अमेरिकाको सबैभन्दा ठूलो जलाशय लेक मिडमा पानीको हाहाकार
काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो जलाशय लेक मिडको जलस्तर हालसम्मकै न्यून बिन्दुमा पुगेको छ । अमेरिकी ब्युरो अफ रिक्लेमेसनले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार लामो समयदेखिको खडेरीका कारण यस जलाशयको सतह सन् १९३७ मा पहिलोपटक भरिएयताकै सबैभन्दा तल्लो स्तरमा झरेको हो । ब्युरोको अभिलेखअनुसार हाल यस तालको पानीको सतह १ हजार ४० दशमलव ४० फिट (करिब ३१७ मिटर) कायम भएको छ । यसअघि सन् २०२२ को जुलाईमा जलस्तर १ हजार ४० दशमलव ५८ फिट (३१७ दशमलव १७ मिटर) रेकर्ड गरिएको थियो, जसलाई त्यसबेलासम्मकै सबैभन्दा न्यून स्तर मानिएको थियो । कोलोराडो नदी अमेरिकाका सातवटा राज्य हुँदै बग्छ र यसले करिब ४ करोड मानिसलाई पानी आपूर्ति गर्दै आएको छ । ब्युरोको तथ्याङ्कअनुसार अगस्टको सुरुवातसम्म आइपुग्दा लेक मिडको जल भण्डारण क्षमता घटेर केवल २७ प्रतिशतमा सीमित हुन पुगेको छ । नेभाडा र एरिजोना राज्यको सिमानामा कोलोराडो नदीमाथि निर्मित हुभर बाँधबाट लेक मिड जलाशय बनेको हो । यो जलाशय र बाँध नेभाडाको लास भेगासबाट करिब ४८ किलोमिटर दक्षिण–पूर्वमा अवस्थित छ ।
एलआईसी नेपालको नाफा २८.४५ प्रतिशत बढ्यो, जीवन बीमा कोष डेढ खर्ब पुग्यो
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी नेपाल) को गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा २८.४५ प्रतिशत बढेर ४० करोड ५७ लाख ७७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ३१ करोड ५८ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन ६.६५ प्रतिशत बढेर २१ अर्ब १४ करोड ५४ लाख १९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले १९ अर्ब ८२ करोड ६८ लाख ८५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्ष कम्पनीले ३३ अर्ब ४६ करोड ४६ करोड ९९ लाख १० हजार रुपैयाँ कुल आम्दानी गरेर ३० अर्ब ६८ करोड ७५ लाख ६५ हजार रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले ३२ अर्ब ३३ करोड १२ लाख ३९ हजार रुपैयाँ कुल आम्दानी गरेर २९ अर्ब ५५ करोड ५८ लाख ९४ हजार रुपैयाँ कुल खर्च गरेको थियो । ५ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा ७७ करोड ३५ लाख ५४ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष १ खर्ब ३२ अर्ब ९२ करोड रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोष गत वर्ष बढेर १ खर्ब ४६ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७.३८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७७.८७ रुपैयाँ रहेको छ ।
सानिमा रिलायन्स लाइफको ३८.३८ करोड, यस्ता छन् अन्य सूचक
काठमाडौं । सानिमा रिलायन्स लाइफको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १.६९ प्रतिशत बढेर ३८ करोड ३८ लाख ६५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ३७ करोड ७४ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन १६.१७ प्रतिशत बढेर ७ अर्ब ८५ करोड ४० लाख ६८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ६ अर्ब ७६ करोड ६ लाख ४४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्ष कम्पनीले ७ अर्ब २१ करोड ७४ लाख ९४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष कम्पनीले ६ अर्ब ५४ करोड २७ लाख ७३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत वर्ष कम्पनीले ९ अर्ब ६० करोड ३१ लाख ७२ हजार रुपैयाँ कुल आम्दानी गरेर ९ अर्ब २२ करोड २८ लाख ८८ हजार रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले ८ अर्ब ६९ करोड १६ लाख ५२ हजार रुपैयाँ कुल आम्दानी गरेर ८ अर्ब ३१ करोड ८४ लाख ९० हजार रुपैयाँ कुल खर्च गरेको थियो । ५ अर्ब १ करोड ४९ लाख २४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा १८ करोड ५९ लाख २५ हजार रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोष २५ अर्ब ५५ करोड ५९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७.६५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११२.६२ रुपैयाँ रहेको छ ।
नेपाल लाइफको नाफा साढे ४६ करोड, जीवन बीमा कोष २.७३ खर्ब नाघ्यो
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १५.०२ प्रतिशत घटेर ४६ करोड ५४ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ५४ करोड ७६ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन १२.१४ प्रतिशत बढेर ५३ अर्ब ४५ करोड ३९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ४७ अर्ब ६६ करोड ७० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्ष कम्पनीको खुद दाबी भुक्तानी ६२ अर्ब ८४ करोड २७ लाख ३८ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ५७ अर्ब ३७ करोड ९० लाख ३६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत वर्ष कम्पनीले ७४ अर्ब ३३ करोड ६५ लाख ४ हजार रुपैयाँ कुल आम्दानी गरेर ७० अर्ब ७६ करोड ६३ लाख ६९ हजार रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले ६८ अर्ब ३० करोड ८४ लाख ५८ हजार रुपैयाँ कुल आम्दानी गरेर ६४ करोड २६ लाख ३३ हजार ५३ करोड रुपैयाँ कुल खर्च गरेको थियो । ९ अर्ब ४८ करोड २ लाख १ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ५४ करोड ३६ लाख रुपैयाँ, जगेडा कोषमा ७९ करोड ९० लाख रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोष २ खर्ब ७३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४.९१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२६.०७ रुपैयाँ रहेको छ ।
सर्वोत्तम सिमेन्टको नाफा १.१० अर्ब, प्रतिसेयर नेटवर्थ १९९.८२ रुपैयाँ
काठमाडौं । सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब १० करोड ७४ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले १ अर्ब २ करोड ८२ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा ७.७० प्रतिशत बढेको हो । अघिल्लो वर्ष ९ अर्ब ५३ करोड ७३ लाख ३३ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले गत वर्ष १० अर्ब २५ करोड ८५ लाख २७ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । गत वर्ष कम्पनीको कस्ट अफ सेल्स ७ अर्ब ९३ करोड ५१ लाख ३६ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको कस्ट अफ सेल्स ७ अर्ब ५२ करोड ७७ लाख ५२ हजार रुपैयाँ थियो । अघिल्लो वर्ष २ अर्ब ९५ लाख ८१ हजार रुपैयाँ रहेको कुल नाफा गत वर्ष बढेर २ अर्ब ३२ करोड ३३ लाख ९० हजार रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको अन्य आम्दानी गत वर्ष १७ करोड ६९ लाख ५० हजार रुपैयाँ छ । अघिल्लो वर्ष कम्पनीको अन्य आम्दानी १३ करोड ७६ लाख ७ हजार रुपैयाँ थियो । गत वर्ष कम्पनीले २५ करोड ७४ लाख ४२ हजार रुपैयाँ प्रशासनिक खर्च, ६५ करोड ६५ लाख ४७ हजार रुपैयाँ विक्री वितरण खर्च र १ अर्ब १५ करोड ६३ लाख ९५ हजार रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले २२ करोड ४२ लाख २७ हजार रुपैयाँ प्रशासनिक खर्च, ३३ करोड ९६ लाख ४५ हजार रुपैयाँ विक्री वितरण खर्च र ८६ करोड १ लाख ६६ हजार रुपैयाँ कुल खर्च गरेको थियो । ५ अर्ब २२ करोड ४२ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटी ४ अर्ब ८७ करोड ७७ लाख ६४ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २१.२० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९९.८२ रुपैयाँ रहेको छ ।
शिवम् सिमेन्टको नाफा साढे ७८ करोड, ईपीएस १४ रुपैयाँ
काठमाडौं । शिवम् सिमेन्टले गत आर्थिक वर्ष २०८२/८३ मा ७८ करोड ४४ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ७९ करोड ८१ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष कम्पनीको आम्दानी घटेका कारण नाफा पनि घटेको देखिन्छ । अघिल्लो वर्ष ७ अर्ब ७६ करोड ६५ लाख ७६ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले गत वर्ष ६ अर्ब ९२ करोड २६ लाख ५७ हजार रुपैयाँ मात्रै सञ्चालन आम्दानी गरेको थियो । गत वर्ष कम्पनीको कस्ट अफ सेल्स ५ अर्ब ३२ करोड ५१ लाख ४६ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको कस्ट अफ सेल्स ६ अर्ब ३ करोड ९८ लाख ३२ हजार रुपैयाँ थियो । अघिल्लो वर्ष १ अर्ब ७२ करोड ६७ लाख ४४ हजार रुपैयाँ रहेको कुल नाफा गत वर्ष घटेर १ अर्ब ५९ करोड ७५ लाख ११ हजार रुपैयाँमा झरेको छ । यस्तै, कम्पनीको अन्य आम्दानी गत वर्ष १३ करोड ३२ लाख १३ हजार रुपैयाँ छ । अघिल्लो वर्ष कम्पनीको अन्य आम्दानी १३ करोड ७४ लाख ५६ हजार रुपैयाँ थियो । गत वर्ष कम्पनीले २६ करोड ६० लाख ८९ हजार रुपैयाँ प्रशासनिक खर्च, ५३ करोड ११ लाख १५ हजार रुपैयाँ विक्री वितरण खर्च र ८० करोड ८१ लाख रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले २६ करोड ७१ लाख ९ हजार रुपैयाँ प्रशासनिक खर्च, ६५ करोड ५३ लाख ५४ हजार रुपैयाँ विक्री वितरण खर्च र ९३ करोड १६ लाख ४० हजार रुपैयाँ कुल खर्च गरेको थियो । ५ अर्ब ५९ करोड ३२ लाख २८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटी ४ अर्ब ९६ करोड ४३ लाख ३७ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १४.०३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८८.७६ रुपैयाँ रहेको छ ।
एनएमबि लघुवित्तको नाफा ८९८ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा १०.३१ करोड
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८२/८३ मा १४ करोड ७४ लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा लघुवित्तले १ करोड ४७ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष लघुवित्तको नाफा ८९८.४४ प्रतिशत बढेको हो । अघिल्लो वर्ष ४३ करोड ९० लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तले गत वर्ष ६४ करोड ३४ लाख ८८ हजार रुपैयाँ गरेको छ । गत वर्ष लघुवित्तले ८ करोड १२ लाख ८६ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, ७२ करोड ४७ लाख ७४ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र १९ करोड १७ लाख ५६ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत वर्ष लघुवित्तको वितरणयोग्य नाफा १० करोड ३१ लाख १९ हजार रुपैयाँ रहेको छ । ७२ करोड १४ लाख १९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा २५ करोड ५ लाख ९३ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष २.०५ रुपैयाँ रहेको लघुवित्तको प्रतिसेयर आम्दानी गत वर्ष बढेर २०.४३ रुपैयाँ पुगेको छ । गत वर्ष लघुवत्तले २ अर्ब १० करोड ७ लाख ३० हजार रुपैयाँ निक्षेप तथा ६ अर्ब ९ करोड २६ लाख रुपैयाँ सापटी लिई ८ अर्ब ६३ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष १४.५१ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटाएर १३.१० प्रतिशतमा झारेको लघुवित्तले जनाएको छ ।
पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले ललितपुरस्थित निवास छेउबाट पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरी उनलाई नियन्त्रणमा लिएको हो । उनलाई परिसरको हिरासतमा राखि अनुसन्धान अघि बढाइएको छ । उनी जनआस्था डकमका प्रधान सम्पादक पनि हुन् । श्रेष्ठमाथि वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको अभियोग छ । प्रहरीका अनुसार दिपिका सिंहले जनआस्थाको सामाजिक सञ्जाल पेजमा आफ्नो तस्बिर प्रयोग गरी भ्रामक विषयवस्तु फैलाएको भन्दै उजुरी दिएपछि यो कारबाही अगाडि बढाइएको हो । यसैबीच, प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीले पनि पत्रकार श्रेष्ठविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गराएकी छन्। जनआस्थाको सामाजिक सञ्जाल पेजबाट सुध्रिनुस् म्याडम, अझै समय छ भन्ने आपत्तिजनक थम्बनेल र तस्बिर प्रयोग गरी भ्रामक सामग्री सम्प्रेषण गरिएको भन्दै उनले काउन्सिलमा छानबिनको माग गरेकी हुन् । उक्त सामग्रीले आफ्नो पद, प्रतिष्ठा, चरित्र र सामाजिक मर्यादामा गम्भीर क्षति पुर्याएको उल्लेख गर्दै उपसभामुखले पत्रकारिता आचारसंहिता र प्रचलित कानुन बमोजिम कडा कारबाहीको माग गरेकी छन् ।