स्थगित रहेकाे हुन्डाईकाे याेजना पुनः शुरू, गाडी खरिदमा विशेष छुट पाइने
काठमाडाैं । हुन्डाईका लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले स्थगित गरेकाे याेजना पुनः शुरू गरेकाे छ । ‘यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं’ नामक उक्त याेजना कम्पनीले पुनः सुचारू गरि असार ३१ गतेसम्म सञ्चालन गर्ने भएकाे छ । यसअघि याे योजना २०७७ चैत १९ गतेदेखि २०७८ बैशाख १७ गतेसम्म रहेको थियो । तर विश्वव्यापी रोग कोभिड १९ ले निषेधाज्ञाका कारण यस योजना स्थगित भएको थियो । यो योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिनेछ । यो योजना अन्तर्गत हरेक खरिदमा ग्राहकले आकर्षक नगद छुट स्क्रयाच कार्ड मार्फत ७८ रूपैयाँसम्मको अतिरिक्त छुट, १५ हजार रूपैयाँ बराबरको लोयल्टी बोनस, १ लाख रूपैयाँसम्मको एक्सचेन्ज बोनस तथा १ वर्षको बीमा सुविधा प्राप्त गर्नेछन् । हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ । हुन्डाई नेपालले सबै शोरुमहरु तथा सर्भिस सेन्टरहरु कोभिड-१९ को सुरक्षा प्रोटोकल पालना गरी सञ्चालन गरिनेछ । हुन्डाई नेपाल आफ्ना ग्राहकहरुलाई उत्तम सेवा र सुविधा प्रदान गर्न सधै प्रतिबद्ध रहेको छ। लक्ष्मी इन्टरकन्टीनेन्टलले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाईल उत्पादक मध्येमा पर्दछ ।
२ कराेड रुपैयाँ पर्ने हुन्डाई प्यालिसेड नेपाल भित्रियो
काठमाडाैं । हुन्डाई गाडीको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ एसयूभी प्यालिसेड नेपाल भित्राएको छ । प्यालिसेड ७ सीटर प्रिमियम एसयूभी हो । कम्पनीकाे अनुसार यो कार छिट्टै नै आधिकारीक रूपमा सार्वजनिक हुनेछ । यो कार कोरियामा उत्पादन भएर नेपाल आएको हो । नेपाली बजारमा प्यालिसेड २।२ लिटरको डिजल इन्जिन अप्सनमा आउने सम्भावना रहेको छ जसले २०० पीएस पावर तथा १७५०(२७५० आरपिम टर्क उत्पादन गर्नेछ । यो एसयूभी ८ स्पीड अटोमेटिक ट्रान्समीसनमा उपलब्ध रहेको छ । नेपाली बजारमा यो एसयूभीको शुरूआती मूल्य २ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ । नेपाली बजारमा यो एसयूभीको प्रतिस्पर्धा टोयाटाको फर्चुनर, मित्सुबिशी पजेरो र फोर्डको इन्डेभरसँग हुनेछ ।
विद्युतीय बस किन्न बागमती प्रदेशले छुट्यायो ५० करोड
काठमाडौं । बागमती प्रदेश सरकारले विद्युतीय सवारी साधन खरिद गर्नको लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यस्तै, बागमती प्रदेश सरकारले मुग्लिन, नारायणघाट हेटौडा सडकखण्डको उपयुक्त स्थानमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन स्थापना गर्ने भएको छ । यसको लागि निजी क्षेत्रको पनि सहकार्य खोजिने मन्त्री ढुंगेलले जानकारी दिए ।