डिजेलको मूल्य घट्ना सार्वजनिक सवारीको भाडा किन घटेन ?

काठमाडौं । नेपाल आयल निगमले चैत २० गते राती १२ बजेदेखि लागु हुने गरी डिजेल, मट्टितेलमा प्रतिलिटर १० र पेट्रोलको मूल्य ३ रुपैयाँले घटायो । निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन (बढाउने वा घटाउने) गरेको भोलिपल्ट नै यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको मूल्य समायोजन गर्ने गरेको थियो । तर चैत २० गते एकैपटिक लिटरमै १० रुपैयाँले डिजेलको मूल्य घट्दा यातायात व्यवस्था विभागले मूल्य समायोजन गरेको छैन् । यातायात व्यवस्था विभागले भने ५ प्रतिशतभन्दा बढी मूल्य समायोजन नहुँदा सार्वजनिक सवारीको भाडा समायोजन नभएको जनाएको छ । विभागका महानिर्देशक नारायण प्रसाद भट्टराई यसअघि पेट्रोलियम पदार्थको मूल्य समायोजन हुँदा (डिजेलको मूल्य बढ्दा भाडा नबढाईको) भाडा समायोजन नभएका कारण कारण अहिले सार्वजनिक सवारीको भाडादर परिवर्तन नभएको बताउँछन् । ‘५ प्रतिशतभन्दा बढी मूल्य समायोजन हुँदा सार्वजनिक सवारीको मूल्य समायोजन हुनुपर्ने हो, तर अहिले ५ प्रतिशत नपुग्दा समायोजन नभएको हो’, उनले भने, ‘यसअघि निगमले समायोजन गरेको आधारमा सार्वजनिक सवारीको भाडा समायोजन भएको थिएन, सोहीलाई आधार बनाउँदा अहिले घटेको मूल्य ५ प्रतिशत भएन ।’ उनका अनुसार सार्वजनिक सवारी साधनको मूल्य समायोजन गर्ने यातायात व्यवस्था विभागले नभएर अटोमेटिक हो ।

हुन्डाई आयोनिक ६ ले पायो ‘वर्ल्ड कार अफ द इयर’ अवार्ड

काठमाडौं । कोरियन कार निर्माता कम्पनी हुन्डाईको ‘हुन्डाई आयोनिक सिक्स’ले वर्ल्ड कार अफ द इयर अवार्ड पाएको छ । हाल संचालन भइरहेको न्युयोर्क अटो शोमा हुन्डाई आयोनिक सिक्सले उक्त अवार्ड हात पारेको हो । यसका साथै यस ईभी गाडीले वर्ल्ड इलेक्ट्रिक भेहिकल र वर्ल्ड कार डिजाइन अफ द इयर अवार्ड पनि जितेको छ । यो हुण्डाई मोटर कम्पनीको लागि दोस्रो जित हो । हुन्डाईको आयोनिक फाइभले पनि गत वर्ष यही तीन अवार्ड प्राप्त गरेको थियो । हुन्डाई आयोनिक ६ ले एक पटकको फुलचार्जमा ६०० किलोमिटर रेन्ज दिने दिन्छ । कम्पनीले यसलाई सिगंल मोटर तथा अलह्वील ड्राइभ अप्सनमा ल्याएको छ । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले यसलाई छिट्टै नेपाल ल्याउने तयारी थालेको जनाएको छ ।  

मोटरहेडको नयाँ वर्ष अफर : नगद छुटदेखि बीमासम्मको सुविधा

काठमाडौं । मोटरहेड मोटरसाइकलले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ । नेपालका लागि मोटरहेडको आधिकारिक वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेडले ‘सुपर पावर २०८०, यो नयाँ वर्ष सुरक्षा र सुविधा हाम्रो, सवारी तपाईंको’ नामक अफर ल्याएको हो । कम्पनीले मोटरहेडका सन् २०२२ मोडलका बाइकहरूमा अफर चैत्र २४ गतेबाट लागु हुने र सन् २०२१ देखिका मोडलहरूमा ‘स्टक क्लियरेन्स’ अफर कायम राखेको जानकारी दिएको छ । कम्पनीले सबै मोडलको बाइकको खरिदमा नगदरफाइनान्स र एक्सचेन्ज लगायतका अफर पनि ल्याएको छ । कम्पनीको अनुसार यस अफरमा ग्राहकले मोटरहेडका बाइक नगद खरिद गरे वापत ग्राहकले २०२२ का मोडलमा २०८०/८१ सम्मको कर छुट, पूर्ण बीमाको सुविधा र फाइनान्स खरिदमा आफूले खरिद गरेको बाइकको पूर्ण ग्राहकले कम्पनीबाटै सुविधा पाउने छन् । यस्तै, बाइक सट्टापट्टा गरी लिँदा ग्राहकले आफ्नो पुरानो बाइकको बजार मुल्याङकनमा कम्पनीबाट थप १५ हजार रुपैयाँ मुल्याङकन अफर स्वरुप प्राप्त गरी नयाँ बाइक लिन सकिने कम्पनीले जनाएको छ । साथसाथै, कम्पनीको अनुसार यस ब्राण्डका बाइक खरिदमा कम्पनीको तर्फबाट फूल हेल्मेट निःशुल्क पाइने छ । मोटरहेडका स्पोर्ट २५०, टेक्कन आर २५०, टेक्कन २५०, एमएच १५०, स्क्रयाम्बल र एक्स(टोर्क गरी जम्मा ६ वटा मोडलहरू रहेका छन् ।