दमकमा महिन्द्रा ट्रयाक्टरको शोरुम

झापा । अग्नि ग्रुपले दमकको क्यापस मोडमा आधिकारिक तथा पूर्ण सुविधासम्पन्न महिन्द्रा ट्रयाक्टरको नयाँ शोरुम तथा सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ ट्रयाक्टर शोरुम तथा वर्कशपको उद्घाटन अग्नि ग्रुपकाका प्रबन्ध निर्देशक क्याबिनेट श्रष्ठ लोकत्रान्तिक वाणिज्य संघका संयोजकबबर जंग थापा, निम्स हस्पिटल दमकका उपाकान्त आचार्य, टिएमटी व्रिक्स उद्योगका निर्देशक रवि केसीले संयुक्त रुपमा गरेका छन् । कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दमक र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ ट्रयाक्टर शोरुम र सर्भिस सेन्टर स्थापना गरिएको हो,’ शोरुमले महिन्द्राका युवराज २१५, जिवो २४५, २७५ एनबीपी, ५७५ एनएसटी, यवो र नोभो आदिको ग्राहकहरूलाई बिक्री तथा सेवाका साथ} सक्कली स्पेयर पार्टस् उपलब्ध गराउने अग्नि ग्रुप दमकका शाखा प्रमुख कौशल शाहले जानकारी दिए । यस क्षेत्रमा नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै उद्यमी र कृषिकर्मीहरूलाई सहज पुग्ने कम्पनीले जनाएको छ ।

कर सहजीकरण गर्न नाडाको माग

काठमाडौं । नाडाका अध्यक्ष धुर्व थापाको नेतृत्वमा गएको ६ सदसिय प्रतिनिधि मण्डलल कर सहजीकरणका लागि आन्तरिक राजश्व विभागसँग आग्रह गरेको छ । बुधबार थापा र नाडाका सदस्यले राजश्व विभागका नव-नियुक्त महानिर्देशक रितेश कुमार शाक्यसँग भेटी आन्तरिक राजश्व सम्बन्धी नीतिगत विषयहरुमा छलफल गरेका थिए । उक्त छलफलमा अध्यक्ष थापाले नाडाबाट हरेक वर्ष संचालन हुने तालिम कार्यक्रममा त्यस विभागले गर्दे आएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दे नाडाले निकट भविष्यमै ७ वटै प्रदेशमा आयोजना गर्ने कर सम्बन्धी तालिम कार्यक्रममा पनि सहयोगको लागि आग्रह गरे । सो क्रममा अध्यक्ष थापाले सवारीसाधन बिक्री गर्दा पैठारीकर्ता तथा डिलरहरुले बैंक तथा वित्तीय निकायहरुको अनिश्चितताको कारण मूल्य अभिवृद्धि करको बिल विजक काटन ढिलाई हुने र सो समयमा वास्तविक स्टक समेत नदेखिने कुराको जानकारी गराउँदै सो व्यावहारिक कठिनाइको सहजीकरणका लागि आग्रह गरे । साही छलफलको क्रममा उपाध्यक्ष सुनिल रिजालले स्पेयर पार्टस पैठारीकर्ताहरुले अनिवार्य रुपमा कम्प्युटर बिल जारी गरी सो विलमा एच।यस। कोड समेत उल्लेख गरिनु पर्ने भन्दै अटोमोवाइल स्पेयर पार्टसको अनधिकृत आयातको रोकथामका लागि सीमा नाकाहरुलाई कडाई गरिनु पर्ने धारणा राखे । त्यसैगरी सो छलफलमा महासचिव सुरेन्द्रकुमार उप्रेतिले अटोमोवाइल व्यवसायीहरुलाई मूल्य अभिवृद्धिकरमा अनिवार्य दर्ता गर्नु पर्ने विषयलाई कडाइका साथ लागु गर्ने व्यवस्थाका लागि अनुरोध गर्दै अनलाइन पेमेन्ट को व्यवस्थाका लागि समेत आग्रह गरे । उक्त छलफलमा सो विभागमा उप महानिर्देशकहरु गोविन्द प्रसाद सुवेदी, र रमेश शर्मा पौडेल समेतको उपस्थिति रहेको थियो । त्यसैगरी सो छलफलमा निर्देशक पदम कुमार श्रेष्ठ समेतको उपस्थिती रहेको थियो । सो छलफल तथा भेटघाटमा सचिव विक्रम सिंघानिया लगायत कोषाध्यक्ष मिलनबाबु मल्ल र सहकोषाध्यक्ष पंकज अग्रवाल समेतको उपस्थिति रहेको थियो ।

बजाज पाँचको पन्च याेजना: एउटै व्यक्तिले ५ पटक उपहार जित्ने माैका

काठमाडौं । नयाँ वर्षको उपलक्ष्यमा बजाजले ‘बजाज पाँचको पन्च ग्राहक’ योजना ल्याएको छ । नेपालको लागि बजाजको एकमात्र आधिकारीका विक्रेता हंसराज स्टिल्सले उक्त योजना ल्याएको हो । यस योजनामा ग्राहकहरुले पाँच पटकसम्म उपहार जित्न सक्नेछन् । सबैभन्दा पहिला ग्राहकले फेसबुक पेजमा बजाजको पोष्ट सेयर गरे वापत १ हजार छुट पाउनेछन् । त्यसपछि सोरुमा गएर बाइक छनोट गरेपछि ५० हजारसम्मको छुट पाउनेछन् । र बाईक किन्ने प्रक्रिया सुरु गरेपछि फेसबुकमा पोष्ट गरेवापतको, साेरुममा गएर बाईक रोजेवापतको अनि किन्नलाई बुकिङ्ग गर्दा पाईने छुटसहित ग्राहकले १ लाखसम्मको रकम छुट पाउनेछन् । यस्तै यो अफरको बारेमा अरुलाई रिफर गरे र किन्नेले पनि रिफर गरेको कुरा उल्लेख गरेमा रिफर गर्नेले तीनपटक थप फ्रि सर्भिसिंग पाउनेछ । र यति मात्र नभएर बम्पर पुरस्कार स्वरुप एकजना भाग्यशालीले १० लाखसम्म जित्ने माैका पाउने हंसराज स्टिल्सले जानकारी दिएकाे छ  ।