एमजी जेडएस इभीको फेसलिफ्ट मोडल नेपालमा सार्वजनिक हुँदै, यस्तो छ विशेषता
काठमाडौं । एमजीको जेडएस इभी नेपालमा सर्वाधिक विक्री भएको विद्युतीय गाडी हो । एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले एमजीको जेडएस इभी सर्वाधिक बिक्री भएपछि नयाँ मोडलको एमजी नेपालमा ल्याउन लागेको छ । मोटर्सले एमजीको सर्वाधिक सफल इलेक्ट्रीक मोडल जेडएसको फेसलिफ्ट मोडल नेपालमा आइतबार सार्वजनिक गर्न लागेको छ । आईतबार गाडीको मोडल सार्वजनिक गरेपछि बुकिङ खुल्ला गर्ने कम्पनीले तयारी गरेको छ । कम्पनीले आईतबार दुई भेरियन्ट सार्वजनिक गर्न लागेकाे हाे । नेपालमा सर्वाधिक बिक्री भएको जेडएस गाडीको तुलनामा नयाँ फेसलिप्टमा धेरै फरक रहेको छ । यसअघिको जेडएसमा ४४.५ किलोवाट आवरको ब्याट्री रहेकोमा नयाँ भेरियन्टमा ५१.१ किलोवाट र ७२.६ किलोबाट गरी दुई ब्याट्री रहेको छ । ब्याट्रीको साइज बढाइएका कारण यसले दिने रेन्ज बढ्ने मूल्य बढ्ने कम्पनीले जनाएको छ । कम्पनीले जेडएस मोडलको गाडीलाई ५१ लाख रुपैयाँमा बिक्री वितरण गर्दै आएको छ ।
सर्लाहीमा ट्रियो इलेक्ट्रिक अटोकाे बुकिङ खुला
काठमाडाैं । महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो सर्लाहीमा सार्वजनिक गरेको छ । महिन्द्रा समूहको एक हिस्सा रहेकाे यस कम्पनीले बिहीबार मलंगवा–३, सर्लाहीमा उक्त इलेक्ट्रिक अटो सार्वजनिक गरेकाे हाे । महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको कम्पनीले जानकारी दिएकाे छ । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक २ लाख (पेट्रोल अटोको तुलनामा) रुपैयाँ बचत गर्नसक्ने कम्पनी बताउँछ । भारतमा महिन्द्रा ट्रियो १० हजारभन्दा बढी बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो । याे पहिलाेपल्ट २०१८ मा सार्वजनिक गरिएकाे थियाे । ट्रियो ठूलो मात्र नभइ विद्युतीय सवारी साधन उद्योगकै सबैभन्दा राम्रो (बेस्ट इन इन्ड्रस्ट्री) २,०७३ मिलिमिटर व्हीलबेसका साथ, जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङको प्रयोग गरिएको छ । यस अटाेमा राम्रो रोक्ने शक्ति भएको हाइड्रोलिक ब्रेक पनि उपलब्ध हुनुकाे साथै यस अटाेले पूर्ण रूपमा डिजिटल यान्त्रिक कन्सोलले चार्जको अवस्था (स्टेट अफ चार्ज–एओसी), गाडी चलाउने दायरा, गति, ड्राइभ मोड संलग्नता र अन्य विभिन्न सूचनाहरूको विस्तृत जानकारी देखाउँछ । यसकाे अटाेकाे मूल्य ८ लाख ४० हजार ताेकिएकाे छ ।
फोर्स गुर्खाको बुकिङ्ग खुल्ला, सुरुवाती मूल्य ७९ लाख
काठमाडौं । बहुप्रतिक्षित फोर्स गुर्खा जिपको मुल्य सार्वजनिक गरी बुकिङ्ग खुल्ला गरिएको छ । भारतको बजारमा अत्याधिक रुचाईएको फोर्स गुर्खाको आयतकर्ता हिमालय अर्गनाइजेशन अन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्राली रहेको छ । विशेषत अफरोड र एड्भेन्चर ट्राभल मन पराउने ग्राहकको लागि लक्षित गरी बनेको फोर्स गुर्खामा विश्व प्रशिद्ध मर्सिडिज बेन्जको २.६ लिटर ईन्जिन, गेयरवक्स र एक्सल जडान गरिएको छ । फोर्स गुर्खामा पावरफुल फोर ह्विल ड्राईभ, म्यानुवल डिफ्रेन्सियल लक( अगाडी र पछाडी दुवै एक्सलमा ), ३५ डिग्री ग्रेडिएविलिटी र उच्च ग्राउन्ड क्लियरेन्स भएकोले जस्तो सुकै बाटोमा पनि उपयुक्त रहेको छ । साथै बल्की डिजाईन र बाेल्ड लुक्स भएको फोर्स गुर्खामा आकर्षक एल ई डि हेडल्यम्प विथ डि आर यल, टिल्ट एण्ड टेलिस्कोपिक स्टेरिङ्ग, एडभान्स ईन्फोटेन्मेन्ट सिस्टम लक्जरियस पाईलट सिट, कोयल स्पिङ्ग सस्पेन्शन जस्ता आकर्षक फिचर रहेका छन । फोर्स गुर्खामा स्नोरकल भएकोले ७०० एम् एम् पानी भएको ठाउँमा पनि सहज रुपमा चलाउन सकिन्छ भने यस जिपमा सुरक्षालाई मध्यनजर गर्दै एयर व्याग, ए.वि.एस्. ई.डि.वि. व्रेक र रिभर्स पार्किङ्ग सेन्सर जस्ता फिचर्स रहेका छन् । थ्री डोर डिजाईन र ४ सिट क्षमता भएको यस जिपमा सहज ईन्ट्री र एक्जिट, पर्याप्त वुट स्पेस र ग्याङ्गवे रहेको छ । यस जिपमा ठुलो सिङ्गल विईन्डो रहेकोले बाहिरी दृश्यको अवलोकन मज्जाले गर्न सकिन्छ । कम्पनीको अनुसार यस जिपको सुरुवाती मुल्य ७८ लाख ९९ हजार कायम गरिएको जुन केही समयको लागि मात्र लागु हुने छ ।