एड्भेन्चर राइड आयोजना गर्दै मोटरहेड, इच्छुकलाई सम्पर्क राख्न आग्रह

काठमाडौं । मोटरहेड बाइकले राइडरलाई सहभागी गराएर एड्भेन्चर राइड कार्यक्रम गर्ने भएको छ । मोटरहेड बाइकको आधिकारीक बिक्रेता एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले शनिबार राइडरलाई सहभागी गराएर एड्भेन्चर गर्न लागेको हो । सो एड्भेन्चरमा १५ जनाभन्दा बढी राइडरलाई सहभागी गराईने कम्पनीले जनाएको छ । एसएलआर प्रालिको धोबिघाटमा रहेको शोरुमबाट सुरु हुने राइड शिवपुरी नेशनल पार्क हुँदै चिशापानीसम्म पुग्नेछ । राइडमा सहभागी हुने राइडरलाई कम्पनीले बिहानको ब्रेकफास्ट पानीपोखरीस्थित जेनेशिस क्याफेमा गर्नेछ । धोबिघाटबाट सुरु हुने राइडमा  चिसापानीमा पुगेर खाना तथा पुनः जेनेशिस क्याफेमा आई बेलुकाको लन्च लिएपछि उक्त कार्यक्रम सम्पन्न हुने कम्पनीको भनाई छ । यस्तै, कम्पनीले सो राइडमा सहभागी हुन इच्छुक मोटरहेडका राइडरलाई शोरुममा सम्पर्क राख्न समेत आग्रह गरेको छ ।

सर्भरको समस्याले देशभरका यातायात कार्यालयको सेवा बन्द, कहिले खुल्छ सेवा ?

काठमाडौं । देशभरका यातायात कार्यालयबाट प्रदान हुने सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ । यातायात व्यवस्था विभागका सर्भरहरूमा विद्युतीय समस्या देखिएपछि विभागले सबै सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको हो । विभागले बुधबार एक सूचना जारी गर्दै बेलुका ५ बजेदेखि सबै सेवाहरु बन्द हुने जनाएकोे छ । विभागका प्रवक्ता डा. लोकनाथ भुसालले समस्या समाधानको प्रयास भइरहेको र नबन्दासम्म सेवा बन्द गरिने बताए । यसअघि पटक पटक विभागको सर्भरमा समस्या आउँदा सवारी लाइसेन्सको अनलाईन फर्म देखि लाइसेन्स नवीकरण लगायतका सेवाहरु अवरुद्ध हुँदै आएका छन् । विभागले चैत १ गतेदेखि अनिश्चितकालका लागि सवारी लाइसेन्सको अनलाईन आवेदन रोकेको छ ।

विश्व कार अवार्डमा इलेक्ट्रिक कारको कब्जा : फाइनललिस्टमा परे फोर्ड, हुन्डाइ र किया

काठमाडौं । हरेक वर्ष प्रदान हुने विश्व कार अवार्डको तीन फाइनलिस्टमा इलेक्ट्रिक कारले कब्जा जमाएको छ । विश्व प्रसिद्ध वर्ल्ड कार अफ द इयर-२०२२ को उपाधिका लागि तीन फाइनलिस्टमा फाेर्ड मुस्ताङ मार्च-इ, हुन्डाइ आइओनिक-५ र किया इभी ६ छन् । यी तीनवटै कार इलेक्ट्रिक हुन् भने इतिहासमै पहिलो पटक, तीनओटै फाइनलिस्टहरू इलेक्ट्रिक कारहरू परेका हुन् । अप्रिल १३ मा हुने न्यु योर्क इन्टरनेशनल अटो शोमा यी तीन विद्युतीय कारमध्ये एउटालाई विजेता घोषणा गर्नेछन् । उक्त समारोहमा वर्ल्ड लक्जरी कार, वर्ल्ड परफमेन्स कार र वर्ल्ड इलेक्ट्रिक भेहिकल अफ द इयर लगायतका समूहगत विधाहरूमा पनि पुरस्कार वितरण गरिनेछ।