वर्षा सुरु भएसँगै म्याग्दीका पर्यटकीयस्थल सुनसान, घटे पर्यटक
म्याग्दी । वर्षा सुरु भएसँगै यहाँका पर्यटकीयस्थल सुनसान हुन थालेका छन् । घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, टोड्के, अन्नपूर्ण आधार शिविर, सिङ्गा र भुरुङ, तातोपानी कुण्ड, रुप्से, नारच्याङ झरनालगायत क्षेत्रमा वर्षा सुरु भएसँगै घुम्न आउने पर्यटक घटेका हुन् । अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीस्थित होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुनले प्रतिकूल मौसमका कारण पछिल्लो समय पर्यटकको आगमन घटेको बताए । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यका रूपमा रहेको घोडेपानीमा दैनिक एक हजार क्षमताका २५ वटा सुविधायुक्त होटल रहेका जनाउँदै ती होटलहरू आजभोलि सुनसान रहेका उनले उल्लेख गरे । “जेठदेखि भदौसम्म झरी लाग्ने, सडक तथा पदमार्ग अवरुद्ध हुने हुँदा पर्यटन व्यवसायका हिसाबले बेमौसमी मानिन्छ”, पुनले भने, “पहाडी क्षेत्रमा बादल लागेर हिमाल छोपिने हुँदा पर्यटक आगमन नभएको हो ।” बेनी-जोमसोम सडक भएर मुस्ताङ जानेआउने पर्यटकहरूका लागि थकान मेटाउने थलोका रूपमा रहेको अन्नपूर्ण गाउँपालिका-२ स्थित भुरुङ तातोपानी र प्राकृतिक उपचारस्थलका रूपमा बेनी-४ स्थित सिङ्गा तातोपानी कुण्ड पनि सुनसान बनेको छ । सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका पूर्वअध्यक्ष वीरेन्द्रमान शाक्यले पर्यटकीय याममा दैनिक एक हजारको हाराहारीमा स्नान गर्ने धार्मिक पर्यटक तातोपानी कुण्डमा स्नान गर्न आउनेमा अहिले दैनिक ५० जना पनि नपुग्ने गरेको बताए । म्याग्दीमा पदयात्रा, हिमाल आरोहण, हिमशृङ्खला, सूर्योदय, झरना, गल्छी, ग्रामीण जनजीवन र विभिन्न जातजातिको संस्कृतिको अवलोकनका लागि पर्यटक आउने गर्छन् । असोज, कात्तिक, फागुन, चैत र वैशाख महिना पर्यटकीय यामका रूपमा मानिन्छ । जेठ, असार, साउन र भदौ महिना पर्यटक आगमन शून्य जस्तै हुने गरेको छ । पर्यटक आगमन बघेसँगै होटल तथा पर्यटन व्यवसायीहरू फुर्सदिला भएका छन्, पदमार्गमा चहलपहल छैन । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार म्याग्दीमा वार्षिक ३० हजारको हाराहारीमा विदेशी पर्यटक आउने गरेका छन् । रासस
त्रिशूलीमा फसेका दुई जनाको सकुशल उद्धार
काठमाडौं । नेपाल-चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषणका कारण त्रिशूली नदीको उच्च वहावमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरद्वारा बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणको अनुसार नुवाकोट विदुर नगरपालिका-१ लभडाँडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मङ्गली तामाङ त्रिशूली नदीको किनारामा दाउरा काट्न जाँदा चीनमा भएको वर्षाका कारण एक्कासी त्रिशूलीमा आएको बाढीमा फसेका थिए । अहिले दुवै जनाको हेलिकोप्टरद्वारा सकुशल उद्धार भइसकेको प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ ।
उद्योगी व्यवसायीहरूको अनुहारमा हाँसो ल्याउने मौद्रिक नीति चाहियो
काठमाडौं । निजी क्षेत्रका तीन संस्थाले आगामी मौद्रिक नीति लचिलो आउनुपर्ने माग गरेका छन् । नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी मौद्रिक नीति २०८२/८३ को छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले उद्योगी व्यवसायीहरूको अनुहारमा हाँसो आउने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल अहिलेको ब्याजदरलाई दीर्घकालसम्म स्थिरता दिने गरी मौद्रिक नीति आउनुपर्ने बताउँछन् । साथै, आफूहरूसँगको भेटमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सरप्राइज हुने किसिमको नीति नल्याउने बताएको उनले जानकारी दिए । कोरोनाकालमा राष्ट्र बैंकले सहज नीति ल्याएको भएपनि लगत्तै नीति पुनरावलोकनमा कडाइ गरेको हुँदा अर्थतन्त्र समस्यामा परेको उनको भनाइ छ । उनका अनुसार उद्योग व्यवसाय ५० प्रतिशत क्षमतामा चलिरहेका छन् । ‘गभर्नरज्यूले हामीसँगको भेटमा सरप्राइज हुने गरि नीति नल्याउने भन्नु भएको छ । अब ब्याजदर स्थिरतामा ध्यान दिनुपर्नेछ । विदेशमा ०.२५ प्रतिशत ब्याजदर बढ्दा बहसको विषय बन्छ । तर नेपालमा ८ प्रतिशतको ब्याज १६ प्रतिशत पुग्दा कसैले ध्यान दिँदैन,’ उनले भने, ‘नियन्त्रण मुखी नीति ल्याउँदा बजार अझै सशंकित हुने भएकाले सहज नीति ल्याउनुपर्छ । सबै उद्योगी व्यवसायीको मुखमा हाँसो ल्याउने मौद्रिक नीति आउने विश्वास लिएको छु ।’ नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्रा ब्याजदर धेरै सस्तो, रेमिटेन्स उच्च आउँदा पनि कर्जा लगानी हुन नसक्नुमा पछि थुप्रै कारणहरू रहेको बताउँछन् । साथै, पुँजी पलायन भइरहेको उनको भनाइ छ । अस्थिर नीतिले अर्थतन्त्र समस्यामा परेको उनको भनाइ छ । बैंकहरुले ५ प्रतिशतसम्म प्रिमियम लिइरहेको हुँदा यसमा राष्ट्र बैंकले हस्तक्षेप गरेर झार्नुपर्ने उनले माग गरे । ‘सहकारी संस्था आफैले घरजग्गामा लगानी गरेका छन् । घरजग्गामा कडाइ गर्दा त्यो बिक्री वितरण हुन नसक्दा सहकारीमा समस्या आएको हो । अहिले घरजग्गामा माग छैन, सप्लाइ उच्च छ,’ उनले भने, ‘उद्योगी व्यवसायीले गरेको गल्तीलाई राष्ट्र बैंकले सच्चिने मौका दिनुपर्छ । अब कसैले गल्ती नगर्ने गरि सुधारको पक्षमा छन् ।’ नेपाल उद्योग परिसंघ (सीएनआई)का वरिष्ठ उपाध्यक्ष बिरेन्द्र पाण्डे कालोसूचीमा राख्ने प्रावधानलाई खुकुलो गरेर बढाउनुपर्ने बताउँछन् । साथै, वर्किङ क्यापिटल गाइड लाइनमा पुनरावलोकन गर्न जरुरी रहेको उनको भनाइ छ ।
दसैँ–तिहारमा सवारी सहज गर्न नागढुङ्गा सुरुङ मार्ग सञ्चालनको तयारी
काठमाडौं । टोखा-छहरे खोला सुरुङ मार्ग निर्माण, नागढुङ्गा सुरुङमार्ग सञ्चालन र स्याफ्रुबेँसी-रसुवागढी सडक सुधारमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकार भएका निकायबीच छलफल भएको छ । नयाँ आर्थिक वर्षको सुरुआतसँगै सडक पूर्वाधार निर्माणमा तीव्रता दिन र आउँदो दसैँ-तिहार लक्षित सवारी व्यवस्थापन सरल हुने गरी पूर्वाधार निर्माण र सुधारमा अहिलेदेखि गृहकार्य गर्न छलफल गरिएको हो । टोखा-छहरेखोला सुरुङ मार्गको वातावरणीय अध्ययन प्रतिवेदन निर्माण र स्वीकृतिका सम्बन्धमा देखा परेका समस्या र परियोजनाको सम्भाव्यताका सम्बन्धमा चिनियाँ पक्षले गर्नु पर्ने कार्य र उत्पन्न असमझदारी हल गर्न वन मन्त्रालय तथा अन्य निकायले गर्न सक्ने आवश्यक सहजीकरणका लागि निर्देशन दिइएको प्रधानमन्त्रीका निजी सचिव विनोद बहादुर कुँवरले जानकारी दिए । नागढुङ्गा सुरुङ मार्ग सञ्चालनका लागि भौतिक प्रगति ९२ प्रतिशत पुगिसकेको र निर्माण सम्पन्न पश्चात् सञ्चालन गर्नुपर्ने हुनाले सञ्चालनको कानुनी प्रबन्ध, ढाँचा र त्यसमा देखिएका समस्याका विषयमा छलफल गरिएको छ । यो विषय नेपालकै पहिलो अभ्यास हुन लागेका कारण यसको विस्तृत तयारी गर्न जोड दिइएको थियो । चीन सरकारको अनुदानमा निर्माण भइरहेको स्याफ्रुबेँसी-रसुवागढी सडक स्तरोन्नतिमा कूल लम्बाइ ८२ किमीमध्ये हालसम्म ३८ किमी कालोपत्र सम्पन्न भएको तथा नयाँ आर्थिक वर्षमा ठेक्का लगाउन बाँकी १९ किमी पनि ठेक्का लगाउने प्रबन्ध मन्त्रालयले गरिरहेको छलफलमा अवगत गराइएको छ । कुनै सहजीकरण आवश्यक भएमा प्रधानमन्त्री कार्यालयले गर्ने जनाएको छ । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक–विकास सल्लाहकार डा युवराज खतिवडा, प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार किरण पौडेल, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्र, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलगायतको सहभागिता थियो ।
११ जना उद्धारकर्मी नै फसे, हाइड्रोका कर्मचारी उद्वारकाे पर्खाइमा
काठमाडौं । नेपाल-चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाएको छ । बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा राखिएका गाडी बगाएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए । उनले बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्वारा गर्न जाने क्रममा का बताए । हेलिकप्टरमार्फत उनीहरूको उद्वारा गर्न नेपाली सेनालाई अनुरोध गरिएको र बाढीले के कति क्षति पुर्यायो भन्ने सम्बन्धमा तथ्याङ्क सङ्कलन भइरहेको पनि उनले जानकारी दिए । यस्तै रसुवागढी हाइड्रोका कर्मचारीसमेत बाढीको चपेटामा परेका कारण उद्वारकाे पर्खाइमा रहेको उक्त आयोजनाले जनाएको छ ।
शाइन रेसुङ्गाले असार ३२ गतेदेखि ऋणपत्र बिक्री गर्ने, ८ प्रतिशत ब्याज पाइने
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले असार ३२ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधि रहेको वार्षिक ८ प्रतिशत ब्याजदरमा ‘शाइन रेसुङ्गा डिबेञ्चर’ बिक्री खुला गर्ने भएको हो । बैंकले ३ अर्ब रुपैयाँको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका १० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो । जसमध्ये ६० प्रतिशत अर्थात् ६० करोड रुपैयाँको ६० लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको ४० लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिने बैंकले जनाएको छ । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र सम्पूर्ण ऋणपत्र बिक्री नभएको खण्डमा आवेदन दिने समय साउन १४ गतेसम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सीआस्बा सेवामा आबद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
हिमालयन बैंकले असार ३२ गतेदेखि एफपीओ बिक्री गर्ने, न्यूनतम १५७० रुपैयाँ जोहो गर्नुपर्ने
काठमाडौं । हिमालयन बैंकले असार ३२ गतेदेखि थप सर्वाजिनक निष्काशन (एफपीओ) गर्ने भएको छ । बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरमा ५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता बिक्री खुला गर्ने भएको हो । बैंकको हाल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ रहेको छ । जसमा ७२.९९ प्रतिशत अर्थात् १५ अर्ब ८० करोड ७१ लाख ६३ हजार रुपैयाँ संस्थापक समूह र २७.०१ प्रतिशत अर्थात् ५ अर्ब ८४ करोड ९४ लाख ५१ हजार रुपैयाँ सर्वसाधारण समूहको सेयर स्वामित्व रहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने व्यवस्था छ । सोही बमोजिम बैंकले सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई एफपीओ जारी गर्न लागेको हो । बैंकको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । एफपीओमा आवेदन दिनका लागि लगानीकर्ताहरुले न्यूनतम १० कित्ता सेयरका लागि १ हजार ५७० रुपैयाँ जोहो गर्नुपर्नेछ । बैंकको एफपीओमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त समयमा पूर्ण आवेदन नपरेमा साउन १४ गतेसम्म आवेदन दिने समय लम्बिने जनाएको छ । बैंकको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारण लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले बैंकलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले बैंकको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
भोटेकोशी नदीमा ठूलो बाढी, नेपाल-चीन जोड्ने मितेरी पुलसहित दर्जनौं गाडी बगायो
काठमाडौं । भारी वर्षासँगै भोटेकोशी नदीमा ठूलो बाढी आएको छ । भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँग दर्जनौं सवारी साधन बगाएको छ । सोमबार राति आएको बाढीले नेपाल–चिन जोड्ने पुल बगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यससँगै रसुवा हुँदै चीनसँग मार्ग विच्छेद भएको छ । यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको जनाएको छ । साथै, ड्राइपोटमा काम गर्ने केही ड्राइभर, लेबर (मजदुर)लाई पनि बाढीले बगाएको हुन सक्ने आशंका गरिएको छ । तर, त्यसको पुष्टि भने हुन सकेको छैन । गोसाइँकुण्ड गाउँपालिका-२, टिमुरे (रसुवा) मा भोटेकोसी नदीको पानीको सतह ३.१५ देखि अत्यधिक बढेको जनाएको छ । साथै पहिरो पनि गएको जानकारी प्राप्त भएकाले सबैलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।