हुन्डाईको सुविधा सम्पन्न साेरुम भक्तपूरको ‘राधे राधेमा’
काठमाडौं । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले भक्तपूरको राधे राधेमा नयाँ साेरुम संचालनमा ल्याएको छ । भक्तपूरमा खुलेको यस नयाँ साेरुमसहित देशभर हुन्डाईको साेरुम संख्या १५ पुगेको छ । भक्तपुर र आसपास क्षेत्रका ग्राहकलाई लक्षितगरी साेरुममा सेल्स, सर्भिस र स्पेयर पार्ट्स् (थ्री एस) सेवा उपलब्ध गराउने गरी सोमबारदेखि संचालनमा ल्याएको कम्पनीले जनाएको छ । अन्य साेरुममा जस्तै कम्पनीले उक्त साेरुमबाट दक्ष र अनुभवी कर्मचारीहरुले गाडी खरिद र खरिदपछिको उत्कृष्ट सेवा दिने जनाएकाे छ । लक्ष्मी इन्टरकन्टिनेन्टलको नेपालभरमा १५ वटा साेरुम तथा १९ वटा सर्भिस स्टेसन रहेको छ । हुन्डाई मोटर्स विश्वको उत्कृष्ट ५ ठूलो अटोमोवाइल उत्पादक कम्पनी हो । हुन्डाईले उत्कृष्ट क्वालीटी तथा आकर्षक डिजाइनका गाडीहरु उत्पादन गर्दै आएको छ ।
सबैभन्दा बढी कार बिक्री गर्ने कम्पनी बन्यो बीएमडब्लू, लगातार तेस्रो ताज
काठमाडौं । जर्मन विलाशी कार निर्माता कम्पनी बीएमडब्लूले हालसम्मकै धेरै कार बिक्री गरेको छ। कोरोना महामारीपछि विश्वभरका कार उत्पादन गर्ने कम्पनीहरुलाई चिप अभाव देखिएको बेला बीएमडब्लूले हालसम्मकै धेरै कार बिक्री गरेको हाे। कम्पनीले २०२१ मा २२ लाख कार बिक्री गरेको हो। यो बीएमडब्लू ब्रान्डका कारको मात्र संख्या हो। वार्षिक रुपमा हुने बिक्री संख्यामा यो इतिहासकै सबैभन्दा धेरै भएको कम्पनीले जनाएको छ। यो विश्व प्रिमियम कार बजारमा बीएमडब्लूको अग्र स्थान रहेको कम्पनीले जनाएको छ। सन् २०२१ को बिक्रीको तथ्यांक अनुसार कम्पनीले मर्सडिज बेन्जलाई पछि पारेको छ । बिक्रीको तथ्यांकमा दुई वर्षदेखि सम्पूर्ण कार कम्पनीलाई पछि पार्दै आएको कम्पनीले सन् २०२१ मा सो ताज पहिरिएर सफलताकाे तेस्रो वर्ष मनाएको छ । बीएमडब्लूको प्रस्तिपर्धिको रुपमा रहेको मर्सडिज बेन्जले २० लाख ५० हजार मात्र गाडी बिक्री गरेको थियो । चिप अभावका कारण मर्सडिज बेन्जको उत्पादनमा क्षमतामा कमी आएको उल्लेख छ । पछिल्लो समय बीएमडब्लूको एक्स ३ क्रसओभर र एक्स ५ मोडल सर्वाधिक बिक्री भएका छन् । मर्सडिज बेन्जलाई पछि पार्दै बीएमडब्लूले विलासी गाडी बिक्रीमा छलाङ मारेको छ ।
महिन्द्रा केयर फेस्ट २०२२ आयोजना हुँदै, के छन् सुविधा
काठमाडौं । फागुन २२ गतेदेखि २७ गतेसम्म ५ दिन महिन्द्रा केयर फेस्ट आयोजन हुने भएको छ । महिन्द्रा फोरव्हीलरको नेपालका अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्कश प्रा. लि. ले सो केयर फेस्ट आयोजना गर्न लागेको हो । महिन्द्रा ४५–पोईन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि हेल्थ चेकअप, लुब्रिकेन्ट्स र स्पेयर पार्टसमा १० प्रतिशत छुट तथा एक्सेसरीजमा २५ प्रतिसतसम्म छुट लिन सकिनेछ । महिन्द्राका ग्राहकले महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई सो केयर फेस्टमा सहभागी हुन सक्नेछन् । महिन्द्राले सेवा ग्राहीको सेवासुविधालाई ध्यानमा राख्दै प्रत्येक वर्ष केयर फेस्ट मार्ट आयोजन गर्दै आएको छ ।