विद्युतीय गाडी : निजी छ्यापछ्याप्ती, सार्वजनिक न्यून
काठमाडौं । पछिल्लो समय सरकारले विद्युतीय गाडी प्रोत्साहनमा जोड दिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महिनाको तथ्यांक अनुसार नेपालमा १ हजार ७४९ वटा चारपाँग्रे विद्युतीय गाडी भित्रिएको छ । गत साउनदेखि पुस मसान्तसम्म गाडी नेपाल भित्रिदा ४ अर्ब ९१ करोड ५९ लाख ६३ हजार रुपैयाँ बाहिरिएका छ । विद्युतीय सवारीमा सरकारले कर सहुलियत दिएकाले आयात क्रमिक रुपमा बढ्दै गएको छ । १७ सय ४९ वटा विद्युतीय कार आयात हुँदा राज्यले १ अर्ब ३७ करोड ४९ लाख ७३ हजार कर पाएको छ । १०० किलोवाट सम्मका विद्युतीय गाडी आयातमा सरकारले भन्सार र अन्तशुल्कमा छुट दिएको छ । सरकारले छुट दिएपछि पछिल्लो समय नेपाल भित्रिने विद्युतीय गाडीको संख्यामा बृद्धि हुन थालेको व्यवसायीहरुले बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल ९नाडा० ले सरकारले विद्युतीय गाडीको भन्सारमा छुट दिँदा आयात बढेको बताएको छ । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती विद्युतीय चारपाँग्रे गाडी नेपालमा भित्रने क्रम बढ्दो रहेको बताउँछन् । उनले सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहनको निजी अनुरुप नै व्यवसायीहरुले विभिन्न देशबाट विद्युतीय सवारी भित्र्याउने गरेको बताए । केही समय अघिसम्म विद्युतीय गाडी बुकिङ गरेको ६ महिनादेखि १ वर्षभित्र समेत भित्रने गरेको थियो । तर, पछिल्लो समय तरलता अभाव, बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङमा गरेको कडाईका कारण नेपाल ल्याइएका विद्युतीय गाडीहरु समेत बिक्री हुन समय लाग्ने नाडाले जनाएको छ । निजी सवारी साधन भित्रने क्रममा बढ्दो रहेतापनि सार्वजनिक सवारीमा भने विद्युतीय गाडी न्यून रुपमा मात्र सञ्चालन छन् । सरकारको लगानी रहेको साझा यातायातले हाल ३ वटा विद्युतीय गाडी सञ्चालन गर्दै आएको छ । साझाभन्दा अघि सुन्दर यातायातले विद्युतीय गाडी सञ्चालनमा ल्याएकोे थियो । सुन्दरले हाल काठमाडौं उपत्यका र बाहिरका विभिन्न गन्तव्यमा १६ वटा विद्युतीय गाडी दैनिक रुपमा सञ्चालन गर्दै आएको छ । सुन्दर र साझा बाहेक अन्य यातायात कम्पनीले विद्युतीय सवारी साधन सञ्चालनमा चासो देखाएका छैनन् । विद्युतीय गाडी खरिद मूल्य नै उच्च हुँदा तत्काल सञ्चालनको अवस्था नरहेको व्यवसायीहरुले बताउँदै आएका छन् । डिजेलका गाडीहरु ३७ लाख रुपैयाँ ९भन्सार कर तथा अन्तशुल्क० मा नेपाल ल्याउन सकिन्छ भने विद्युतीय गाडीका लागि डेढ करोडदेखि पौने २ करोड रुपैयाँसम्म लाग्ने व्यवसायीहरुले बताएका छन् । डिजेलका गाडी खरिद गर्ने मूल्य विद्युतीय गाडीले भन्सार शुल्कमै भुक्तानी गर्ने भन्दै विद्युतीय गाडी सञ्चालनमा राज्यबाट कुनै सहुलियत नभएको उनीहरुको भनाइ छ । सुन्दर यातायातका अध्यक्ष भेषवहादुर थापा विद्युतीय गाडी सञ्चालनमा सरकारले समन्वय नै नगरेको बताउँछन् । उनले निजी प्रयोजनका लागि ल्याइने विद्युतीय गाडीमा सरकारले भन्सार तथा अन्तशुल्कमा छुट दिएतापनि सार्वजनिक रुपमा सञ्चालनमा हुने गाडीमा कुनै छुट नदिएको बताए । साझाका ३७ विद्युतीय गाडी थन्किए साझाले चीनबाट खरिद गरेर ल्याएको ३७ वटा विद्युतीय गाडी सञ्चालनमा नआउँदै थन्किएको छ । पर्याप्त मात्रामा चार्जिङ स्टेशन नभएको भन्दै साझाले धुलिखेल तथा पुल्चोक कार्यालयमा गाडीहरु पार्किङ गरेर राखेको छ । साझा यातायातका सञ्चालक समिति सदस्य भुषण तुलाधार चार्जिङ स्टेशन अभावका कारण गाडीहरु पार्किङमै थन्किएको बताउँछन् । ‘हामीले सरकारसँग चार्जिक स्टेशन बनाउँनका लागि आवश्यक जग्गा उपलब्ध गराउन आग्रह गर्दै आएका छौँ, सरकारले जग्गा उपलब्ध गराएपछि गाडीहरु सञ्चालनमा ल्याउँछौँ’, उनले भने । सरकारले जग्गा उपलब्ध गराएपछि साझाले नै तत्काल २० वटा चार्जिङ स्टेशन निर्माण गरेर विद्युतीय गाडी सञ्चालनमा ल्याउने उनको भनाई छ । थप १६ वटा गाडी ल्याउँदै सुन्दर सुन्दर यातायातले काठमाडौं उपत्यकामा सञ्चालन गर्न थप १६ वटा विद्युतीय गाडी ल्याउन लागेको छ । ‘केही दिन अगाडी मात्र ६ वटा गाडीहरु आइपुगेको छ, बाँकी गाडीहरु केही समयभित्र आउँछन्,ु अध्यक्ष थापाले भने । सुन्दरले यसअघि नै सञ्चालन गरेकै मोडलको गाडीहरु ल्याएको भन्दै काठमाडौं उपत्यकाभित्रै सञ्चालनको तयारी भएको उनले बताए । ‘हाम्रो योजना १६ वटा गाडी ल्याउने हो, दोस्रो लट केही दिनमा आउछन्, बीचमा चिनियाँहरुको नयाँ वर्षका कारण गाडी ल्याउन ढिलाई भएको हो’, उनले भने ।
२१ दिने लामो नेपालको पहिलो अन्तर्राष्ट्रिय एओजी राइड हुँदै
काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले गत अपाचे ओनरस्ग्रुप (एओजी) को मार्क्यु राइड गर्ने भएको छ । फागुन ११ गतेबाट सुरु हुने उक्त यात्रा २१ दिन लामो हुनेछ । जसमा नेपाल, भारत र बंगलादेशका राइडरहरु सहभागी हुने छन् । पहिलो दिन काठमाडौंबाट रक्सौल हुँदै भारत प्रवेश गर्ने यो यात्रा करिब ६,५०० किलोमिटर लामो हुने अनुमान गरिएको छ । कार्यक्रमका लागि ५०० भन्दा बढी अपाचे राइडरहरुले अनलाइन आवेदन दिएको आयोजकले बताएको छ । काठमाडौंबाट सुरुहुने यो राइड रक्सौल, गया, राउरकेला, सारंगढ़, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, मैसूर, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुर, बाट रक्सौल हुँदै काठमाडौंमा आएर सम्पन्न हुने आयोजकले बताएको छ । राउरकेलामा नेपाल र बंगलादेशका राइडरहरूको भेट हुनेछ र राइडर्सहरू विभिन्न रुट हुँदै गोवा जानेछन्, राइडरहरूले राइडको क्रममा भारतका विभिन्न ठाउँको भ्रमण पर्यटकीय क्षेत्रहरुको पनि भ्रमण गर्ने छन् । आयोजकको अनुसार यस राइडको क्रममा मार्च ३ र ४ मा गोवामा मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिभल हुनेछ जहाँ विभिन्न बाइकिङ गतिविधिहरुका साथै गिगहरूमा र टिभिएसका उत्कृष्ट बाइक, बाइकिङ पोशाक, र प्रविधिहरुको प्रदर्शनी गरिनेछ ।
भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा गल्फ लुब्रिकेन्टको सहभागिता
काठमाडौं । भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा लूब्रिकेन्ट्स पार्टनर गल्फ लुब्रिकेन्टको उत्साहजनक सहभागिता जनाएको छ । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको नेपाल ल्युब आयलले दुगड ब्रदर्श एण्ड सन्स्द्धारा आयोजना भएको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा उत्साहजनक सहभागिता जनाएको हो । उक्त सर्भिस क्याम्प माघ ८ देखि फाल्गुन ३ सम्म काठमाडौँ उपत्यका भरीका ६ वटा स्थानमा रहेको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस स्टेशनमा सम्पन्न भएको थियो । दुगड ब्रदर्श एण्ड सन्स्द्धारा भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकहरुलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र इन्जिन आयल चेन्ज प्रदान गरेको थियो । गल्फ लूब्रिकेन्ट्स भेस्पा र अप्रिलिया स्कुटरको निमित्त आधिकारिक ल्युव पार्टनर रहेको र उक्त दुवै स्कूटरहरुको इन्जनको निमित्त आवश्यक विश्वस्तरिय गूणस्तरको ल्युव उत्पादन गर्दै आईरहेको छ । सो क्याम्पमा सहभागी १८०० भन्दा धेरै ग्राहक मध्ये ६ भाग्यमानी ग्राहकलाई नेपाल ल्युव आयल (गल्फ लूब्रिकेन्ट्स) को तर्फबाट लक्की ड्र मार्फत आकर्षक उपहार प्रधान गरिएको थियो। लक्की ड्र बाट निश्चल कार्की (भक्तपुर), कृष्ण नगबशी (बनेपा), राजेश प्रसाई (एकान्तकुना), शान्ति माया मगर (गहनापोखरी), अमीर मान भट्टाचार्य (झम्सिखेल), र राजु गुरुङ (बालाजु) बिजेता भएका थिए । कम्पनीका अनुसार दूगड ब्रदर्श एण्ड सन्स्द्धारा संचालित यस क्याम्पमा सहभागिता जानउनूको मूख्य उद्धेश्य भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकहरुलाई इन्जिन, ल्युब र समय समयमा गर्नुपर्ने सर्भिसिङको लाभ र गल्फ लुब्रिकेन्ट्सको गूणवत्ता र उपादेयता सम्बन्धमा ससुचित गर्न र गल्फ लुब्रिकेन्टलाई निरन्तरता दिन यो कार्यक्रम आयोजना गरिएको हो । फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ । नेपालमा गल्फ ब्राण्ड बिगत ३८ बर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ ।