४१ लाख रुपैयाँसम्म घट्यो ईभीको मूल्य, कुनको कति ?

काठमाडौं । सरकारले बजेटमा विद्युतीय गाडीमा लाग्दै आएको भन्सार महशुल तथा अन्त:शुल्कको दरमा परिवर्तन गरेसँगै बजारमा त्यसको प्रभाव देखिन थालेको छ । सरकारले बजेटमा ५० देखि एक सय किलोवाट क्षमताका गाडीको भन्सार तथा अन्त:शुल्क बढाएर १ सय किलोवाट क्षमताभन्दा माथिका गाडीको भन्सार तथा अन्त:शुल्क महशुल घटाएको थियो । १ सय किलोवाट माथिका गाडीको भन्सार तथा अन्त:शुल्क महशुल कम भएपछि व्यवसायीहरुले गाडीको मूल्य घटाउन थालेका छन् । गाडी बिक्रेता कम्पनीहरुले सरकारको घोषणा अनुसार १ सय किलोवाटदेखि २ सय किलोवाट क्षमताका गाडीको मूल्य ९ लाख रुपैयाँदेखि ४१ लाख रुपैयाँसम्म घटाएका छन् । ४१ लाख घट्यो टेस्ला गाडीको मूल्य बजेट मार्फत् सवारी साधनमा लाग्ने कर परिवर्तन भएपछि टेस्ला कम्पनीको गाडीको मूल्य ४१ लाख रुपैयाँले घटेको छ । टेस्ला गाडीको नेपालका लागि अधिकारीक बिक्रेता कम्पनी अरेटी इन्टरनेशनलले मोडल थ्री र मोडल वाईको मूल्य समायोजन गरेको हो । टेस्लाको मोडल वाई गाडीको मूल्य ४१ लाख रुपैयाँले घटेको छ । बजेटअघि यो गाडीको मूल्य २ करोड ४० लाख रुपैयाँ रहेकोमा बजेटपछि १ करोड ९९ लाख कायम भएको छ । यस्तै, कम्पनीले मोडल थ्री गाडीमा २० लाख रुपैयाँ मूल्य घटाएको छ । टेस्ला मोडल थ्रीमा पीकपावर १९८ किलोवाट क्षमताको मोटर रहेको छ । बजेटमा १ सय किलोवाट क्षमताभन्दा माथिका गाडीको भन्सार र अन्तशुल्क घटेसँगै कम्पनीले बिक्री मूल्य घटाएको हो । यसअघि १ करोड ५० लाख मूल्यमा बिक्री हुँदै आएको मोडल थ्री कम्पनीले २० लाख रुपैयाँ घटाएर एक करोड ३० लाख रुपैयाँ बिक्री मूल्य तोकेको हो । कम्पनीले उक्त मोडलको गाडी किन्ने ग्राहकलाई ५ लाख नगद छुट दिने समेत जनाएको छ । १४ लाखले घट्यो हुन्डाई आयोनिकको मूल्य बजेट सार्वजनिक पश्चात् हुन्डाई गाडीको मूल्य १४ लाख रुपैयाँले घटेको छ । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले १२५ किलोवाट क्षमता भएको हुन्डाई आयोनिक ५ को मूल्य घटाएको हो । यसअघि १ करोड १६ लाख ९६ हजार रुपैयाँमा बिक्री हुँदै आएको हुन्डाई आयोनिक ५ को मूल्य १४ लाख रुपैयाँले घटेर एक करोड २ लाख ९६ हजार तोकिएको कम्पनीले जनाएको छ । यस्तै, हुन्डाईले १०० र १५० किलोवाट क्षमता रहेको कोनाको मूल्य समेत घटाएको छ । यसअघि ७६ लाख ९६ हजार रुपैयाँ रहेको १०० किलोवाट क्षमताको गाडीको मूल्य ५६ लाख ९६ हजार र ९४ लाख ९६ हजार रहेको १५० किलोवाट क्षमताको गाडीको मूल्य ७१ लाख ९६ हजार रुपैयाँ तोकेको छ । १ सय किलोवाट क्षमता रहेको आयोनिक यसअघि ७६ लाख ९६ हजार रुपैयाँमा बिक्री गर्दै आएको कम्पनीले ५७ लाख ९५ हजार बनाएको छ । ९ लाखले घट्यो बिवाईडीकोे मूल्य बजेट सार्वजनिक भएपश्चात् बिवाईडी गाडीको बिक्री गर्दै आएको कम्पनीले ९ लाख रुपैयाँले मूल्य घटाएको छ । नेपालमा बिवाईडी गाडीको आधिकारीक वितरक साइमेक्स इंकले बिक्री गर्दै आएको २ मोडलका गाडीको मूल्य घटाएको हो । कम्पनीको बिवाईडी अट्टो ३ (१०० किलोवाट) को मूल्य आठ लाख ९१ हजार रुपैयाँ र बिवाईडी अट्टो ३ (१५० किलोवाट) को मूल्य ८ लाख रुपैयाँले घटेको हो । नेपालमा बिवाईडी गाडीको आधिकारीक वितरक साइमेक्स इंकले बिवाईडीको दुई विद्युतीय गाडीको मूल्य घटाएको जानकारी दिएको हो । आर्थिक वर्ष २०८०/८१ को बजेट अनुसार करको नीतिमा भएको परिवर्तनले गर्दा मूल्यमा संशोधन गरेको कम्पनीले जनाएको छ । योसँगै बिवाईडी अट्टो ३ (१०० किलोवाट) को मूल्य घटेर ५५.९९ लाख रुपैयाँ कायम भएको छ । यसअघि यस गाडीकाे मूल्य ६४.९ लाख रुपैयाँ रहेको थियो । यस्तै, बिवाईडी अट्टो ३ (१५० किलोवाट) को मूल्य घटेर ८१.९९ लाख रुपैयाँ कायम भएको छ ।  यसअघि यस गाडीकाे मूल्य ८९.९९ रुपैयाँ रहेको थियो । संशोधित मूल्य निधारणले सरकारको नयाँ नियमहरुको पालना गर्दै आफ्ना ग्राहकहरुलाई प्रतिस्पर्धी वा छनोटको प्रस्तावहरु उपलब्ध गराउन आशा गरेको कम्पनीले जनाएको छ ।

प्रभु बैंकले लक्ष्मी इन्टरकन्टिनेन्टलको विद्युतीय गाडी किन्न सस्तोमा कर्जा दिने 

काठमाडाैं । प्रभु बैंक र लक्ष्मी कन्टिनेन्टलबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनु प्रसाद पाण्डे र लक्ष्मी कन्टिनेन्टलका तर्फबाट महाप्रबन्धक इन्द्र सापकोटाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार लक्ष्मी कन्टिनेन्टलबाट आयात गरिएको इलेक्ट्रिक भेहिकल ग्राहकहरुले खरिद गर्दा बैंकले छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा प्रदान गर्नेछ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले जनाएका छ । हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।

९ लाख रुपैयाँले घट्यो विद्युतीय गाडी बिवाईडीको मूल्य

काठमाडौं । नेपालमा विद्युतीय गाडी बिवाईडीको मूल्य करिब ९ लाख रुपैयाँले घटेको छ । कम्पनीको बिवाईडी अट्टो ३ (१०० किलोवाट) को मूल्य आठ लाख ९१ हजार रुपैयाँ र बिवाईडी अट्टो ३ (१५० किलोवाट) को मूल्य ८ लाख रुपैयाँले घटेको हो । नेपालमा बिवाईडी गाडीको आधिकारीक वितरक साइमेक्स इंकले बिवाईडीको दुई विद्युतीय गाडीको मूल्य घटाएको जानकारी दिएको हो । आर्थिक वर्ष २०८०/८१ को बजेट अनुसार करको नीतिमा भएको परिवर्तनले गर्दा मूल्यमा संशोधन गरेको कम्पनीले जनाएको छ । योसँगै बिवाईडी अट्टो ३ (१०० किलोवाट) को मूल्य घटेर ५५.९९ लाख रुपैयाँ कायम भएको छ । यसअघि यस गाडीकाे मूल्य ६४.९ लाख रुपैयाँ रहेको थियो । यस्तै, बिवाईडी अट्टो ३ (१५० किलोवाट) को मूल्य घटेर ८१.९९ लाख रुपैयाँ कायम भएको छ ।  यसअघि यस गाडीकाे मूल्य ८९.९९ रुपैयाँ रहेको थियो । संशोधित मूल्य निधारणले सरकारको नयाँ नियमहरुको पालना गर्दै आफ्ना ग्राहकहरुलाई प्रतिस्पर्धी वा छनोटको प्रस्तावहरु उपलब्ध गराउन आशा गरेको कम्पनी जनाएको छ ।