पोखरामा टीभीएस रेडर सार्वजनिक
काठमाडौं । शंकर ग्रुप अन्तरगतको जगदम्बा मोटर्सले पोखरामा टीभीएस रेडर सार्वजनिक गरेको छ । भीएसले पोखराको एक्स्क्लयूजिव शोरुमबाट युवा लक्षित १२५ सीसी श्रेष्णी अन्तरगत अत्याधुनिक फिचर्स भएको नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो । उक्त कार्यक्रममा सप्तरंग ३ का चर्चित गायक राम कृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पङ्गेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हास्य कलाकार सन्दिप क्षेत्री, मिडिया व्यक्तित्व नरेश भट्टराई, विवेक खतिवडा र निता प्रधानाङ्ग, टिकटक स्टार उषा उप्रेतीको उपस्थितिमा सार्वजनिक गरिएको थियो। यूवा लक्षित साे स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फर्ष्ट-ईन-क्लास फिचर्सका साथै फर्ष्ट-ईन-सेग्मेन्ट अन्डर सिट स्टोरेजपनि समेत उपलब्ध गर्दै आएकाे छ ।
२०२२ मा विश्व अटो बजारमा आउने उत्कृष्ट ५ कार, यस्तो छ मूल्य
काठमाडौं । अंग्रेजी वर्ष २०२२ आउन अब एक दिन मात्र बाँकी छ । मानिसहरु सन् २०२१ लाई बिदाई गर्दै २०२२ को स्वागत गर्ने पखाईमा छन् । नयाँ वर्षको अवसर पारेर विश्व अटो बजार निकै तात्ने गरेको छ । नयाँ वर्षको अवसर पारेर नयाँ गाडी खरिद गर्नेहरुको चहल पहल पनि निकै बढेको देखिन्छ । कम्पनीहरुले ग्राहकलाई आकर्षण गर्नको लागि स्वरुमहरुमा बिक्री देखि देखाउनकै लागि पनि कन्सेप्ट कार राख्ने गरेका छन् । वर्षेनी गाडी उत्पादक कम्पनीहरुले नयाँ वर्षका लागि उत्कृष्ट कारहरु सार्वजनिक गर्ने गरेका छन् । अहिले पनि २०२२ का लागि नयाँ कारहरु सार्वजनिक भइरहेका छन् । अहिले विश्व अटो बजारमा इलेक्ट्रीक कारको माग र चर्चा पनि बढेको छ । पेट्रोलियम पदार्थबाट चल्ने कारभन्दा इलेक्ट्रिक कार तथा सवारी साधनको चर्चा चुलिँदो छ । मानिसहरु अहिले इलेक्ट्रिक सवारी साधनमै केन्द्रित भएका छन् । हामीले २०२२ का लागि उत्पादन भएका उत्कृष्ट १० इलेक्ट्रिक कारहरुको चर्चा गरेका छौं । यस्ता छन् २०२२ का उत्कृष्ट १० इलेक्ट्रिक कार लुसिड एयर विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण बिक्री केही मात्रामा सुस्त रहेको लुसिडले सन् २०२२ का लागि विद्युतीय नयाँ गाडी बजारमा ल्याउने बताएको छ । कम्पनीले नयाँ विद्युतीय सुडान कार बजारमा ल्याउने प्रतिवद्धा गरेको हो । जसको मूल्य ७७ हजार ४०० अमेरिकी डलर पर्न सक्ने कम्पनीको भनाई छ । यो कारले ४०६ किमी माइलेज दिने कम्पनीको दावी छ । एस्टोन मार्टिन भ्यान्क्विस एस्टोन मार्टिन कार भारतीय अटो बजारमा उपलब्ध छ । कम्पनीले यसको मूल्य मूल्य ४ लाख ५० हजार अमेरिकी डलर तोकेको छ । कम्पनीले नाम पूरानै राखे पनि नयाँ प्रविधि र इक्विपमेन्टहरु राखेर नयाँ गाडीहरु सार्वजनिक गरेको हो । हुण्डाई यूनिक प्रख्यात गाडी उत्पादक कम्पनी हुण्डाईले केही महिना अगाडि मात्रै ‘हुण्डाई यूनिक ५’ विद्युतीय गाडी सार्वजनिक गरेको छ । जसको मूल्य ४० हजार अमेरिकी डलर पर्ने कम्पनीको दावी छ । यो गाडी नेपालमा पनि भित्रिसकेको छ । यसमा २८ किलोवाट लिथियम–वाट पोलिमर ब्याट्रीसहित ८८ किलोवाटको इलेक्ट्रिक मोटर छ । जसलाई एकपटक चार्ज गरेपछि गाडी २५० किलोमीटरसम्म गुडाउन सकिन्छ । सेमी अटोमेटिक ट्रान्समिशन विशेषताको यो गाडीमा प्याडल सिफ्ट गर्न मिल्ने सुविधा रहेको कम्पनीको भनाई छ । ‘यूनिक’मा एअर ब्याग, ब्लाइन्ड स्पट डिटेक्शन, अटोनोमश डिटेक्शन, लेन चेन्ज असिस्ट, अडप्टिभ क्रुज कन्ट्रोल लगायतका सुरक्षा विशेषता छन् । ड्राइभिङ डाइन्यामिक्सका साथ ‘यूनिक’ लुक्स र पर्फरमेन्समा पनि उत्कृष्ट रहेको कम्पनीले दावी गरेको छ । इन्फिनिटी फ्ल्यागसिप इन्फिनिटी फ्ल्यागसिपले विद्युतीय अटो बजारमा नयाँ भविश्य सिर्जना गर्ने उद्धेश्यका साथ नयाँ इन्फिनिटी सेडान नामक कार सार्वजनिक गर्ने योजना बनाएको छ । सन् २०२२ को सुरुमै यो कार सार्वजनिक गर्ने कम्पनीको तयारी छ । जसको मूल्य ७५ हजार अमेरिकी डलर पर्ने कम्पनीको प्रारम्भिक अनुमान छ । निशान–४०० जेट निशानले पनि नयाँ विद्युतीय गाडी ल्याउने तयारी गरिरहेको छ । निशान–४०० जेट नामक नयाँ कारले विद्युतीय अटो बजारमा नयाँ उत्साह दिने कम्पनीको दावी छ । जसको मूल्य ४० हजार अमेरिकी डलर पर्ने अनुमान गरेको छ । यो कारको १ पटक चार्ज गरेमा ४०० किमि माइलेज दिने कम्पनीको भनाई छ ।
प्योर इभीको नयाँ वर्ष अफर: हात खाली नजाने क्यासब्याक र उपहार
काठमाडौं । इलेक्ट्रिकल स्कुटर प्योर इभीको आधिकारी विक्रेता वाहईट लोटस मोटर्सले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । कम्पनीले यस अफर अन्तर्गत ग्राहकले प्योर इभीको हरेक स्कुटरको खरिदमा छुटसँगै हात खाली नजाने उपहार पाउनेछन् । कम्पनीको अनुसार प्योर इभीको इप्लुटो ७ जि, इट्रेन्स एनइवो र इट्रेन्स प्लसको खरिदमा ग्राहकले छुट र उपहार पाउनेछन् । यी तिन स्कुटर मध्ये कुनै एक खरिद गर्दा ग्राहकले ८ हजार रुपैयाँ क्यासब्याक र प्योर इभीको हुडी वा स्वेटर पाउनेछन् । यसका साथै बम्पर उपहारमा एकजना ग्राहकले लक्की ड्र मार्फत पोखराको वाटरफ्रन्ट रिसोर्टमा दुई दिन तीन रात नि:शुल्क बस्न पाउनुको साथै दुई वटा टु वे हवाई टिकट पाउनेछन् ।