बढ्यो सार्वजनिक यातायातको भाडा, कुन ठाउँकाे कति ?

काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले बुधबारदेखि लागुहुने गरी सार्वजनिक यातायातकोे भाडा बढाएको हो । पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण सार्वजनिक सवारीको भाडा समायोजन भएको विभागको भनाई छ । विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फ ३.५ प्रतिशत भाडा बढाएको छ । पहाडी बाटोमा गुड्ने मालबाहकमा ४.६ प्रतिशत र तराइको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशत भाडा बढाएको हो । [pdf id=328139]

बजेटमा सुझाव : राष्ट्रपति र प्रधानमन्त्रीबाहेकले महंगा गाडी किन्न नपाउने

काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्रीबाहेकलाई महंगा गाडी खरिदमा रोक लगाउन सर्वसाधारणको सुझाव छ । अर्थमन्त्रालयलाई आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको लागि सुझाव दिँदै सर्वसाधारणले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाहेक अरुलाई महंगा तथा बिलासी गाडी किन्न रोक लगाउन माग गरेका हुन् । अर्थमन्त्रालयले बजेटको सुझाव संकलनको लागि उपलब्ध गराएको टोल फ्रि नम्बर ११३८ बाट उनीहरुले सो सुझाव दिएका हुन् । घाटी हेरी हाड निल्न आग्रह गर्दै उनीहरुले अन्य नागरिकले साधारण सवारी साधन तथा गाडी किनेर महंगा गाडी किन्न रोक लगाउन सुझाव दिएको अर्थमन्त्रालयले जनाएको छ । उक्त सुझाव काठमाडौंको महाराजगंजबाट आएको हो । साथै, उक्त स्थानका सर्वसाधारणले अब आउने नयाँ जन प्रतिनिधिहरुले पनि नयाँ गाडि खरिद नगरी पुरानै सवारी साधन प्रयोग गर्नुपर्ने व्यवस्था गर्न माग गरेका छन् ।

यामाहाको रेजेडआर १२५ एफआइ स्मार्ट कनेक्ट फिचरसहित बजारमा

काठमाडौं । यामाहाको सर्वाधिक लोकप्रिय स्कुटर रेजेडआर १२५ स्ट्रीट र्याली भर्सन स्मार्ट ‘एक्स कनेक्ट’ फिचरसहित नेपाली बजार प्रवेश गरेको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डमा आयोजना गरेकाे ‘महा एक्सचेञ्ज मेला’ को अवसर पारी स्कुटर सार्वजनिक गरेको हो । यामाहाको रेजेडआर १२५ एफआई विशेष गरी फ्यूल इफिसिएंसीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर भए पनि रेजेड आर-१२५ अब स्मार्ट स्कुटरको रुपमा आएको कम्पनीले बताएको छ । ‘फ्युल इन्जेक्सन’ (एफआई) प्रविधिको प्रवर्तक यामाहाले गत वर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रेजेड आर १२५ एफआई पहिलो पटक सार्वजनिक गरेको थियो । कम्पनीको अनुसार रेजेड आर सामान्यतः प्रति लिटर ५८ किलोमिटर माइलेज प्रदान गर्ने बजारमा एक मात्र स्कुटर हो जसले न्यून इन्धनमा उच्चतम माइलेज प्रदान गरी अन्य स्कुटरको तुलनामा ३ वर्षको अवधिमा ९३ हजार रुपैयाँसम्म चालकलाई बचत गर्न मद्दत पुर्याउने कम्पनीको ठहर छ । उक्त स्कुटरको उच्चतम फ्यूल इफिसिएंसी लिखितमा मात्र दाबी नगरी कम्पनीले नियमित रूपमा र्याली आयोजना गर्ने गरेको बताएको छ । स्मार्ट ‘कनेक्ट-एक्स’ फिचर सुरु गर्न एन्ड्रोइड फोन प्रयोग गर्ने चालकले गुगल प्ले स्टोर र एप्पल” को फोन प्रयोग गर्ने चालकले एप्पलको एप स्टोर मार्फत यामाहाको ‘कनेक्ट-एक्स’ एप डाउनलाेड गरी उक्त एपमार्फत आफ्नो मोबाइलफोन स्कुटरमा कनेक्ट गर्न सक्नेछन् । कम्पनीका अनुसार ‘कनेक्ट-एक्स’ एक्टिभेट गरेपछि चालकहरूले निम्न पाँच सुविधाहरू प्राप्त गर्न सक्नेछन् – – ‘लोकेट माइ भिएकल’ मार्फत् चालकले सहजै आफ्नो स्कुटर ‘लोकेट’ गर्न सक्नेछन् । – ‘हजार्ड’ फिचरमार्फत् आकस्मिक अव्स्थाको बेला स्कुटरको चारै वटा इन्डिकेटरहरू बाली अन्य चालकहरूलाई सूचित गर्न सक्नेछन् । – ‘राइडिङ हिस्ट्री’ मार्फत् स्कुटरसँग गरिएको प्रत्येक यात्राको विवरण हेर्न सक्नेछन् । – ‘पार्किङ रेकर्ड’ मार्फत स्कुटर पार्क गरिएको स्थान सहजै पत्ता लगाउन सक्नेछन् । – स्कुटर लोकेट गर्न नसकिएको अव्स्थामा ‘एन्सर ब्याक’ फिचर सेलेक्ट गर्दा स्कुटरको ‘इन्डिकेटर’ र ‘हर्न’ क्रमशः बल्ने र बज्ने भएकोले स्कुटर सजिलै ‘लोकेट’ गर्न सक्नेछन् । गत वर्ष बाइक इन्डिया अवार्डमा ‘स्कुटर अफ द इयर २०२१’ हासिल गरेको यस अल न्यू रेजेड आर १२५ फ्युल-इन्जेक्टेड र भारत स्टायाण्डर्ड ०६, एयर-कूल्ड, १२५ सीसी ब्लू कोर इन्जिनका साथ माइलेजमा थप सुधार र शक्तिशाली बनाइएको स्कुटर हो । जसले ६५०० आरपीएममा ८.२ पीएस पावर तथा ५००० आरपीएममा ९।७ एनएम टर्क जेनेरेट गर्छ । यस स्कुटर ‘कनेक्ट-एक्स’ फिचरपश्चात पनि पहिलेकै मूल्यमा उपलब्ध रहेको यामाहा नेपालका सिईओ राजु क्षेत्रीले बताएका छन् ।