यामाहाको एफजेड एक्स १५० को बिक्री सुरु, ४ लाख २६ हजार पर्ने

काठमाडौं । यामाहाको बहुप्रतिक्षित बाइक एफजेड एक्स १५० को एमएडल्लू इन्टरप्राइजेजले आजबाट बिक्री वितरण सुरु गरेको छ । कम्पनीका अनुसार एप जेड एक्स १५० यामाहाको पहिलो ुनियो रेट्रो बाइक हो जुन एलसिडी मिटर र ब्लुट्य कनेक्टिभिटीजस्ता स्मार्ट सुविधाहरू र क्लासिक डिजाइन सम्मिलित गरी तयार पारिएको छ। राइड फ्रिु अवधारणाका साथ तयार पारिएको यस मोटरसाइकल विशेषगरी स्वतन्त्र, सहज र आरामदायक पात्रा गर्न रुचाउने बाइकप्रेमीलाई लक्षित गरी तयार पारिएको बाइक रहेको कम्पनीले बताएको छ। पल्सर न्यू एफजेड एक्स १५०, फ्युल-इन्जेक्टेड र भारत स्टायाण्डर्ड ०६, एपर-कूल्ड, १५० सीसी ब्लू कोर इन्जिन र ५-स्पीड गियर बक्सका साथ तयार पारिएको बाइक हो । यसले ७२५० आरपीएममा १२.४ पीएस अधिक्तम पावर तथा ५५०० आरपीएममा १३.३ एनएम टर्क जेनेरेट गर्दछ । पामाहाका अन्य मोटरसाइकलहरुभन्दा अलि फरक प्रपोजनका निम्ति तपार पारिएको यस मोटरसाइकलको हरेक डिटेल चालकलाई विशेष ध्यानमा राखी तयार पारिएको कम्पनीको दाबी छ । फ्रण्ट फोर्क बुटका साथ स्थिर टेलिस्कोपिक सस्पेन्सन र ब्लूटूथ कनेक्टिभिटीजस्ता विशेषताले यस बाइकलाई बलियो, आकर्षक र स्मार्ट बनाएको यामाहा नेपालका सीईओ राजु क्षेत्री बताउँछन् । आइतबारबाट नेपालभरिका यामाहाको शोरुममा उपलब्ध हुने जनाइएको एफजेड एक्स १५० को मूल्य ४ लाख २६ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ। यसका अतिरिक्त, कम्पनीले आफ्नो नयाँ स्किम ‘रोड टू मोटो जिपी’ पनि सार्वजनिक गरेको छ। रोड टू मोटोजिपी यामाहा बाइक खरिदकर्ताहरूका लागि त्यस्तो स्किम हो जसमा चार भाग्यशाली विजेताहरूले यामाहा प्याडकबाट च्याङ अन्तर्राष्ट्रिय सर्किट, थाइल्याण्डको प्रत्यक्ष मोटोजिपी प्रसारण हेर्ने सुवर्ण अवसर पाउनेछन् । यो स्किम आजबाट यामाहाका जुनसुकै बाइक र स्कुटरको खरिदमा लागू हुने कम्पनीले जनाएको छ।

यामाहाको नयाँ बाइक आर १५ नेपाली बजारमा, पाँच लाख ७९ हजार पर्ने

काठमाडौं । यामाहाको सुविधासम्पन्न बाइक आर १५ आजबाट आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ । याे बाइक नेपालमा ल्याइएको यामाहाको मोटरसाइकलहरूमध्ये सबैभन्दा उत्कृष्ट प्रविधि र विशेषताहरू सम्मिलित गरी तयार पारिएको बाइक रहेको कम्पनीले जनाएको छ । एम र आर-सिरिजजस्ता रेसिङ दुनियाँमा ख्याती कमाएका बाइकको पाँचौँ जेनेरेशन भनिएको यस आर १५ मूलतः ट्रयाक स्पिड, कर्भ, र स्पोर्टस् बाइकमा रुची राख्ने युवा वर्गलाई लक्षित गरी तयार पारिएको बाइक हो । र, नयाँ ग्राफिक, थ्रिडी एम्ब्लेम, वाइ-कनेक्टका साथ तयार पारिएको ‘टू-लेभल सिट’ जस्ता विशेषताहरूले यस बाइकलाई अझ आकर्षक, विश्वसनीय, स्मार्ट र आरामदायक बनाएको कम्पनीले जनाएको छ । यसका अतिरिक्त, ‘एसिस्ट एण्ड स्लिपर क्लच’ र ‘भिभिए’ जस्ता प्रणालीले आर १५ १५५ लाई अझ चुस्त, छरितो र प्रभावकारी बनाई बाइकको समग्र पर्फमेन्सलाई नयाँ उचाइ प्रदान गरेको कम्पनी बताउँछ । ‘एसिस्ट एण्ड स्लिपर क्लच’को एडप्टेशनले बाइकको गति कम गर्ने क्रममा क्लचको वजन कम गरी ‘लो-स्ट्रेश’ कायम गर्न मद्दत पुर्याउँदछ, जसले गर्दा गियरको ‘डाउण्ड-स्फीटिङ’ प्रक्रियालाई आरामदायक र सहज बनाउँदछ । त्यसैगरी, उच्च कार्यसम्पादन क्षमता भएको ‘भिभिए’ प्रणालीले भने बाइक न्यून आरपिएमको अवस्थामा समेत उल्लेखनीय पावर र टोर्क प्रदान गर्दछ । यस बाइकलाई दुई प्रकारको मोडमा चलाउन मिल्ने गरी तयार पारिएको पनि कम्पनीले उल्लेख गरेको छ । यसमा राइडरले सडकको अवस्थाको अनुकूलता मध्य नजर गर्दै आफूले चाहेअनुसार उच्च कार्यसम्पादका लागि ‘ट्रयाक मोड’ र सहरभित्र मितव्ययी कार्यसम्पादनका साथ गरिने यात्राका लागि ‘स्ट्रीट मोड’मा स्वीच गर्न सक्ने सुविधा रहेको छ । एन्ड्रोइड र एप्पल प्रयोग गर्ने राइडरहरूका लागि क्रमशः ‘गुगल प्ले स्टोर’ र ‘एपस् स्टोर’मा उपलब्ध ‘वाइ कनेक्ट’ एप बाइकसँग ब्लूटुथमार्फत जोडेपछि केही फंक्सन एलसिडी क्लस्टरमा डिस्प्ले हुने कम्पनीले जानकारी दिएको छ । यसका साथै वाइ कनेक्टमार्फत चालकले फोनकल, एसएमएस र ईमेल अलर्टजस्ता सूचना पनि बाइकको एलसिडी क्लस्टरमा हेर्न मिल्ने सुविधा रहेको छ । आइतबारबाट नेपालभरिका यामाहा शोरुममा उपलब्ध हुने जनाइएको आर १५ को मूल्य नेपाली बजारमा पाँच लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ ।    

महिन्द्राकाे ‘एसपीप्लस’ ट्रयाक्टर श्रृंखला नेपालमा

काठमाडाैं । महिन्द्रा समूहको एक हिस्सा महिन्द्राको फार्म इक्विपमेन्ट सेक्टर (एफईएस) ले आफ्नो सबै नयाँ ‘एसपीप्लस’ ट्रयाक्टर श्रृंखला नेपालमा लन्च गरेको छ । यी ट्रयाक्टरहरू महिन्द्राको उन्नत ईएलएस इन्जिन र रिभर्स पीटीओ सहितको डुअल क्लच, उच्चलिफ्ट क्षमतायुक्त हाइड्रोलिक, सजिलो गियर सिफ्ट ट्रान्समिसन र तेल इमस्र्ड ब्रेकहरू जस्ता उत्पादकत्व वृद्धि गर्ने सुविधाहरूद्वारा सञ्चालित छन् । यस ट्रयाक्टरले कृषि र ढुवानी उपयोगहरूमा किसानको उत्पादकत्वमा वृद्धि गर्ने लक्ष्य राखेको कम्पनीले जनाएकाे छ । नयाँ महिन्द्रा एसपी प्लस ट्रयाक्टरहरुकाे क्रमशः जेठ ७, ८ र ९ गते क्रमसः विर्तामोड, विराटनगर र जनकपुरमा बिक्री शुभारम्भ गरिएको थियो । र छिट्टै नै नयाँ एसपी प्लस सिरिजको ट्रयाक्टर यसै हप्तासम्ममा वीरगन्ज, चितवन र नेपालगन्जमा पनि सार्वजनिक हुने कम्पनीले जानकारी दिएकाे छ । महिन्द्रा एण्ड महिन्द्राको कृषि उपकरण क्षेत्र, अन्तर्राष्ट्रिय कार्य सञ्चालन प्रमुख प्रकाश वाकंनकरले नेपालमा परिष्कृत स्टाइलिङका साथ सबै नयाँ एसपीप्लस श्रृङ्खला सुरु गर्न पाउँदा अत्यन्तै हर्षित भएकाे बताए । शुभारम्भको अवसरमा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले यो नयाँ ट्रााक्टरले मुलुकमा खेतीपाती गर्ने तरिकामा पक्कै फरक पार्ने निश्चित भएकाे बताए ।