शिक्षा, सीप र भविष्यको भरोसा- युनिग्लोब कलेज
एसईईको रिजल्ट आएपछि विद्यार्थीहरूको मनमा अनेक प्रश्न उठ्छन्, अब कहाँ पढ्ने, कुन विषय रोज्ने, कुन कलेजमा भर्ना हुने ? उनीहरू भविष्यका सपनाहरूलाई सजिलो बाटोमा लैजाने सही स्कुल वा कलेज खोज्न चाहन्छन् । यस समयमा धेरैले साथी, परिवार, शिक्षकहरूसँग सल्लाह गर्छन्, कलेजको सेमिनार, काउन्सिलिङमा जान्छन् र अनलाइन रिसर्च गर्छन् । उनीहरूको चाहना हुन्छ, ‘जहाँ शिक्षाको गुणस्तर राम्रो होस्, अनुभवी शिक्षक टिम होस्, विद्यार्थीलाई सिक्न र बुझ्न मद्दत गर्ने वातावरण होस् र भविष्यको लक्ष्यलाई मार्गदर्शन गर्ने अवसरहरू मिलून् ।’ त्यस्तै सोचका विद्यार्थीहरूका लागि युनिग्लोब स्कुल उत्कृष्ट विकल्प बन्न सक्छ । काठमाडौंको मुटु कमलादी रहेको यो स्कुलले विज्ञान, व्यवस्थापन र कानुनमा प्लस टु कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो कलेजमा अनुभवी शिक्षक, अत्याधुनिक पूर्वाधार, अनुसन्धान र प्रयोगशाला सुविधा छ भने अन्तरक्रियात्मक सिकाइ पद्धतिमार्फत अध्यापन गराइन्छ । ‘खोज्दै सिक्दै’ को भावनामा स्थापित यस स्कुलमा विद्यार्थीहरूले केवल किताबमै सीमित नभई केस स्टडी, समूह परियोजना, इत्यादि अभ्यासमार्फत आफ्नो ज्ञानलाई व्यवहारमा उतार्ने अवसर पाउने दाबी युनीग्लोबले गर्छ । तपाई आफ्नो भविष्यको सुनिश्चित बाटो खोज्दै हुनुहुन्छ भने युनीग्लोब तपाईंको लागि उपयुक्त गन्तव्य हुन सक्छ । अन्य स्कुल भन्दा के फरक ? युनिग्लोब अरु स्कुलहरूसँग तुलना गर्दा स्पष्ट रूपमा केही विशेषताहरूले फरक देखिन्छ । यहाँ केवल पाठ्यपुस्तक पढ्ने तरिकामा मात्र होइन, व्यवहारिक र समग्र विकासमा विशेष जोड दिइन्छ । अन्य विद्यालयहरूले जहाँ परम्परागत विधि अपनाउँछन्, युनिग्लोबले अत्याधुनिक प्रयोगशाला, स्मार्ट कक्षा, र इन्टरएक्टिभ शिक्षण प्रविधिहरू प्रयोग गरेर सिकाइलाई अझ प्रभावकारी बनाएको छ । यहाँका शिक्षकहरू मात्र ज्ञान दिँदैनन्, विद्यार्थीहरूको सोच, विश्लेषण, र समस्या समाधान गर्ने क्षमता विकास गर्न प्रेरित गर्छन्। यस विद्यालयमा विज्ञान, व्यवस्थापन र कानुनका विषयहरूमा प्लस टु कार्यक्रम चल्छ । जसले विद्यार्थीलाई पूर्णतः २१औं शताब्दीका लागि तयार पार्दछ । तर यहाँको शिक्षण विधि परम्परागतभन्दा फरक छ । विज्ञानका विद्यार्थीहरूले अत्याधुनिक प्रयोगशालामा व्यावहारिक सिकाइ पाउँछन् जहाँ उनीहरूले किताबमा मात्र नभई वास्तविक प्रयोग गरेर ज्ञानलाई गहिराइमा बुझ्न पाउँछन् । व्यवस्थापनका विद्यार्थीहरूलाई केवल थ्योरी मात्र होइन, मार्केटिङ, वित्तीय योजना, नेतृत्व कौशललगायत धेरै कुराहरू केस स्टडी, इन्टरेक्टिभ सेमिनार र सिमुलेसनमार्फत सिकाइन्छ। कानुनका विद्यार्थीहरूलाई तार्किक चिन्तन र कानुनी विश्लेषणमा दक्ष बनाउने अभ्यास गराइन्छ । यसरी हरेक विद्यार्थीले आफ्नो रुचि र क्षमताअनुसार अध्ययन गर्न पाउँछन् । यहाँ विद्यार्थीहरूलाई प्रायः बाहिरी फिल्ड ट्रिपहरू, अनुसन्धान परियोजनाहरू, र व्यावसायिक वातावरणसँग जोडिएका अनुभवहरूमा लैजाने व्यवस्था छ, जसले उनीहरूको सिकाइलाई वास्तविक जीवनसँग जोड्छ । अन्य विद्यालयमा प्रायः यस्ता व्यवहारिक अवसरहरू सीमित हुन्छन् । बिहान र दिउँसो दुई सिफ्टमा पढाइ हुने यस विद्यालयमा, विद्यार्थीहरूको मनोबल र आत्मविश्वास बढाउन कलेजले 'एस्प्रिट डे कोर्प्स ' अर्थात् टोली भावना विकासमा ठूलो महत्त्व दिन्छ, जसले समग्र विद्यार्थी जीवनलाई सकारात्मक र सहयोगी बनाउँछ । व्यवस्थापन पनि पारदर्शी, सुलभ र विद्यार्थी- अभिभावक मैत्री रहेको कारण यहाँको वातावरण अत्यन्तै भरोसायोग्य र सुरक्षित मानिन्छ । स्कुलका प्रधानाध्यापक डा. गणेश रेग्मी कलेजले परम्परागत शिक्षामा सीमित नभइ सीप, आत्मविश्वास र नेतृत्व क्षमता विकास गराउने काम गरिरहेको बताउँछन् । ‘हामीसँग अत्याधुनिक प्रयोगशालाहरू, डिजिटल शिक्षण सामग्री, र अनुभवी शिक्षकहरूको टिम छ, जसले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिन दिन्छ,’ उनी भन्छन्,‘हामीले विज्ञान, व्यवस्थापन र कानुनका विद्यार्थीहरूलाई मात्र थ्योरीमा होइन, फिल्ड भिजिट, केस स्टडी, र परियोजनामार्फत सिक्ने अवसर दिन्छौं, जसले उनीहरूलाई प्रतिस्पर्धी विश्वमा अगाडि बढ्न सक्षम बनाउँछ।’ यो कलेजको वातावरण पनि मित्रवत्, सुरक्षित र विद्यार्थी केन्द्रित छ । जसले विद्यार्थीलाई खुल्ला मनले सिक्न र विकास गर्न प्रोत्साहित गर्छ। उनी थप्छन्, ‘भर्ना गर्नेहरूलाई म भन्न चाहन्छु, युनिक ग्लोबमा तपाईंले यस्तो शिक्षा पाउनुहुनेछ जुन तपाईंको व्यक्तित्व र भविष्यको लागि दिगो हुनेछ । हामी तपाईंको रुचि, क्षमताअनुसार मार्गदर्शन गर्छौं, केवल परीक्षा पास गर्ने शिक्षा होइन, जीवनभर काम लाग्ने ज्ञान सिकाउने लक्ष्यका साथ। यहाँ शिक्षाको गुणस्तर मात्र नभएर विद्यार्थीकै भलाइलाई केन्द्रमा राखिन्छ। यदि तपाईं प्रतिस्पर्धात्मक बजारमा सफल हुन चाहनुहुन्छ भने, युनिक ग्लोब सेकण्डरी स्कुल तपाईंका लागि सर्वोत्तम विकल्प हो।’ युनिग्लोब स्कुल एण्ड कलेजले आफ्नो व्यवस्थापनलाई अत्यन्तै सुसंगठित र पारदर्शी बनाएको छ । जसले विद्यार्थी, अभिभावक र शिक्षकहरूबीच विश्वास र सहकार्यको वातावरण सिर्जना गरेको छ । यहाँ विद्यार्थी भर्ना प्रक्रियादेखि दैनिक प्रशासनसम्म सबै पक्षलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले यहाँ आधुनिक सूचना प्रविधिको प्रयोग गरिन्छ । विद्यालयले समयमै सूचना प्रवाह, नियमित अभिभावक बैठक, र विद्यार्थी प्रगतिको स्पष्ट मूल्यांकन प्रणाली अपनाएको छ जसले पारदर्शिता कायम राख्दछ। छात्रवृत्तिको व्यवस्था यो कलेजले आर्थिक अवस्था राम्रो नभएका विद्यार्थीलाई पढाइबाट वञ्चित हुन दिँदैन । आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था गरेको छ भने शुल्क तिरेर अध्ययन गर्नेहरूका लागि पनि सजिलो किस्ताबन्दी व्यवस्था गरेको छ । प्रधानाध्यापक रेग्मीका अनुसार यो कलेजले सबैलाई गुणस्तरीय शिक्षा प्राप्तिको अवसर दिँदै आएको छ । व्यवस्थापन टोलीले विद्यालयको शैक्षिक र प्रशासनिक पक्षलाई सन्तुलित रूपमा अघि बढाउन कडा मेहनत गरेको छ । जसले गर्दा युनिग्लोबले उच्च शैक्षिक स्तर र सकारात्मक विद्यार्थी अनुभव सुनिश्चित गर्न सफल भएको छ । युनीग्लोबका व्यवस्थापन प्रमुख भन्छन् ‘हामीले यो विद्यालयलाई केवल पढाइको थलो मात्र होइन, एक सम्पूर्ण शैक्षिक वातावरणका रूपमा विकास गरेका छौं जहाँ विद्यार्थीहरू आत्मविश्वासी, जिम्मेवार र सक्षम नागरिक बन्न प्रेरित हुन्छन्।’ यो कलेजको प्राथमिकता भनेको विद्यार्थीहरूको सहजता र समग्र विकास हो । यसका लागि कलेजले भर्ना प्रक्रियादेखि दैनिक प्रशासन र सेवा प्रवाहसम्म सबै कुरा पारदर्शी, सरल र विद्यार्थी–अभिभावक मैत्री बनाएको छ । उनी कक्षा ११ र १२ मा अत्याधुनिक कक्षा कोठा, प्रायोगिक प्रयोगशाला, पुस्तकालय, र डिजिटल सुविधा उपलब्ध छन् जसले सिकाइलाई प्रभावकारी र आकर्षक बताउँछन् । उनी भन्छन्,‘फिल्ड ट्रिप, केस स्टडी, प्रोजेक्ट वर्क जस्ता व्यवहारिक सिकाइका अवसरहरू विद्यार्थीलाई मात्र नभएर अभिभावकलाई पनि विश्वस्त बनाउँछ, यहाँ पढाइले वास्तविक जीवनका चुनौतीहरू सामना गर्न तयार पार्छ।’ कलेजले छात्रवृत्ति र आर्थिक रूपमा सहयोगी नीति लागू गरेर सबै विद्यार्थीलाई शिक्षा पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ । कमलादीको सुविधाजनक स्थान र सुरक्षित वातावरणले विद्यार्थी र अभिभावक दुबैलाई मनोवैज्ञानिक सन्तुष्टि दिन्छ । यी सबै पक्षहरूले गर्दा युनिक ग्लोब सेकण्डरी स्कुलमा भर्ना हुन विद्यार्थी र अभिभावकहरू झन् आकर्षित भएका छन्। यहाँ अध्ययन गर्ने विद्यार्थीलाई पढाइ मात्र नभइ हरेक दिन नयाँ कुरा सिक्न अवसर पनि दिइन्छ । यहाँ पढिरहेका विद्यार्थी भन्छन्,‘शिक्षकहरू साथीझैँ हुनुहुन्छ, प्रयोगात्मक कक्षाहरू, प्रोजेक्टहरू, फिल्ड भिजिटले सिकाइ झनै रमाइलो बनाउँछ। यहाँको वातावरण सुरक्षित र सहयोगी छ। आत्मविश्वास बढ्छ, कुरा राख्न सिकिन्छ, टीममा काम गर्न सिकिन्छ। भविष्य बनाउन युनिग्लोबले सही बाटो देखाइरहेको छ ।’ अभिभावकहरूको दृष्टिले हेर्दा, युनिग्लोब एसएस कलेजले उत्कृष्ट शिक्षाको ग्यारेन्टी मात्र नभइ आफ्ना विद्यार्थीको समग्र विकास र सुरक्षामा पनि पूर्ण प्रतिबद्धता जनाएको छ । यहाँको अनुभवी शिक्षक टोली, सुरक्षित र अनुशासित वातावरण, र बच्चाहरूको व्यक्तिगत आवश्यकतामा ध्यान दिने व्यवस्थापनले अभिभावकहरूको मन शान्त बनाउँछ। विद्यालयले व्यावहारिक सिकाइका अवसरहरू, आधुनिक प्रविधिको प्रयोग, र छात्रवृत्तिसमेत उपलब्ध गराएर आर्थिक भारलाई समेत सहज बनाएको छ। कमलादी जस्तो सुविधाजनक र पहुँचयोग्य स्थानमा अवस्थित भएकाले बालबालिकाको यात्रामा पनि सजिलो हुन्छ। अभिभाकले आफ्नो छोराछोरीको उज्ज्वल भविष्यका लागि युनिग्लोबलाई पहिलो रोजाइ बनाइरहेका छन् । ‘यहाँको शिक्षा र संस्कारले मात्र पढाइमा होइन, जीवनका सबै पक्षमा सफल बनाउने आधार तयार गर्ने गर्दछ,’ विद्यालयका प्रधानाध्यापक भन्छन्,‘ युनिग्लोब सेकन्डरी स्कुलमा पढाइ भनेको केवल किताबका पाना पल्टाउने काम होइन, यो भविष्य निर्माण गर्ने यात्रा हो। यहाँको गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, आधुनिक सुविधा र प्रेरणादायक वातावरणले हरेक विद्यार्थीलाई आफ्नो सपना पुरा गर्ने बाटो देखाउँछ। ’
चन्द्र भण्डारी भन्छन्- इँटाभट्टामा मान्छे पोल्नेदेखि पैसाले पद किन्नेहरूसँग नैतिकताको के कुरा गर्नु ?
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा गुल्मीका सांसद चन्द्र भण्डारीले नेपाली राजनीतिमा नैतिकता हराउँदै गएको बताएका छन् । पछिल्लो पटक कांग्रेस केन्द्रीय समिति बैठकमा अदालतमा विभिन्न भ्रष्टाचार मुद्दा खेपिरहेका र अदालतले धरौटीमा रिहा गरेका व्यक्तिहरूले समेत भाग लिएको विषयमा विकासन्युजले राखेको जिज्ञासामा प्रतिक्रिया दिँदै भण्डारीले उक्त कुरा बताएका हुन् । ‘अदालतमा बयान दिएर बैठकमा भाग लिनु, देशका सर्वोच्च पदमा पुगेका व्यक्तिहरू पुनः सक्रिय राजनीतिमा फर्कनु यी सबैनै गैर-नैतिक विषयहरू हुन्,’ नेता भण्डारीले भने । अब व्यक्ति केन्द्रित नभई विषय केन्द्रित बहस हुनुपर्नेमा उनले जोड दिए । तर व्यक्तिले आफ्नो कद र पदको ख्याल नगर्दा समस्या झनै बढेको तर्क उनले प्रस्तुत गरे । ‘इँटाभट्टादेखि बजेट विनियोजनमा देखिएका चरित्रहरूले हाम्रो नैतिक आचरणलाई झल्काउँछ। यस्तो अवस्थामा नैतिकताको कुरा गर्नु आफैमा हास्यास्पद हुन्छ,’ भण्डारीले भने । पछिल्लो समयका विभिन्न नियुक्ति प्रक्रिया, पूर्वराष्ट्रपति तथा पूर्वउपराष्ट्रपतिहरूको पछिल्लो राजनीतिक सक्रियताले नैतिकतालाई गिज्याइरहेको उनको भनाइ छ ।
ऊर्जा घरको बत्ति मात्र होइन, राष्ट्र समृद्धि बाल्ने शक्ति होस् : ऊर्जामन्त्री खड्का
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले नेपालले अझै ऊर्जा क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल गर्न नसकेको स्वीकार गर्दै अब सरकारी–निजी क्षेत्रको सहकार्यलाई तीव्र रुपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् । 'ऊर्जा घरको बत्ती बाल्नका लागि मात्र होइन, समग्र राष्ट्रको आर्थिक र सामाजिक विकासका लागि आवश्यक छ,' मन्त्री खड्काले राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपिजिसिएल) र पाँच वटा जलविद्युत् प्रवर्द्धक कम्पनीबीच ग्रीड जडान सम्झौता हस्ताक्षर कार्यक्रममा भने, 'समयमै ऊर्जा योजनाहरू कार्यान्वयन नगर्दा नेपाल पछाडि परेको छ । अब सरकारी र निजी क्षेत्रको सहकार्यबाट मात्र समाधान सम्भव छ ।' मन्त्री खड्काले विगतका अवरोधले ऊर्जा क्षेत्रमा सन्तोषजनक प्रगति हुन नसकेको उल्लेख गर्दै आगामी दिनमा प्रसारण, वितरण र विद्युत् व्यापारमा समेत निजी क्षेत्रलाई सक्रिय साझेदार बनाउन सरकार प्रतिबद्ध रहेको बताए । 'तीन दशकअघि नै अरुण तेस्रो जस्ता आयोजना अघि बढाइएको भए, न लोडसेडिङ हुन्थ्यो, न लगानीको अभाव,' उनले भने, 'अब ढिलो गर्न पाइँदैन । सरकार वा प्राधिकरणले नभए निजी क्षेत्रसँग मिलेर भए पनि काम अघि बढाउनैपर्छ ।' कार्यक्रममा ऊर्जा सचिव सुरेश आचार्यले आरपिजिसिएलको अध्यक्षका नाताले निजी क्षेत्रसँगको सहकार्यले ऊर्जा विकासमा नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरे । विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले उत्पादनतर्फ प्रगति भए पनि प्रसारण र वितरणमा अझै प्राकृतिक एकाधिकार कायम रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई प्रसारण पूर्वाधार निर्माणमा ल्याउन नियामक तहबाट आवश्यक संरचना बनाइरहेको जानकारी दिए । सो समारोहमा राष्ट्रिय ग्रीड प्रसारण कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ई. सागर श्रेष्ठ र पाँच जलविद्युत् प्रवर्द्धक कम्पनीका प्रतिनिधिहरूबीच ग्रीड जडान सम्झौतामा हस्ताक्षर भयो । सम्झौतामा ६०७ मेगावाट क्षमताका पाँच आयोजना – कालिकोटको ४४० मेगावाटको तिला-१, बझाङका ७२ मेगावाटको मालुमेला सेतीनदी पिकिङ्ग, ५४ मेगावाटको महाकाली सेती अर्धजलाशय, ताप्लेजुङको ३१.९२ मेगावाटको अपर मेवा खोला ‘ए’ र गोरखाको ९.१४३ मेगावाटको सुपर दरौँदी आयोजना समावेश छन् । आरपिजिसिएलले यी आयोजनाबाट उत्पादित बिजुलीलाई समयमै राष्ट्रिय ग्रिडमा जोड्ने योजना अनुरूप विभिन्न प्रसारण लाइन र सबस्टेसन निर्माण गर्नेछ । उदाहरणका लागि, तिला आयोजना ४०० केभीको डबल सर्किट कर्णाली करिडोर प्रसारण लाइनमार्फत कालिकोटको फुकोट सबस्टेसनमा, मालुमेला र महाकाली सेती आयोजना ४०० केभी पश्चिम सेती करिडोरमार्फत बझाङको चैनपुर सबस्टेसनमा, अपर मेवा खोला ‘ए’ आयोजना १३२ केभी मेवा–ढुङ्गेसाँघु लाइनमार्फत मेवा सबस्टेसनमा र सुपर दरौँदी आयोजना १३२ केभी लाइनमार्फत केराबारी सबस्टेसनमा जडान गरिनेछ । कार्यक्रममा बोल्दै आरपिजिसिएलका सीइओ श्रेष्ठले कम्पनीले विभिन्न ११ वटा उच्च भोल्टेजका प्रसारण लाइन निर्माण अघि बढाएको र यसै वर्षभित्र २ वटा लाइन सञ्चालनमा ल्याउने लक्ष्य रहेको जानकारी दिए । उनका अनुसार, सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन, प्रसारण, खपत तथा निर्यात गर्ने लक्ष्य लिएको छ, जसका लागि १६ हजार सर्किट किलोमिटर प्रसारण लाइन र ४० हजार एमभिए क्षमताका सबस्टेसन निर्माण आवश्यक छ । प्रवर्द्धक कम्पनीका तर्फबाट बोल्दै एससी पावर कम्पनीका प्रमुख इमान सिंह गुरुङले विगतमा ‘झोलामा खोला बोकेका दलाल’ भनेर आलोचना भए पनि निजी क्षेत्रकै कारण जलविद्युत् उत्पादनमा नेपालले फड्को मारेको बताए । 'सरकारलाई कर, नागरिकलाई रोजगारी र समग्र आर्थिक सामाजिक विकासमा निजी ऊर्जा उद्यमीको योगदान अमूल्य छ,' उनले भने । कार्यक्रममा उपस्थित अन्य अधिकारीहरूले पनि समयमै ऊर्जा परियोजना कार्यान्वयन, लगानीमैत्री नीति निर्माण र संरचनागत सुधारमार्फत मात्र नेपालको ऊर्जा क्षेत्रमा दिगो विकास सम्भव हुने धारणा राखेका थिए ।
बिहेलगत्तै अमेजनको ७३७ मिलियन डलरको सेयर बेचेपछि चर्चामा बेजोस
काठमाडौं । अमेजनका संस्थापक जेफ बेजोस अहिले निकै चर्चामा छन् । करिब ७३६.७ मिलियन अमेरिकी डलर बराबरका आफ्ना ३३ लाखभन्दा बढी सेयर बिक्री गरेपछि उनी चर्चामा आएका हुन् । मंगलबार सार्वजनिक वित्तीय विवरणअनुसार उनले यस बिक्रीमार्फत उक्त रकम उठाएका हुन् । बेजोस र उनकी प्रेमिका लरेन सान्चेजको इटालीको भेनिसमा भएको भव्य विवाहपश्चात सेयर बिक्री भएको हो । बिहेलगत्तै सेयर बेचेपछि उनी चर्चामा आएका हुन् । तीन दिनसम्म चलेको यो विवाह समारोहमा धेरै सेलिब्रिटीको उपस्थिति थियो र केही स्थानीयवासीले विरोध समेत जनाएका थिए । विवाह समारोहको लागत करिब ५० मिलियन डलर भएको अनुमान गरिएको छ । बेजोसले मार्चमा स्वीकृत गरेको पहिल्यैको एक योजनाअनुसार यो सेयर बिक्री गरिएको हो । उक्त योजनाअनुसार उनी सन् २०२६ मे २९ सम्ममा अमेजनका २५ मिलियन (२ करोड ५० लाख) सेयर बिक्री गर्ने तयारीमा छन् । सन् २०२१ मा अमेजनको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट राजीनामा दिएका बेजोस अहिले पनि कम्पनीका कार्यकारी अध्यक्षका रूपमा छन् । पछिल्ला केही वर्षदेखि उनले नियमित रूपमा अमेजनका सेयर बिक्री गर्दै आएका छन्, यद्यपि उनी अझै पनि कम्पनीका सबैभन्दा ठूला व्यक्तिगत सेयरधनी हुन् । सन् २०२४ को फेब्रुअरीमा पनि उनले यस्तै योजना अनुसार ५० मिलियन सेयर बिक्री गर्ने अनुमति लिएका थिए, जुन यो वर्षको जनवरी अन्त्यसम्म कायम थियो । बेजोसले यसअघि आफ्नो अन्तरिक्ष अन्वेषण कम्पनी ‘ब्लु ओरिजिन’ का लागि प्रत्येक वर्ष १ अर्ब डलर बराबरको अमेजन सेयर बिक्री गर्ने बताएका थिए । उनले आफ्ना ‘डे वान एकेडेमिज’ नामक गैरनाफामूलक संस्थालाई पनि सेयर दान गरेका छन्, जसले अमेरिकाका विभिन्न राज्यहरूमा मन्टेश्वरी शैलीमा आधारित प्री-स्कुलहरू निर्माण गरिरहेको छ । ब्लूमबर्ग बिलिनियर इन्डेक्स अनुसार बेजोस अहिले विश्वका तेस्रो धनी व्यक्ति हुन् । उनको नेटवर्थ करिब २४० अर्ब डलर छ । सूचीमा टेस्लाका सीईओ एलन मस्क ३६३ अर्ब डलरसहित पहिलो र मेटाका सीईओ मार्क जुकरबर्ग २६० अर्ब डलरसहित दोस्रो स्थानमा छन् । सन् १९६४ मा जन्मिएका बेजोसले १९९४ मा अनलाइन पुस्तक बिक्री व्यवसायका रूपमा अमेजनको सुरुवात गरेका थिए । पछि यही अमेजन विश्वकै सबैभन्दा ठूलो ई-कमर्श र क्लाउड कम्प्युटिङ कम्पनी बन्यो । सन् १९९७ मा अमेजन सार्वजनिक कम्पनी बनेपछि बेजोसको सम्पत्ति तीव्ररूपमा बढ्न थालेको थियो । सान्दर्भिक सामग्री : भारत-चीनले रुसी तेल किन्दा ५०० प्रतिशत ट्यारिफको चेतावनी चीनको ‘डलरमुक्त अभियान’ : विश्व बजारमा छाउने तयारी गर्दै युआन ईभी युगमा चम्कँदै लिथियमको बजार, भण्डारमा दक्षिण अमेरिकाको वर्चस्व टेस्लामा फेरि व्यवस्थापकीय संकट, शीर्ष कार्यकारी र मस्कका विश्वासपात्रले कम्पनी छाडे अनेकन प्रतिबन्धको बाबजुत पनि रुसी अर्थतन्त्रको धमाकेदार उडान
स्मार्ट च्वाईस र सांग्रिला डेभलपमेन्ट बैंकबीच एससीटी-यूपीआई कार्ड सेवा विस्तार गर्ने सम्झौता
काठमाडौं । स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच एससीटी–यूपीआई कार्ड सेवा सुरु गर्न सहमति भएको छ । गत असार १२ गते सांग्रिला डेभलपमेन्ट बैंकको कार्यालयमा आयोजित कार्यक्रममा स्मार्ट च्वाईसका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले सम्झौता पत्र आदानप्रदान गरेका हुन् । यस सहकार्यपछि सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले सजिलै एससीटी–यूपीआई कार्ड प्राप्त गरी भुक्तानी कारोबारमा थप सहजता र सुरक्षा पाउनेछन् । हाल एससीटीले २३ बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारीमार्फत कार्ड सेवा दिँदै आएको छ । साथै स्मार्ट स्विच प्रणालीमार्फत एससीटी–यूपीआई कार्डसँगै भिसा, यूनियन पे, मास्टर कार्डजस्ता कार्ड पनि सहज रूपमा कारोबार गर्न मिल्ने व्यवस्था गरेको छ । एससीटीले नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किमका रूपमा दुई दशकदेखि सुरक्षित, सरल र भरपर्दो भुक्तानी सेवा दिँदै आएको जनाएको छ ।
वडैपिच्छे विपद् स्वयंसेवक समूह बनाउँदै ललितपुर महानगर
ललितपुर । ललितपुर महानगरले वडैपिच्छे विपद् स्वयंसेवक समूह बनाउने भएको छ । सशस्त्र प्रहरी बलले ललितपुर महानगरसँग समन्वय गरी आयोजना गरेको समुदाय विपद् स्वयंसेवक तालिमको समापन समारोहमा वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायण लाल अवालेले आगामी आर्थिक वर्षमा महानगरको सबै वडामा विपद् व्यवस्थापनको बारेमा ज्ञान र सीप भएको स्वयंसेवकको समूह बनाउने बताए । उनले भने, ‘३० –३५ जनाको ग्रप बनाउँछौँ, उहाँहरूलाई तालिम दिन्छौँ ।’ तालिम प्राप्त स्वयंसेवक समूहले विपद्को बारेमा ज्ञान बाड्ने र विपद् भइहाले उद्धारको काममा खटिने बताए । महानगर प्रमुख चिरी बाबु महर्जनले महानगरको कर्तव्य नगरबासीको सुरक्षा गर्नु भएको बताए । विपद् व्यवस्थापनको क्षेत्रमा महानगरले धेरै काम गरे जस्तो लागे पनि असोज दोस्रो साताको बाढीले धेरै काम गर्न बाँकी देखाएको बताए । उनले भने, ‘ त्यसैले ४ वटा डुंगा किन्यौँ , अब १ वटा थप्दैछौँ ।’स्वयम्सेवकको समूह बनाएर उनीहरुलाई तामिल दिने , विपद्सम्बन्धी ज्ञान र विपद् व्यवस्थापनको सीपबारे बुझाउन समुदायमा स्वयंसेवक तयार पार्ने धारणा राखे । ललितपुर जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रमेश ढकालले समुदायलाई विपद्का बारेमा ज्ञान र सीप सिकाउनु महत्वपूर्ण भएको बताउँदै सिकेका कुरालाई भविष्यमा हुनसक्ने विपद्का बेलामा प्रस्तुत गर्नु महत्वपूर्ण भएको बताए । नेपाली सेना राजदल गण लगनखेलका गणपति प्रमुख सेनानी स्वर्ण बहादुर चन्दले समुदायसँग जोडिएर विपद्बारे जान दिएर स्वयमसेवक तयार पार्नु भविष्यमा आइ पर्नसक्ने विपद्को पूर्वतयारी भएको बताए । ललितपुर महानगरसँगको समन्वयमा सशस्त्र प्रहरी बलले २८ जना स्वयंसेवकलाई १८ दिने तालिम दिएको हो । तालिममा प्रशिक्षार्थीहरुलाई विपद्को परिचय, नेपालमा हुन सक्ने विपदका घटना, सरोकारवाला निकायसँग गरिने समन्वय, भत्केका संरचनामा गरिने खोज तथा उद्धार, जलोत्पन्न विपद्, त्यसमा गरिने उद्धार, डोरीबाट गरिने उद्धारलगायतका विषयमा तालिम दिइएको थियो । यसैगरी महानगर प्रहरीलाई उक्त गणले नगर प्रहरीलाई पनि विपद् उद्धारसम्बन्धी पेशागत तालिम दिइएको थियो । उक्त तालिममा २४ जना नगर प्रहरी सहभागी थिए । उनीहरुलाई ‘¥याफ्ट वोट ह्याण्डलिङ ’तथा वाटर रेस्क्यू तालिम दिइएको थियो । कार्यक्रममा तालिमप्राप्त प्रशिक्षार्थीले आगलागी नियन्त्रण गर्दाको डेमो, नदीमा डुबेकाको उद्धार, भारी वर्षाका कारण नदीमा आएको बाढीले उद्धारमा अवरोध भएपछि डोरीको माध्यमबाट गरिएको उद्धार र बाढी प्रभावितको उद्धार गर्न जाँदा नदीमा पल्टिएको डुङ्गामा सवारको उद्धारको डेमो प्रस्तुत गरेका थिए । तालिममा सहभागी भएकाले तालिम जीवनको महत्वपूर्ण मोड भएको बताउँदै तालिमले आत्मविश्वास र आत्मबल बढाएको बताए । उनीहरुले भने, ‘तालिमले समाजप्रतिको कर्तव्य बोध पनि भएको छ । ’ कार्यक्रममा तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
बुकीपाटन पुग्ने पर्यटकका लागि पदमार्ग निर्माण, विश्रामस्थल र काठेपुलले थप्यो सहजता
ढोरपाटन । पाँच वर्ष अगाडिसम्म ढोरपाटनको बुकीपाटन गुमनाम जस्तै थियो । किनभने प्राकृतिक सुन्दरताका दृष्टिले मनमोहक रहेको बुकीपाटन पुग्न निकै समस्या थियो । साँघुरो गोरेटोमा गोठाला र वस्तुभाउ हिँड्ने गर्थे । आन्तरिक तथा बाह्य पटक फाट्टफुट्ट मात्रै जाने गर्थे । तर पछिल्लो समय बुकीपाटनमा पर्यटकको चहलपहल बढ्दै गएको छ । अघिल्लो वर्षदेखि यहाँ पुग्ने पर्यटकको भीडै लाग्न थालेको हो । पर्यटकको रोजाइमा बुकीपाटन पर्न थालेपछि यसवर्ष विभिन्न स्थानमा विश्रामस्थल, पदमार्ग र काठेपुल निर्माण गरिएको छ । ढोरपाटन उपत्यकादेखि बुकीपाटनको गर्पाछेडा जोड्ने पदमार्ग निर्माण भएपछि पर्यटक र गोठालेलाई सहज भएको छ । पछिल्लो समय बुकीपाटन जाने पर्यटकको सङ्ख्या बढ्दै गएपछि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको २० लाखमा पदमार्ग लगायतका पूर्वाधार निर्माण गरिएको हो । साँघुरो गोरेटोमा यात्रा गर्दा पर्यटक लड्ने र घाइते हुने गर्थे । पदमार्ग निर्माण भएपछि उक्त समस्याको समाधान हुन थालेको छ । उद्योग तथा पर्यटन कार्यालय बागलुङमार्फत पदमार्गग निर्माण भएको हो । ढोरपाटन नगरपालिका–९ पाखाथरदेखि गर्पाछेडासम्मको पाँच किलोमिटर पदमार्ग उपभोक्ता समितिमार्फत निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले जानकारी दिए । गत चैतदेखि सुरु भएको काम असार पहिलो सातामै सम्पन्न भएको उनको भनाइ छ । प्रमुख थापाले भने, 'बुकीपाटन पुग्न पर्यटकको सहजताका लागि यो पदमार्ग निर्माण गरिएको हो, काम सकिएर अहिले पर्यटकहरु उक्त पदमार्गमा हिँड्न थालेका छन्, पहिले साह्रै अप्ठ्यारो हुँदा यात्रा गर्न समस्या रहेछ, अब सहज भएको छ, पाँच किलोमिटर पदमार्गमध्ये केही ठाउँमा पक्की र केही ठाउँमा कच्ची छ, ठाउँठाउँमा विश्रामस्थल र काठका पुल बनेका छन्, यसले पर्यटकको यात्रालाई थप रमणीय र आमदायी बनाउने छ ।' बुकीपाटन हिउँदमा खाली हुने र वर्षामा गोठलाहरु वस्तुभाउ लिएर जाने गरेका छन् । पछिल्लो समय ढोरपाटन आउने अधिकांश पर्यटक बुकीपाटन पुग्ने गरेको ढोरपाटनका होटल व्यवसायी जीवन अदैले जानकारी दिए । वर्षौदेखि गोठाला बस्ने बुकीपाटनमा अहिले पर्यटक जान थालेपछि वर्खायाममा चहलपहल बढेको उनको भनाइ छ । बुकीपाटनमा पर्यटक जान थालेपछि गर्पाछेडामा गोठस्टे सञ्चालन गर्न थालेको अदैले बताए । 'बुकीपाटनमा पहिले गोठला र हजारौँको सङ्ख्यामा भेडाबाख्रा र गाईभैँसी हुन्थे, अहिले धेरैभन्दा धेरै पर्यटक जान थालेका छन्, ढोरपाटन उपत्यकादेखि गर्पाछेडा पुग्ने गोरेटो निकै साँघुरो र अप्ठ्यारो थियो, समय–समयमा गोठाला र वस्तुभाउ लडेर घाइते हुने गर्थे, यसवर्ष पदमार्ग बनेको छ, अब पर्यटकहरुले जोखिम मोलेर यात्रा गर्न पर्ने छैन', अदैले भने । उनका अनुसार तीन स्थानमा काठेपुल, तीन स्थानमा विश्रामस्थलसमेत निर्माण गरिएको छ । गत जेठ पहिलो सातादेखि नै पर्यटकहरु बुकीपाटन पुग्न थालेका छन् । समुन्द्र सतहदेखि करिब चार हजार पाँच सय मिटरको उचाइसम्म रहेको बुकीपाटनसँगै टीकाधार, फागुने, गर्पाछेडालगायतका स्थानमा पनि पर्यटकको चपहपहल बढेको ढोरपाटनका तिलबहादुर पुनले बताए । रासस
दिल्लीमा ६० लाखभन्दा बढी पुराना सवारी साधनहरूमा इन्धन प्रतिबन्ध
काठमाडौं । मंगलबार (जुलाई १) देखि भारतीय राजधानीमा लागू गरिएको कडा वायु प्रदूषण विरोधी अभियानको बीचमा दिल्लीभरका पेट्रोल र डिजेल स्टेशनहरूमा सामान ढुवानी गर्ने, निजी कार र दुई पाङ्ग्रे सवारी साधनहरू सहित अनुमानित ६१ लाख १४ हजार ७ सय २८ सवारी साधनहरूलाई इन्धन निषेध गरिने स्थानीय यातायात विभागका एक अधिकारीले बताए । दिल्ली विश्वभरका सबैभन्दा प्रदूषित राजधानी शहरहरूमध्ये एक थियो । विशेष गरी जाडो महिनाहरूमा वायु प्रदूषण वायु गुणस्तर सूचकांकको हिसावले १ हजारको खतरनाक स्तरमा पुगेको थियो । पेट्रोल र डिजेलमा सञ्चालित पुराना सवारी साधनहरूलाई प्रायः यहाँ वायु प्रदूषणको प्रमुख योगदानकर्ता मानिन्छ । इन्धन प्रतिबन्ध अन्तर्गत १५ वर्षभन्दा पुराना पेट्रोल सवारी साधनहरू र १० वर्षभन्दा पुराना डिजेल सवारी साधनहरूलाई इन्धन भर्नबाट रोकिनेछ र प्रवर्तन एजेन्सीहरूले तुरुन्तै जफत गर्नेछन् । यी मध्ये ४० लाखभन्दा बढी सवारी साधनहरू दुई पाङ्ग्रे सवारी साधनहरू भएको भनिएको थियो । पुरानो सवारी साधनहरू वा विशेष अनुमतिपत्र भएका र कम्प्रेस्ड प्राकृतिक ग्यासमा सञ्चालित सवारी साधनहरूलाई इन्धन प्रतिबन्धबाट छुट दिइनेछ । दिल्लीभरि लगभग ५०० इन्धन स्टेशनहरूमा स्थापित स्वचालित नम्बर प्लेट पहिचान क्यामेराहरूद्वारा पहिचान गरिनेछ । चरणवद्ध योजनाको एक भागको रूपमा यस वर्ष नोभेम्बरदेखि गुरुग्राम, फरीदाबाद, गाजियाबाद, गौतम बुद्ध नगर र सोनीपत लगायत दिल्लीका पाँच उच्च सवारी घनत्व भएका जिल्लाहरूमा यस्तै प्रतिवन्ध लागू गरिनेछ । आदेशअनुसार राष्ट्रिय राजधानी क्षेत्रका बाँकी भागहरू अर्को वर्ष अप्रिलदेखि इन्धन प्रतिवन्ध अन्तर्गत पर्नेछन् ।