‘यामाहा रे जेडआर १२५ एफआई’ले जित्यो ‘स्कुटर अफ द इयर’ अवार्ड

काठमाडौं । नेपालकै सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको टु-ह्विल ब्रान्ड यामाहाले भर्खरै बाइक इन्डिया अवार्डमा ‘स्कुटर अफ द इयर २०२१’ हासिल गरेको छ । ‘फ्युल इन्जेक्सटन’ (एफआई) प्रविधिको ‘पायोनियर’ यामाहाले गत वर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रेजेड आर १२५ एफआई सार्वजनिक गरेको थियो । यामाहा रेजेडआर १२५एफआई ‘फास्टेस्ड पिकअप’ भएको स्कुटर हो । यसले मात्र ७.५९ सेकेन्डमा शुन्यदेखि ६० किलोमिटर प्रतिघन्टाको गति लिनसक्छ भने यसको माइलेज सेग्मेन्टमै सबैभन्दा बढी ५८ किलोमिटर प्रतिघन्टा रहेको छ । यसका साथै यसमा ‘स्टप एन्ट स्टार्ट सिस्टम’, ‘साइड स्ट्यान्ड इन्जिन कट अफ स्विच’ जस्ता एक्सक्ल्युसिभ फिचरहरु छन् । साथै यसको कर्बवेट ९९ किलोग्राम मात्र रहेको छ र यसमा एफआई प्रविधि र बीएस६ इन्जिन रहेको छ । रेजेडआर १२५ एफआईमा ‘वाई’ आकारको एलईडी लाइट, नयाँ ‘डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर’, ‘क्वायट स्टार्ट अप’ का लागि स्मार्ट मोटर जेनेरेटर र ‘युनिफाइड ब्रेकिङ सिस्टम’ रहेको छ । भारत विश्वकै सबैभन्दा ठूलो टु–ह्विलर बजार हो । भारतकै सबैभन्दा प्रतिष्ठित अवार्ड जितेर यामाहा रेजेडआर १२५ एफआईले आफूलाई विश्वकै सर्वोत्कृष्ट स्कुटर भएको सावित गरेको छ । यो अवार्डले भारतमा यो स्कुटरलाई भारतमा निकै रुचाइएको सन्देश पनि दिएको छ । नेपालमा पनि यामाहा रेजेडआर १२५ एफआईलाई ग्राहकले निकै रुचाएका छन् । ‘यामाहा रेजेड आरले भारतकै प्रतिष्ठित अवार्ड जितेकोमा हामी निकै खुशी छौं । हामीलाई विश्वास थियो यो स्कुटर अभुतपूर्व छ । स्कुटर अफ द इयर अवर्डाले यसलाई अन्तर्राष्ट्रिय सम्मान दिलाएको छ । हामी यसमा गौरवान्वित छौं,’ स्कुटर अफ द इयर अवार्ड जितेपछि एमएडब्लु-यामाहाका सीईओ चिरञ्जीवी शाहले भने ।

आपतकालिन सेवाकाे लागि हुन्डाइले सुरु गर्याे हटलाइन

काठमाडाै । हुण्डाइका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि ले आफ्ना ग्राहकहरुको लागी हटलाइन सेवाको सुरु गरेको छ । अहिले कोभिडद्वारा उत्पन्न भएको परिस्थितिमा पनि हुण्डाइका सवारी चालकहरुलाई आपतकालिन सेवा प्रदान गर्न कम्पनीले हटलाइन सेवा सुरु गरेकाे हाे । कम्पनीले हालकाे लागि काठमाडाैं उपत्यकाकाे लागि हटलाइन सेवा सुरु गरेकाे छ । हुण्डाइका ग्राहकले निषेधाज्ञाकाे समयमा हटलाईन सेवाको लागी सम्पर्क नम्बर  ९८०१२०१५२० र ९८०१२३९२६० मा सम्पर्क गर्न सक्ने कम्पीले जानकारी दिएकाे छ ।  

नेपालको पहिलो विद्युतीय मोटरसाइकल यात्रीको बुकिंङ खल्ती वालेटबाटै गर्न सकिने

काठमाडौं । नेपालको पहिलो विद्युतीय बाइक यात्री मोटरसाइकलको बुकिंङ खल्ती डिजिटल वालेटबाट गर्न सकिने भएको छ । यात्री मोटरसाइकलले पहिलो चरणमा १ हजार बाइकको बुकिंङ लिने छ । कम्पनीले सुरूमा १० हजार रूपैयाँ भुक्तानी गरेर बाइकको बुकिंङ गर्न सकिने व्यवस्था मिलाएको छ । कम्पनीले खल्तीबाट मात्रै बुकिंङको भुक्तानी लिने र  शुक्रबारदेखि बुकिंङ गर्न सकिने जनाएकाे छ  । यात्री मोटरसाइकल सहरी क्षेत्रका कामकाजीहरूलाइ लक्षित गरेर निर्माण गरिएको विद्युतीय सवारी हो । कम्पनीले सुरुवाती समयमा पी जेरो र पी वान गरी दुई वटा मोडेल बजारमा ल्याएको छ । कम्पनीको प्रिमियम बाइक पी जेरोको मूल्य १९ लाख ४९ हजार रुपैयाँ राखिएको छ । यस्तै पी वानको मूल्य ४ लाख ९५ हजार रुपैयाँ रहेकाे छ । कम्पनीले अहिले अर्डर गरेको मोटरबाइक ४ महिनामा उपलब्ध गराउने जनाएको छ । यात्री पी जेरो मोडेलको मोटरबाइक एक पटकको चार्जमा २३० किलोमिटर गुड्नसक्ने कम्पनीले जनाएको छ । सुरुवाती २.५ सेकेन्डमै ६० किलोमिटर प्रति घण्टाको गति पकड्न सक्ने यो बाइक अधिकतम १४० किलोमिटर प्रतिघण्टा गुड्न सक्ने कम्पनीको दाबी छ । यसको तौल १९५ केजी रहेकाे छ । त्यस्तै यात्री पी वान मोटरसाइकल एक पटक चार्ज गर्दा १२० किलोमिटरसम्म गुड्न सक्छ ।