्भाव्यता अध्ययनका लागि ६ वटा कम्पनीले यतिबेला आर्थिक र प्राबिधिक प्रस्ताव धमाधम तयार पारिरहेका छन् । रेल विभागले सम्भाव्यता अध्ययनका लागि आव्हान गरेको ग्लोबल टेण्डरमा आवेदन दिएका १५ कम्पनीबाट छानिएका ६ वटा कम्पनीले आर्थिक तथा प्राबिधिक प्रस्ताव तयारी थालेका हुन् । ‘छनौटमा परेका ६ वटा कम्पनीसँग सम्भाव्यता अध्ययनको आर्थिक र प्राबिधिक प्रस्ताव मागेका छौं, उनीहरु यतिबेला धमाधम प्रस्ताव तयार पार्ने अभियानमा छन’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले भने । उपाध्यायका अनुसार आगामी सेप्टेम्बर ७ तारिखका दिन ती कम्पनीहरुले शिलबन्दी गरेर आर्थिक तथा प्राबिधिक प्रस्ताव पेश गर्नेछन् । ती प्राबिधिक प्रस्तावहरुको अध्ययन गरेर उच्चतम प्रबिधी र न्युनतम आर्थिक प्रस्ताव गर्ने कम्पनीलाई सम्भाव्यता अध्ययनको जिम्मेवारी दिइनेछ । त्यसरी तयार भएको सम्भाव्यता अध्ययन रिपोर्टकै आधारमा डिपिआर निर्माण र रेल मार्ग निर्माणको काम अघि बढाइनेछ । यी हुन सम्भाव्यता अध्ययन गर्न प्रारम्भिक छनौटमा परेका ६ वटा कम्पनी
सानिमा बैंक र पाटन हस्पिटल बिच सम्झौता, उपचारका लागि आर्थिक सहयोग गर्ने
काठमाडौं । सानिमा बैंक लिमिटेड र पाटन हस्पिटल बिच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि सम्झौता भएको छ । उक्त सम्झौतामा सानिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र पाटन हस्पिटलका तर्फबाट हस्पिटल निर्देशक डा. बिष्णुप्रसाद शर्माले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले उपचारका लागि प्रत्येक महिलालाई बीस हजार (रु २०,००००)सम्म एक पटकका लागि नबढ्ने गरी सहयोग उपलब्घ गराउनेछ । बैंकले प्रत्येक नारी बचत खाता बापत बैँकको तर्फबाट मासिक १ रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ । उक्त जम्मा भएको रकम नारी उत्थानका लागि खर्च गर्ने लक्ष्य अन्तर्गत बैंकले पाटन हस्पिटल संग यो सम्झौता गरेको हो ।
सिटिजन्स बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता ३२३ रुपैयाँ मात्र
काठमाडौं । सोमबार सिटिजन्स बैंक इन्टरनेशनलको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १६ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२३ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ३९४ रुपैयाँ रहने छ ।
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-१ले २१ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । एनएमबि म्युचल फण्ड अन्तर्गत संचालित एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-१ ले आफ्ना इकाईधनीहरुलाई २१ दशमलब ०५६ प्रतिशत नगद लाभांश दिने भएको छ । फण्डले २०७३/७४को नाफाबाट सो मात्राको लाभांश वितरण गर्न लागेको हो । फण्डले आफ्ना इकाईधनीहरुलाई करसहित सो मात्राको नगद लाभांश दिन लागेको हो । उक्त निर्णय फण्डको सञ्चालक समितिको बैठकले गरेको हो ।
समयमै वार्षिक नविकरण शुल्क बुझाउन सूचिकृत कम्पनीलाई बोर्डको निर्देशन
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेप्सेमा सूचिकृत कम्पनीलाई वार्षिक नविकरण शूल्क बुझाउन निर्देशन दिएको छ । चालु आवको वार्षिक सूचिकरण नविकरण शूल्क प्रत्येक आवको आश्विन मसान्तसम्ममा बुझाउने पर्ने नियम अनुसार बोर्डले निर्देशन दिएको हो । सूचिकृत कम्पनीले आफ्नो चुक्ता पुँजी अनुसार वार्षिक सूचिकरण नविकरण शूल्क बोर्डले तोकेकै समयमै काठमाडौंको ग्लोबल आईएमई बैंकको खाता नं ७५०१०१००००७७५ मा जम्मा गर्न सक्नेछन् । साथै, कम्पनीले यस बैंकको जुनसुकै शाखा कार्यालयहरुमा जम्मा गरी सक्कल बैंक भौचर तत्काल पठाउन सक्ने बोर्डले जनाएको छ । नेप्सेमा सूचिकृत कम्पनीले बोर्डले तोकेको समय भित्र नविकरण शूल्क नबुझाएमा सोही कम्पनीको सेयर कारोबार रोकिने नेप्सेले जनाएको छ । बुझाउनु पर्ने शूल्क:
नाडा अटो शोमा अफरको प्रतिश्पर्धाः के के ल्याउँदैछन् व्यवसायीले उपभोक्ता तान्ने योजना ?
काठमाडौं । मंगलबारदेखि सुरु हुने नाडा अटो शो २०१७ मा सवारी साधनका आधिकारिक बिक्रेताहरुले सवारी साधनमा आक्रामक अफरहरु ल्याएका छन्। एकै ठाँउमा धेरै ग्राहकहरुको भीड लाग्ने भएकाले कम्पनीले विभिन्न अफर ल्याएका हुन्। विभिन्न गाडीहरुको अफरमा नै प्रतिश्पर्द्धा जस्तो देखिएको छ । विश्वका ठुला गाडी कम्पनीहरुले गाडी विशेष छुटको पनि अफर ल्याएका छन्। ‘एकै थलोमा धेरै ग्राहकहरु भेला हुने यो सुवर्ण अवसर हो,’ नाडा अटो मोबाइल एसोसिएसनका अध्यक्ष अनजन कुमार श्रेष्ठले भने। महिन्द्राको सुनदेखि गाडीसम्मको अफर महिन्द्राले गाडी किन्ने बित्तिकै स्क्र्याच मा एक तोलासम्मको सुन तथा महिन्द्रा गस्टो १२५ को अफर ल्याएको छ । कम्पनीले १५ दिने बम्परमा महिन्द्रा मोजो ३०० सिसिको अफ राइड बाइक राखेको छ । त्यस्तै इको फ्रेन्डली बम्परमा (वातावरणमैत्री अफर) महिन्द्रा इ२० प्रदान गर्नेछ । प्रिमियम बम्परमा महिन्द्रा एक्सयुभी ५०० रहेको छ । यो योजना नाडा अटो शोदेखि लागु हुने कम्पनीले जानकारी दिएको छ । शो अवधिभर बम्पर अफर बाहेक महिन्द्रका जुनसुकै शोरुमबाट गाडी किन्दा इ२० र गस्टो १२५ जित्ने सकिनेछ । त्यस्तै स्टलमा आएर गाडीमा राखेको क्यास गेस गरेर लक्की ड्र मार्फत गस्टो १२५ जित्न सकिने कम्पनीले जानकारी दिएको छ । डाट्सनको बिमा सुविधादेखि बम्पर उपहार डाट्सनले चाडपर्व केन्द्रित योजना अन्तरगत डाट्सन गाडीको खरिदमा दुई लाख २५ हजारसम्मको नगद छुट, एक वर्षको नि:शुल्क बीमा, एक्सचेन्ज सुविधा, नि:शुल्क एक्सेसरिज् तथा लक्की-ड्र मार्फत पाँच लाख रुपैयाँसम्मको नगद छुट र बम्पर उपहारमा डाट्सन रेडि-गो ल्याएको छ । डि लाइफस्टायलको उपहारमा आइफोनदेखि देखि सामसङका मोबाइल डि लाइफस्टायलले आफ्ना दुई स्कुटर भेस्पा र अप्रेलियामा दसैं, तिहार र छठ २०७४ को ग्राण्ड फेस्टा अफर ल्याएको छ । भेस्पा स्कुटर खरिद गर्नेलाई लक्की ड्र मार्फत नयाँ आइफोन तथा अप्रेलिया स्कुटर खरिद गर्नेलाई बम्पर उपहार स्वरुप सामसङ ग्यालेक्सी एस८ राखिएको छ । नाडा अटो शोमा एक्सचेन्ज र टेस्टराइडपनि सुविधा राखिएको कम्पनीले जानकारी दिएको छ । साथै सुपर अफर अन्तर्गत नौ जनालाई पोलाराइड स्न्याप र क्युब क्यामरा प्रदान गरिनेछ । फोर्डको क्यासमा क्यास अफर फोर्डको क्यासमा क्यास अफर अन्तर्गत गाडीमा सात लाख रुपैयाँसम्मको क्यास डिस्काउण्ट अफर राखेको छ । त्यस्तै ब्याजदर पनि ८.९९ प्रतिशत ब्याजदर राखेको छ । यामाहाले चाड दसैं र झिलिमिली पर्व तिहारलाई लक्षित गरी ‘क्यास इन्स्ट्यान्ट अफर’ नामक नयाँ योजना ल्याएको छ । यमाहाको एक लाख रुपैयाँ पुरस्कार यस योजनामा यमाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले तुरुन्तै सात हजार रुपैयाँ छुट, साप्ताहिक लकी ड्रमार्फत एक लाख रुपैयाँ पुरस्कार र बम्बर पुरस्कारमा ब्रान्ड न्यु स्कोडा र्यापिड जित्न सक्ने कम्पनीले जनाएको छ ।
ङादी ग्रुप पावरले १० प्रतिशत बोनस सेयर दिने
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले १० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर दिन प्रस्ताव पारित गरेको हो । नियामक निकाय र वार्षिक साधारणसभाले पारित गरेपछि बोनस सेयर वितरण हुने छ । कम्पनीले ५ मेगावाटको सिउरीखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले चुक्तापुँजी बढाउने भएको छ । बोसन सेयर बितरणपछि कम्पनी ३० प्रतिशत चुक्तापुँजी बढाउन हकप्रद सेयर निश्कासन गर्न लागेको हो । बोनस सेयर बितरणपछि कम्पनीको चुक्तापुँजी ५३ करोड ५४ लाख रुपैयाँ पुग्ने छ । यसपछि हकप्रद सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ ।
देवः विकास बैंकको १८ प्रतिशत लाभांश
काठमाडौं । देवः विकास बैंकले १८ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट १७.१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले गत आवमा गरेको नाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंक र आउदो वार्षिक साधारणसभाले स्वीकृति गरेपछि मात्र लाभांश वितरण गर्ने बैंकले जनाएको छ । चुक्तापुँजी बढाउन बैंकले सेयरधनीलाई बोनस सेयर दिन लागेको हो । आउदो साधारणसभासम्म बैंकले चुक्तापुँजी बढाएर साढे २ अर्ब रुपैयाँ पुर्याउनु पर्ने छ ।