स्याङयोङ मस्सो ग्राण्डको प्रि–बुकिङ खुल्यो, ४ लाख ३५ हजार फाइदा
काठमाडौं । कोरियाली लक्जरी एसयुटी स्याङयाेङ मस्साे ग्राण्डको प्रि–बुकिङ खुलेको छ । नेपालमा स्याङयाेङकाे मोटर्सको एकमात्र आधिकारिक वितरक आइएमएस मोटर्सले एसयुटीको प्रि–बुकिङ सुरु भएकाे घोषणा गरेको हाे । आइएमएस मोटर्सले स्याङयाेङ मस्साे ग्राण्डको प्रि–बुकिङमा साढे १ लाखसम्मकाे नि:शुल्क सामानहरु, १ लाखसम्मकाे नगद छुट, प्रारम्भिक बुकिङ्गमा १ लाख छुट, ८५ हजारकाे बीमा सुविधा राखेकाे छ । यसकाे अर्थ प्रि बुकिङ्ग गर्नेले कुल ४ लाख ३५ हजार रुपैयाँकाे फाइदा प्राप्त गर्नेछन् । विलासी मुसो ग्रान्ड एटिक रेस्टुरेन्ट, ज्ञानेश्वरमा प्रदर्शन गरिने र इच्छुक ग्राहकहरुको लागि टेस्ट ड्राइभको उपलब्ध रहेकाे कम्पनीले जानकारी दिएकाे छ । प्रि–बुकिङ अफर चैत ३० गतेसम्म लागुहुने कम्पनीले जनाएकाे छ । कोरियाली लक्जरी एसयुभी ब्रान्ड स्याङयाेङ मोटर्स चौथो ठूलो दक्षिण कोरियाली अटोमोबाइल निर्माता हो । सन् १९५४ मा स्थापना भएकाे स्याङयाेङ मोटर्सकाे लक्जरी कारहरु, एसयुभीहरु, पिकअप ट्रकहरु र एमपिभीहरु जस्ता विभिन्न मोडेल लाइन–अपहरु पनि छन् ।
चितवनमा महिन्द्राकाे थ्रिएस र टुएस सव-डिलरको उद्घाटन
काठमाडाैं । नेपालका लागि महिन्द्राको आधिकारीक वितरक अग्नि ग्रुपले भरतपुरकाे हाकिमचाेकमा थ्रीएस डिलर र टाँडीमा टुएस सव-डिलर उद्घाटन गरेकाे छ । सो डिलर र सव-डिलरको उद्घाटन अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ , सेन्ट्रल अटो जोनका प्रबन्ध निर्देशकराजेन्द्र बटाजुले गरेका थिए । कम्पनीले सेल्स, सर्भिस र स्पेयर पार्ट्सलाई भरतपुरकाे र न्यू पञ्चकन्या मोटर पार्ट्सलाई टाँडीकाे डिलरकाे जिम्मवेरी दिएकाे छ । अग्नि ग्रुपले नेपालका विभिन्न स्थानमा आफ्नो नेटवर्कको विस्तार मार्फत आफ्ना सम्पूर्ण सेवाग्राहीहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न तत्पर रहेको र यसरी नै आगामी दिनहरुमा पनि अन्य थप डिलरहरू र सव-डिलहरूको उद्घाटन गर्ने पनि जनाएको छ।
टीभीएस रेडर १२५लाई ‘इण्डियन मोटरसाइकल अफ दि इयर’ अवार्ड
काठमाडौं । टीभीएस रेडर १२५ प्रतिष्ठित भारतीय अवार्ड, ‘इण्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई)’ उपाधि पाएकाे छ । टीभीएस रेडारले मनोनयनमा परेका अन्य ५ कडा प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै उपाधि हात पारेको हो । टीभीएस रेडर १२५, आफ्नो आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितब्ययीता, उत्कृष्ट कार्य सम्पादन क्षमता र भारतीय महाद्विपीय सवारी अवस्थाहरुमा स्थिरताका लागि परिचित छ । इण्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई) उपाधिको छनोट तथा घोषणाका लागि फिनालेमा १४ सदस्यिय निर्णायक मण्डलको गठन गरिएको थियो । निर्णायक मण्डलका सदस्यहरुमा अटो टूडेका एसोसिएट एडिटर राहुल घोष, अटो टूडेका सिनियर स्पेशल करेस्पोन्डेन्ट दिप्यन दत्ता, अटोएक्सका रोड टेष्ट एडिटर शिवांक भट्ट लगायत रहेका थिए । इंडिया टुडे उल्लेखित लेखद्वारा ‘निर्णायक मण्डलीका सदस्यहरुको विशेषज्ञाले पूर्ण प्रमाणिकरण प्रदान गर्ने हुँदा आईएमओटीवाई सवारी साधन उद्योगमै सर्वाधिक प्रतिष्ठित अवार्डका रुपमा स्थापित छ । टीभीएस रेडरलाई यस्तो प्रतिष्ठित अवार्डद्वारा सम्मानित गरिँदा हामी निकै गौरवान्वित छौँ । यसका श्रेय हामी समग्र टीभीएस मोटर्सको टिम लगायत टीभीएस रेडारलाई मायाँ गर्नुहुने समग्र उपभोक्तालाई दिन चाहान्छौँ’, अवार्ड समारोहमा उपाधि ग्रहण गर्दै टीभीएस मोटर्सका वरिष्ठ उपाध्यक्ष मार्केटिंग अनिरुढ हल्दारले भने । हरेक वर्ष भारतिय बजारमा अनेक बाइकहरु सार्वजनिक हुन्छन् । ती मध्य धेरै जसो बजारमा कुनै छाप छोड्न नपाउँदै बिलाउँछन् भने कतिले अटोमोबाइल व्यापारमै उल्लेखनिय बिक्रीको रेकर्ड राख्न सफल हुन्छन् । यस वर्ष टीभीएस रेडरले भारतीय बजारको दुई पांग्रे सवारी साधनको श्रेणीमै सर्वाधिक बिक्री सहित अग्रता हात पार्न सफल भएको छ । अत्याधुनिक फिचर सुसज्जित टीभीएस रेडरले नेपालमा पनि उत्तिकै लोकप्रियता पाइरहेको छ । जगदम्बा मोटर्सद्वारा सन् २०२१को नोवेम्बरमा सार्वजनिक गरिएको यो बाइक युवाहरु माझ अत्यधिक लोकप्रिय छ र नेपालमा पनि उल्लेखनिय संख्यामा विक्रि भइरहेको छ । टीभीएस रेडर १२५मा आकर्षक मस्कुलर लुक्सका साथमा एड्जस्टेवल मोनोशक सस्पेन्सन, यूएसबी चार्जिंग, अन्डर सिट स्टोरेज र फराकिलो टायर लगायत विशेषताहरु उपलब्ध रहेका छन् । साथै, यसमा रहेका आकर्षक नयाँ एलईडी हेडलाइट, एंगुलर एलईडी डीआरएलहरु तथा फेन्डर अप फ्रण्टले समग्र बाइकको लुक्सलाई अझ आकर्षण प्रदान गरेको छ । १ सय २४ दशमलव ८ सीसी, सिंगल सिलिन्डर, एयर आयल कुल्ड एसआई कार्बुरेटर ईञ्जिनद्वारा शक्ति प्रदान गरिएको यसले ७५०० आरपीएममा १२.९ पीएस शक्ति उत्पादन गर्ने र ६ हजार आरपीएममा ११.५ एनएम अधिकतम टर्क उत्पादन गर्ने क्षमता बोकेको छ । बजारमा उपलब्ध अधिकांश १ सय ५० सीसीका मोटरसाइकलमा हाल सम्म पनि २ भल्भ इञ्जिनको प्रयोग भइ रहँदा यो बाइक भने ३ भल्भ इञ्जिनका साथमा बजारमा उपलब्ध गरिएको छ यो मोटरसाइकलले शुन्यदेखि ६० किलो मिटर प्रति घण्टाको गति जम्मा ५.९ सेकेण्डमा प्राप्त गर्ने क्षमता बोकेको छ । भारतीय बजारमा आईएमओटीवाई अवार्डद्वारा सम्मानित यो बाइक नेपालभर रहेका टीभीएस शोरुमहरु मार्फत सहजै उपलब्ध रहेको छ ।