टिभिएस अपाचे आरटिआर १६० फोरभि आरटिएफआइ नेपाली बजारमा आउँदै

काठमाडौं । जगदम्बा मोटर्सले टिभिएस अपाचे आरटिआर १६० फोरभि आरटिएफआइ तथा बिएस–भिआइको नयाँ मोडल नेपाली बजारमा ल्याउने तयारी गरेकाे छ । कम्पनीकाे अनुसार नेपालमा सार्वजनिक हुन लागेको सो मोटरसाइकलको बिएस–भिआइ मोडलमा यस वर्गमै पहिलो र सबैभन्दा उत्कृष ३ राइड मोड्स (रेन अर्बन र स्पोर्ट मोड) रहेका छन् जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा परिवर्तन गर्न सक्नेछन् । यस विशेषताले चालकको राइडिङ् अनुभवलाई थप सहज र सुरक्षित बनाउने कम्पनीकाे भनाइ छ । यसैगरी यस मोटरसाइकलको अर्को राम्राे पक्ष भनेको रेस ट्युन्ड फ्युल इन्जेक्सन (आरटिएफआइ) टेक्नोलोजी युक्त बिएस–भिआइ इन्जिन रहेको छ । अटोमोबाइल जगतमा आरटिएफआइ टेक्नोलोजिलाई निकै नै उत्कृष्ट मानिन्छ । यस आरटिएफआइ टेक्नोलोजी युक्त इन्जिनले माइलेजमा वृद्धि गदर्छ । साथै बिएसभिआइ कम्पलयिन्ट इन्जिन वातावरण मैत्री हुन्छ । त्यति मात्र नभएर यस मोटरसाइकलमा स्मार्ट एक्स कनेक्ट फिचर रहेको छ जसको सहायताले मोटरसाइकलमा ब्लुटुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिंग,लीन एङ्गल मोड, साथै कल र एसएमएस एलर्ट जस्ता आधुनिक सेवा जडान गरिएका हुन्छन् । जगदम्बा मोटर्सले नयाँ टिभिएस अपाचे आरटिआर १६० फोरभि आरटिएफआइ विथ बिएस–भिआइ काठमाडौँको पर्पल हेज रक बारबाट असार ९ गते सार्वजनिक गर्ने जनाएको छ । सो कार्यक्रम प्रख्यात नेपाली ब्यान्ड कबवेभ तथा नेपालको विभिन्न मोटो भ्लोगर्सको साथै जगदम्बा मोटर्सको प्रतिनिधिहरुको उपस्थितिमा हुने कम्पनीले जनाएकाे छ ।  

‘सवारीसाधनको व्यापारमा ८० प्रतिशत गिरावट’

काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष धुर्व थापाले ८ महिना देखि अटोमोबाइल व्यवसायमा ८० प्रतिशतले गिरवाट आएको बताएका छन् । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँगको भेटमा उनले यस्तो बताएका हुन् । उनले बैंक तथा वित्तिय निकायहरुमा फाइनान्सको असहजता, एलसि मार्जिनमा गरिएका वृद्धि, जोखिम भार व्यवस्थापनमा दोब्बरले गरिएका वृद्धि जस्ता विषयहरुले व्यवसायमा गिरवाट आएको बताए । नेपालको अटोमोबाइल क्षेत्रमा खर्बोको लगानी तथा लाखौलाई रोजगारी प्रदान गरेका व्यवसायीहरु अहिले धरासायी हुने अवस्थामा पुगेका बताउँदै उनले मन्त्री बडुसँग यसलाई तत्काल सम्बोधन गर्न अनुरोध गरेका छन् । उनले नाडा अटो एक्सपो सहजताको लागि आयातमा लागेको प्रतिबन्ध खुल्न जरुरी रहेको बताए । नाडा अटो एक्सपो २०२२ भदौ ७ गते देखि १२ गतेसम्म काठमाण्डौको भृकुटी मण्डपमा हुँदैछ ।

होण्डाले ल्यायो मनसुन अफर, बोनस र क्यासब्याकमा ११ हजार रुपैयाँ पाइने

काठमाडौं । होण्डा टू व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा मनसुन एक्सचेन्ज’ नामक आकर्षक उपहार योजना ल्याएको छ । यस योजना अन्तर्गत प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा ७ हजारसम्मको एक्सचेन्ज बोनस तथा ४ हजार सम्मको क्यासब्याक पनि हात पार्न सकिनेछ । यति मात्र नभएर यस योजनामा फ्री चेकअप र टेस्ट राइडको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ । कम्पनीले यस योजना असार ५ गते देखि असार १० गतेसम्म मात्रै लागू हुने बताएको छ । यस योजनामा उपत्यकाभित्रका ग्राहकहरुको लागि मात्र भएको कम्पनीले जनाएको छ ।