पुजा इन्टरनेशनले एक वर्षमा १ हजार टाइगुन बिकाउने, यस्तो छ मूल्य र विशेषता
काठमाडौं । जर्मन कार कम्पनी फक्सवागनले भारतमा उत्पादन गरेकाे नयाँ कम्प्याक्ट टाइगुन गाडी नेपाली बजारमा भित्र्याएको छ । नेपालको लागि फक्सवागनको आधिकारीक बिक्रेता पूजा इन्टरनेशनलले आइतबार नेपाली बजामा सो गाडी भित्र्याएको हो । केही समय अगाडि नै नेपाल ल्याउने तयारी भएको सो गाडी कोभिड–१९ का कारण आइतबार नेपाल ल्याइएको हो । फक्सवागन ग्रुपले भारतमा उत्पादन गरेको कारण नै फक्सवागनको सबैभन्दा कम मूल्यको एसयूभीको रुपमा यो नेपाली बजारमा भित्र्याएको गरेको हो । कति छ मूल्य ? कम्पनीले तीन भेरियन्टमा नेपाल ल्याएको टाइगुनको न्यूनतम मूल्य ५० लाख ९० हजारदेखि ६९ लाख ९० हजारसम्म ताेकिएकाे छ । कम्पनीले सुरुवाती चरण (केही दिनका) का लागि मात्र सो मूल्यमा टाइगुन गाडी बिक्री हुने जनाएको छ । टाइगुन १.० लिटर टिएसआई इन्जिनमा उपलब्ध रहेको छ । यसलाई कम्पनीले विभिन्न तीन भेरियन्टमा उपलब्ध गराएको छ । टाइगुन कम्फर्ट लाइन भेरियन्टको मूल्य ५० लाख ९० हजार, हाइलाइन अटोमेटीकको ६३ लाख ९० हजार र टप लाइन भेरियन्टको मूल्य ६९ लाख ९० हजार रुपैयाँ रहेको छ । गाडीमा डीआरएलएस इन्टिग्रेटेड एलईडी हेडल्याम्प र इलेक्ट्रोनिक्स सनप्रुफ रुफ छ । डुअल टोन इन्टेरियर्स रहेको गाडीमा स्पोर्टी रेड एम्बिएन्ट लाइटिङ, भेन्टिलेटेड सिट, ३८५ लिटरको बुट स्पेस रहेको जनाईएको छ । गाडीमा सुरक्षालाई विशेष जोड दिदै इलेक्ट्रोनिक्स स्टेबिलिटी कन्ट्रोल (स्थिरता नियन्त्रण), गाडीमा ६ वटासम्म एयरब्याग, मल्टी कोलिसन ब्रेक, हिल होल्ड कन्ट्रोल, ३ पोइन्ट सिट बेल्ट, पार्क डिस्ट्यान्स कन्ट्रोल भ्यु क्यामेरा, टायर प्रेसर डिफ्लेसन वार्निङजस्ता विशेष फिचर रहेका छन् । फक्सवागन टाइगुनमा १ लिटर टर्बाेचार्ज्ड इन्जिनद्धारा सञ्चालित छ । जसले ११४ हचपावर र १७८ एनएम टर्क जेनेरेट गर्छ । पुजा इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले टाइगनमा ४० भन्दा बढी एक्टीभ र प्यासिभ सेफ्टी फिचर्स रहेको बताए । उनका अनुसार भारतमा निर्माण गरिएको सो गाडी भारत र नेपालको स्थानीय ड्राइभिङ अवस्थालाई मध्यनजरगरी विशेष रूपमा टाइगुनको डिजाइन गरिएको हो । आधुनिक प्रविधि र परिवर्तन मन पराउने ग्रहाककालागि उपयुक्त एसयुभी बन्ने कम्पनीको विश्वास छ । कम्पनीले पहिलो १०० ग्राहकलाई नि:शुल्क एसोसिरिज र नगद छुट दिएको छ । १ वर्षमा हजार टाइगुन बिक्री वितरण गर्ने लक्ष्य राखिएको छ । नेपाली बजारमा टाइगुनले विशेषत: स्कोडा कुशक, हुन्डाई क्रेटा, किया सेल्टोस, निसान किक्स जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
फोर्ड एभरेष्टको बुकिङ्ग खुल्ला, करिब २ करोड पर्ने
काठमाडौं । नेपालको लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जि.ओ. अटोमोवाइल्सले २।० लि। वाई– टर्वो डिजेल इन्जिन र विश्वमै पहिलो १० स्पीड अटोकेटिक ट्रान्समिसन भएको फोर्ड एभरेष्टको आजबाट बुकिङ्ग खुला गरेको छ । यसको शुरुवाती नेपाली मूल्य १।९९ करोड रहेको छ । अफ–रोडका उत्कृष्ट प्रदर्शन गर्न सक्ने यस गाडीको सर्भिसिङ्ग मूल्य अत्यन्तै किफायती रहेको छ भने यसमा रहेको विषेश सुविधाहरुले नेपालको प्रिमियम एसयूभी बजारमा २०२२ फोर्ड एभरेष्टले एक नयाँ वेन्चमार्क बनाउने कम्पनीको दावी छ । विश्व बजार र एसिया क्षेत्रमा फोर्ड एभरेष्ट एकदमै लोकप्रिय एसयूभी हो । पहिलो पटक २००३ मा बजारमा आएको फोर्ड एभरेष्टको अहिलेको दोस्रो संस्करणको मोडल २०१५ देखि बजारमा उपलब्ध भएको थियो । ठूलो गाडी भए पनि एभरेष्ट चलाउन एकदमै सजिलो रहेको र यसमा भएको लाइट स्टेरिङ्गले पार्किङ्ग गर्दा पनि सहज महसुस गराउने कम्पनीले जनाएको छ ।
बागमती प्रदेशले ३० विद्युतीय बस खरिद गर्न बोलपत्र आह्वान गर्दै, यी ७ ठाउँमा बन्दैछन् चार्जिङ स्टेशन
वाग्मती प्रदेश सरकारले विद्युतीय बस खरिदका लागि पुनः अन्तराष्ट्रिय बोलपत्र आह्वान गर्ने भएको छ । प्रादेशिक भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्थापन बोर्डमार्फत सरकारले सो बोलपत्र आह्वान गर्न लागेको हो । बोर्डले २०७७ चैत १८ मा विद्युतीय बस खरिदका लागि आह्वान गरेको बोलपत्र रद्द गरी पुनः बोलपत्र गर्ने तयारी थालेको निर्देशक जगदीश ढुङ्गानाले जानकारी दिए । उनका अनुसार मन्त्रालयले बस खरिदका लागि अध्ययन गरी तयार परेको लागत अनुमानभन्दा बढी रकमको बोलपत्र परेकाले सो बोलपत्र रद्द गर्नुपरेको थियो । लागत अनुमानभन्दा २९ दशमलव ८३ प्रतिशत बढीको प्रस्ताव बोलपत्रदाताले पेस गरेका कारण रद्द गर्नु परेको निर्देशक ढुङ्गानाको भनाइ थियो । यसका लागि आवश्यक सम्पूर्ण कागजी प्रक्रिया सम्पन्न गरी दसैँ अगाडि नै बोलपत्र आह्वान गर्न मन्त्रालयसँग सहकार्य भइरहेको छ । पहिले नै आह्वान गरिएको लागत मूल्यमा ३० विद्युतीय बस र १५ चार्जर खरिदका लागि ग्लोबल टेन्डर आह्वान गरिने उनले जानकारी दिए । हालै मन्त्रालयमा भएको सचिवको हेरफेरले यो काम केही दिन पर सरेकामा अब केही दिनमै बोर्डको बैठक बसेर निर्णय हुने र प्रक्रिया सुरु गरिने निर्देशक ढुङ्गानाले बताए । बस सञ्चालनका लागि आवश्यक चार्जिङ स्टेशन निर्माणको प्रक्रियासमेत अघि बढाइनाका साथै मन्त्रालय र बोर्डका प्रतिनिधिले संयुक्त रूपमा विभिन्न जिल्लाको स्थलगत अवलोकन गरेका थिए । बस सञ्चालन हुने मार्गका केही स्थानमा चार्जिङ स्टेशन निर्माण प्रक्रिया सुरु गरिएकोे छ । बोर्डले काठमाडौंको गोङ्गबु बसपार्क, हेटौंडा बसपार्क, भरतपुरको पारस बसपार्क, धादिङको गजुरी, काभ्रेको धुलिखेल र नुवाकोटको बट्टार तथा विदुर बसपार्कमा चार्जिङ स्टेशन निर्माण प्रक्रिया अघि बढाएको हो ।