गण्डकी प्रदेशले सवारीसाधनमा गरेको कर वृद्धि फिर्ता लिन नाडाको माग
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले गण्डकी प्रदेश सरकारले सवारी साधनहरुको वार्षिक करमा गरेको वृद्धि खारेज गर्न माग गरेको छ । नाडाले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो । नाडाले गण्डकी प्रदेशले सवारी साधनहरुको वार्षिक करमा गरेको वृद्धि र ६९६ महिनामा सवारी साधनहरु जाँचपास गर्नुपर्ने नीति अव्यवहारिक र जनतालाई दुःख दिने मात्र भएको बताएको छ । केहि महिना अघि मात्रै ७ वटै प्रदेशका मन्त्रीहरुको बैठक बसि सबै प्रदेशहरुमा समान सवारी कर लागु गर्ने सहमती समेत भईसकेको पनि गण्डकी प्रदेशले एकलौटी रुपमा अव्यवहारिक नीति ल्याएको उनीहरुको आरोप छ ।
महिन्द्रा बोलेरो पिकअप टिभिसी नेपालमा सार्वजनिक
काठमाडाैं । अग्नि ग्रुपले नयाँ महिन्द्रा बोलेरो पिकअप टिभिसी सार्वजनिक गरेको छ । महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि ग्रुपले शुक्रबार सामाजिक संजालमार्फत भिडियाे सार्वजनिक गरी साे पिकअप सार्वजनिक गरेकाे हाे । कम्पनीले महिन्द्रा बोलेरो पिकअपलाई उद्यमशील नेपालको भरपर्दो साथी भएकाे बताएकाे छ । महिन्द्रा बोलेरो पिकअपले ऊर्जा र सहनशीलताका साथ नेपालको हरेक कुना–कुनालाई जोड्ने कम्पनीले विश्वास व्यक्त गरेकाे छ। अग्नि ग्रुप अटोमोबाइल्स, स्पेयर र सेवाहरूको प्रमुख बिक्रेता हो र यसकाे देशभर ८० भन्दा बढी डिलर र शाखाहरू सम्मिलित व्यापक नेटवर्क छ ।
नेपाली बजारमा आइपुग्याे टिभिएस अपाचे आरटिआर १६० फोरभि आरटिएफआइ
काठमाडाैं । जगदम्बा मोटर्सले टिभिएस अपाचे आरटिआर १६० फोरभि आरटिएफआइ तथा बिएस–भिआइको नयाँ मोडल नेपाली बजारमा सार्वजनिक गरेकाे छ । कम्पनीले शुक्रबार काठमाडाैं एक कार्यक्रम गरी उक्त माेडल सार्वजनिक गरेकाे हाे । कम्पनीकाे अनुसार नेपालमा सार्वजनिक हुन लागेको सो मोटरसाइकलको बिएस–भिआइ मोडलमा यस वर्गमै पहिलो र सबैभन्दा उत्कृष ३ राइड मोड्स (रेन अर्बन र स्पोर्ट मोड) रहेका छन् जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा परिवर्तन गर्न सक्नेछन् । यस विशेषताले चालकको राइडिङ् अनुभवलाई थप सहज र सुरक्षित बनाउने कम्पनीकाे भनाइ छ । यसैगरी यस मोटरसाइकलको अर्को राम्राे पक्ष भनेको रेस ट्युन्ड फ्युल इन्जेक्सन (आरटिएफआइ) टेक्नोलोजी युक्त बिएस–भिआइ इन्जिन रहेको छ । अटोमोबाइल जगतमा आरटिएफआइ टेक्नोलोजिलाई निकै नै उत्कृष्ट मानिन्छ । यस आरटिएफआइ टेक्नोलोजी युक्त इन्जिनले माइलेजमा वृद्धि गदर्छ । साथै बिएसभिआइ कम्पलयिन्ट इन्जिन वातावरण मैत्री हुन्छ । त्यति मात्र नभएर यस मोटरसाइकलमा स्मार्ट एक्स कनेक्ट फिचर रहेको छ जसको सहायताले मोटरसाइकलमा ब्लुटुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिंग,लीन एङ्गल मोड, साथै कल र एसएमएस एलर्ट जस्ता आधुनिक सेवा जडान गरिएका हुन्छन् । जगदम्बा मोटर्सले नयाँ टिभिएस अपाचे आरटिआर १६० फोरभि आरटिएफआइ विथ बिएस–भिआइ काठमाडौँको पर्पल हेज रक बारबाट असार ९ गते सार्वजनिक गर्ने जनाएको छ । सो कार्यक्रम प्रख्यात नेपाली ब्यान्ड कबवेभ तथा नेपालको विभिन्न मोटो भ्लोगर्सको साथै जगदम्बा मोटर्सको प्रतिनिधिहरुको उपस्थितिमा हुने कम्पनीले जनाएकाे छ ।