बीवाइडीले नेपालमा गर्‍यो ‘साउथ एशिया रिजनल मीट’

काठमाडौं । विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल उत्पादक कम्पनी बीवाइडीको ‘साउथ एशिया रिजनल मीट’ नेपालमा सम्पन्न भएको छ । उक्त कार्यक्रम काठमाडौंमा नोभेम्बर २४ तारिकमा आयोजना गरेको थियो । कार्यक्रममा बीवाइडी हेडक्वाटर सान्जेनका प्रतिनिधिहरु, बीवाइडी इन्डिया र नेपालको आधिकारीक वितरक साइमेक्स इंकको सहभागीता रहेको थियो । विश्वमा ईभी प्रतिको चाख बढ्दै गएसँगै दक्षिण एशियाका देशहरुमा पनि ईभीको उपभोग बढ्दो क्रममा रहेको छ । ईभीको बजारलाई लिड गर्ने उद्देश्यका साथ गएको ६ महिनामा नेपाल र इन्डियामा बीवाइडीका शोरुम, वर्कसप, चार्जिब स्टेशन जस्ता आवश्यक पूर्वाधार तिब्र गतिमा विस्तार भइरहेका छन् । काठमाडौंमा भएको दक्षिण एशियाली डिलरहरुको सम्मेलनमा बीवाइडीकोसाउथ एशिया हेर्ने डेपूटी जनरल मेनेजर केत्सु जांबलेकम्पनीको योजना र विश्वभर बीवाइडीको विक्रीको अवस्थाको विषयमा चर्चा गरेका थिए । बीवाइडीको न्यू इनर्जी भेहिकलको विक्री संख्या ३० लाख पुगेको भन्दै जांबले भने, ‘बीवाइडीको दक्षिण एशिया क्षेत्रका डिलर पार्टनर र कम्पनी बीच सुरु भएको रणनीतिक साझेदारी र सहकार्यले विद्युतीय सवारीसाधनको प्रयोगमा नयाँ आयाम थप्ने छ ।’ कार्यक्रममा साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नेपालले कसरी ईभीको प्रयोगमा दक्षिण एशियाली बजारमै प्रतिनिधित्व गरिरहेको छ भन्ने विषयमा चर्चा गरेकी थिइन् । नेपालमा ईभी प्रयोगको वर्तमान अवस्थाको बारेमा जानकारी दिदै उनले भनिन्, ‘नेपालमा नयाँ रजिस्टर हुने सवारी मध्ये १० प्रतिशतभन्दा बढी ईभीको संख्या पुगेको छ । त्यसमा नेपाल सरकार, यहाँ व्यवसायी र उपभोक्ताको कारण सम्भव भएको हो । बीवाइडीको यो नयाँ क्रान्तिकारी ‘स्टेट अफ आर्ट टेक्नलोजी’का कारण ईभीको प्रयोग यहाँ बढ्दै गएको छ ।’ बीवाईडी इन्डियाका विभिन्न दिल्ली, मुम्बई, कोलकाता, हैदराबाद, बंगलोर, आन्द्र प्रदेश, कर्नाटका लगायत १३ सहरका डिलर ग्रुपको सहभागिता रहेको थियो । उक्त कार्यक्रमममा इन्डियाका सहभागीहरुले लन्च भएको १ महिनामै ६ सय इभी सिक्स र १ हजार ५ सय एटो ३ बुकिक भएको जानकारी दिएका थिए ।

हुन्डाईको गाडी खरिद गर्न नबिल बैंकले कम ब्याजमा कर्जा दिने

काठमाडौं । नबिल बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सहुलियत ब्याजदरमा सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंकमा आयोजित एक कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर इन्द्रप्रसाद सापकोटाले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । समझदारी अनुसार बैंकले लक्ष्मी इन्टरकन्टिनेन्टल तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने हुन्डाई ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न सजिलो रुपमा कर्जा प्रवाह गर्नेछ । बैंकले विद्युतिय गाडी खरिद गर्न व्यक्तिगतलाई ८० प्रतिशत र कम्पनीलाई ७० प्रतिशतसम्म कर्जा दिने जनाएको छ । यस्तै, पेट्रोलियम पदार्थबाट चल्ने गाडी खरिद गर्न व्यक्तिगतलाई ५० प्रतिशत र कम्पनीलाई ७० प्रतिशतसम्म कर्जा दिने जनाएको छ । बैंकले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात ३ कार्यदिन भित्र ग्राहकलाई बैंकले नियमानुसार सहज रुपमा सवारी साधन कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकको अनुसार यो सुविधा नबिल बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध हुनेछ ।

एभरेष्ट बैंकले टाटा मोटर्सको विद्युतिय गाडी किन्न सस्तोमा कर्जा दिने

काठमाडौं । एभरेष्ट बैंक र सिप्रदी ट्रेडिङबीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी अनुसार बैंकले सिप्रदी ट्रेडिङ तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने टाटा मोटर्सका विद्युतीय सवारी साधन खरिद गर्न सहज रुपमा कर्जा प्रवाह गर्नेछ ।सिप्रदी ट्रेडिङ नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक हाे । बैंकले गाडी खरिद गर्न इच्छा भएका ग्राहकलाई १२.८ प्रतिशत ब्याजदरमा ८० प्रतिशतसम्म कर्जा दिनेछ । बैंकको अनुसार यो सुविधा एभरेष्ट बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध हुनेछ । एभरेष्ट बैंकले हाल १२२ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १५७ एटीएममार्फत बैकिंङ सुविधा प्रदान गर्दै आइरहेको छ । साथै, बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।