जावा मोटरसाइकलकाे पहिलाे राइड सम्पन्न

काठमाडौं । जावा मोटरसाइकलले नेपालका लागि ब्राण्डको आधिकारिक वितरक अग्नि मोटोइंक प्रालिसँग मिलेर शनिबार नेपालमा पहिलो पटक आमन्त्रणात्मक मोटरसाइकल यात्रा सम्पन्न गरेको छ । क्लासिक लिजेन्ड्सका सह–संस्थापक तथा निर्देशक अनुपम थरेजाले काठमाडौंदेखि नगरकोटसम्मको यात्राको नेतृत्व गर्दै जावा मोटरसाइकलमा नेपालको रमणीय दृश्य घुमाउँदै देशभरका जावा समुदायका चालक, पत्रकार र प्रभावशाली व्यक्तीहरुसँगै यात्रा गरेका थिए । जावा मोटरसाइकलले हाल नेपालमा जावा, जावा ४२ र जवा पेराक मोटरसाइकलको बिक्री वितरण गर्दै आएको छ । ‘हामी नेपालमा उपस्थित भएको एक वर्षभन्दा बढी भएको छ र यहाँ मोटरसाइक्लिङ गर्ने समुदायबाट प्राप्त स्नेह साँच्चिकै उत्साहजनक रहेको छ,’ क्लासिक लिजेन्ड्सका सह–संस्थापक तथा निर्देशक अनुपम थरेजाले भने, ‘नेपालमा सवारी यात्रा गर्न पाउँदा रोमाञ्चित भयौं । नेपाल रमणीय सुन्दर देश हो । आज देशभरका जावा प्रेमी साथीहरूसँग सवारी गर्नु एउटा गजबको अनुभव थियो । सडक र रमणीय स्थानहरूले निश्चित रूपमा जावा मोडेलको आकर्षण र सम्भाव्यतालाई अझ बढाउन सक्छ ।’ ‘हाम्रा स्थानीय वितरण साझेदार अग्नि मोटोइंकले स्थानीय रूपमा जावा ब्रान्डको प्रतिनिधित्व गर्छ र उनीहरूले देशका सबै क्लासिक मोटरसाइकल प्रेमीहरूलाई अतुलनीय सवारी र स्वामित्व अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई समर्थन गर्छ । हाम्रो हृदयमा नेपालका लागि विशेष स्थान छ । हामी यस सुन्दर देशमा हाम्रो समुदाय (कोम्युनिटी) वृद्धिका लागि तत्पर छौं,’ उनले थपे । क्लासिक लेजेन्ड्सले विगत तीन वर्षदेखी भारतमा जावा ब्रान्डको मोटरसाइकललाई सफलतापूर्वक स्थापित गरिसकेको छ र आफ्नो आधारलाई विस्तार गर्ने योजना बनाएको छ । यस ब्राण्डले नेपालका प्रमुख शहरहरू जस्तै काठमाडौं, पोखरा, बिर्तामोड, विराटनगर, इटहरी, धरान, लहान, वीरगन्ज, नारायणघाट, बुटवल, भैरहवा, नेपालगन्ज, दाङ, सुर्खेत र बाग्लुङ्गमा सफलतापूर्वक डिलरसिप स्थापना गरेको छ ।

अब मात्र ०.९९ प्रतिशत ब्याजमा प्रोटोनको गाडी किन्न सकिने

काठमाडाैं । प्रोटोनको एकमात्र आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नेपाल मै पहिलो र उत्कृष्ट ‘विशेष ०.९९ प्रतिशत’ योजना ल्याएकाे छ। विशेष ०.९९ प्रतिशत ब्याजदर योजनाका साथै अन्य थुप्रै ब्याजदरको विकल्प समेत यस योजनामा समावेश गरिएको कम्पनीले जनाएकाे छ । नेपालमा बैंकको ब्याजदरमा उताडचडाव भैरहेको अवस्थामा पनि यस योजना अन्तर्गत ग्राहकले प्रोटोनको क्बनब र ह्ठण् मात्र ०.९९ प्रतिशत ब्याजदरमा फ़ाइनेन्सिङ्ग गरेर खरिद गर्न सक्नेछन्। उचित कागजपत्र बुझाएको ४८ घण्टामै ग्राहकहरुले आफुले रोजेको प्रोटोन गाडी खरिद गर्न सक्नेछन् । यस प्रोटोन ‘विशेषू योजना बाहेक ग्राहकहरुले अन्य आकर्षक २.९९ प्रतिशत, ५.९९ प्रतिशत, ८.९९ प्रतिशत र ११ प्रतिशत ब्याजदरमा पनि फ़ाइनेन्सिङ्गको योजनाहरु पाउन सक्नेछन् जस अन्तर्गत ब्याज अनुसारको किस्ताबन्दीको सुविधा पनि रहेको छ । यी योजनाहरु सिमित अवधिका लागि मात्र लागु हुनेछन् । किस्तावन्दीमा सवारी खरिद गर्नका लागि शंकर ग्रुप अन्तर्गतको जगदम्बा क्रेडिट एण्ड इन्भेस्टमेन्टले इन-हाउस फ़ाइनेन्सिङ्गको सुविधा प्रदान गर्दै आइरहेको छ । २४ असोज गतेबाट सुरु भएकाे यस याेजना चाडपर्व जारि रहुन्जेलसम्म निरन्तर रहने कम्पनीले जनाएकाे छ । विशेष ०.९९ प्रतिशत अफर समायोजन नगरी प्रोटोन क्बनब को सुरुवाती मूल्य ३७ लाख ९९ हजार राखिएको छ भने प्रोटोन ह् ठण्को सुरुवाती मुल्य ८६ लाख ९९ हजार तोकिएको छ भने यस योजना प्रोटोनका काठमाडौं, पोखरा र बुटवलमा रहेका सोरुममा लागु हुने कम्पनीले जानका दिएकाे छ । प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमा प्रसिद्धि कमाउन सफल मलेशियाको राष्ट्रिय अटोमोबाइल कम्पनी रहेको छ जसले १९८५ मा प्रोटोन साँगाकै रुपमा आफ्नो प्रथम गाडी बजारमा ल्याएको थियो । त्यसपश्चात एकपछि अर्को गर्दै विभिन्न नयाँ मोडलहरु स्वदेशी तथा विदेशी बजारमा विक्री–वितरण गर्दै सफलता हाँसिल गरेको प्रोटोनका गाडीहरु हाल संसारका ७० भन्दा धेरै मुलुकहरुमा देख्न सकिन्छन भने यसका लगभग ४.४ मिलियन प्रयोगकर्ता रहेका छन् ।

हाेण्डा फेस्टिभ बोनान्जा: बुटवलका संजयले जिते साढे ३ लाख

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले दशैं, तिहार र छठलाई लक्षित गर्दै ल्याएको “होण्डाको फेस्टिभ बोनान्जा” योजना अन्तर्गत पहिलो विजेता घोषणा भएको छ । कम्पनीले लक्की ड्र मार्फत विजेताको घोषण गरेको हो । बुटवलको ड्राइभवे व्हिलस्बाट डब्लुआरभि एसभिएमटी खरिद गरी संजय नेपाल याेजनाकाे पहिलाे विजेता बनेका छन् । उनले लक्की ड्र मार्फत साढे ३ लाख नगद उपहार प्राप्त गरेका छन् । यस योजना अन्तर्गत ग्राहकहरुले होण्डा कारको खरिदमा हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स, १ वर्षसम्मको लागि फ्रि रोड ट्याक्स, ३ वर्षसम्मको लागि फ्रि सर्भिसिङ्ग, ३ वर्षसम्मको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुटका साथै अन्य धेरै फ्रि आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् । यसका साथै यस याेजनामा हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३.५ लाखसम्मको क्यासब्याक जित्न सक्नेछन् । यो योजना होण्डाको सबै कारमा सीमित अवधिका लागि मात्र लागू गरिएको छ ।