विकासन्युज

जापानमा ६.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । पश्चिमी जापानको शिमाने प्रान्तमा मङ्गलबार ६.४ म्याग्निच्युडको भूकम्प आउदा धेरै जना घाइते भएको स्थानीय मिडियाले जनाएको छ । भूकम्प स्थानीय समय अनुसार बिहान १०ः१८ मा पूर्वी शिमाने प्रान्तमा करिब १० किलोमिटरको गहिराइमा आएको उल्लेख गर्दै, मौसम विज्ञान विभागले भूकम्पले जापानको शिमाने र टोटोरी प्रान्तहरू सबैभन्दा बढी प्रभावित  भएको जनाएको छ ।    विभागका खनुसार भूकम्पको केन्द्र ३५.३ डिग्री उत्तरी अक्षांश र १३३.२ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । जेएमएका अनुसार ५.१ र ५.४ म्याग्निच्युड मापन गरिएका दुईवटा पराकम्पले समान क्षेत्रलाई स्थानीय समय अनुसार क्रमशः १०ः२८  र १०ः३७ मा प्रहार गरेको थियो । भूकम्पकोमा  घाइते भएका कारण सिमाने प्रान्तको माट्सु सिटीका चार जनालाई अस्पताल लगिएको थियो । भूकम्पले सहरका धेरै घरहरूको छतमा क्षति पुगेको सार्वजनिक प्रसारणकर्ता एन। एच। के। ले जनाएको छ । छिमेकी टोट्टोरी प्रान्तको सकाइमिनाटो सहरमा स्थानीय प्रहरीले सडकमा दरार परेको खबर प्राप्त गरेको जनाएको छ । भूकम्पको केन्द्रबिन्दुबाट दक्षिणमा रहेको हिरोसिमा प्रान्तको फुकुयामा सहरमा भूकम्पका कारण दुई जना घाइते भएको रिपोर्टमा उल्लेख छ । भूकम्प परिमाण ६.२ म्याग्निच्युड रहेको उल्लेख गर्दै  जेएमएले पश्चिमी टोटोरी प्रान्तमो लामो अवधिको भू–गति अवलोकन गरिएको बताएको छ । लामो अवधिको भू–गतिले ठूला भूकम्पहरूबाट तीव्र, ढिलो र निरन्तर भूकम्पीय छालहरूलाई जनाउँछ, जसले उच्च–वृद्धि भवनहरूलाई हल्लाइ माथिल्लो तलामा रहेका मानिसहरूलाई असर गर्न सक्छ । रासस  

एप्पल ब्रान्ड बेच्ने जेनरेसन नेक्स्टको आम्दानी ५३.७१ प्रतिशत बढ्यो, एक वर्षमै साढे ६ अर्ब रुपैयाँ

काठमाडौं । नेपालमा एप्पल ब्रान्डको एकमात्र आधिकारिक वितरक जेनरेसन नेक्स्ट कम्युनिकेसनले एक वर्षमा साढे ६ अर्ब रुपैयाँ बराबर आम्दानी गरेको छ । जेनरेसन नेक्स्ट कम्युनिकेसनले सन् २०२५ मा ६ अर्ब ५९ करोड ६० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको जनाएको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा ५३.७१ प्रतिशत अर्थात् २ अर्ब ३० करोड ५० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले ४ अर्ब २९ करोड १० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो ।  कम्पनीको आम्दानीलाई आधार मान्ने हो भने नेपाली उपभोक्तामा एप्पल ब्राण्डका सामाग्रीमा आकर्षण बढेको प्रस्ट देखिन्छ । सन् २०१० अगस्टमा स्थापना भएको जेनरेसन नेक्स्ट कम्युनिकेसन नेपालमा एप्पल ब्रान्डको एक मात्रै आधिकारिक वितरक हो भने डेल ब्रान्डका उत्पादनहरूको तीन वटा आधिकारिक वितरकमध्ये एक हो । कम्पनीको आम्दानीमा एप्पल ब्रान्डको हिस्सा बढी रहेको जनाएको छ । अघिल्लो वर्ष ५० प्रतिशत रहेको एप्पलबाट हुने आम्दानी सन् २०२५ मा ९७ प्रतिशत पुगेको कम्पनीले दाबी गरेको छ ।  अन्तर्राष्ट्रियस्तरका प्रविधि कम्पनीहरूको आधिकारिक प्रतिनिधित्व गर्दै कम्पनीले नेपाली बजारमा गुणस्तरीय उत्पादन तथा भरपर्दो सेवा प्रदान गर्दै आएको जनाएको छ । कम्पनीले आफ्नै स्वामित्वमा रहेका दुइवटा कार्यालय तथा ग्राहक सेवा केन्द्रहरूमार्फत ग्राहकहरूलाई सामग्रीहरू बिक्री वितरण गर्दै आएको छ । नेपालका प्रमुख शहरहरूमा कम्पनीको बलियो बजार उपस्थिति रहेको छ । कम्पनीले सन् २०२० मा ९४ करोड ६० लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब ९५ करोड ३० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ५७ करोड १० लाख रुपैयाँ, सन् २०२३ मा २ अर्ब २१ करोड ८० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो ।  जेनरेसन नेक्स्ट कम्युनिकेसनका प्रमुख सेयरधनी पवन कुमार भीमसरिया हुन् । उनको कम्पनीमा सतप्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीले एक दशक भन्दा बढी समयदेखि  विभिन्न इलेक्ट्रोनिक्स सामग्रीको व्यापार गर्दै आएको छ । जेनरेसन नेक्स्ट कम्युनिकेसन भीमसरिया समूह अन्तर्गतको कम्पनी हो, जसले नेपालमा व्यापार, उत्पादन, घरजग्गा तथा अन्य विविध क्षेत्रमार्फत बलियो उपस्थिति जनाएको छ ।  कम्पनीको नेतृत्व प्रबन्ध निर्देशक पवनकुमार भीमसरियाले गर्दै आएका छन् । उनीसँग बैंकिङ, व्यापार तथा उत्पादन क्षेत्रमा चार दशकभन्दा बढीको अनुभव रहेको छ । उनको रणनीतिक निर्णय र जोखिम व्यवस्थापनले दीर्घकालीन वृद्धि हासिल गर्दै आएको छ । साथै, कम्पनीको सञ्चालक समिति तथा व्यवस्थापन तहमा अनुभवी व्यक्तिहरू छन् । जसले प्रतिस्पर्धात्मक बजारमा आफ्नो व्यवसायलाई निरन्तर रूपमा अगाडि बढाइरहेको छ । कम्पनीको आम्दानीमा उछाल आए पनि ब्याज, कर लगायतपछिको मार्जिन भने सामान्य सुधार भएको छ । सन् २०२४ मा ५.०५ प्रतिशत रहेको मार्जिन सन् २०२५ मा ५.५२ प्रतिशत रहेको छ । करपछिको नाफा मार्जिन पनि सुधार भई ३.२३ प्रतिशत पुगेको कम्पनीले जनाएको छ । कम्पनीको कुल नगद सञ्चितिमा पनि उल्लेखनीय वृद्धि भएको छ । सन् २०२४ मा ११ करोड रुपैयाँ रहेको नगद सञ्चिति सन् २०२५ मा २२ करोड २० लाख रुपैयाँ पुगेको छ । हाल कम्पनीसँग डेल उत्पादनका लागि १५० भन्दा बढी डिलरहरू रहेका छन् भने एप्पल उत्पादनका लागि ५० भन्दा बढी आधिकारिक पुनः बिक्रेताहरू रहेका छन् । यस्तो व्यापक वितरण सञ्जालले कम्पनीका उत्पादनहरूलाई देशभर सहज रूपमा उपलब्ध गराउन सहयोग पुर्याएको छ । बिक्रीपछिको सेवाको गुणस्तर सुनिश्चित गर्न जेनरेसन नेक्स्ट कम्युनिकेसनले काठमाडौं उपत्यकाभित्र दुइवटा आधिकारिक एप्पल सेवा केन्द्र स्थापना गरेको छ । यी सेवा केन्द्रहरूमार्फत कम्पनीले उपभोक्तालाई समयमै, भरपर्दो र गुणस्तरीय बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ, जसले कम्पनीप्रति ग्राहकको विश्वास अझ सुदृढ बनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ३७ करोड ९० लाख रुपैयाँ ऋण लिएको छ । जसमा १ करोड ९० लाख रुपैयाँ दीर्घकालीन र २ अर्ब ३६ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीले जनाएको छ । 

राष्ट्रिय सभा चुनावमा चार दलको तालमेल पक्का, सिट बाँडफाँड अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा तीन ठूला राजनीतिक दलबीच तालमेल हुने निश्चित भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी नेपालबीच चुनावी तालमेल गर्ने सहमति भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिएका छन् । लेखकले दिएको जानकारीअनुसार राष्ट्रिय सभाका रिक्त हुन लागेका सिटहरूमा साझा उम्मेदवार तय गरी प्रतिस्पर्धामा जाने विषयमा चारै दलबीच प्रारम्भिक सहमति बनेको हो ।  यससम्बन्धी छलफल सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षबीच निरन्तर रूपमा भइरहेको र सिट बाँडफाँड तथा उम्मेदवार छनोटको विषयलाई अन्तिम रूप दिने काम जारी रहेको उनले बताए । उनले राष्ट्रिय सभालाई स्थायित्व र सहकार्यको मञ्चका रूपमा विकास गर्न ठूला दलबीच समझदारी आवश्यक रहेको उल्लेख गर्दै वर्तमान राजनीतिक परिस्थितिमा सहमति र सहकार्यको विकल्प नभएको बताए । राष्ट्रिय सभा निर्वाचनलाई सहमतिमै टुंग्याउने दिशामा दलहरू अघि बढेका छन् लेखकले भने । राष्ट्रिय सभाको आगामी निर्वाचनमा १८ सिटका लागि चुनाव हुँदैछ । माघ ११ गते हुने निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले मतदान गर्ने व्यवस्था छ । दलहरूबीच तालमेल भएमा अधिकांश सिटमा निर्विरोध वा साझा उम्मेदवारमार्फत परिणाम सुनिश्चित हुने सम्भावना देखिएको छ ।  पार्टीहरूबीच सिट बाँडफाँड करिब टुङ्गिएको जानकारी लेखकले दिए । राष्ट्रिय सभाको आगामी चुनावमा काँग्रेस एमालेले ७/७ स्थान, नेकपाले ३ र जसपाले १ स्थान लिनेगरी सहमतिको खाका तयार भएको लेखकले जानकारी दिए ।

कांग्रेस केन्द्रीय कार्यालय बाहिर प्रदर्शन हुँदा वैकल्पिक गेटबाट प्रवेश गर्दै नेताहरू

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपा बाहिर प्रदर्शनरत कार्यकर्ताले नेताहरूलाई मुख्य गेटबाट प्रवेश गर्न अवरोध गरेका छन् ।  विशेष महाधिवेशनको माग गर्दै पार्टी कार्यालय बाहिर प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरूले नेताहरूलाई बैठक कक्षमा प्रवेश गर्न नदिने गरी कार्यालय घेराउ गरेका हुन् ।  उनीहरूले पार्टीलाई बन्दी बनाउन नहुने भन्दै नाराबाजी गरेर कार्यालय घेरेपछि नेताहरूलाई वैकल्पिक ढोकाबाट भित्र प्रवेश गराइएको छ । प्रदर्शनका क्रममा केही नेता र कार्यकर्ताबीच भनाभनसमेत भएको छ । अवस्थालाई ध्यानमा राख्दै केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुने नेताहरू वैकल्पिक गेट प्रयोग गरी कार्यालय प्रवेश गरिरहेको एक नेताले जानकारी दिए । मंगलबार (आज) बिहान ११ बजे बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो १ बजे तय गरिए पनि अवरोध र तनावपूर्ण अवस्थाका कारण अहिलेसम्म सुरू हुन सकेको छैन ।

सानिमा रिलायन्स लाइफद्वारा दृष्टिविहीन विद्यार्थीलाई ब्रेल सामग्री सहयोग

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काभ्रेको धुलिखेलस्थित श्री सञ्जीवनी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टि सम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरूलाई ब्रेल शैक्षिक सामग्री वितरण गरेको छ । उक्त सामग्री सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक बलराम खत्री र एरिया म्यानेजर सनी खाछें श्रेष्ठको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरिएको हो । हाल उक्त विद्यालयमा २८ जना दृष्टिविहीन विद्यार्थी अध्ययनरत छन् । ब्रेल शैक्षिक सामग्रीले नेत्रहीन विद्यार्थीलाई स्वतन्त्र रूपमा पढ्न र सिक्न सहयोग गर्ने तथा समान शैक्षिक अवसर सुनिश्चित गर्दै समावेशी शिक्षालाई प्रवर्द्धन गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ । यसले विद्यार्थीलाई भविष्यमा उच्च शिक्षा र रोजगारीका अवसरतर्फ अघि बढ्न सहयोग पुर्‍याउने कम्पनीको भनाइ छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात् गर्ने जनाएको छ । नाफामुखी व्यवसायसँगै सामाजिक हितलाई समान रूपमा अघि बढाउने प्रतिबद्धता कम्पनीले दोहोर्‍याएको छ । हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ । साथै, २० हजारभन्दा बढी अभिकर्ता कम्पनीमा कार्यरत रहेका छन् ।

१४८ कम्पनीका सेयर मूल्य बढ्यो, ७ अर्बको कारोबार

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले बढेर २६४९ बिन्दुमा पुगेको हो ।  नेप्सेका अनुसार १४८ कम्पनीको सेयर मूल्य बढ्दा १०३ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  मंगलबार ३३४ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एसवाई प्यानल नेपालको २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै बुटवल पावरको २३ करोड ६७ लाख, शिवम् सिमेन्टको २३ करोड, बन्दिपुर केबलकारको २१ करोड र मन्जुश्री फाइनान्सको १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज जीवन विकास लघुवित्तको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।      होटल तथा पर्यटन र उत्पादन र प्रशोधन समूहबाहेक सबै समूहको उपसूचक बढेको छ । वित्त समूहको उपसूचक सबैभन्दा धेरै २.८७ प्रतिशतले बढेको छ ।  

उन्नत समाजवादका लागि सर्वहारा दृष्टिकोण आवश्यकः राम कार्की

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता राम कार्कीले उन्नत समाजवाद निर्माणका लागि सर्वहारा दृष्टिकोण आवश्यक रहेको बताएका छन् । मंगलबार (आज) प्रलोपाको काठमाडौं जिल्ला एकता भेला तथा बैठकलाई सम्बोधन गर्दै नेता कार्कीले प्रशिक्षणात्मक मन्तव्यमा जनतासँग प्रत्यक्ष जोडिएको, वर्गीय दृष्टिकोणमा आधारित राजनीति आजको प्रमुख आवश्यकता भएको उल्लेख गरे ।  उनले पार्टीले श्रमिक, किसान र उत्पीडित वर्गका समस्या र सङ्घर्षलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए । नेता कार्कीले नेपालमा रातो झन्डाका नाममा विचार र मूल्यको दुरुपयोग भएको टिप्पणी गर्दै पार्टी पङ्क्तिलाई त्यसप्रति सचेत र जिम्मेवार बन्न आग्रह गरे । ‘रातो झन्डा केवल प्रतीक होइन, यो श्रमिक, किसान र उत्पीडित वर्गको सङ्घर्षको चिह्न हो,झ् उनले भने, ‘यसको मर्म बिर्सेर गरिने राजनीति समाज रूपान्तरणको बाटो होइन ।’ भेलामा पार्टीको सङ्गठन सुदृढीकरण, वैचारिक एकता र आगामी राजनीतिक कार्यदिशाबारे समेत छलफल गरिएको थियो ।