विकासन्युज

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नरले भने- ‘जय नेपाल’

काठमाडौं । शुक्रबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।  गभर्नर पौडेलले सार्वजनिक गरेको करिब २५ मिनेटको मौद्रिक नीतिको अन्तिममा भने उनले आफू राजनीतिक दलको कार्यकर्तासहर जय नेपाल भन्न भ्याए ।  उनले मौद्रिक नीति सार्वजनिक गर्दै अन्तिमममा भने, ‘मौद्रिक नीतिमा व्यवस्था गरेका नीति तथा कार्यक्रमहरुको कार्यान्वयनमा सदाझैं सहयोग रहने विश्वास लिएको छु, धन्यवाद, जय नेपाल ।’ उसो त उनलाई नेपाली कांग्रेसको नेताको ट्याग लागेको छ । त्यसलाई उनले सहर्ष स्वीकार पनि गर्दै आएका छन् । परिणामतः शुक्रबार गभर्नरका रुपमा मौद्रिक नीति सार्वजनिक गर्दा पनि ‘जय नेपाल’ भन्न हिचकिच्याएनन् । ‘जय नेपाल’ नेपाली कांग्रेसको अभिभावदनको भाषा हो । 

सेयरधितो कर्जाको सीमा बढ्यो, लगानीकर्तालाई राहत

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।  गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जाको सीमा बढाएर २५ करोड पुर्याएका हुन् । अहिले यस्तो सीमा २० करोड रुपैयाँ रहेको छ ।   

कृषि कर्जाको सीमा १० करोड पुर्याइयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।  गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै कृषि कर्जाको सीमा १० करोड रुपैयाँ कायम गरेका हुन् ।

घरकर्जामा राष्ट्र बैंकको राहत, अधिकतम् सीमा ३ करोड

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।  गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै घरकर्जामा अनुपात ८० प्रतिशत कायम गर्दै अधिकतम् सीमा ३ करोड रुपैयाँ निर्धारण गरेका छन् । अहिले यस्तो सीमा २ करोड छ ।   

मौद्रिक नीति : बैंकदर र नीतिदर घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।  गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै बैंकदर ६ प्रतिशतल निक्षेप संकलन दर २.७५ र नीतिगत दर ४.५ कायम गरेका छन् ।  उनको कार्यकालको यो पहिलो मौद्रिक नीति हो ।   

क्यानाडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई पठाएको पत्रमा अगस्ट १ देखि अमेरिकामा क्यानाडाको निर्यातमा ३५ प्रतिशत भन्सार शुल्क लगाइने बताएका छन् । यो सोमबारदेखि ट्रम्पले जारी गरेका २० भन्दा बढी पत्रमध्ये पछिल्लो हो, जसमा उनले दर्जनौँ अर्थतन्त्रविरुद्ध व्यापारिक युद्धको धम्की जारी राखेका छन् । क्यानाडा र अमेरिका जुलाई २१ सम्म सम्झौता गर्ने आशामा व्यापारिक वार्तामा संलग्न छन्, तर पछिल्लो धम्कीले त्यो समयसीमा परिवर्तन गरेको देखिन्छ । युएसएमसिए भनिने तीन मुलुकलाई एकताबद्ध गर्ने मुक्त व्यापार सम्झौतालाई ट्र्याकमा ल्याउन सकियोस् भन्ने उद्देश्यले क्यानाडा र मेक्सिको दुवैले ट्रम्पलाई सन्तुष्ट पार्ने तरिकाहरू खोज्ने प्रयास गरिरहेका छन् । 'संयुक्त राज्य अमेरिकासँग हालको व्यापार वार्ताका क्रममा क्यानाडा सरकारले दृढतापूर्वक हाम्रा कामदार र व्यवसायहरूको रक्षा गरेको छ । हामी अगस्ट १ को संशोधित समयसीमा तिर काम गर्दा हामी त्यसलाई जारी राख्नेछौँ', कार्नीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा बिहीबार राति पोस्ट गरे । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पुनः वार्ताका लागि सफलतापूर्वक दबाब दिएपछि संयुक्त राज्य अमेरिका–मेक्सिको–क्यानाडा सम्झौताले सन् २०२० जुलाईमा अघिल्लो नाफ्टा सम्झौता प्रतिस्थापन गरेको थियो । अर्को वर्ष जुलाईसम्म यसको समीक्षा हुने तय थियो, तर ट्रम्पले जनवरीमा पदभार सम्हालेपछि आफ्नो व्यापार युद्ध सुरु गरेर प्रक्रियालाई अव्यवस्थित बनाएका छन् । क्यानाडा र मेक्सिकोका उत्पादनहरू सुरुमा क्यानाडाली ऊर्जाका लागि कम दरका साथ २५ प्रतिशत अमेरिकी भन्सार शुल्कले नराम्ररी प्रभावित भएका थिए । ट्रम्पले दुवै छिमेकीलाई निशाना बनाएर अवैध आप्रवासन र सीमापार अवैध लागुऔषधको प्रवाहमा पर्याप्त काम नगरेको बताए । तर अन्ततः उनले युएसएमसिए अन्तर्गत आफ्नो देशमा प्रवेश गर्ने सामानहरूका लागि छुटको घोषणा गरे, जसले उत्पादनहरूको ठूलो भागलाई समेटेको थियो । बिहीबारको पत्र ट्रम्प र कार्नीबीच न्यानो सम्बन्धका बावजुद आएको हो । कार्नीले क्यानाडा अमेरिकाको ५१औँ राज्य बन्नुपर्छ भन्ने आफ्ना समकक्षी ट्रम्पको नियमित विचारको सामना गरिरहेका छन् । पारस्परिकता  क्यानाडाली प्रधानमन्त्री कार्नी मे ६ मा ह्वाइट हाउस आएका थिए र ओभल अफिसमा ट्रम्पसँग सौहार्दपूर्ण भेटवार्ता गरेका थिए । उनीहरूले गत महिना क्यानाडामा भएको जी–७ शिखर सम्मेलनमा फेरि भेट गरेका थिए । त्यहाँ नेताहरूले ट्रम्पलाई आफ्नो दण्डात्मक व्यापार युद्धबाट पछि हट्न दबाब दिएका थिए । क्यानाडाले पनि अमेरिकी प्रविधि कम्पनीहरूलाई असर गर्ने करहरू खारेज गर्न सहमति जनाएको थियो । यसले ट्रम्पलाई बदला लिन र व्यापारिक वार्ता रद्द गर्न प्रेरित गरेको थियो । छुट्टै, ट्रम्पले एनबिसीसँगको अन्तर्वार्तामा आफ्नो पत्र नपाएका देशहरूमा अगस्ट १ मा १५ देखि २० प्रतिशतको व्यापक भन्सार शुल्क लगाउनेबारे पनि सोचिरहेको घोषणा गरे । पत्रहरूले अगस्ट १ अघि राम्रा सर्तहरू फेला पार्न नसकिए ब्राजिलको मामिलामा ५० प्रतिशतसम्म भन्सार शुल्क दरहरू अगस्ट १ मा लागू हुने घोषणा गरेको छ । अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार २७ देशको युरोपेली सङ्घ (इयु) लाई पत्र ‘आज वा भोलि (शुक्रबार)’ पठाइने ट्रम्पले एनबिसीलाई बताए । ट्रम्पले आफ्नो कडा भन्सार शुल्कले देशमा प्रहार गर्ने बताएपछि ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले बिहीबार उनी अमेरिकासँग वार्ता गर्न इच्छुक रहेको बताए । यद्यपि उनले ब्राजिल सरकारले पारस्परिक उपायहरूको मूल्याङ्कन गरिरहेको कुरा दोहोर्‍याए । लुलालाई सम्बोधन गरेको पत्रमा ट्रम्पले आफ्नो दक्षिणपन्थी सहयोगी जाइर बोल्सोनारोसँगको व्यवहारको आलोचना गरेका छन् । रासस

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेल {लाइभ}

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।  गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजिनक गरिरहेका हुन् ।  उनको कार्यकालको यो पहिलो मौद्रिक नीति हो । 

२० वर्ष उमेर पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश आलोचनात्मक चेतबाट आक्रान्त भइसकेको बताएका छन् । शुक्रबार विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिककरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले अब आलोचनात्मक चेत नभइ विश्वलेषणात्मक चेतको जरुरी रहेको बताए । जे कुरामा पनि आलोचना नभइ रचनात्मक सुझाव जरुरी रहेको बताए । अब आलोचनात्मक चेतबाट रचनात्मक टिप्पणीतिर जान जरुरी रहेको बताए । विश्लेषण गरेपछि राम्रो र नराम्रो छुट्याउन सकिने भन्दै कमजोरी भएका ठाउँहरु देखाउन जरुरी रहेको जानकारी दिए ।  प्रधानमन्त्री ओलीले भने, ‘आलोचनात्मक चेत होइन, विश्लेषणात्मक चेत चाहिन्छ हामीलाई । आलोचनात्मक चेतले आक्रान्त भइसक्यो देश । जेमा पनि आलोचना होइन । रचनात्मक सुझाव आवश्यक छ । विश्लेषण गरेपछि राम्रो र नराम्रो छुट्याउन सकिन्छ । यहाँनेर कमजोरी भयो भनेर देखाउन सकिन्छ ।’ प्रधानमन्त्री ओलीले २० वर्ष उमेर पुगेपछि विवाह गरेर सन्तान जन्माउनमा युवाहररुलाई प्रेरित गर्न जरुरी रहेको बताएका छन् । प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने बताए ।