नायक राजेश हमालले किने एक करोड ३६ लाखकाे जिप
काठमाडौं । नायक राजेश हमाल एक करोड ३६ लाख ९० हजार रुपैयाँ पर्ने गाडी जिप कम्पास किनेका छन् । महानायक हमालले बिहीबार नक्सालस्थित जिप सोरुमबाट लेजेन्डरी जिप कम्पास लिएका हुन् । उनले युवा अवस्थादेखि नै जिपको डिजाइन र अफरोड क्षमताले आफुलाई प्रभावित बनाएको बताएका छन् । जिप कम्पासकाे लागि एमएडब्लु लाइफ नेपालकाे एक मात्र आधिकारीक विक्रेता हाे । ‘जिपले यो वर्ष निकै राम्रो गति लिइराखेको छ र सेग्मेन्टमै सबैभन्दा ठूलो बजार हिस्सा हासिल गर्न सफल छ,’ एमएडब्लु लाइफका प्रमुख कार्यकारी निर्देशक अनिश लामिछाने भने, ‘नेपाली बजारले नयाँ जिप कम्पासलाई सहजै स्विकारेको छ र हामी निकै उत्साहित छौं ।’ नेपालमा नयाँ जिप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेल गरी चार ट्रिममा उपलब्ध छ ।
ग्रेट वाल मोटर्सको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ सुरु
काठमाडौं । ग्रेट वाल मोटर्स (जिडब्लुएम) दुई एसयूभीहरु – थर्ड जेन हवाल एच सिक्स र हवाल जोलायनकाे साथै पीक–अप पावर को ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ सुरु भएकाे छ । जिडब्लुएमकाे गाडीहरुको नेपालको लागि आधिकारिक विक्रेता भि.जी. ईम्क्पेक्सले उक्त ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ सुरु गरेकाे हाे । साे क्याम्प मङसिर १४ गतेसम्म संचालन हुने कम्पनीले जनाएकाे छ । क्याम्पमा सहभागि हुन ग्राहकले थापाथलीस्थित ग्रेट वाल मोटर्सको शाोरुममा गएर बिहान १० बजेदेखि बेलुका ५ बजे भित्र निशुल्क टेस्ट ड्राइभ तथा एक्सचेन्जको फाइदा लिन सक्नेछन् । टेस्ट ड्राइभका लागि आउने प्रत्येक ग्राहकहरुले आकर्षक उपहार पाउनुका साथै ४३ को एमआइ स्मार्ट टि.भी. जित्ने मौका पाउनेछन् । यस क्याम्प अन्तर्गत ग्राहकहरुले गाडी एक्सचेन्ज गरी बुकिङ्ग गर्न सक्नुकाे साथै आकर्षक बोनस, नगद छुट, निःशुल्क एसेसोरिज र सहज फाइनान्सिङको सुविधा पनि उपलब्ध हुनेछ । क्याम्पमा ग्राहकहरुलाई गाडीहरुको विशेषता र फाइनान्सिङको बारेमा जानकारी गराउन अनुभवी विज्ञहरु उपस्थित रहने कम्पनीले जनाएकाे छ । कम्पनीकाे अनुसार चीनमा विगत ११ वर्षदेखि सबैभन्दा धेरै बिक्री हुने नम्बर १ एसयूभी हवाल ७० लाखभन्दा धेरै सङ्ख्यामा बिक्री भइसकेको छ । ३५ लाखभन्दा धेरै बिक्री भएको हवाल एच सिक्स ९५ महिनासम्म चीनमा सबैभन्दा धेरै बिक्री हुने एसयूभी पनि हो । चीनको घरेलु बजारमा नम्बर १ स्थानमा रहेको पीक–अप पावर निर्यातमा पनि लगातार २४ वर्ष देखि सबैभन्दा माथि रहेको छ । घरेलु बजारको ५० प्रतिशत हिस्सा ओगटेको पावरको विश्वव्यापी जम्मा बिक्री १९ लाख एकाइ रहेको कम्पनीले जनाएकाे छ ।
तरलताको अभाव र खर्च नउठ्ने भएपछि नाडा अटो शो सर्याे, अब दशैंमा
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आयाेजना गर्ने नाडा अटो शो पुनः सरेको छ । यसअघि एशोसिएशनले फागुन ९ गतेदेखि १४ गतेसम्म गर्ने भनेको नाडा अटो शो अब भने दशैंमा मात्रै हुने भएको हो । अहिले बजारमा तरलताको अभाव, शोमा सहभागीहरुको कम र शोको लागि गर्ने खर्च नै नउठ्ने देखेपछि नाडा अटो शोलाई सार्नु परेको नाडा सचिवालयले बताएको छ । नाडा सचिवालयका फागुनमा हुने भनिएको शोका लागि स्टल बुकिङ खोल्दा कमै सहभागी हुने देखिएपछि सारिएको हो । ‘अहिले बजारमा तरलताको पनि अभाव छ, हामीले गरेको खर्च पनि उठ्ने देखेनौं, सहभागी पनि कमै हुने भए तयसैले पनि सानु पर्यो,’ नाडा सचिवालयले भन्यो । व्यवसायीहरुले एकै वर्ष २ पटक अटो शो हुने भएको भन्दै दशैंमा समयमा उचित हुने सुझाव दिएका थिए । यसअघि नाडाले प्रत्येक वर्ष सेप्टेम्बरमा अटो शो गर्ने गरेको थियो । तर कोभिड–१९ महामारीपछि अटो शो हुन सकेको छैन् । केही दिनअघि अटो शोको लागि स्टल बुकिङ खुल्ला भएको थियो । नोभेम्बर १८ तारिखदेखि २२ तारिकसम्मको समय राखेर खुल्ला भएको स्टल बुकिङमा मोटरसाइकल र पार्टस्का स्टल बुकिङ भएपनि कार सेग्मेन्टमा अत्यन्त न्यून बुकिङ भएको थियो ।