ठूला घरानाबीच नाडामा प्रतिस्पर्धा, कसलाई कुन ब्राण्डको साथ
काठमाडौं । नाडा आबोमोबाएल्स एसोसिएसन अफ नेपालको ४५ औं अधिवेशन यही मंसिर २२ र २३ गते काठमाडौंको सोल्टी होटलमा हुँदैछ । नाडाको अधिवेशनले आगामी २ वर्षका लागि नयाँ कार्यसमिति गठन गर्नेछ । अधिवेशनको मिति नजिक आएसँगै नयाँ नेतृत्वका लागि ठूला व्यवसायी घरानाबीच प्रतिस्पर्धा सुरु भएको छ । नयाँ कार्यसमितिका लागि हालका उपाध्यक्ष करण चौधरी र पूर्व उपाध्यक्ष धुव्र थापाले १७/१७ जनाको चुनावी प्यानल घोषणा गरिसकेका छन् । दुबै समूहले निर्वाचनको दिन बिहानसम्म सर्वसहमतिका लागि आफू तयार रहेको बताएका छन् । उनीहरुले गरेको चुनावी तयारीलाई आधार मान्ने हो भने सहमतिको सम्भावना नरहेको जानकारहरु बताउँछन् । चुनाव कति पेचिलो बन्दै छ भन्ने जानकारी दिन नाडाको सदस्यता विस्तारलाई आधार मानेर हेर्नु पर्ने एक जना कार्यसमिति सदस्यले बताए । निर्वाचनको पूर्वाद्धमा करिब २ हजार ३ सय जना नयाँ सदस्यता विस्तार भएको छ । वर्तमान कार्यसमितिका एक सदस्यका अनुसार नियमित प्रक्रियाबाट करिव ३०० नयाँ सदस्यताको लागि आवेदन परेको थियो । तर चुनावी तयारीमा जुटेका करण चौधरी र ध्रुबै थापा दुबैले १/१ हजार जना नयाँ सदस्यताको आवेदन नाडामा बुझाएका थिए । नयाँ सदस्यताको विषयमा नाडामा लामो छलफल पनि नभएको होइन । नाडालाई संघीय मोडलमा लैजाने र सदस्यता पनि विस्तार गर्ने नीति अनुसार नै नयाँ सदस्यता थपएिको उपाध्यक्ष तथा नयाँ अध्यक्षको दावेदार करण चौधरीले बताए । सदस्यता वितरण गर्दा विभिन्न ब्राण्डका नेपालका लागि आधिकारिक विक्रेताहरुले सबै सबडिलर, स्पेयर पार्ट बिक्रेता, सर्भिस सेन्टरहरुलाई सदस्यता दिलाएका थिए । कुन ब्राण्ड कता ? अध्यक्ष पदका दावेदार धुब्रवहादुर थापा फोर्स मोटरको नेपालको आधिकारिक बिक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष हुन् । उनलाई हुन्डाईको आधिकारिक बिक्रेता तथा लक्ष्मी गुप्रको साथ रहेको पाइन्छ । लक्ष्मी गुप्रका कार्यकारी निर्देशक निराकर श्रेष्ठ उनको टिममा उम्मेदवार छन् । नाडाका उपाध्यक्ष तथा फोर्ड मोटर्सका आधिकारिक बिक्रेता आकाश गोल्छाले थापालाई सहयोग गरेका छन् । अटो मोवाइल क्षेत्रमा बलियो उपस्थिति जनाएका शंकर गुप्र, दुगड गुप्र, गोल्छा अर्गनाइजेसन, बैद्य अर्थनाइजेशन, सारडा गुप्र तथा कन्टिनेन्टल गुप्रले थापालाई साथ दिएका छन् । ब्राण्डका हिसावले फोर्स, हुण्डाइ, बजाज, टीभीए, टोयटा, भक्सवागन, रेनोल्ड, निसान, गो फोर्ड, ड्याट्सन, विवाइडी, मित्सुविसी, एमजी लगायत गाडीको विक्रेताले थापालाई साथ दिने भएका छन् । यस्तै, थापा समूहले पहिलो पटक महिला प्रतिनिधिलाई आप्नो प्यानलमा समावेश गरेको छ । विवाईडीको अधिकारिक विक्रेता साइमेक्स इंककी कार्यकारी निर्देशक यमुना श्रेष्ठ, हिक्टो प्रा.लिका प्रदिपमान प्रधान, सुवासिस थपलिया, अमरज्योति रञ्जित, बि.एन. पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायणप्रसाद पौडेल (राजन), प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बि.एस्. कंसाकार, सञ्जयकुमार खेतान उनको प्यानलमा खुलेका छन् । करण चौधरी सुजुकी नेपालको आधिकारिक बिक्रेता तथा चौधरी समूहको सीजी मोटोकर्पका कार्यकारी निर्देशक हुन् । उनलाई टाटा, यामाहा, हिरो, होण्डा, महिन्द्रा, जीप, स्कोडा, पेउगोट लगायत ब्राण्डका व्यापारीहरुको समर्थन देखिन्छ । चौधरीको टिममा सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठ, हिरो मोटर्सका कार्यकारी निर्देशक अभिक ज्योति, आईएमई मोटर्सका निशान ढकाल रहेका छन् । यस्तै, नाडाको वर्तमान कार्यसमितका महासचिव एवंम पार्ट्स व्यवसायी सुनिल रिजाल, सुजुकी डिलर तथा कार्यसमिति सचिव अनुप बराल, सुरेन्द्र उप्रेती, नाडाका पूर्व उपाध्यक्ष तथा हिरो डिलरका प्रकाश कपुरी चौधरी प्यानलबाट चुनाव लड्दै छन् । यस्तैगरी, ब्याट्री उद्योगी सुरेन्द्र कुमार उप्रेती, टायर व्यवसायी विक्रम सिंघानिया, एमएडडब्लुका मिलनबाबु मल्ल, पार्ट्स रिटेलर पंकज अग्रवाल र निलामणि पाठक पार्टस, पार्टस व्यवसायी देवराज भणडारी लुब्रिकेन्ट्स व्यवसायी गंगाराज भट्टराई र चितवनका अटो व्यवसायी गोपाल भट्टराई चौधरी समूहको प्यानलमा रहेका छन् । थापाले आप्नो प्यानलाई ९० प्रतिशत अटोमोबाइल्स व्यवसायीको साथ रहेको दाबी गरेका छन् । चौधरीले वर्तमान कार्यसमितिको ८० सदस्य आफ्नो प्यानलमा रहेको बताएका छन् ।
थापा र चौधरी प्यानलसहित चुनावी मैदानमा, कसले जित्ला बाजी ?
काठमाडौं । अटोमोबाइल्स एशोसियसनको अफ नेपाल (नाडा) को आगामी अध्यक्षका लागि दुई ठूला व्यवसायीक घराना चुनावी मैदानमा उत्रिएका छन् । नाडाको आगामी नेतृत्वको लागि फोर्स मोटरको नेपालको आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुवबहादुर थापा र सुजुकी कारको नेपालका लागि आधिकारिक विक्रेता सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले प्यानलसहित अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका हुन । चौधरी हालका कार्यसमिति उपाध्यक्ष हुन भने थापा पूर्वउपाध्यक्ष हुन । नाडाको आगामी कार्यालयका लागि सर्वसहमतिको ढोका खुल्ला भएको भन्दै दुबै समूहले प्यानल नै बनाएर उम्मेद्वारी घोषणा गरेका हुन । चौधरी ठूला व्यवसायी घरानाबाट हुन् भने थापा मोपसलबाट व्यवसाय गर्दै आएका हुन । आफूले यसअघि पनि नेतृत्वका लागि दाबी गरेको भएपनि सहमतिका लागि त्याग गरेको भन्दै थापाले यसपटक त्यस्तो त्याग हुन नसक्ने बताएका छन् । यस्तै, चौधरीले पनि आफूलाई धेरै अटो व्यवसायीहरुको समर्थन रहेको भन्दै पछि नहट्ने बताएका छन् । बुधबार अध्यक्षसहित १८ जनाको प्यानल घोषणा गरेका चौधरीको साथमा नाडाको हालको कार्यसमितिका ८० प्रतिशत सदस्यको साथ रहेको छ । चौधरीले घोषणा गरेको प्यानलमा टाटा गुप्रका सिईओ राजनबाबु श्रेष्ठ, हिरोका अभिक ज्योति, महिन्द्राका बरदान बस्नेत र यामाहाका मिलनबाबु मल्ल रहेका छन् । साथै हाल नाडाको कार्यसमितिका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती, विक्रम सिंघानिया, पंकज अग्रवाल, प्रकाश कपुरी, निलमणि पाठक, निशान ढकाल, गोपाल भट्टराई, राजेन्द्र अग्रवाल, गंगाराज भट्टराई, वर्ण न्यौपाने र देवराज भण्डारी पनि उनकै समूहमा रहेका छन् । यता थापाले घोषणा गरेको प्यानलमा हुन्डाईको आधिकारिक बिक्रेता तथा लक्ष्मी गुप्रको साथ रहेको छ । पोखराकै व्यवसायी रहेका लक्ष्मी गुप्रका कार्यकारी निर्देशक निराकर श्रेष्ठ तथा नाडाका उपाध्यक्ष तथा फोर्ड मोटर्सका आधिकारिक विक्रेता आकाश गोल्छाले थापालाई सहयोग गरेका छन् । उनको साथमा दिपक अग्रवाल, कपिल शिवाकोटि र शुभाषिष थपलिया र महिला प्रतिनिधिको रूपमा बीवाईडीकी यमुना श्रेष्ठ रहेकी छिन् । यस्तैगरि, हिक्टो प्रालिका प्रदिपमान प्रधान, अमर ज्योति रञ्जित, रिकन्डिसन व्यवसायी बीएन पाठक, दिप्रेन्द्रकुमार मिश्र, नारायण प्रसाद पौडेल, नवराज भुषाल, प्रकाश सिक्देल, रिद्धि कार्की, सगुन कन्साकर र सञ्जय कुमार खेतान उनको प्यानलमा खुलेका छन् । नाडाको आगामी ४५ औं वार्षिक साधारणसभा यहि मंसिर २२ र २३ गते सोल्टी होटलमा हुँदैछ ।
व्यवसायी धुव्र थापाद्धारा नाडा अध्यक्षमा उम्मेद्वारी घोषणा
काठमाडौं । व्यवसायी धुव्र थापाले प्यानल सहित अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै थापाले अध्यक्षमा उम्मेद्बारीसहित आफ्नो प्यानल घोषणा गरेका हुन् । उनले आफू अध्यक्षसहित १७ कार्यकारी समितिको नामावली घोषणा गरेका हुन् । उनले घोषणा गरेको प्यानलमा नाडाका कार्यसमितिका आकाश गोल्छा, निराकार श्रेष्ठ, दिवक अग्रवाल, कपिल शिवाकोटी र शुभाशिष थपलिया रहेका छन् । यस्तै, यमुना श्रेष्ठ, अमरज्योति रञ्जित, बिएन पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुषाल, नारायणप्रसाद पौडेल, प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्दि कार्की, सगुन बिएस् कंसाकार, सञ्जयकुमार खेतान सदस्य रहेका छन् । नाडाको ४५ औं साधारणसभा तथा नयाँ कार्य समितिको निर्वाचन यही आउँदो मंसिर २२ र २३ गते हँदैछ । निर्वाचित अध्यक्षसहितको सदस्यले अन्य कार्यसमिति पदाधिकारीहरुको टुंगो लगाउने छ । यसअघि बुधबार अध्यक्षका प्रत्यासी करण चौधरी समूहले प्यानल घोषणा गरिसकेका छन् ।